Jaljala Times

Jaljala Times Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jaljala Times, Kathmandu.

घोराहीमा जारी दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी ‘माघे मेला–२०८२’ को चौथो दिन लोकदोहोरी गायिका ज्योति मगरको दमदार प्...
12/01/2026

घोराहीमा जारी दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी ‘माघे मेला–२०८२’ को चौथो दिन लोकदोहोरी गायिका ज्योति मगरको दमदार प्रस्तुतिले महोत्सवस्थल युवा उत्साहले भरिएको देखियो । आइतबार अपराह्न मञ्चमा उक्लिएकी ज्योति मगरले फरक शैली, नृत्य र ऊर्जाशील गायनमार्फत दर्शकलाई करिब १ घण्टा लगातार बाँधेर राखिन् ।
अन्य लोकदोहोरी कलाकारभन्दा भिन्न प्रस्तुति शैलीका कारण चर्चित ज्योति मगरले विशेषगरी युवालाई केन्द्रित गर्दै झण्डै आधा दर्जन चर्चित गीत प्रस्तुत गरिन् । उनको प्रस्तुती सुरु भएसँगै महोत्सवस्थलमा युवाहरूको भीड उल्लेख्य रूपमा बढेको देखिन्थ्यो । ज्योति मगरकै आकर्षक प्रस्तुतिका कारण लोकदोहोरी कार्यक्रमको समय अन्य दिनको तुलनामा पछाडि सरेको थियो भने दर्शकहरू साँझ झण्डै ६ बजेसम्म महोत्सवस्थलमै टिकिरहे।

कार्यक्रममा गायक प्रेम शर्माले माली गाईलाई बाँधको दाम्लो र लुकिलुकी हेर्न मन लाग्यो प्रस्तुत गर्दै दर्शकको मन जिते । त्यसैगरी गायिका सुशीला थापा मगरले सलल राप्ती भेरी र धान झुलेको खेत बोलको गीतमार्फत लोकभाव झल्काइन् । डान्सर वर्षा मगर साेनी डान्स ग्रुपको आकर्षक नृत्य प्रस्तुतिले कार्यक्रमलाई थप रंगीन बनायो ।
यसैबीच दोहोरी गीत प्रतियोगिताअन्तर्गत बागिना कला केन्द्र तुलसीपुर र असपारा समूह बीच भएको प्रतिस्पर्धामा बागिना कला केन्द्र विजयी भएको छ । प्रतिस्पर्धात्मक दोहोरीले दर्शकलाई अन्तिम क्षणसम्म उत्सुक बनाएको थियो ।
मेला आयोजक नेपाल मगर सङ्घ घोराही उपमहानगरपालिका समितिका अध्यक्ष बेदबहादुर बुढा मगरले आइतबार मात्रै २० हजारभन्दा बढी दर्शकले मेला अवलोकन गरेको जानकारी दिनुभयो । उहाँका अनुसार दिनप्रतिदिन बढ्दै गएको दर्शक सहभागिताले माघे मेलालाई दाङकै प्रमुख सांस्कृतिक र पर्यटन आकर्षणका रूपमा स्थापित गर्दै लगेको छ ।
लोकसंस्कृति, संगीत, नृत्य र दर्शकको उत्साहले भरिएको माघे मेला घोराहीको पहिचान र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिइरहेको स्थानीयको बुझाइ छ । पौष २९ गते भोलि गायिका रचना रिमाल लगायतको प्रस्तुति रहने सांस्कृतिक संयोजक गोपाल बुढा मगरले जानकारी दिनुभयो।

रोल्पाली सेवा समाज रोल्पाको ल्पाको तेस्रो अधिवेशन २०८२ त्रिवेणी गाउँपालिका ५ जुगा रोल्पामा हुने भएको हुनाले माघ १० गते श...
04/01/2026

रोल्पाली सेवा समाज रोल्पाको ल्पाको तेस्रो अधिवेशन २०८२ त्रिवेणी गाउँपालिका ५ जुगा रोल्पामा हुने भएको हुनाले माघ १० गते शनिबारका दिन सम्पूर्णमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिन्छ।

