12/05/2026
सत्यवती मा वि का ४ विद्यार्थीले ल्याए ४ जिपिए, एसईईमा ९० प्रतिशत विद्यार्थी उत्तीर्ण
तनहुँको नमुना विद्यालयका रूपमा परिचित व्यास नगरपालिका–२, दमौलीस्थित सत्यवती माध्यमिक विद्यालय का चार जना विद्यार्थीले एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै ४ जिपिए प्राप्त गरेका छन्।
विद्यालयका अनुसार यस वर्षको एसईई परीक्षामा करिब ९० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।