Society Nepal

Society Nepal Clear and concise explanations on law, history, and public affairs — based on publicly available sources.

17/09/2026

रवि लामिछाने बारे दुर्गा प्रसाई || Rabi Lamichhane Vs Durga Prasai भन्छन- 👇

लालयोद्धा रेणु चन्दको वास्तविक जीवन यात्रासंसद्को रोस्टममा उभिएर जब उनी खरो शैलीमा सरकार र नयाँ-पुराना राजनीतिक दलहरूमाथ...
17/09/2026

लालयोद्धा रेणु चन्दको वास्तविक जीवन यात्रा

संसद्को रोस्टममा उभिएर जब उनी खरो शैलीमा सरकार र नयाँ-पुराना राजनीतिक दलहरूमाथि प्रश्नको वर्षा गर्छिन्, धेरैलाई लाग्न सक्छ, यी कुनै स्थापित राजनीतिक घरानाबाट उदाएकी नेता हुन्। तर, नेकपा नेतृ तथा राष्ट्रिय सभा सदस्य रेणु चन्दको जीवनकथा कुनै सिनेमाको पटकथाभन्दा कम रोमाञ्चक छैन। मुम्बईको मजदुर बस्तीको हिन्दी भाषी परिवेशबाट सुरु भएको उनको यात्रा आज नेपालको संसद्‌सम्म आइपुग्दा अनगिन्ती उतारचढाव र अद्भूत मोडहरूबाट गुज्रिएको छ।

रेणुको जन्म र प्रारम्भिक बाल्यकाल भारतको मुम्बईस्थित औद्योगिक मजदुर बस्तीमा बित्यो। घरमा नेपाली होइन, हिन्दी भाषा बोलिन्थ्यो। परिवारको आर्थिक अवस्था कमजोर थियो भने बुवा गोपाल चन्द अत्यधिक म'द्यपान र घरेलु झै'झ'गडामा फसेका थिए।

तर, एक दिन उनका बुवाको जीवनमा अनौठो परिवर्तन आयो। मजदुर आन्दोलन र वामपन्थी विचारको सम्पर्कमा पुगेपछि उनका बुवाले म'दि'रा त्यागे र हातमा पुस्तकहरू समात्न थाले। लेनिनका सिद्धान्त र म्याक्सिम गोर्कीको विश्वप्रसिद्ध उपन्यास ‘आमा’ पढेपछि बुवाको सोच मात्र बदलिएन, उनले आफ्ना सन्तानलाई पनि त्यही बाटोमा डोर्‍याए। तिनै बदलिएका बुवाको प्रेरणाले रेणुलाई पनि क्रान्तिको चेत दियो र २०५० को दशकको अन्त्यतिर उनी आफ्ना पिताको पछि लाग्दै ज'नयु'द्धमा होमिन नेपाल पसिन्।

मुम्बईको समथर सहरबाट अचानक सुदूरपश्चिमका विकट पहाडहरूमा पुग्दा रेणुका लागि नेपाल एउटा पूर्णतया नयाँ संसार थियो। उनलाई न पहाडको भूगोल थाहा थियो, न त स्थानीय डोटेली भाषा नै बोल्न आउँथ्यो।

पहिलो पटक बैतडीका अग्ला डाँडा र सिँढीदार खेतहरू देख्दा उनले आश्चर्य मान्दै बुवालाई सोधेकी थिइन्, “बुवा, यो पहाडमा यति धेरै भर्‍याङहरू किन बनाएको होला?”
बुवाले हाँस्दै सम्झाएका थिए, “यो भर्‍याङ होइन नानी, यहाँका मान्छेले खेती गर्ने खेत हो।”

हिन्दी मातृभाषाजस्तै बनेकी रेणुले स्थानीय कार्यकर्ता र जनतासँग घुलमिल हुन डोटेली भाषा सिकिन्। पछि उनी सुदूरपश्चिमका विभिन्न जिल्लाका फरक-फरक लवजमा धाराप्रवाह भाषण गर्न सक्ने भइन्।

