Janata Nepal

Janata Nepal 'जनता नेपाल'मा यहाँहरुलाई स्वागत छ । "ज? log on: www.janatanepal.com

कांग्रेसद्वारा गृह मन्त्रालयको परिपत्रको कडा आलोचना — देउवाको विज्ञप्तिकाठमाडौं । कांग्रेसले बुधबार जारी गरेको विज्ञप्ति...
01/10/2025

कांग्रेसद्वारा गृह मन्त्रालयको परिपत्रको कडा आलोचना — देउवाको विज्ञप्ति

काठमाडौं । कांग्रेसले बुधबार जारी गरेको विज्ञप्तिमार्फत भदौ ९ गते मिति २०८२/६/९ मा गृह मन्त्रालयले जारी गरेको परिपत्र र सोअनुसारको व्यवहारलाई कडा रूपमा अस्वीकार गरेको छ। कांग्रेस सभापति शेर बहादुर देउवाको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ कि सरकारले प्रदर्शनका घटनाहरूको छानबिनका लागि न्यायिक छानबिन आयोग गठन गर्नु स्वागतयोग्य भएतापनि परिपत्रले संविधानवाद, कानूनी राज्य र विधिको शासनलाई धज्जी उडाएको दाबी गरिएको छ।

विज्ञप्तिमा कांग्रेसले अगाडि उल्लेख गरेको छ कि राजनीतिक प्रदर्शनको आवरणमा नियोजित र निर्देशित योजनाबद्ध आगजनी, राजनीतिक दल र दलविशेषका नेतामाथि बदलापूर्ण, प्रतिशोध लिन लक्षित आक्रमण, कार्यालयहरुमा तोडफोड, लुटपाट र आगजनी, सुरक्षाकर्मीको हातहतियार र बर्दी लुटेर सो बर्दी लगाएर हतियार बोकेर आतंक फैलाउने गतिबिधि—यी सबै घटनामा संलग्न वा भेटिएका व्यक्तिहरूमाथि प्रचलित कानून बमोजिम खोजतलास तथा कानूनी कारबाही नहुनु स्विकार्य नभएको स्पष्ट गरिएको छ।

देउवाको विज्ञप्तिमा ती परिपत्र र विज्ञप्तिको व्यावहारिक कार्यान्वयनबाट उत्पन्न हुने कानुका शासन र संविधानविपरीत संकेतप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ। कांग्रेसले यसो भन्दै छ: सरकारले यस्ता घटनाहरूलाई राजनीतिक र व्यक्तिगत बदला वा प्रतिशोधको माध्यम बनाएर निष्पक्ष छानबिन र कानुनी प्रकृयालाई कमजोर पार्ने प्रयास गर्नु हुँदैन।

विज्ञप्तिले निष्कर्षमा सबै प्रकारका हिंसात्मक क्रियाकलाप र तोडफोडको समर्थन नगर्ने बताएका छन् र घटनाका वास्तविक जिम्मेवारलाई खोजी कानूनी कारबाही गर्न, सत्तासीन निकायले निष्पक्ष, पारदर्शी र स्वतन्त्र छानबिन सुनिश्चित गर्नुपर्ने माग राखेको छ।

29/09/2025

छातिमा हात राखेर तपाईं आफ्नो धर्म नछोडेर भन्नुहोस् त रवि लामिछाने निर्दोष छन् कि दोषि ?

राष्ट्रिय स्वतन्त्र  पार्टी को आग्रह ।
29/09/2025

राष्ट्रिय स्वतन्त्र पार्टी को आग्रह ।

केपी ओली लगाएत ५ जनाको पासपोर्ट रोक्का गरीएको छ।भाद्र २३ र २४ को zenz घटना क्रमको जाँचबुझ आयोग ।
28/09/2025

केपी ओली लगाएत ५ जनाको पासपोर्ट रोक्का गरीएको छ।

भाद्र २३ र २४ को zenz घटना क्रमको जाँचबुझ आयोग ।

02/07/2025

बाराको जितपुरसिमरा उपमहानगरपालिका–२, सिमरास्थित जगदम्बा स्टिल प्राइभेट लिमिटेडको भट्टी विस्फोट भएको छ । बुधबार राति करिब सवा ९ बजे विस्फोट भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
भट्टीमा विस्फोट हुँदा केही मजदुर घाइते भएका छन् ।

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि २ खर्ब ११ अर्ब १७ करोड बजेट विनि...
29/05/2025

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि २ खर्ब ११ अर्ब १७ करोड बजेट विनियोजन गरेकाे छ। बिहीबार संघीय संसदमा आगामी आर्थिक वर्षकाे बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले शिक्षामा सुधारकाे याेजना सहित बजेट विनियाेजन गरिएकाे बताएका हुन्।

शिक्षामा बजेट : २ खर्ब ११ अर्ब १७ करोड बजेट विनियोजन। Edusawal HD२०८२/८३ को आर्थिक वर्षको लागि शिक्षा क्षेत्रमा २ खर्ब ११ .....

