Sk Mission Media

Sk Mission Media खबरदारी अभियानमा सहभागी बनौ रास्ट्र प्रति ईमान्दार बनौ

26/08/2026

आपतकालीन सम्पर्क नम्बरहरू

सशस्त्र प्रहरी बल (APF): १११४
नेपाल प्रहरी: १००
एम्बुलेन्स: १०२
DEOC: १२३४
सहायक प्रमुख जिल्ला अधिकारी, रसुवा: ९८५११६४४२२
रसुवा प्रहरी: ९८५१२५४९६०
सहायक प्रमुख जिल्ला अधिकारी, नुवाकोट: ९८५१२४८७७७
नुवाकोट प्रहरी: ९८५१२८२३८०
प्रमुख जिल्ला अधिकारी, धादिङ: ९८५१२४७७७७
धादिङ प्रहरी: ९८५१२२९८६०
सहायक प्रमुख जिल्ला अधिकारी, चितवन: ९८५५०८८८९१
चितवन प्रहरी: ९८५५०१३९९९

रास्वपाको पार्टी कार्यालयमा प्रवेशको लहर जारी, आज पनि थपिए सयौँ सदस्य।
20/08/2026

रास्वपाको पार्टी कार्यालयमा प्रवेशको लहर जारी, आज पनि थपिए सयौँ सदस्य।

नेपाल प्रहरी शिक्षालयद्वारा "समुदायसँग प्रहरी कार्यक्रम" अन्तर्गत "विद्यार्थीसंग एक दिन"नेपाल प्रहरी शिक्षालय भरतपुर चित...
20/08/2026

नेपाल प्रहरी शिक्षालयद्वारा "समुदायसँग प्रहरी कार्यक्रम" अन्तर्गत "विद्यार्थीसंग एक दिन"

नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनमा "समुदायसँग प्रहरी कार्यक्रम" अन्तर्गत Narayani Public English School मा अध्ययनरत कक्षा ९ र १० का छात्राहरुको सहभागितामा "विद्यार्थीसंग एक दिन" कार्यक्रम सम्पन्न गरिएको छ ।

उक्त कार्यक्रममा शिक्षालयकी प्रमुख एसएसपी तारा देवी थापाले नेपाल प्रहरी संगठनमा महिला सहभगिता, चुनौती र अवसर लगायतका विषयमा प्रेरणादायी अनुभव तथा बिचार राख्नुका साथै छात्राहरुबाट आएका जिज्ञासाहरुको जवाफ दिनुभएको थियो।

विद्यार्थीहरुलाई प्रहरीप्रति सकारात्मक धारणा विकास गराउंदै प्रेरित गर्न शिक्षालयको अवलोकन गराउंनुका साथै छोटो कवाज ड्रिल समेत देखाइएको थियो।

नेपाल प्रहरी श्रीमती संघको ४२औँ वार्षिकोत्सव भव्य समारोहबीच मनाइँदैनेपाल प्रहरी श्रीमती संघको ४२औँ वार्षिकोत्सवका अवसरमा...
20/08/2026

नेपाल प्रहरी श्रीमती संघको ४२औँ वार्षिकोत्सव भव्य समारोहबीच मनाइँदै

नेपाल प्रहरी श्रीमती संघको ४२औँ वार्षिकोत्सवका अवसरमा नेपाल पुलिस क्लबमा विशेष समारोह आयोजना गरिएको छ।

समारोहमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादी प्रमुख अतिथिका रूपमा सहभागी भएकी छन् भने नेपाल प्रहरीका आईजीपी दान कार्की विशिष्ट अतिथिका रूपमा उपस्थित छन्।

श्रीमती संघको सामाजिक तथा सेवामूलक भूमिकालाई स्मरण गर्दै आयोजना गरिएको समारोह विभिन्न कार्यक्रमसहित भव्य रूपमा सञ्चालन भइरहेको छ।

इभाइभ केयर ट्रेनिङ सेन्टरको पहिलो वार्षिकोत्सव कार्यक्रम आयोजनाकाठमाडौं,  इभाइभ केयर ट्रेनिङ सेन्टरले आफ्नो स्थापनाको पह...
20/08/2026

इभाइभ केयर ट्रेनिङ सेन्टरको पहिलो वार्षिकोत्सव कार्यक्रम आयोजना

काठमाडौं, इभाइभ केयर ट्रेनिङ सेन्टरले आफ्नो स्थापनाको पहिलो वर्ष पूरा गरेको अवसरमा आज पहिलो वार्षिकोत्सव कार्यक्रम आयोजना गरिरहेको छ।