ज'नयु'द्धका क्रममा रातको समयमा हिँड्नु नियमित प्रक्रिया थियो। तर, रेणुलाई रातमा आँखा कम देख्ने (कमजोर दृष्टि) समस्या थियो। छिटो हिँड्न नसक्ने र भीरबाट लड्ने जोखिम भएपछि युद्धका सहयोद्धा कमरेडहरूले अनौठो उपाय निकाले।

उनको एउटा हातको नाडीमा गम्छा बाँधिन्थ्यो र त्यो गम्छाको अर्को छेउ अगाडि हिँड्ने कमान्डर साथीको नाडीमा बाँधिन्थ्यो। एक रात हिँड्दा-हिँड्दै अगाडिका साथी भीरको छेउमा निदाएर टक्क अडिए। रेणु पनि रोकिएर बसिन्। पछि अरू साथीहरूले देखेपछि उनीहरूलाई ठूलो दुर्घटनाबाट बचाए।

यु'द्धको त्यो कठोर समयमा जनताको घरमा गएर “मलाई खाना दिनुस्” भन्न नसकेर ढोकामा टोलाएर उभिएका पलहरू आज पनि उनको आँखामा ताजै छन्। उनी भन्छिन्, “त्यो दिन गाउँले बुवाले खाना नदिएको भए मेरो साहस त्यहीँ टुट्ने थियो। यो आन्दोलन दलले होइन, जनताले आफ्नो छाक काटेर र राज्यको लाठी सहेर टिकाएका हुन्।”

शान्ति प्रक्रियापछि २०६४ सालको पहिलो संविधान सभा चुनाव आयो। बैतडीबाट उनका बुवा ‘चन्दन सर’ चुनाव लड्ने चर्चा थियो। तर अन्तिम समयमा थाहा भयो,मतदाता नामावलीमा बुवाको नाम नै छुटेको रहेछ!

उम्मेदवार मनोनयनको समय घर्कँदै थियो। निर्वाचन कार्यालयबाट दबाब आएपछि पार्टीले तत्काल निर्णय गर्‍यो, “बुवाको नाम छैन भने के भयो त, छोरीको नाम छ, छोरी नै चुनाव लड्छिन्!” यसरी ब'न्दु'क बिसाएर संसद्‌ छिर्ने रेणुको यात्रा आकस्मिक रूपमा सुरु भयो। उनी भारी मतका साथ संविधान सभा सदस्य निर्वाचित भइन्।

पहिलो संविधान सभामा पुग्दा कानुन निर्माणको कुनै औपचारिक ज्ञान नभए पनि उनले जनताको अधिकार, गणतन्त्र र ३३ प्रतिशत महिला सहभागितालाई संविधानमा लिपिबद्ध गर्न संघर्ष गरिन्।

आज राष्ट्रिय सभामा रहेकी रेणु चन्द केवल पुराना दलहरूको कार्यशैलीप्रति मात्र होइन, सामाजिक सञ्जालको भरमा ‘रहस्य र स्टन्ट’को राजनीति गर्ने नयाँ शक्तिहरूमाथि पनि उत्तिकै निर्मम प्रश्न गर्छिन्। “सरकार र संसद् सामाजिक सञ्जालको भिडियोबाट होइन, जनताप्रतिको पारदर्शी जवाफदेहिता र ठोस कानुनबाट चल्नुपर्छ,” उनको दृढ अडान छ।

मुम्बईको एउटा सानो कोठाबाट सुरु भएर भीर-पहरामा गम्छा बाँधेर हिँडेकी ती किशोरी आज नेपालको नीति निर्माण तहमा उभिएर भुइँतहका जनताको आवाज बुलन्द गरिरहेकी छिन्।