देशमा यतिखेर जसलाई जे गर्दा पनि भएको छ।  हेर्नुहोस ! अर्को सर्बोच्च संस्थाको लाजमर्दो हबिगत
30/04/2025

देशमा यतिखेर जसलाई जे गर्दा पनि भएको छ। हेर्नुहोस ! अर्को सर्बोच्च संस्थाको लाजमर्दो हबिगत

28/02/2025

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपियाँ २३ पैसा र बिक्रीदर १३९ रुपियाँ ८३ पैसा कायम भएको छ।

आजका लागि युरोपियन युरो एकको खरिददर १४५ रुपियाँ ८६ पैसा र बिक्रीदर १४६ रुपियाँ ४९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७६ रुपियाँ ४७ पैसा र बिक्रीदर १७७ रुपियाँ २३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५५ रुपियाँ ०२ पैसा र बिक्रीदर १५५ रुपियाँ ६९ पैसा कायम गरिएको छ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ७२ पैसा र बिक्रीदर ८८ रुपियाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ ११ पैसा र बिक्रीदर ९७ रुपियाँ ५३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपियाँ ७८ पैसा र बिक्रीदर १०४ रुपियाँ २३ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ २९ पैसा र बिक्रीदर नौ रुपियाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ १५ पैसा र बिक्रीदर १९ रुपियाँ २४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ १२ पैसा र बिक्रीदर ३७ रुपियाँ २८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ २० पैसा र बिक्रीदर ३८ रुपियाँ ३७ पैसा कायम भएको बैंकले जनाएको छ।

17/10/2024

रेडियो नेपालले २५ औं राष्ट्रभाषाका रूपमा आजदेखि दनुवार भाषाको समाचार तथा कार्यक्रम प्रसारण गर्दैछ । उक्त ऐतिहासिक शुभारम्भको शुभकामना। मातृभाषाको सम्बर्द्धन र विकासका लागी नेपालमा बोलिने बिभिन्न राष्ट्रभाषा हरुलाई यसरी नै खोज, अनुसन्धान गर्दै प्रबर्दन गर्न जरुरि छ।

२०८१ सालको बडादशैंसँग सम्बन्धित साईत निम्न रहेका छन्।
20/09/2024

२०८१ सालको बडादशैंसँग सम्बन्धित साईत निम्न रहेका छन्।

विश्वविद्यालय शिक्षा रोजगारमुखी बनाउन आवश्यक छ। अध्ययन पश्चात रोजगारीको अवसर सिर्जना गरेर नेपालमै विद्यार्थीलाई उच्च शिक...
10/09/2024

विश्वविद्यालय शिक्षा रोजगारमुखी बनाउन आवश्यक छ। अध्ययन पश्चात रोजगारीको अवसर सिर्जना गरेर नेपालमै विद्यार्थीलाई उच्च शिक्षा आर्जन गर्ने वातावरण बनाउनुपर्छ।

काठमाडाैँ- विश्वविद्यालय शिक्षा रोजगारमुखी बनाउन आवश्यक छ। अध्ययन पश्चात रोजगारीको अवसर सिर्जना गरेर नेपालमै व...

दक्षिण कोरिया नेपाली विद्यार्थीका लागि उपयुक्त शैक्षिक गन्तव्य हो।
25/08/2024

दक्षिण कोरिया नेपाली विद्यार्थीका लागि उपयुक्त शैक्षिक गन्तव्य हो।

काठमाडाैँ- दक्षिण कोरिया नेपाली विद्यार्थीका लागि उपयुक्त शैक्षिक गन्तव्य हो। पछिल्लो समय दक्षिण कोरियामा नेपा...

Address

Baluawatar, Kathmandu

Alerts

Be the first to know and let us send you an email when Janata Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Janata Nepal:

  • Want your business to be the top-listed Media Company?

Share

JanataNepal.Com

नेपाली जनताको डिजिटल पत्रीका