Janaswasthya Khabar

Janaswasthya Khabar स्वास्थ्य सम्बन्धि सत्य तथा तथ्य सुचनाको लागि जनस्वास्थ्य खबर

कति बढ्ला त तलब? ?
29/05/2026

कति बढ्ला त तलब? ?

स्वास्थ्यमन्त्री निशा मेहताको राजीनामा माग गर्दै जनकपुरधाममा स्वास्थ्यकर्मीहरुले विरोध प्रदर्शन गरेका छन्।शनिबार धनुषाका...
09/05/2026

स्वास्थ्यमन्त्री निशा मेहताको राजीनामा माग गर्दै जनकपुरधाममा स्वास्थ्यकर्मीहरुले विरोध प्रदर्शन गरेका छन्।

शनिबार धनुषाका विभिन्न नीजि तथा सरकारी अस्पतालहरुमा कार्यरत स्वास्थ्यकर्मी (हेल्थ ऐसिस्टेन्ट, अनमी, ल्याब ऐसिस्टेन्ट)ले मन्त्री मेहताविरुद्ध प्रदर्शन गरेका हुन्।

उनीहरुले ‘स्वास्थ्यमन्त्री मुर्दाबाद’, ‘निशा मेहता राजीनामा दे’, ‘हेपाई होइन अधिकार चाहिन्छ’, ‘बुद्धिहीन स्वास्थ्यमन्त्री निशा मेहता, हाम्रो माग पूरा गर’, ‘स्वास्थ्य क्षेत्रको विभेद बन्द गर’, ‘स्वास्थ्यकर्मीको अपमान बन्द गर’लगायतका नारा लगाउँदै जनकपुरधामको विभिन्न चोकमा विरोध र्याली निकालेका हुन्।

सरकारले दुई दिन अघि मात्र स्वास्थ्य क्षेत्रमा भारी मात्रामा दरबन्दी आह्वान गरेकोमा हेल्थ ऐसिस्टेन्टलगायत पदमा कुनै दरबन्दी नखुलाएकोमा असन्तुष्टि जनाएका छन्।

३५ वर्षपछि स्वास्थ्य क्षेत्रमा खुलाइएको दरबन्दीमा हेल्थ ऐसिस्टेन्ट, ल्याब, रेडियो, सिएमएलगायत पदमा शून्य दरबन्दी आह्वान गर्नु भनेको स्वास्थ्यमन्त्री मेहताले आफूहरुमाथि विभेद गरेको स्वास्थ्यकर्मी नवेश अधिकारीले बताए।

उनले देशमै नर्सिङ र डाक्टरबाहेक अन्य पदमा दरबन्दी नखुलाउनाले देशमा स्वास्थ्यकर्मीहरुको आवश्यकता छ कि छैन भनेर प्रश्न गरे।

स्वास्थ्यकर्मी अधिकारीका अनुसार देशमा प्रत्येक वर्ष ५३०० भन्दा बढी स्वास्थ्यर्कीहरु उत्पादन हुन्छन तर दरबन्दी भने एउटाको पनि हुँदैन। दरबन्दी आह्वान नै नगर्ने हो भने उक्त विषयको पढाई नै बन्द गर्नु बेस हुने स्वास्थ्यकर्मी अधिकारीको भनाइ छ।

सरकारले दुई दिन भित्र दरबन्दी आह्वान नसच्च्याए, २८ गत्ते सोमबार काठमान्डौमा विशाल प्रदर्शन गर्ने उनले चेतावनी दिए। स्वास्थ्यमन्त्री मेहताले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने अधिकारीको भनाई छ। मन्त्री मेहताले मेडिकल माफियाहरुको चाकरी गर्ने गरेको अधिकारीको आरोप छ।

via www.dcnepal.com

निम्याट नेपालको तेस्रो साधारणसभा सम्पन्न, नयाँ कार्यसमिति चयनपोखरा । निम्याट नेपालको तेस्रो साधारणसभा सम्पन्न गर्दै संस्...
04/05/2026

