10/12/2020
प्रतियोगी नम्बरः २
नामः सुजन श्रेष्ठ
ठेगानाः काठमाडौं
एक्मी इन्जिनियरिङ कलेज
000
सम्पूर्ण इन्जिनियर तथा आर्किटेक्ट पेशामा आवद्ध तथा यी विषय अध्ययन गर्दै गरेका विद्यार्थीहरुलाई ‘इन्जिनियर्स पोस्ट डटकम’ प्रस्तुत गर्दछ, ‘कोभिड तिहार फोटो प्रतियोगिता–२०७७ ।’
नियमहरु :
१. प्रतियोगीतामा भाग लिन हाम्रो फेसबुक पेज
( https://www.facebook.com/engineersnewsnepal ) मा आफ्नो नाम, ठेगाना र पेशा वा अध्ययन गरिरहेको कलेजको नामसहित तिहारको भाइटीकाको दिदीबहिनी वा दाइभाइसँगको एउटा तस्बिर पठाउनु पर्नेछ ।
२. प्राप्तमध्ये हरेक दिन तस्बिरहरु हाम्रो पेजमा सेयर गरिनेछ । यसरी १० दिनसम्म तस्बिरहरु पोस्ट गरिनेछ ।
३. तस्बिरमा सबैभन्दा धेरै लाइक आउने प्रतियोगीलाई विजेता घोषणा गरिनेछ ।
४. प्रतियोगी इन्जिनियरिङ पेशामा आवद्ध भएको वा इन्जिनियरिङ शिक्षा अध्ययन गरिरहेको हुनुपर्नेछ ।
५. प्रतियोगीता सुरु भएको मिती (२०७७ मंसिर ५ गते) को २० दिनपछि (२६ गते) विजेता घोषणा गरिनेछ ।
६. विजेलाई आकर्षक पुरस्कार प्रदान गर्नुको साथै उसको इन्जिनियर्स पोस्टमा फिचर स्टोरीसमेत गरिनेछ ।
७. फोटोमा लाइक गर्नका लागि आफ्ना साथीहरुलाई आह्वान गर्न पाइनेछ ।
शर्तहरु :
१. प्रतियोगीले अनिवार्य रुपमा इन्जिनियर्स पोस्टको फेसबुक पेज ( https://www.facebook.com/engineersnewsnepal ) लाइक गरेको हुनुपर्नेछ ।
२. पुरस्कार लिन आउँदा आफ्नो परिचय खुल्ने आइडी कार्ड साथमा लिएर आफै उपस्थित हुनु पर्नेछ ।
३. पुरस्कृत भएको एक साताभित्र सम्पर्क गर्नुपर्नेछ । विजेता काठमाडौंबाहिर भएको हकमा आपसी हल्लाहमा निर्णय लिइनेछ ।
४. दुई जना प्रतियोगीको बराबर लाइक आएमा गोलाप्रथाद्धारा विजेता घोषणा गरिनेछ ।
५. मंसिर १० गतेसम्म प्राप्त तस्बिरलाई मात्र प्रतियोगीतामा सहभागी गराइनेछ ।
६. प्रतियोगीतामा कुनै विवाद आएमा इन्जिनियर्स पोस्टले गरेको निर्णय नै अन्तिम हुनेछ ।
Www.engineerspost.com