Janata Nepal

Janata Nepal 'जनता नेपाल'मा यहाँहरुलाई स्वागत छ । "ज? log on: www.janatanepal.com

28/03/2026

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत्र १३ को बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची छोटकरीमा

1. निर्वाचन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिइयो।
2. सरकारलाई परिणाममुखी र जवाफदेही बनाइने।
3. सबै दलका प्रतिबद्धता मिलाएर राष्ट्रिय प्रतिबद्धता बनाइने।
4. संविधान संशोधनका लागि राष्ट्रिय सहमति खोजिने।
5. दलित तथा वञ्चित समुदायप्रति औपचारिक माफी मागिने।
6. Gen Z आन्दोलन पीडितलाई राहत र पुनःस्थापना गरिने।
7. घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरिने।
8. आयोगका प्रतिवेदन कार्यान्वयन गरिने।
9. मन्त्रालय संख्या घटाएर १७ बनाइने।
10. सेवा प्रवाह सरल र छिटो बनाइने।
11. अनावश्यक संस्था हटाइने वा पुनर्संरचना गरिने।
12. प्रशासनलाई राजनीतिक प्रभावबाट मुक्त बनाइने।
13. कर्मचारीलाई अनुशासित र उत्तरदायी बनाइने।
14. संघ, प्रदेश र स्थानीय संरचना मापदण्ड बनाइने।
15. शिक्षक सेवा व्यवस्थापन प्रदेशबाट गरिने।
16. कर्मचारी मूल्याङ्कनलाई परिणामसँग जोडिने।
17. सेवा गुणस्तर प्रमाणीकरण प्रणाली लागू गरिने।
18. सरकारी कार्यालयको मापदण्ड सुधार गरिने।
19. कर्मचारी डिजिटल प्रोफाइल बनाइने।
20. नागरिक सेवा केन्द्र स्थापना गरिने।
21. नागरिक सेवा पूर्ण डिजिटल बनाइने।
22. फ्रन्ट डेस्क कर्मचारीलाई तालिम दिइने।
23. सेवा प्रक्रियाको पुनःसंरचना गरिने।
24. २४ घण्टे गुनासो प्रणाली लागू गरिने ।
25. हेलो सरकार प्रणाली सुधार गरिने।
26. सेवाहरू समयबद्ध र डिजिटल बनाइने।
27. सरकारी कागजात घरमै पुर्‍याइने।
28. डिजिटल प्रणाली सुदृढ बनाइने।
29. डेटा एकपटक मात्र संकलन गरिने।
30. एप र पोर्टल सरल बनाइने।
31. नागरिक एपबाट सेवा आवेदन सहज बनाइने।
32. सेवा लिन समय तय गर्ने सुविधा दिइने।
33. डिजिटल हस्ताक्षर प्रणाली लागू गरिने।
34. फाइल ट्र्याकिङ प्रणाली बनाइने।
35. प्रमाणपत्र अनलाइन डाउनलोड गर्न मिल्ने बनाइने।
36. एकीकृत डिजिटल शासन प्लेटफर्म बनाइने।
37. सबै सेवा एउटै प्लेटफर्मबाट उपलब्ध गराइने ।
38. डिजिटल नियामक निकाय स्थापना गरिने।
39. IT संरचना एकीकृत गरिने।
40. IT सम्बन्धी कानून बनाइने।
41. डिजिटल आर्किटेक्चर तयार गरिने।
42. Betting एप बन्द गरिने।
43. सम्पत्ति छानबिन समिति गठन गरिने।
44. सुशासन केन्द्र सुधार गरिने।
45. डिजिटल सम्पत्ति ट्र्याकिङ प्रणाली बनाइने।
46. भ्रष्टाचारविरुद्ध राष्ट्रिय योजना ल्याइने।
47. सदाचार नीति लागू गरिने।
48. सार्वजनिक खरिद प्रणाली सुधार गरिने।
49. आयोजना व्यवस्थापन सुधार गरिने।
50. e-procurement प्रणाली लागू गरिने।
51. परियोजना सहजीकरण कानून ल्याइने।
52. सडक आयोजना समयमै पूरा गरिने।
53. लगानी प्रक्रिया सरल बनाइने।
54. परियोजनाको लगानी मोडेल तय गरिने।
55. एकद्वार लगानी प्रणाली लागू गरिने।
56. Startup प्रक्रिया छिटो बनाइने।
57. SME ऋण सहज बनाइने।
58. व्यवसाय दर्ता एकीकृत गरिने।
59. रोजगार र सीप केन्द्र बनाइने।
60. निजी क्षेत्र प्रवर्द्धन रणनीति लागू गरिने।
61. व्यवसाय सुरक्षाको व्यवस्था गरिने।
62. अपराधीमाथि कडा कारबाही गरिने।
63. प्रभावित व्यवसायलाई राहत दिइने।
64. PM Delivery Unit स्थापना गरिने।
65. लगानी संस्थाहरू एकीकृत गरिने।
66. साना उद्योग दर्ता सरल बनाइने।
67. डेटा आदानप्रदान प्रणाली बनाइने।
68. CSR रकम केन्द्रित गरिने।
69. निजी क्षेत्र सुरक्षाको रणनीति लागू गरिने।
70. ढुवानी अवरोध हटाईने ।
71. पारदर्शी लगानी वातावरण बनाइने।
72. नयाँ पर्यटन क्षेत्र विकास गरिने।
73. आरोग्य पर्यटन प्रवर्द्धन गरिने।
74. ऊर्जा क्षेत्र सुधार गरिने।
75. खानेपानी व्यवस्थापन एकीकृत गरिने।
76. जलाधार संरक्षण गरिने।
77. शहरी विकास कानून ल्याइने।
78. निष्क्रिय स्रोत प्रयोग गरिने।
79. e-billing अनिवार्य गरिने।
80. कर प्रणाली सुधार गरिने।
81. कोषहरू एकीकृत गरिने।
82. खानी क्षेत्र सुधार गरिने ।
83. भन्सार प्रणाली सुधार गरिने।
84. धरौटी रकम उपयोग गरिने।
85. स्वास्थ्य सेवा सुधार गरिने।
86. शिक्षा क्षेत्रमा राजनीति हटाइने।
87. परीक्षा परिणाम समयमै निकालिने।
88. नागरिकता बिना स्नातक पढ्न मिल्ने बनाइने।
89. कक्षा ५ सम्म परीक्षा हटाइने।
90. कृषि क्षेत्र सुधार गरिने।
91. सुकुम्बासी समस्या समाधान गरिने।
92. सार्वजनिक जग्गा संरक्षण गरिने।
93. अपराधसम्बन्धी सम्पत्ति कानून सुधार गरिने।
94. CIB लाई प्रविधियुक्त बनाइने।
95. अन्तर्राष्ट्रिय संकट अध्ययन गरिने।
96. भन्सारमा थन्किएका सवारी व्यवस्थापन गरिने।
97. महिलाका लागि निःशुल्क बस सेवा सञ्चालन गरिने।
98. सार्वजनिक यातायातमा सुरक्षा बढाइने।
99. सहकारी बचत फिर्ता प्रक्रिया सुरु गरिने।
100. सबै पक्ष मिलेर सुधार कार्यान्वयन गरिने।

