Society Nepal

08/12/2025

पूजा शर्माको बिहेमा वर्षा राउतलाई किन जाँडो भयो ?

अख्तियारको प्रेम : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अनियमिततामा केपी ओली, शेरबहादुर देउवा र सुशील कोइरालालाई जोगायो । ओली...
08/12/2025

अख्तियारको प्रेम :
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अनियमिततामा केपी ओली, शेरबहादुर देउवा र सुशील कोइरालालाई जोगायो । ओली र देउवाले सम्झौता विपरित ठेकेदारलाई २ अर्ब २२ करोड ४० लाख त कर छुट नै दिएका थिए ।

पूर्वअर्थमन्त्री रामशरण महत गम्भीर अल्जाइमरको समस्याबाट ग्रस्त रहेको अवस्थामै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सम्बन्धी भ...
08/12/2025

पूर्वअर्थमन्त्री रामशरण महत गम्भीर अल्जाइमरको समस्याबाट ग्रस्त रहेको अवस्थामै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सम्बन्धी भ्रष्टाचार मुद्दामा अख्तियारले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। २०७१ मा अर्थमन्त्री हुँदा आयोजना अघि बढाउन मन्त्रिपरिषद्‌मा प्रस्ताव पेस गराएको आरोप अख्तियारको दाबी हो।

पछिल्लो चार वर्षयता सार्वजनिक कार्यक्रमबाट टाढा रहेका ७५ वर्षीय महत सम्झनाशक्ति अत्यन्त कमजोर हुने, मान्छे नचिन्ने जस्ता लक्षणसहित डिमेन्सियाको गम्भीर चरणमा पुगेको नजिकका कांग्रेस नेताहरू बताउँछन्।

खुला अर्थतन्त्रतर्फ देशलाई मोड्न अहम भूमिका खेलेका महत ६ पटक अर्थमन्त्री र एक पटक परराष्ट्रमन्त्रीसमेत बनेका थिए। आर्थिक सुधारका अभियन्ता मानिने उनलाई २०१६ मा ‘दि बैंकर’ म्यागेजिनले उत्कृष्ट अर्थमन्त्रीको रूपमा सम्मान गरेको थियो। स्वास्थ्य समस्या चर्किएपछि महत हाल मन्डिखाटारस्थित आफ्नै घरमा विश्रान्ति लिँदै आएका छन्।

१०७ दललाई निर्वाचन आयोगले दियो चुनाव चिन्ह।पहिलो नम्बरमा सूर्य,दोस्रोमा रूख तेस्रोमा तारा ।निर्वाचन आयोगले फागुन २१ गते ...
08/12/2025

१०७ दललाई निर्वाचन आयोगले दियो चुनाव चिन्ह।
पहिलो नम्बरमा सूर्य,दोस्रोमा रूख तेस्रोमा तारा ।

निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दलहरू निर्वाचन चिन्ह प्रदान गरेको छ । मङ्सिर १ देखि १४ गते सम्म आयोगमा दर्ता भएका दलहरूलाई आइतबार चुनाव चिन्ह प्रदान गरेको हो ।

आयोगमा दर्ता भएको १४३ दलमध्ये १०७ राजनीतिक दलले चिन्ह प्रदान गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार ११४ दल निर्वाचनमा सहभागी हुनेछन् । तीमध्ये ५ दल एक चिन्ह लिएर संयुक्त निर्वाचनमा भाग लिनेछन् । एक सय २ दल एक्ला एक्लै निर्वाचनमा भाग लिनेछन् ।

breaking: छानबिन आयोगले पटक पटक  बोलाउदा अटेरी  गरेपछि एमाले अध्यक्ष केपी ओलीलाई पक्राउ गर्ने तयारी।🤔 जेनजी विद्रोह दबाए...
07/12/2025

breaking: छानबिन आयोगले पटक पटक बोलाउदा अटेरी गरेपछि एमाले अध्यक्ष केपी ओलीलाई पक्राउ गर्ने तयारी।🤔

जेनजी विद्रोह दबाएको र ७६ जनाको हत्या गराएको भन्दै उनलाई अनुसन्धान को लागि पक्राउ गर्ने तयारी भएको रास्वपाको केन्द्रीय सदस्य तथा नारी टीभीको पत्रकार ज्वाला संग्रौलाको खुलासा !

