Purbi Command online

Purbi Command online all news

23/08/2026

चुपचाप घण्टी छाप भन्दै नेपाली जनताले भाेट दिएकै हाे । देश राम्रो चलाउँछन् भनेकाे एम्बुलेस चालक परेछन्, अब चालक छान्दा खेरि अनुभवी हर्क साम्पाङ राेज्नुहाेस: सुदन किराती

नेपाली कांग्रेसबाट निर्वाचित मिक्लाजुङ गाउँपालिका–१ का वडा सदस्य तथा युवा नेता पासाङ तामाङ र नेपाली कांग्रेस मोरङ क्षेत्...
23/08/2026

नेपाली कांग्रेसबाट निर्वाचित मिक्लाजुङ गाउँपालिका–१ का वडा सदस्य तथा युवा नेता पासाङ तामाङ र नेपाली कांग्रेस मोरङ क्षेत्र नं. १ (१) का सचिव कमल ढकालले पार्टी परित्याग गर्दै श्रम संस्कृति पार्टी रोजेका छन्। कांग्रेसबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि तथा पार्टीको जिम्मेवार पदमा रहेका नेताहरूले नै पार्टी छाडेर श्रम संस्कृति पार्टीमा प्रवेश गरेपछि मोरङको राजनीतिमा यसको चर्चा चुलिएको छ। उनीहरूले श्रम, उत्पादन, सुशासन र जनतासँग प्रत्यक्ष जोडिने राजनीतिक कार्यशैलीप्रति आकर्षित भएर नयाँ राजनीतिक यात्राका रूपमा श्रम संस्कृति पार्टी रोजेको बताएका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले तामाङ र ढकाललाई पार्टीमा स्वागत गरेका छन्। पार्टी प्रवेश कार्यक्रममा साम्पाङले नयाँ सदस्यहरूलाई स्वागत गर्दै जनताको पक्षमा इमानदार भएर काम गर्ने राजनीतिक संस्कार निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। स्थानीय तहमा निर्वाचित वडा सदस्य तथा कांग्रेसको क्षेत्रीय नेतृत्वमा रहेका व्यक्तिहरूको पार्टी प्रवेशलाई श्रम संस्कृति पार्टीले आफ्नो संगठन विस्तार र जनआधार बढ्दै गएको संकेतका रूपमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटवालले जिल्लाको शान्ति–सुरक्षा मजबुत बनाउन सक्र...
23/08/2026

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटवालले जिल्लाको शान्ति–सुरक्षा मजबुत बनाउन सक्रियता बढाएका छन्।
अपराध नियन्त्रण, लागुऔषध तथा अवैध गतिविधि नियन्त्रणसँगै नागरिकमैत्री प्रहरी सेवा प्रवाहलाई प्राथमिकता दिँदै एसपी कटवालले मातहतका प्रहरी कार्यालयलाई थप जिम्मेवार र प्रभावकारी ढंगले परिचालन गर्दै आएका छन्।
जिल्लाका विभिन्न क्षेत्रमा सुरक्षा अवस्थाबारे जानकारी लिने, प्रहरीको कार्यसम्पादनको अनुगमन गर्ने तथा आवश्यक निर्देशन दिने कार्यलाई उनले निरन्तरता दिएका छन्। अपराध अनुसन्धान र नियन्त्रणमा सक्रियता बढाउँदै नागरिकले सहज रूपमा प्रहरी सेवा पाउने वातावरण निर्माणमा समेत उनको जोड देखिएको छ। स्थानीयस्तरमा देखिने सुरक्षा चुनौती पहिचान गरी समयमै नियन्त्रण गर्ने, प्रहरी–नागरिक सम्बन्धलाई थप सुदृढ बनाउने तथा कानूनविपरीतका गतिविधिमाथि कडाइ गर्ने रणनीतिका साथ प्रहरी परिचालन भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। शान्ति–सुरक्षा, अपराध नियन्त्रण र नागरिकमैत्री प्रहरी सेवामा एसपी कवित कटवालको सक्रियता पछिल्लो समय मोरङमा चर्चामा रहेको छ।

मोरङको दक्षिणी क्षेत्र रतुवामाईमा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङको क्रेज देखिएको छ। हर्क साम्पाङक...
23/08/2026

मोरङको दक्षिणी क्षेत्र रतुवामाईमा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङको क्रेज देखिएको छ। हर्क साम्पाङको नेतृत्वप्रति आकर्षित हुँदै ५ सयभन्दा बढी नेता–कार्यकर्ता तथा समर्थक श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। ठूलो संख्यामा भएको पार्टी प्रवेशले रतुवामाईमा श्रम संस्कृति पार्टीप्रतिको बढ्दो आकर्षणलाई संकेत गरेको छ।

