10/09/2026
काठमाडौँको आरआर क्याम्पस (नेपाल ल क्याम्पस अगाडि) अखिल क्रान्तिकारीमा आबद्ध विद्यार्थीहरूले ग्यास अभावको विरोधमा सडकमै दाउरा बालेर खाना पकाएका छन्। बजारमा लामो समयदेखि चुलिएको खाना पकाउने ग्यासको हाहाकार र कालाबजारीप्रति सरकारको ध्यानाकर्षण गराउन विद्यार्थीहरूले यो सांकेतिक विरोध प्रदर्शन गरेका हुन्।
#आरआरक्याम्पस #विद्यार्थीप्रदर्शन #नेपालसमाचार #विरोधप्रदर्शन