17/09/2026

नेकपा सांसद रेणु चन्द

16/09/2026

केही गम्भीर प्रश्न उठाउनैपर्ने भयो :-

आज बिहान सर्वाेच्च अदालतमा आगो लगाइएको छ । साढे १२ महिनामा यो तेस्रो आगजनी हो ।

दि ग्रेजोन अनलाइनले भदौ २३ र २४ सम्बन्धमा प्रकाशित गरेको सामग्रीले ठूलो होहल्ला भइरहेको बेला यो आगजनी भएको छ ।

ग्रेजोनले प्रकाशित गरेका तथ्यहरु उपर कसले जवाफ दिने ? अरुले जवाफ दिएर हुँदैन, सरकारले जवाफ दिनुपर्छ । त्यसमा नाम परेकाहरुले जवाफ दिनुपर्छ । जवाफबाट भाग्न कसैले पाउँदैन ।

म यहाँ ग्रेजोनको चर्चा गर्दिनँ, गत वर्ष न्यूयोर्क टाइम्सले नेपालमा भदौ २३ र २४ गते गरिएको आगजनी सम्बन्धमा अति गम्भीर प्रश्न मात्र उठाएको थिएन, तथ्यहरु पनि सार्वजनिक गरेको थियो ।

मैले न्यूयोर्क टाइम्सले निकालेका तथ्यहरुको चर्चा गर्नुको कारण छ । आज बिहान मात्रै सर्वाेच्च अदालतको संवेदनशील फाँटहरुमा छानीछानी आगो लगाइएको छ । नेपालमा आगो लगाउन तालिमप्राप्त ग्रुप कोसँग छ ? यो कुरा बुझ्न पनि न्यूयोर्क टाइम्सले उठाएका तथ्यहरुलाई हेर्नुपर्ने हुन्छ ।

न्यूयोर्क टाइम्सले दिएका केही तथ्यहरु--

१) सिंहदरबार सहित विभिन्न भवन जलाउँदा बीचमा एक–एक तला छोडेर आगो लगाइएको छ । भवनहरू जलाउनका लागि प्रयोग गरिने यस्तो तरिका भीडले थाहा पायो भन्न मिल्दैन । यस्ता तरिकाहरु सबै सिकेर गएको समूहले आगो लगायो ।

२) आगजनी भएको आधा घण्टा भित्रै कालो धुवाँ, आगोको मुस्लोको स्वरुप लगायत हेर्दा अति प्रज्वलनशील रासायनिक पदार्थहरू प्रयोग गरेको देखिन्छ । सोडियम, म्याग्नेसियम जस्ता खास प्रकारका पदार्थ प्रयोग गरिएको हुनसक्छ ।

३) नेपाल प्रहरीको फरेन्सिक ल्याबका शाखा अधिकृत पवन ढुंगानाले न्यूयोर्क टाइम्ससँलाई आगलागीमा रासायनिक पदार्थ प्रयोग भएको बताएका छन् ।

४) सिङ्गापुरका आगलागी विज्ञ केनेथ किले आगजनीको विष्लेशण गर्दा सोडियम र म्याग्नेसियमजस्ता रासायनिक तत्व प्रयोग गरिएको कुरा न्यूयोर्क टाइम्सलाई बताएका छन् ।

५) सिंहदरबार आगलागीका दौरान त्यहाँ भएका युवाहरूको हातमा एक्कासि पेट्रोल बम लगायत अन्य तयारी अवस्थाका ज्वलनशील पदार्थ दिलाइएको थियो । यसरी ओसार्नेमा केही अधबैँसे मानिस पनि संलग्न थिए । हातमा बन्दुक तथा घरेलु हतियार लिएका केही प्रदर्शनकारी कार्यालयमा घेरा हालिरहेका थिए ।

६) आगलागी प्रतिरोधी अवस्थामा राखिएका संवेदनशील दस्ताबेजहरू पूर्वजानकारी भए जसरी नै खोजीखोजी जलाइएको छ । यस्तो सूचना कसरी प्राप्त भयो ? कसले यस्ता सामग्री तयार गर्ने तथा आपूर्ति गर्ने काम ग¥यो ?