इलाका प्रहरी कार्यालय सिजुवाका कार्यालय प्रमुख प्रहरी निरीक्षक कैलाश लिम्बु साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका ...
23/08/2026

इलाका प्रहरी कार्यालय सिजुवाका कार्यालय प्रमुख प्रहरी निरीक्षक कैलाश लिम्बु साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन्। जिल्ला प्रहरी कार्यालय मोरङले प्रहरी निरीक्षक लिम्बुलाई शान्ति–सुरक्षा कायम, अपराध नियन्त्रण तथा नागरिकसँगको सम्बन्ध सुदृढ बनाउन उत्कृष्ट भूमिका निर्वाह गरेको भन्दै साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरी पुरस्कृत गरेको हो। प्रहरी निरीक्षक लिम्बुले आफ्नो जिम्मेवारी सम्हालेदेखि नै अपराध नियन्त्रण, अवैध गतिविधिमाथि निगरानी, सुरक्षा व्यवस्थापन तथा नागरिकका गुनासा सम्बोधनलाई प्राथमिकता दिँदै आएका छन्। साथै, स्थानीय समुदाय, जनप्रतिनिधि तथा सरोकारवाला निकायसँग समन्वय गर्दै नागरिकमैत्री प्रहरी सेवा प्रवाहमा समेत सक्रिय रहँदै आएका छन्।

मोरङको साविक राजघाट–१, हाल उर्लाबारी नगरपालिका–८ का प्रसिद्ध आयुर्वेदिक उपचारक वीरबहादुर धिमालको ८६ वर्षको उमेरमा निधन भ...
23/08/2026

मोरङको साविक राजघाट–१, हाल उर्लाबारी नगरपालिका–८ का प्रसिद्ध आयुर्वेदिक उपचारक वीरबहादुर धिमालको ८६ वर्षको उमेरमा निधन भएको छ। उनको २०८३ भदौ ७ गते निधन भएको हो। जुम्ल्याहा धिमाल दाजुभाइका रूपमा परिचित वीरबहादुर र उनका दाजु बखतवीर धिमालले २०१२ सालदेखि राजघाटमै बसेर आयुर्वेदिक पद्धतिबाट जन्डिस, वाथ, रक्तश्राब तथा एलर्जी लगायतका रोगको उपचार गर्दै आएका थिए। बखतवीरको करिब १२ वर्षअघि निधन भएपछि वीरबहादुरले एक्लैले उपचार परम्परालाई निरन्तरता दिँदै आएका थिए।
धिमाल दाजुभाइले आफ्ना बाबु तिल्कुराम धिमालबाट उपचार पद्धति सिकेका थिए। वीरबहादुरका अनुसार धिमाल परिवारमा जडिबुटीबाट उपचार गर्ने परम्परा पाँच पुस्ताभन्दा अघिदेखि नै चलिआएको थियो।

झापा जिल्ला प्रहरी प्रमुखका रूपमा जिम्मेवारी सम्हालेकी प्रहरी उपरीक्षक (एसपी) बसुन्धरा खड्का पछिल्लो समय प्रहरी र नागरिक...
23/08/2026

झापा जिल्ला प्रहरी प्रमुखका रूपमा जिम्मेवारी सम्हालेकी प्रहरी उपरीक्षक (एसपी) बसुन्धरा खड्का पछिल्लो समय प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै सक्रिय देखिएकी छन्। अपराध नियन्त्रण र शान्ति सुरक्षालाई प्राथमिकतामा राख्दै उनले नागरिकसँग प्रत्यक्ष संवाद, सुरक्षा सचेतना तथा समुदायसँगको सहकार्यलाई जोड दिएकी छन्। प्रहरी कार्यालय र समुदायबीचको दूरी घटाउँदै नागरिकका गुनासा तथा समस्यालाई प्रत्यक्ष रूपमा सुन्ने र समाधानका लागि पहल गर्ने उनको कार्यशैलीले जिल्लामा सकारात्मक चर्चा पाउन थालेको छ। नेपाल प्रहरीले गत माघमा खड्कालाई झापा जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी दिएको थियो। निर्वाचनका दृष्टिले संवेदनशील मानिने झापाको सुरक्षा कमान्ड सम्हाल्न आएकी खड्का झापा जिल्लाको पहिलो महिला प्रहरी प्रमुख समेत हुन्। जिल्लाको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउनुका साथै प्रहरीप्रति नागरिकको विश्वास बढाउने प्रयासमा खड्काले समुदाय केन्द्रित प्रहरी सेवामा जोड दिँदै आएकी छन्। अपराध नियन्त्रण केवल प्रहरीको प्रयासबाट सम्भव नहुने भन्दै नागरिकको सहयोग र सहभागितालाई उनले महत्वपूर्ण मानेकी छन्।