07/12/2025

एमालेका नेता अगुवाहरू गीत गाउँदै

07/12/2025

लोक दोहोरी गायिका शान्ति श्री परियार सारङ्गी किन्दै || Shanti Shree Pariyar || Sarangi ||

जनार्दन शर्माको धुर्त्याइँ : रुकुम पश्चिमको पार्टी कार्यालय आफ्नो श्रीमतीको नीजि सम्पत्ति बनाएको पाइएको छ । उक्त पार्टी ...
07/12/2025

जनार्दन शर्माको धुर्त्याइँ : रुकुम पश्चिमको पार्टी कार्यालय आफ्नो श्रीमतीको नीजि सम्पत्ति बनाएको पाइएको छ । उक्त पार्टी कार्यालय तत्कालीन माओवादीका सक्रीय कार्यकर्ताले लेबी र शुभेच्छुकले चन्दा दिएर बनाएका थिए । यसबारे रुकुमका देउवा तथा लोक गीत एकेडेमीका अध्यक्ष तुल देवकोटाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेर नै सार्वजनिक गरेका छन ।

पार्टीको एउटा संरचना भने जनार्दनले पछि नेपाली कम्युनिस्ट पार्टी मै फर्किने आशयमा बस्ने बास मागेको निर्णय मा देखिन्छ । उक्त सहमति पत्रमा हस्ताक्षर गर्ने गोरखबहादुर केसी उर्फ सन्देश केसी जनार्दनका ठेकेदार तथा ज्वाइँ हुन । उनैलाई जनार्दनले रुकुमको संयोजक बनाएको पाइएको छ ।

07/12/2025

रुकुम पश्चिमबाट खेदिए जनार्दन शर्मा | जनार्दनलाई रुकुममा आफ्नै कार्यकर्ताले कालो झन्डा देखाएर लखेटे ! कम्युनिस्ट पार्टी छाडेर गैर कम्युनिस्ट बनेको र आफू कम्युनिस्ट पार्टी माओवादीमा हुँदा जनयुद्धमा धेरै सहिद, बेपत्ता र घाइते अंगभग बनाउन भूमिका खेलेको र आफ्नो तथा आफ्नो परिवारको वर्ग उत्थान भएपछि चट्टक्क भुलेको भन्दै स्थानीय ले बाटाबाटामा कालो झन्डा देखाउँदै विरोध गरेर लखेटेका हुन ।

अब निराश हुन आवश्यक छैन, मुलुकमा धुमधामका साथ समाजवाद आउँछ : नेकपा सहसंयोजक माधव नेपालनेपाली कम्युनिष्ट पार्टीका सह-संयो...
06/12/2025

अब निराश हुन आवश्यक छैन, मुलुकमा धुमधामका साथ समाजवाद आउँछ : नेकपा सहसंयोजक माधव नेपाल

नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले मुलुकमा अब समाजवाद धुमधामका साथ लागू हुने दाबी गरेका छन् ।

जनकपुरधाममा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै नेपालले समाजवादको प्रतिक्षा लामो समयदेखि भए पनि नआएकोमा निराश हुनु आवश्यक नभएको बताएका छन् । उनले भने, ‘अब निराश हुन आवश्यक छैन, हामी समाजवादको कार्यान्वयनमा दृढ छौँ ।’

नेपालले युवा, महिला, दलित, मुस्लिम र वृद्धहरुको अधिकारका लागि आवाज उठाउने आफैँहरू नै रहेको भन्दै सबैलाई नेपाली कम्युनिष्ट पार्टीमा सहभागी हुन आह्वान गरे। उनले जेनरेशन-जेड (जेनजी) पुस्ताले समेत नवगठित पार्टीमा विश्वास राखेको दाबी गरे ।

उनले भने, ‘शोषित, पीडित र मिटरव्याज पीडित वर्ग पनि नेपाली कम्युनिष्ट पार्टीप्रति आकर्षित छन्। यही दल सबैका लागि आशा र भरोसाको केन्द्र बनेको छ ।’

06/12/2025

नेपाली कम्युनिस्ट पार्टीका युवा वौद्धिक केन्द्रीय नेता डीपी ढकाल Dp Dhakal लाई सुन्नुस -
fans Society Nepal

06/12/2025

कुलमान घिसिङ एक्सनमा उत्रे : पहुँचको धमास देखाएर ५० वर्षदेखि सार्वजनिक सम्पत्ति मिचेर बसेका कांग्रेस, एमाले र राजावादी राप्रपाका ६०० जनाको घर हेटौंडाबाट भत्काइयो । यस क्षेत्र कांग्रेस, एमाले र राप्रपाको वर्चश्व ठानिएको ठाउँ हो ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Society Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Society Nepal:

Share