निम्याट नेपालको तेस्रो साधारणसभा सम्पन्न, नयाँ कार्यसमिति चयन

पोखरा । निम्याट नेपालको तेस्रो साधारणसभा सम्पन्न गर्दै संस्थाले नयाँ कार्यसमिति चयन गरेको छ। साधारणसभामा देखिएको उत्साह, सक्रियता र प्रतिबद्धताले संस्थाको आगामी यात्राप्रति सकारात्मक संकेत गरेको संस्थाले जनाएको छ।

कार्यक्रममा सहभागीहरूले युवाहरूको स्वास्थ्यसम्बन्धी वकालत तथा सशक्तीकरणको क्षेत्रमा संस्थाले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले काम गर्नुपर्नेमा जोड दिएका थिए। नयाँ नेतृत्व टोलीले पनि संस्थाको उद्देश्यअनुसार युवा स्वास्थ्य वकालत तथा सशक्तिकरणलाई थप सुदृढ बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

नयाँ कार्यसमितिको अध्यक्ष पदमा अरुण कुमार साह, उपाध्यक्ष विवेक ख्याजु, कोषाध्यक्ष रञ्जिता धिताल, महासचिव बिगिन ज्ञवाली, सचिव रिकु जैसवाल चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा क्रमश आरव तिवारी, सबीना श्रेष्ठ, कञ्चन श्रेष्ठ, सुरज कुमार अग्रहरी, साबित्रि कँडेल, प्यान्सी थापा, दीपिका श्रेष्ठ, बन्दना भुसाल चयन भएका छन् ।

साधारणसभामा संस्थाको भावी योजना, कार्यक्रम तथा रणनीतिबारे पनि विस्तृत छलफल भएको थियो। नव-निर्वाचित कार्यसमितिले युवामैत्री स्वास्थ्य कार्यक्रमलाई प्राथमिकतामा राख्दै समुदायस्तरमा प्रभावकारी पहलहरू अघि बढाउने प्रतिबद्धता जनाएको संस्थाका संस्थापक अध्यक्ष मधुसुदन काफ्लेले जानकारी दिनुभयो।

What makes Each organ Happy and Healthy?
19/04/2026

What makes Each organ Happy and Healthy?

नेपाल मेडिकल काउन्सिलको जिल्ला प्रशासनलाई होटल याक एण्ड यति’मा हुन लागेको आईभीएफ (IVF) शिविर रोक्नको लागि पत्राचार! !
15/04/2026

नेपाल मेडिकल काउन्सिलको जिल्ला प्रशासनलाई होटल याक एण्ड यति’मा हुन लागेको आईभीएफ (IVF) शिविर रोक्नको लागि पत्राचार! !

Job opportunity for ANM!
15/04/2026

Job opportunity for ANM!

सुलभ फार्मेसीको परिकल्पना , कार्यान्वयन र चुनौती
15/04/2026

सुलभ फार्मेसीको परिकल्पना , कार्यान्वयन र चुनौती

नेपाल विकासशील राष्ट्र हो, जहाँ विभिन्न आधारभूत सेवाहरूको उपलब्धतामा कमी हुनुका साथै स्वास्थ्य सेवाको पहुँच अझ.....

03/03/2026

रणनीतिक भौगोलिक अवस्थितिमा रहेको इरान विश्वको तेस्रो ठूलो तेल उत्पादक राष्ट्रको रुपमा चिनिन्छ।जसको कारण मध्यप....

स्वास्थ्य बीमा सम्बन्धी जानकारी ! स्रोत:- स्वास्थ्य बीमा बोर्ड
17/02/2026

स्वास्थ्य बीमा सम्बन्धी जानकारी !
स्रोत:- स्वास्थ्य बीमा बोर्ड

स्वास्थ्य बीमा नवीकरण Online मार्फत गर्ने तरिका!
10/02/2026

स्वास्थ्य बीमा नवीकरण Online मार्फत गर्ने तरिका!

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Janaswasthya Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Janaswasthya Khabar:

Share