कार्यक्रममा व्यावसायिक केयरगिभर तथा वृद्धवृद्धा हेरचाहसम्बन्धी तालिम, शिक्षा र स्वास्थ्य सेवामा केन्द्रित भएर संस्थाले एक वर्षको अवधिमा गरेका गतिविधि तथा योगदानलाई स्मरण गरिएको छ।

‘One Year of Compassion, Education & Healthcare Excellence’ भन्ने नारासहित आयोजना गरिएको वार्षिकोत्सवले केयरगिभर क्षेत्रमा दक्ष जनशक्ति उत्पादन तथा गुणस्तरीय हेरचाह सेवाको विकासमा संस्थाको प्रतिबद्धतालाई जोड दिएको छ।

कार्यक्रमस्थलमा संस्थाको पहिलो वार्षिकोत्सवको अवसरमा विशेष सजावट तथा औपचारिक कार्यक्रमको आयोजना गरिएको छ। ब्यानरमा ‘Learn with Confidence, Care with Compassion’ अर्थात् आत्मविश्वासका साथ सिकौँ, करुणाका साथ हेरचाह गरौँ भन्ने सन्देशसमेत राखिएको छ।

इभाइभ केयर ट्रेनिङ सेन्टरले आगामी दिनमा पनि व्यावसायिक केयरगिभर तथा एज्ड केयरसम्बन्धी तालिमलाई थप प्रभावकारी बनाउँदै दक्ष, जिम्मेवार र सेवामुखी जनशक्ति उत्पादनमा निरन्तर काम गर्ने प्रतिबद्धता जनाएको छ।

संस्थाको पहिलो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमले केयरगिभर शिक्षा, स्वास्थ्य सेवा र मानवीय हेरचाहको क्षेत्रमा संस्थाले अघि सारेको यात्रालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
#

महिला प्रहरी कर्मचारीहरूलाई लक्षित गरी Cancer Screening Test कार्यक्रम सम्पन्न नेपाल प्रहरी सशस्त्र प्रहरी गण नं १ नक्सा...
19/08/2026

महिला प्रहरी कर्मचारीहरूलाई लक्षित गरी Cancer Screening Test कार्यक्रम सम्पन्न

नेपाल प्रहरी सशस्त्र प्रहरी गण नं १ नक्साल गणका प्रमुख एसपी अपिलराज बोहराको विशेष पहलमा Tangent Clubs of Nepal को सहकार्यमा महिला प्रहरी कर्मचारीहरूलाई लक्षित गरी Cancer Screening Test कार्यक्रम सम्पन्न ।

उक्त कार्यक्रमले महिलाहरुको क्यान्सरलाई प्रारम्भिक अवस्थामै पहिचान गर्न मद्दत गर्नुका साथै स्तन तथा पाठेघरको मुखको क्यान्सरको जोखिम समयमा नै पत्ता लगाउन सहयोग गर्ने र प्रारम्भिक पहिचानले उपचार प्रभावकारी हुनुका साथै स्वास्थ्य जटिलता र उपचार खर्च कम गर्न मद्दत गर्ने र नियमित Screening ले महिला प्रहरी कर्मचारीहरुमा स्वास्थ्य सचेतना र आत्मविश्वास बढाउने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरि गणमा कार्यरत महिला प्रहरी कर्मचारीहरू लाभान्वित भएका छन ।

नेपाल प्रहरी प्रधान कार्यालय र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच नेपाल प्रहरीको तलबी बचत खाता सञ्चालन तथा कर्जा सम्बन्ध...
18/08/2026

नेपाल प्रहरी प्रधान कार्यालय र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच नेपाल प्रहरीको तलबी बचत खाता सञ्चालन तथा कर्जा सम्बन्धी सहमति पत्र नविकरण कार्यक्रम सम्पन्न

एसएसपी दयानिधि ज्ञवालीद्वारा प्राथमिक उपचार कक्षको समुद्घाटन तथा नाग पंचमीको अवसरमा पुजा आरधना कार्यक्रम सम्पन्नलुम्बिनी...
18/08/2026

एसएसपी दयानिधि ज्ञवालीद्वारा प्राथमिक उपचार कक्षको समुद्घाटन तथा नाग पंचमीको अवसरमा पुजा आरधना कार्यक्रम सम्पन्न

