
18/08/2025
२०८१ एस इ इ परीक्षामा उत्कृष्ट सफलता हासिल गर्दै भोजपुर जिल्लामा सर्वाधिक GPA ल्याई जिल्ला टपर बन्न सफल हुनुभएका हाम्रो विद्यालयका गर्वित विद्यार्थी शिवम श्रेष्ठलाई न्यु समिट इग्लिस बोर्डिङ स्कुल परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ । यो सफलता तपाईंको निरन्तर लगनशीलता, परिश्रम, र शिक्षाप्रति गरेको समर्पणको परिणाम हो। विद्यालय परिवार तपाईंको यस उपलब्धिले गौरवान्वित भएको छ। आगामी दिनमा अझ उच्च शैक्षिक सफलता,उज्ज्वल
भविष्य र जीवनमा नयाँ नयाँ उपलब्धि प्राप्त गर्न सकून् भन्ने कामना गर्दछौँ ।
न्यु समिट इङ्ग्लिस बोर्डिङ स्कुल परिवार दिङ्ला भोजपुर।
New Summit B. Nsebs #मिसन_खबर_मिडिया