कांग्रेसद्वारा गृह मन्त्रालयको परिपत्रको कडा आलोचना — देउवाको विज्ञप्तिकाठमाडौं । कांग्रेसले बुधबार जारी गरेको विज्ञप्ति...
01/10/2025

कांग्रेसद्वारा गृह मन्त्रालयको परिपत्रको कडा आलोचना — देउवाको विज्ञप्ति

काठमाडौं । कांग्रेसले बुधबार जारी गरेको विज्ञप्तिमार्फत भदौ ९ गते मिति २०८२/६/९ मा गृह मन्त्रालयले जारी गरेको परिपत्र र सोअनुसारको व्यवहारलाई कडा रूपमा अस्वीकार गरेको छ। कांग्रेस सभापति शेर बहादुर देउवाको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ कि सरकारले प्रदर्शनका घटनाहरूको छानबिनका लागि न्यायिक छानबिन आयोग गठन गर्नु स्वागतयोग्य भएतापनि परिपत्रले संविधानवाद, कानूनी राज्य र विधिको शासनलाई धज्जी उडाएको दाबी गरिएको छ।

विज्ञप्तिमा कांग्रेसले अगाडि उल्लेख गरेको छ कि राजनीतिक प्रदर्शनको आवरणमा नियोजित र निर्देशित योजनाबद्ध आगजनी, राजनीतिक दल र दलविशेषका नेतामाथि बदलापूर्ण, प्रतिशोध लिन लक्षित आक्रमण, कार्यालयहरुमा तोडफोड, लुटपाट र आगजनी, सुरक्षाकर्मीको हातहतियार र बर्दी लुटेर सो बर्दी लगाएर हतियार बोकेर आतंक फैलाउने गतिबिधि—यी सबै घटनामा संलग्न वा भेटिएका व्यक्तिहरूमाथि प्रचलित कानून बमोजिम खोजतलास तथा कानूनी कारबाही नहुनु स्विकार्य नभएको स्पष्ट गरिएको छ।

