Bigul HQ

Bigul HQ Official page of Bigulnews.com.np

बैठकबाट बाहिरिएर प्रचण्ड भन्छन् -  ‘म आजबाट अध्यक्ष रहिनँ, म संयोजक भएँ ।’
26/09/2025

बैठकबाट बाहिरिएर प्रचण्ड भन्छन् - ‘म आजबाट अध्यक्ष रहिनँ, म संयोजक भएँ ।’

नारी प्रधानमन्त्री भएको देशमा नारी नै असुरक्षित : कञ्चनपुर निवासी तथा हाल काठमाडौं बसोबास गर्ने टिकटकमा चर्चित आचल नाथला...
26/09/2025

नारी प्रधानमन्त्री भएको देशमा नारी नै असुरक्षित :

कञ्चनपुर निवासी तथा हाल काठमाडौं बसोबास गर्ने टिकटकमा चर्चित आचल नाथलाई आपराधिक समूहले पेट्रोल छर्केर आगो लगाई ज्यान मार्ने प्रयास गरेको छ। अहिले उनी अस्पतालमा उपचाररत छिन् र उनको अवस्था एकदम जटिल रहेको बताईएको छ।

दुर्गा प्रसाईको दाबी : प्रधानसेनापतिले प्रधानमन्त्री बन्न प्रस्ताव गरे मेडिकल व्यवसायी  दुर्गा प्रसाईले जेन–जी आन्दोलनपश...
26/09/2025

दुर्गा प्रसाईको दाबी : प्रधानसेनापतिले प्रधानमन्त्री बन्न प्रस्ताव गरे

मेडिकल व्यवसायी दुर्गा प्रसाईले जेन–जी आन्दोलनपश्चात आफूलाई प्रधानसेनापति अशोकराज सिग्देलले प्रधानमन्त्री बन्न प्रस्ताव गरेको दाबी गरेका छन्।

जेन–जी आन्दोलन दबाउन दुई दिनमा देशभर १३ हजार १ सय ८२ पटक फायरिङ गरिएको थियो, जसमा धातुका गोली २ हजार ६ सय ४२ पटक फायरिङ ...
26/09/2025

जेन–जी आन्दोलन दबाउन दुई दिनमा देशभर १३ हजार १ सय ८२ पटक फायरिङ गरिएको थियो, जसमा धातुका गोली २ हजार ६ सय ४२ पटक फायरिङ गरिएको थियो।

जेन्जी आन्दोलनमा सहादत पाएका स्व .  शहिद सुवास बोहराको सम्झनामा साथीले खोपे ट्याटु गत भदौ २३ गते जेन्जी आन्दोलनको क्रममा...
25/09/2025

जेन्जी आन्दोलनमा सहादत पाएका स्व . शहिद सुवास बोहराको सम्झनामा साथीले खोपे ट्याटु

गत भदौ २३ गते जेन्जी आन्दोलनको क्रममा सहादत पाएका स्व . शहिद सुवास बोहराको सम्झनामा उनका साथी सुरेन्द्र साउदले ट्याटु खोपेका छन्। ट्याटु खोपेको तस्बिर शेयर गर्दै सुरेन्द्र साउदले सबैलाई भावुक बनाउने कविता लेखेका छन्। उनको कविता :
""आज पनि तेरो हाँसो कानमा गुञ्जिन्छ,
जस्तो कि त यतै कतै नजिकै छस भन्ने लाग्छ।
हामीले हिँडेका बाटाहरू अझै उस्तै छन्,
तर त नभएपछि ती बाटाहरू सुनसान लाग्छन्।
साना–साना कुरामा पनि तेरो सम्झना आउछ्,
तैले मन पराउने गीत सुन्दा आँखा रसाउँछ।
हामीले बाँडेका सपना अझै अधुरा छन्,
तर ती सपनामा त आज पनि जिउँदै छस लाग्छ||
त नभए पनि तेरो माया बाँकी छ,
तेरो सम्झनाले मन अझै तातो छ्
जिबनमा त अघि बढ्नै पर्छ,तर तलाई बिर्सन सकिन्न –
किनकि साथी केवल नाम होइन,
साथी र मित्रता हृदयको टुक्रा टुक्रामा छl"

हास्यकलाकार अर्जुन घिमिरे उर्फ पाँडेलाई जन्मदिनको शुभकामना।
25/09/2025

हास्यकलाकार अर्जुन घिमिरे उर्फ पाँडेलाई जन्मदिनको शुभकामना।

दलका नेता कार्यकर्तालाई भ्रष्टाचार छानबिनका नाममा जेल हाल्ने षड्यन्त्र हुनसक्छ : प्रचण्डनेकपा (माओवादी केन्द्र) का अध्यक...
25/09/2025