नेपाली कम्युनिस्ट पार्टी परिवर्तन गाउँपालिका १ कुरेली रोल्पाको पार्टी परिशिक्षण तथा कार्यकर्ता भेटघाट एकता सन्देश सभा का...
04/01/2026

नेपाली कम्युनिस्ट पार्टी परिवर्तन गाउँपालिका १ कुरेली रोल्पाको पार्टी परिशिक्षण तथा कार्यकर्ता भेटघाट एकता सन्देश सभा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका उपाध्यक्ष राधा खत्रीको अध्यक्षता सँगै महाधिवेशन आयोजक समिति केन्द्रीय सदस्य राजबहादुर बुढामगर अभिनाश को प्रमुख अतिथि महाधिवेशन आयोजक समिति लुम्बिनी प्रदेश सदस्य हितकुमारी बुढा मगर मनप्रसाद घर्ती मगर सँगै परिवर्तन गाउँपालिका अध्यक्ष हरिप्रसाद बुढा मगर देवबहादुर बुढा मगर दिनेश बम बहादुर पुन विक्रम त्यस्तै लुम्बिनी प्रदेश सल्लाहकार मनबहादुर बुढा मगर निर्वाचित वडा अध्यक्ष मैते बुढा मगर त्यस्तै वडा सदस्यहरू जनवादी कलाकार काशीराम बुढा मगर झन्कार लगायत सम्पूर्ण कुरेली बासी नेता कार्यकर्ता लगायत उपस्थितिमा र अतिथिकामा कार्यक्रम कार्यक्रम भव्य र सानदार ढंगले सम्पन्न भएको छ। कार्यक्रमको स्वागत मन्तव्य सहसचिव फलसरि बुढामगर ले दिनुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव मदन कुमार रोका मगर ले गरनु भएको थियो त्यस्तै सँगै नेपाली कांग्रेस पार्टी परित्याग गरी चार जनाले पार्टी प्रवेश कार्यक्रम समेत गरेका थिए कुरेली तालिम निवासी धनबल विक सिमा विक लेखमाया बि क प्रेम बिकले पार्टी प्रवेश कार्यक्रम गर्नुभएको थियो। उहाँलाई प्रमुख अतिथि लगायत विशिष्ट अतिथि द्वारा फुलमाला लगाई स्वागत र सत्कार गरिएको थियो।

राष्ट्रपति रनिङ शिल्डमा सहभागी बिद्यार्थी सवार सेरमबाट सिउरीको लागि छुटेको जिप सेरम खोलामा दुर्घटना भएको छ घटनामा २ जनाक...
04/01/2026

राष्ट्रपति रनिङ शिल्डमा सहभागी बिद्यार्थी सवार सेरमबाट सिउरीको लागि छुटेको जिप सेरम खोलामा दुर्घटना भएको छ घटनामा २ जनाको ज्यान गएको र ९ जना घाइते भएको खबर प्राप्त भएको छ !! गाडी करिब साढे बजेतिर दुर्घटना भएको र गाडीचालकले पहिलोपटक गाडी त्यो बाटोमा लगेको हुनाले पनि नौलो भएको कुरा समेत जानकारी प्राप्त भएको छ। भने घाइतेहरूको उपचार सुलीचोर प्रारम्भिक अस्पताल बुटवलमा भइरहेको छ।

03/01/2026
दाङको घोराही बाट रोल्पाको होलेरी तिला दारबोट घर्तीगाउँ बागमारा हुँदै परिवर्तन गाउँपालिका वडा नम्बर ५ को कार्यालय गोडीचौर...
31/12/2025