लुम्बिनी प्रदेश सरकारको विनियोजित बजेटबाट लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलको परिसरमा नव-निर्मित प्राथमिक उपचार कक्षको उक्त तालिम केन्द्रका समादेशक एसएसपी दयानिधि ज्ञवालीवाट समु‌द्घाटन सु-सम्पन्न भयो ।

उक्त कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी भौतिक पुर्वाधार शाखा दाङ तुल्सिपुरका प्रा.प्र.ना.उ. नितिन लाखे, तालिम केन्द्रका सिनियर प्रहरी अधिकृतहरु, जुनियर प्रहरी अधिकृतहरु, लगायत सम्पुर्ण प्रशिक्षक वर्ग प्रहरी जवान आधारभुत तालिम ८-११४औ समुह तथा ८-११५औं समुहका प्रशिक्षार्थीहरुको उपस्थिति रहनुका साथै उक्त भवन निर्माण कम्पनी शान्भि ईन्जिनियरिङ् एन्ड कन्ट्रक्सन प्राइभेट लिमिटेडका प्रतिनिधि ईन्जिनियर समेत उपस्थिती रहेको थियो ।

साथै यस केन्द्रको परिसरमा रहेको नागको थानमा नाग पंचमीको अवसरमा केन्द्रमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीको उपस्थितिमा केन्द्रका समादेशकज्यु बाट नागको थानको पुजा आरधना गरी नाग पंचमी कार्यक्रम सम्पन्न ।

एसपी विश्व राज खड्काद्वारा निरीक्षण एवम् निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न नेपाल प्रहरी पहरा गण प्रमुख एसपी विश्व राज ख...
18/08/2026

एसपी विश्व राज खड्काद्वारा निरीक्षण एवम् निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न

नेपाल प्रहरी पहरा गण प्रमुख एसपी विश्व राज खड्काले गण तथा मातहत कार्यरत प्रहरी कर्मचारीहरूको निरीक्षण गर्नुका साथै प्रहरी आचार संहिता, विकसित समसामयिक घटनाक्रम तथा बदलिँदो सुरक्षा परिस्थितिबारे अवगत गराउँदै सोही अनुरूप प्रहरी जनशक्तिको प्रभावकारी परिचालन, जिम्मेवारी निर्वाह तथा कार्यसम्पादनका सम्बन्धमा आवश्यक निर्देशन प्रदान गर्नुभयो ।

साथै, मातहत सेक्टर तथा पोष्टका इन्चार्जहरूसँग समेत विद्दमान सुरक्षा चुनौति तथा दैनिक कार्यसम्पादनका क्रममा देखिएका समस्या एवं चुनौतीहरूका सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरी आवश्यक मार्गदर्शन तथा सुझाव प्रदान गर्नुभयो ।

डिआईजी शेखर खनालद्वारा नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीको निरीक्षणकोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श...
18/08/2026

डिआईजी शेखर खनालद्वारा नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी सुनसरीको निरीक्षण भ्रमण गर्नु भएको छ । भदौ ०२ गते निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय भवन, सम्पूर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन दिनु भएको छ ।

निर्देशनको क्रममा उहाँले प्रहरी कर्मचारीहरू शारीरिक तथा मानसिकरूपमा स्वास्थ्य र तन्दुरुस्त भए मात्र आम नागरिकलाई प्रभावकारी सुरक्षा प्रदान गर्न सकिने भएको हुँदा कार्यरत प्रहरी कर्मचारीहरूलाई दैनिकरूपमा व्यायाम र पोषणयुक्त खानाको प्रबन्ध मिलाउन निर्देशन दिनुभयो ।

विशेष सुरक्षा गणमा कार्यरत प्रहरी कर्मचारीहरू विशेष गरी विपद उद्धार, भिड, हुलदङ्गा नियन्त्रण र जस्तो सुकै विषम परिस्थितिमा तत्काल परिचालन भई स्थितिलाई नियन्त्रणमा लिई नागरिकको सुरक्षा गर्नु पर्ने भएको हुँदा प्रहरी परिचालन हुनु अगावै कमाण्डरहरूले आवश्यक ब्रिफिङ गर्न, स्थितिलाई नियन्त्रणमा लिँदा कमाण्डरको निर्देशन बमोजिम सिलसिलेबार बल प्रयोगका सिद्धान्त अवलम्बन गरी प्रहरी कारवाही गर्न निर्देशन दिनु भएको छ ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Sk Mission Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share