18/10/2025
आज शनिबार...
एकछिन आँखा चिम्लेर सोच्नुहोस् त, यो हप्ताभरिको दौडधुप, जिम्मेवारी र तनावले तपाईको मन कति थाकेको छ? हामी सधैं अरुको लागि दौडियौं, अरुको लागि सोच्यौं। तर आफ्नो लागि, आफ्नो मनको वास्तविक शान्तिको लागि कति समय दियौं?
सायद दिएकै छैनौं।
यदि तपाईको मनले पनि शान्ति खोजिरहेको छ, यदि तपाईलाई पनि 'यो सब के का लागि?' भन्ने प्रश्नले सताउँछ भने, आजको दिन तपाईकै लागि हो।
यो कुनै ठूलो प्रवचन वा भाषणको कार्यक्रम होइन। यो त आफ्नो मनसँग जोडिने, आफ्नो भित्रको कोलाहललाई शान्त गर्ने र जीवनलाई एउटा नयाँ, सरल र सुन्दर दृष्टिले हेर्ने एउटा सानो प्रयास हो।
आउनुहोस्... सबै कुरालाई एकछिन पन्छाएर, मात्र ३ घण्टा आफ्नो लागि बाँचौं। मनको भारी बिसाउन र भित्रको शान्तिको बाटो खोज्न श्रद्धेय गुरु Chogyal Rinpoche ले हामीलाई साथ दिनुहुनेछ।
यो कार्यक्रम हाम्रो लागि होइन, यो तपाईको आफ्नो लागि हो।
मिति: आज, कार्तिक १ गते (शनिबार)
समय: दिउँसो ठ्याक्कै १२ बजे देखि ३ बजेसम्म
स्थान: स्मार्ट दरबार ब्यांक्वेट, शंख पार्क पछाडि, धुम्बाराही
यो अवसर आज मात्र हो। हामी तपाईलाई हृदयदेखि नै स्वागत गर्न पर्खिरहेका छौं।
आफ्नो मनलाई यो उपहार दिन नहिच्किचाउनुहोस्। 🙏
थप जानकारीको लागि:
📞 9841204055 (Rom)
📞 9843557333 (Jivraj)
📞 9803748975 (Bal K.)