झापा भद्रपुर नगरपालिका–७ अन्जनीमोडकी २५ वर्षीया लक्ष्मी राजवंशीको जापानमा ह त्या भएको छ। उज्ज्वल भविष्यको सपना बोकेर २०८...
23/08/2026

झापा भद्रपुर नगरपालिका–७ अन्जनीमोडकी २५ वर्षीया लक्ष्मी राजवंशीको जापानमा ह त्या भएको छ। उज्ज्वल भविष्यको सपना बोकेर २०८० साल वैशाखमा जापान पुगेकी राजवंशीको जापान पुगेको तीन वर्ष तीन महिनापछि असामयिक निधन भएको हो। परिवारको आर्थिक अवस्था सुधार्ने र आफ्नो भविष्य सुरक्षित बनाउने उद्देश्यले जापान पुगेकी लक्ष्मीले केही समयअघि सामाजिक सञ्जालमार्फत जापान बसेको तीन वर्ष पूरा भएको उल्लेख गरेकी थिइन्। उनले ‘परिवार बिना तीन वर्ष पूरा भयो’ भन्दै पुराना तस्बिरसमेत सार्वजनिक गरेकी थिइन्। परदेशमा रहेर आफ्नो भविष्य निर्माण गर्ने र परिवारको सुखका लागि केही गर्ने सपना बोकेकी लक्ष्मीको निधनले उनका सबै सपना अधुरा भएका छन्। घर फर्किने दिनको प्रतीक्षामा रहेका परिवारजनले छोरीको मृत्युको खबर सुन्नुपरेपछि परिवारमा गहिरो शोक छाएको छ। परिवारजनका अनुसार लक्ष्मीको असामयिक निधनले आफन्त तथा स्थानीयवासीसमेत स्तब्ध भएका छन्। परदेशमा रहेकी छोरी गुमाउँदाको पीडा परिवारका लागि झन् गहिरो बनेको छ।
लक्ष्मीको शव नेपाल ल्याउने तथा घटनाबारे थप विवरण प्राप्त गर्ने प्रक्रिया अघि बढिरहेको जनाइएको छ। घटनाको वास्तविक कारण र संलग्न व्यक्तिबारे सम्बन्धित निकायबाट थप अनुसन्धान भइरहेको बताइएको छ।

कैलालीको घोडाघोडी नगरपालिका–८, दिपनगर निवासी गोबिन्द तिवारीका छोराको सर्पको टोकाइबाट उपचारका क्रममा निधन भएको छ।सर्पले ट...
23/08/2026

कैलालीको घोडाघोडी नगरपालिका–८, दिपनगर निवासी गोबिन्द तिवारीका छोराको सर्पको टोकाइबाट उपचारका क्रममा निधन भएको छ।
सर्पले टोकेपछि उपचारका लागि अस्पताल लगिएका बालकको उपचारकै क्रममा निधन भएको परिवारजनले जनाएका छन्। बालकको असामयिक निधनको खबरले आफन्त, छरछिमेकी तथा स्थानीयवासी शोकमा परेका छन्।
बालकको निधनप्रति परिवारजन, आफन्त तथा शुभेच्छुकहरूले दुःख व्यक्त गर्दै मृतात्माको चिरशान्तिको कामना गरेका छन्। साथै, शोकमा रहनुभएका बुबा गोबिन्द तिवारीसहित सम्पूर्ण परिवारजनमा यस दुःखद घडीमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्दै हार्दिक समवेदना व्यक्त गरिएको छ।
वर्षायाममा सर्पदंशका घटना बढ्ने भएकाले स्थानीयवासीलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। घर वरपर झाडी तथा फोहोर नराख्ने, रातको समयमा हिँड्दा टर्चको प्रयोग गर्ने र सर्पले टोकेमा तत्काल नजिकको स्वास्थ्य संस्थामा पुर्‍याउन चिकित्सकहरूले सुझाव दिएका छन्।

23/08/2026

यो देशमा रणभूमी बनिरहेको छ, छोरीहरु सुरक्षित छैनन्, के भइरहेको छ ? भन्दै शान्ति पाख्रिन गर्जिइन् ।

Address

Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779804333388

Alerts

Be the first to know and let us send you an email when Purbi Command online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Purbi Command online:

Shortcuts

Share