दाङको घोराही बाट रोल्पाको होलेरी तिला दारबोट घर्तीगाउँ बागमारा हुँदै परिवर्तन गाउँपालिका वडा नम्बर ५ को कार्यालय गोडीचौर हुँदै खेसाबाङ छेडा भालुकोटसम्म जीप सञ्चालनमा आएको छ आज मिति २०८२ साल पुष महिना०२-००१ज ००५२ नम्बरको गाडी सञ्चालनमा आएको छ भने दुईवटा गाडी नियमित सञ्चालनमा आउने समेत जानकारी प्राप्त भएको छ। वडा अध्यक्ष दिलबहादुर ओली त्यहाँका जनप्रतिनिधि राजनीतिक दल समाजसेवी बुद्धिजीवी टोल विकास संस्थाका अगुवा अध्यक्ष शिक्षक प्र अ लगायत आम जनसमुदायले भव्य रूपले गाडीचालक र गाडीलाई फुलमाला र अबरले भव्य रूपले स्वागत गरेका छन्। गाडी जलजला हिमाल यातायात प्रणालीद्वारा सञ्चालित।
#गाडी चालक नबिन खड्का
#सम्पर्क नम्बर 9869965925
#गाडी नम्बर ०२-००१ ज ००५२
#गाडी चालक हेमराज डाँगी
#सम्पर्क नम्बर 9748714422
#गाडी नम्बर सु प प्र ०१००१ज १४६२

31/12/2025

दाङ घोराही बाट होलेरी नुवागाउ त्रिवेणी तिला दार्बोट मिनाही घर्तीगाउँ सिस्ने दुइखोली बागमारा हुदै राङकोट मौलाबोट हुदै वडा कार्यालय गोरिचौर हुदै खेसाबाङ भालुकोट सम्म जिप सञ्चालनमा आएको छ आजदेखि।

भावपुर्ण श्रद्धाञ्जली रोल्पा जिल्ला परिवर्तन गाउँपालिका ५ राङकोट निवासी भुगोल वली प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछ...
30/12/2025

भावपुर्ण श्रद्धाञ्जली रोल्पा जिल्ला परिवर्तन गाउँपालिका ५ राङकोट निवासी भुगोल वली प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछौं ।

नेपाली कम्युनिष्ट पार्टी वडास्तरीय कार्यकर्ता भेला तथा पार्टी प्रशिक्षण कार्यक्रम हुने भएको छ।
26/12/2025

नेपाली कम्युनिष्ट पार्टी वडास्तरीय कार्यकर्ता भेला तथा पार्टी प्रशिक्षण कार्यक्रम हुने भएको छ।

रोल्पा जलजला महोत्सव।
26/12/2025

रोल्पा जलजला महोत्सव।

आगामी फागुन २१ को निर्वाचन मा नेपाली कम्युनिष्ट पार्टी रोल्पा को तर्फ बाट प्रत्यक्ष तर्फ रोल्पा बाट पहिलो नम्बर मा कमरेड...
25/12/2025

आगामी फागुन २१ को निर्वाचन मा नेपाली कम्युनिष्ट पार्टी रोल्पा को तर्फ बाट प्रत्यक्ष तर्फ रोल्पा बाट पहिलो नम्बर मा कमरेड प्रचण्ड दोस्रोमा कमरेड बर्षमान पुन 'अनन्त' लगाएत को नाम सिफारिस ।
समानुपातिक तर्फ आदरणीय नेता कृष्ण बहादुर महरा लगाएत को नाम सिफारिस भएको छ ।

राष्ट्रिय एकता दिवसको अवसरमा माडी गा. पा . को समन्वय र माडी प्रज्ञा प्रतिष्ठानको आयोजनामा तेस्रो माडी सांस्कृतिक सन्देश ...
25/12/2025

राष्ट्रिय एकता दिवसको अवसरमा माडी गा. पा . को समन्वय र माडी प्रज्ञा प्रतिष्ठानको आयोजनामा तेस्रो माडी सांस्कृतिक सन्देश कार्यक्रम पौष २७ गते घर्तीगाउँमा हुने भएको छ ।

Address

Kathmandu
3315

Alerts

Be the first to know and let us send you an email when Jaljala Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jaljala Times:

Share