
05/06/2025
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद निलम्बन
संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा अख्तियारको क्षेत्राधिकारका विषयमा विवाद भइरहँदा मुलुकमै पहिलो पटक पूर्वप्रधानमन्त्री र तत्कालीन मन्त्रिपरिषद्को निर्णयमाथि भ्रष्टाचार मुद्दा परेर पूर्वप्रधानमन्त्रीको सांसद पद निलम्बन भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
आरोप अनुसार, माधवकुमार नेपालको कार्यकालमा मन्त्रिपरिषद्कै निर्णयमार्फत पतञ्जलिलाई हदबन्दी छुटमा किनेको जग्गा दुई महिना नबित्दै अवैध रूपमा हाउजिङ कम्पनीलाइ बेचिएको पाइएको छ ।
सन् २००९ (२०६६) मा रामदेवको पतञ्जलि योगपीठले काभ्रेको बनेपामा ५९३ रोपनी जग्गा किनेको र त्यसबाट ३५३ रोपनी जग्गा हाउजिङ कम्पनीलाई बेचिएको तथ्य अख्तियारले जनाएको छ।
भ्रष्टाचार मुद्दा दर्ता भए लगत्तै नेपालकुमार नेपालको सांसद पद स्वतः निलम्बित गरिएको छ। मुद्दाको निर्णय आउँदासम्म उनी निलम्बित रहनेछन्।