दलका नेता कार्यकर्तालाई भ्रष्टाचार छानबिनका नाममा जेल हाल्ने षड्यन्त्र हुनसक्छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतान्त्रिक दलका नेता तथा कार्यकर्ताहरूलाई भ्रष्टाचारको छानबिनको नाममा जेल हाल्ने षड्यन्त्र हुनसक्ने सम्भावना रहेको बताएका छन्। उनले लोकतान्त्रिक दलहरूलाई निषेध लगाएर, आफ्नो अनुकूल निर्वाचन र नतिजाबाट आफ्नो कठपुतली पात्र मार्फत स्वार्थ सिद्ध गर्ने योजनाहरू बन्न सक्ने कुरा उठाए।

“Sagar Distillery Limited’s IPO result will be published tomorrow, Friday.”
25/09/2025

“Sagar Distillery Limited’s IPO result will be published tomorrow, Friday.”

क्यान्सरलाई जित्न सकिनन् सोना थापाले, प्रेमी आवेशलाई नै छोडेर भईन् भगवानको प्यारो ।।।क्यान्सरसँग संघर्ष गरिरहेकी सोना था...
25/09/2025

क्यान्सरलाई जित्न सकिनन् सोना थापाले, प्रेमी आवेशलाई नै छोडेर भईन् भगवानको प्यारो ।।।

क्यान्सरसँग संघर्ष गरिरहेकी सोना थापाको उपचारकै क्रममा अष्ट्रेलियामा निधन भएको छ। केही समयअघि प्रेमी आवेश खरेलले विवाह प्रस्ताव गरेका थिए। त्यो भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चामा आएको थियो। अब सोनाले यो संसार छोडेपछि आवेश एक्लिएका छन्।

रुसी सेनामा भर्ती भएर ज्यान जोखिममा पार्दै कमाएको पैसाले किनिएको थियो यो जुत्ता, जेन–जी आन्दोलनको ‘प्रतीक’ बन्यो दैलेख, ...
25/09/2025

रुसी सेनामा भर्ती भएर ज्यान जोखिममा पार्दै कमाएको पैसाले किनिएको थियो यो जुत्ता, जेन–जी आन्दोलनको ‘प्रतीक’ बन्यो

दैलेख, नारायण नगरपालिका–८ स्थायी घर भएका २८ वर्षीय प्रकाश बोहराको जुत्ता हो यो, उनी अहिले ट्रमा सेन्टरमा उपचाररत छन् ।

धन्यवाद गृहमन्त्री र नेपाल प्रहरीलाई। एउटै मन कतिचोटी जित्छौ यार! : महेश बस्नेतनेकपा एमालेका युवा नेता महेश बस्नेतले साम...
24/09/2025

धन्यवाद गृहमन्त्री र नेपाल प्रहरीलाई। एउटै मन कतिचोटी जित्छौ यार! : महेश बस्नेत

नेकपा एमालेका युवा नेता महेश बस्नेतले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै गृहमन्त्री र नेपाल प्रहरीप्रति आभार व्यक्त गरेका छन्। उनले जेनजी आन्दोलनका क्रममा रामशाहपथ ट्राफिक कार्यालयबाट लुटिएको हतियारसहित २२–२० वर्षका ४ जनालाई पक्राउ गरेपछि महेश बस्नेतले गृहमन्त्री ओमप्रकाश अर्याललाई र नेपाल प्रहरीलाई धन्यवाद दिएका हुन्। फेला परेको हतियारमध्ये टाइप–५४ पिस्तोल १ थान, रिभल्वर १ थान र २८ राउन्ड गोली रहेका छन्।

८० वर्षीया वृद्धा आमाले आफ्नी ४६ वर्षीया छोरीलाई मिर्गौला दिई नयाँ जीवन दिए ८० वर्षीया गुमा भण्डारीले छोरी सीता पाण्डेला...
24/09/2025

८० वर्षीया वृद्धा आमाले आफ्नी ४६ वर्षीया छोरीलाई मिर्गौला दिई नयाँ जीवन दिए

८० वर्षीया गुमा भण्डारीले छोरी सीता पाण्डेलाई मिर्गौला दान गरी नयाँ जीवन दिएकी छन् । गत भदौ २२ गते ललितपुरस्थित किस्ट अस्पतालमा प्रत्यारोपण सफल भएको हो । आमाले जेष्ठ उमेरमा पनि छोरीप्रति देखाएको समर्पणले समाजमा प्रेरणा दिएको चिकित्सकहरूको भनाइ छ । हाल आमा–छोरी दुवै स्वास्थ्यलाभ गरी घर फर्किएका छन्

Address

Baneshwor

44600

Telephone

+97714621504

Website

Alerts

Be the first to know and let us send you an email when Bigul HQ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bigul HQ:

  • Want your business to be the top-listed Media Company?

Share