देउवाको विज्ञप्तिमा ती परिपत्र र विज्ञप्तिको व्यावहारिक कार्यान्वयनबाट उत्पन्न हुने कानुका शासन र संविधानविपरीत संकेतप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ। कांग्रेसले यसो भन्दै छ: सरकारले यस्ता घटनाहरूलाई राजनीतिक र व्यक्तिगत बदला वा प्रतिशोधको माध्यम बनाएर निष्पक्ष छानबिन र कानुनी प्रकृयालाई कमजोर पार्ने प्रयास गर्नु हुँदैन।

विज्ञप्तिले निष्कर्षमा सबै प्रकारका हिंसात्मक क्रियाकलाप र तोडफोडको समर्थन नगर्ने बताएका छन् र घटनाका वास्तविक जिम्मेवारलाई खोजी कानूनी कारबाही गर्न, सत्तासीन निकायले निष्पक्ष, पारदर्शी र स्वतन्त्र छानबिन सुनिश्चित गर्नुपर्ने माग राखेको छ।

29/09/2025

छातिमा हात राखेर तपाईं आफ्नो धर्म नछोडेर भन्नुहोस् त रवि लामिछाने निर्दोष छन् कि दोषि ?

राष्ट्रिय स्वतन्त्र  पार्टी को आग्रह ।
29/09/2025

राष्ट्रिय स्वतन्त्र पार्टी को आग्रह ।

केपी ओली लगाएत ५ जनाको पासपोर्ट रोक्का गरीएको छ।भाद्र २३ र २४ को zenz घटना क्रमको जाँचबुझ आयोग ।
28/09/2025

केपी ओली लगाएत ५ जनाको पासपोर्ट रोक्का गरीएको छ।

भाद्र २३ र २४ को zenz घटना क्रमको जाँचबुझ आयोग ।

02/07/2025

बाराको जितपुरसिमरा उपमहानगरपालिका–२, सिमरास्थित जगदम्बा स्टिल प्राइभेट लिमिटेडको भट्टी विस्फोट भएको छ । बुधबार राति करिब सवा ९ बजे विस्फोट भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
भट्टीमा विस्फोट हुँदा केही मजदुर घाइते भएका छन् ।

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि २ खर्ब ११ अर्ब १७ करोड बजेट विनि...
29/05/2025

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि २ खर्ब ११ अर्ब १७ करोड बजेट विनियोजन गरेकाे छ। बिहीबार संघीय संसदमा आगामी आर्थिक वर्षकाे बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले शिक्षामा सुधारकाे याेजना सहित बजेट विनियाेजन गरिएकाे बताएका हुन्।

शिक्षामा बजेट : २ खर्ब ११ अर्ब १७ करोड बजेट विनियोजन। Edusawal HD२०८२/८३ को आर्थिक वर्षको लागि शिक्षा क्षेत्रमा २ खर्ब ११ .....

देशमा यतिखेर जसलाई जे गर्दा पनि भएको छ।  हेर्नुहोस ! अर्को सर्बोच्च संस्थाको लाजमर्दो हबिगत
30/04/2025

देशमा यतिखेर जसलाई जे गर्दा पनि भएको छ। हेर्नुहोस ! अर्को सर्बोच्च संस्थाको लाजमर्दो हबिगत

28/02/2025

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपियाँ २३ पैसा र बिक्रीदर १३९ रुपियाँ ८३ पैसा कायम भएको छ।

आजका लागि युरोपियन युरो एकको खरिददर १४५ रुपियाँ ८६ पैसा र बिक्रीदर १४६ रुपियाँ ४९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७६ रुपियाँ ४७ पैसा र बिक्रीदर १७७ रुपियाँ २३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५५ रुपियाँ ०२ पैसा र बिक्रीदर १५५ रुपियाँ ६९ पैसा कायम गरिएको छ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ७२ पैसा र बिक्रीदर ८८ रुपियाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ ११ पैसा र बिक्रीदर ९७ रुपियाँ ५३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपियाँ ७८ पैसा र बिक्रीदर १०४ रुपियाँ २३ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ २९ पैसा र बिक्रीदर नौ रुपियाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ १५ पैसा र बिक्रीदर १९ रुपियाँ २४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ १२ पैसा र बिक्रीदर ३७ रुपियाँ २८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ २० पैसा र बिक्रीदर ३८ रुपियाँ ३७ पैसा कायम भएको बैंकले जनाएको छ।

17/10/2024

रेडियो नेपालले २५ औं राष्ट्रभाषाका रूपमा आजदेखि दनुवार भाषाको समाचार तथा कार्यक्रम प्रसारण गर्दैछ । उक्त ऐतिहासिक शुभारम्भको शुभकामना। मातृभाषाको सम्बर्द्धन र विकासका लागी नेपालमा बोलिने बिभिन्न राष्ट्रभाषा हरुलाई यसरी नै खोज, अनुसन्धान गर्दै प्रबर्दन गर्न जरुरि छ।

Address

Baluawatar, Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Janata Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Janata Nepal:

Share

Category