
30/05/2025
"पुरुषको पीडा – न आमाले बुझ्छिन्, न श्रीमतीले…"
पुरुष —
घरको मूल स्तम्भ,
सम्पूर्ण परिवारको आत्मा।
ऊ बुबाको रूपमा छायाँजस्तो हुन्छ,
छोराको रूपमा दायित्वको भारी बोकेको हुन्छ।
तर न ऊ केवल बुबा बन्न पाउँछ,
न केवल छोरो —
किनभने ऊ सधैँ दुई पुस्ताबीच पुल भएर उभिन बाध्य हुन्छ।
एकतर्फ आमाको आँखाको आशा,
अर्कोतर्फ श्रीमतीको मनको अपेक्षा।
तर त्यो पुरुषको आफ्नै मन? उसका आफ्नै चोटहरू?
उनीहरूलाई बुझ्ने कोही हुँदैन।
जब आमा र श्रीमतीबीच भनाभन हुन्छ,
त्यो भनाभन केवल शब्दको द्वन्द्व होइन —
त्यो त उसको आत्मा चिरिने युद्ध हो।
आमाको पक्ष लियो भने,
श्रीमती भन्छे — "तपाईं कहिल्यै मेरो साथ दिन सक्नुहुन्न।"
श्रीमतीको पक्ष लियो भने,
आमा भन्छिन् — "छोरो त बिहे भएपछि पराइ भइस्!"
अनि त्यो पुरुष?
उ लाज, पीडा, र विवशता बोकेर
मौन हुन्छ।
कसैको आँखामा आँसु नहोस् भनेर,
आफ्नै आँखाभरि आँसु लुकाएर हाँस्छ।
ऊ न त पुरै आमाको हुन्छ,
न पुरै श्रीमतीको।
ऊ केवल परिस्थितिको बिचमा अड्किएको एउटा ‘मध्यवर्ती’ पात्र बन्छ —
जो दिनरात आफन्तहरूबीच सन्तुलन मिलाउने प्रयास गर्छ।
तर त्यो प्रयास कहिल्यै सराहना पाइँदैन,
त्यसको माया कहिल्यै देखिँदैन,
र त्यसको पीडा कहिल्यै सुनिँदैन।
मानिसहरू भन्छन् —
पुरुष त बलियो हुन्छ।
तर त्यो बलियो भनिएको पुरुष,
प्रत्येक रात चुपचाप रुन्छ।
सुत्ने बेलामा सिरानीमा मुख गाडेर,
"म के गरुँ?" भन्ने प्रश्नहरूसँग युद्ध गर्छ।
ऊ चाहन्छ —
उसको आमा पनि खुशी होउन्,
उसको श्रीमती पनि सम्मानित होउन।
तर उसलाई थाहा छ —
यो युद्ध जित्ने होइन,
सिर्फ सहनुपर्ने हो।
पुरुष रोइदिन्छ भने समाज भन्छ — "कमजोर!"
तर पुरुष मौन रहन्छ भने समाज भन्छ — "पत्थरदिल!"
अनि यसरी नै, एउटा पुरुष दिन प्रतिदिन भित्रभित्रै टुक्रिँदै जान्छ,
अनि कुनै दिन… पूर्ण रूपमा मौन हुन्छ —
जहाँ उसलाई न कसैले सम्झन्छ,
न कसैले सोध्छ —
"तिमी ठीक छौ?"
साच्चै भन्नुपर्दा —
पुरुषको पीडा, न आमाले बुझ्छिन्,
न श्रीमतीले।
न समाजले स्वीकार्छ,
न उसले आफैँ खुल्न पाउँछ।
त्यसैले…
कहिल्यै कसैलाई हेरेर नबुझिने यो पुरुषको मौनता —
शब्दहरूमा नभए पनि,
समझदारी र माया मार्फत महसुस गरिदिनुहोस्।
किनभने…
ऊ हरेक दिन आफूलाई भुलेर तपाईंलाई सम्झिरहेको हुन्छ। ❤️