World Hindu News

World Hindu News it's a social news media. we only inform about Hindu culture and social activities.

24/05/2026

*श्री संयोजक ज्यू, संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल-२०८२, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौँ।*

*विषय: नेपालको संविधानको धारा ४ को संशोधन सम्बन्धमा सुझाव।*

महोदय,
नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णय बमोजिम गठित यस कार्यदलले संविधान संशोधनका विषयमा आम नागरिकबाट राय सुझाव आह्वान गरेको हुँदा, एक सचेत नागरिकको हैसियतले नेपालको संविधान, २०७२ को धारा ४ मा गर्नुपर्ने परिमार्जनका सम्बन्धमा निम्न बमोजिमको लिखित सुझाव प्रस्तुत गर्दछु।

सुझाव विवरण:
*क्र.सं. १:* सम्बन्धित धारा/उपधारा - *धारा ४ (१)*

*हाल भएको व्यवस्था* - "नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो ।"

*संशोधन हुनुपर्ने व्यवस्था (प्रस्तावित)* - "नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, वैदिक सनातन (हिन्दू, बौद्ध, किराँत) हिन्दूराष्ट्र, समावेशी, लोकतन्त्रात्मक, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो।"

*संशोधन गर्नु पर्ने सैद्धान्तिक/व्यावहारिक कारण*
सैद्धान्तिक : इतिहास, संस्कृति, परम्परा र जनसङ्ख्याको आधार मा नेपाल हिन्दूराष्ट्र नै हो ।

व्यावहारिक : नेपालको विशिष्ट ऐतिहासिक पहिचान र बहुसंख्यक जनताको आस्थालाई सम्मान गर्न।

*क्रम सं. २:* सम्बन्धित धारा/उपधारा - *धारा ४ को स्पष्टीकरण*

*हाल भएको व्यवस्था* - "स्पष्टीकरण : यस धाराको प्रयोजनको लागि "धर्मनिरपेक्ष" भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनु पर्छ ।"

*संशोधन हुनुपर्ने व्यवस्था (प्रस्तावित)* - यो स्पष्टीकरण पूर्ण रूपमा हटाउने।

*संशोधन गर्नु पर्ने सैद्धान्तिक/व्यावहारिक कारण*

सैद्धान्तिक: नेपाललाई प्रत्यक्ष रूपमा 'हिन्दूराष्ट्र' घोषणा गरिसकेपछि धर्मनिरपेक्षता सम्बन्धी संकुचित वा दोहोरो अर्थ लाग्ने व्याख्याको आवश्यकता रहँदैन।

*सुझाव दिनेको विवरण:*
नाम :
ठेगाना :
नागरिकता नं. :
सम्पर्क नम्बर/ईमेल :
सुझाव पठाउने माधयम
*इमेलः* [email protected] वा [email protected]
*Whatsapp:* +9779856029947

Gmail is email that’s intuitive, efficient, and useful. 15 GB of storage, less spam, and mobile access.

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when World Hindu News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to World Hindu News:

Shortcuts

Share