01/05/2025
शिक्षक आन्दोलन र शिक्षा क्षेत्रको समग्र प्रभावबारे विचार राख्दै गर्दा मेरै परिवार का सदस्यहरू नै यस शिक्षा क्षेत्रमा लामो समयदेखि। अध्यापन गराउने कार्य गरिराख्नु भएको छ मेरो यति मात्रै चाहना हो। हाम्रो देशको विकासको मेरुदण्ड भनेकै शिक्षा हो। शिक्षा जहिले पनि गुणस्तरीय र सुधारिएको शिक्षा आम जनताका छोराछोरीले आर्जन गर्न पाउनुपर्छ भन्ने मेरो विचार हो मेरो यो स्वतन्त्र विचार कसैका लागि चित्त दुखाउने कार्य पनि हुन सक्छ स्वतन्त्र तरिकाले स्वतन्त्र नागरिकले र यो देशको एउटा बालबालिकाहरूको अभिभावक भएको नाताले यो देशको शिक्षा व्यावहारिक र गुणस्तरीय हुनुपर्छ सबैको पहुँचमा हुनुपर्छ। भन्ने मेरो बुझाई छ।
हालै एक महिनासम्म चलेको शिक्षक आन्दोलनले शिक्षाको क्षेत्रलाई समग्र रूपमा सुधार गर्ने अपेक्षा गरिएको थियो। तर, आन्दोलनका क्रममा अघि सारिएका ९ बुँदे मागपत्रमा शिक्षाको गुणस्तर, नीतिगत सुधार, विद्यार्थी केन्द्रित शिक्षा प्रणाली, विद्यालयहरूको पूर्वाधार सुधारजस्ता विषयहरू समेटिएको देखिएन। बरु, मागहरू प्रायः शिक्षकहरूको जागिर सुरक्षामा केन्द्रित रहे — जस्तै तलब, भत्ता, ग्रेड वृद्धि, स्थायीकरण र सेवा सर्तका विषयमा मात्र जोड दिइयो।
शिक्षक वर्गले आफूलाई शिक्षा क्षेत्रको मेरुदण्ड ठान्छन् भने, उनीहरूले समग्र शिक्षा प्रणाली सुधारतर्फ पनि ध्यान दिनु जरुरी थियो। तर, यसपटकको आन्दोलनले शिक्षा क्षेत्रको दीर्घकालीन हितभन्दा व्यक्तिगत सुरक्षालाई प्राथमिकता दिएको अनुभूति गरायो। सरकारले पनि स्थायित्वको संकटका बीचमा उधारो समझदारी गर्दै आन्दोलन अन्त्य गराएको देखिन्छ।
यस आन्दोलनबाट शिक्षा क्षेत्रमा उल्लेखनीय उपलब्धि भएको अनुभूति भएको छैन। यसले शिक्षकहरूको व्यक्तिगत हितमा केही फाइदा पुगेको देखिए पनि समग्र शिक्षाको गुणस्तर सुधारतर्फ चाहिएको ध्यान, प्रतिबद्धता र दृष्टिकोणको अभाव देखियो। तसर्थ, यो आन्दोलनलाई शिक्षा उद्धार आन्दोलन भन्नुभन्दा पनि व्यक्तिगत सुरक्षाका लागि गरिएको आन्दोलन भन्न उपयुक्त हुन्छ।