७) जेलबाट निस्किएका नेताहरू तथा आन्दोलनलाई उग्र बनाउने समूहका नेताका घर भने सुरक्षित किन भयो ? न्यूयोर्क टाइम्सले उठाएको प्रश्न हो यो ।

८) न्यूयोर्क टाइम्सले प्राप्त गरेका निगरानी भिडिओ र प्रहरी स्रोतका अनुसार, काठमाडौं, पोखरा र विराटनगरमा भएका आगजनीहरू एउटै समयमा सुरू भएका थिए । काठमाडौंको मीनभवनस्थित सरकारी कार्यालयमा आगो लगाउने व्यक्तिहरू उस्तै पहिरनमा थिए र एउटै दिशाबाट समन्वित रूपमा प्रवेश गरेका देखिन्छन् ।

आजकाल नेपालमा यस्ता आगजनीको समर्थनमा बोल्यो लेख्यो भने ताली पाइन्छ । विरोधमा बोल्यो भने गाली पाइन्छ । के हुन लाग्यो हाम्रो नेपालमा ?

✍️ Bhagawati Neupane

४ बर्षे B.A तर्फको चौथो बर्ष (२०८२) को नियमित तथा आंशिक तर्फको २०८३ साल असार महिनामा सञ्चालित परीक्षाको नतिजा सार्वजनिक ...
16/09/2026

४ बर्षे B.A तर्फको चौथो बर्ष (२०८२) को नियमित तथा आंशिक तर्फको २०८३ साल असार महिनामा सञ्चालित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

16/09/2026

रास्वपा सांसदको यो राष्ट्रघाती बोली - खगेन्द्र सुनार भन्छन- भारतको विरोध गर्दा नेपालले दु:ख पाउँछ रे !

16/09/2026

बालेन साह नेतृत्वमा सरकार बनेको ६ महिनामै प्रश्नको उत्तर दिन नसकेर रास्वपा सांसदहरूको कन्तबिजोग छ । भागाभाग छन । किन यस्तो दुर्दशा आएको होला ?

रीमा विश्वकर्मालाई हेर्नुस -

रास्वपाका सांसद हाजिर गरेर भत्ता भत्ता पचाएर बैठक छाडेर च्याँ खान निस्किए । हाजिरी ठोकेर सांसद टाप- हाजिर गर्ने बित्तिकै...
16/09/2026

रास्वपाका सांसद हाजिर गरेर भत्ता भत्ता पचाएर बैठक छाडेर च्याँ खान निस्किए ।

हाजिरी ठोकेर सांसद टाप

- हाजिर गर्ने बित्तिकै सांसदले प्रति बैठक एक हजार भत्ता र एक हजार यातायात खर्च पाउने व्यवस्था छ !

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

बालेनको दुई तिहाइलाई धक्कासंविधान संशोधन गर्न संसद्का दुई सदनले अलग-अलग नै दुई तिहाई बहुमत पुऱ्याउनुपर्ने । दुई सनको संय...
16/09/2026

बालेनको दुई तिहाइलाई धक्का

संविधान संशोधन गर्न संसद्का दुई सदनले अलग-अलग नै दुई तिहाई बहुमत पुऱ्याउनुपर्ने । दुई सनको संयुक्त बैठकबाट दुई तिहाई पुऱ्याएर संविधान संशोधन हुन नसक्ने । प्रतिनिधि सभा नियमावली, २०८३ को नियम २५९ प्रथम दृष्टिमै संविधानविपरीत ।

दुई सदानात्मक ब्यवस्थापिका भएको संसदीय ब्यवस्थाको धज्जी उडाउदै प्रतिनिधिसभाले मात्र संविधान संसोधन गर्न सक्ने र प्रचलित कानुन मिचेर संसदका सदस्यहरु अपराधिक कार्यमा संलग्न भए पनि निलम्बन हुन नसक्ने गरी बनाइएको प्रतिनिधि सभा नियमावलीका ब्यवस्थाहरु आज सर्बोच्च अदालत द्वारा अन्तरिम आदेस जारी ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Society Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Society Nepal:

Shortcuts

Share