Divya Darshan Television

Divya Darshan Television (धर्म, जागरण र संस्कृति सम्बन्धि तथा,
राष्ट्रिय प्रवाह समाचार मुलक कार्यक्रमहरू) Estd. on 2074/01/01 B.S.

(धर्म, जागरण र संस्कृति सम्बन्धि कार्यक्रम प्रशारण हुनेछ)
Broadcasting content related to religion, culture and social activities.

02/09/2026

प्रधान मंन्त्री बालेन शहा / प्रतिनिधि सभामा
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सरकारले खोज, उद्धार र राहत वितरणलाई तीव्रता दिँदै आफ्नो सम्पूर्ण ध्यान 'पुनःस्थापना' तर्फ केन्द्रित गरेको छ। प्रधानमन्त्री बालेनले आज देशवासीलाई सम्बोधन गर्दै यस विपद् व्यवस्थापनमा अहोरात्र खटिने संघ, प्रदेश, स्थानीय तह, सुरक्षाकर्मी, राजनीतिक दल, स्थानीय समुदाय र स्वदेशी/विदेशी सहयोगीप्रति आभार व्यक्त गरेका छन्।

प्रधानमन्त्रीले प्रस्तुत गरेको विस्तृत ब्रिफिङको पूर्ण तथ्याङ्क र कार्ययोजना यसप्रकार छ:-

१. मानवीय क्षति, उद्धार र आश्रयस्थलको अवस्था
विपद् क्षेत्रमा आवश्यकताअनुसार जनशक्ति थप्दै सरकारले हालसम्म ११ हजार ८८४ जनाको सकुशल उद्धार गरेको छ भने अझै ३,९१६ नागरिक सम्पर्कविहीन छन्।

घाइतेको अवस्था: उद्धार गरी अस्पताल भर्ना गरिएका २९२ जनामध्ये १८२ जना डिस्चार्ज भइसकेका छन्।

होल्डिङ सेन्टर (आश्रय): हाल नुवाकोटमा २,४६६, रसुवामा ३९८, काठमाडौँमा ३२९ र धादिङमा २६० जना विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन्।

राहत वितरण: नुवाकोटका १९ वटा अस्थायी आश्रयस्थलमा २,६५३ जनालाई राहत उपलब्ध गराइएको छ, जसमा रसुवाका प्रभावितहरूलाई समेत नुवाकोटमै राखिएको छ।

२. आर्थिक सहायता र बजेट निकासा (१ अर्ब रिलिज)
सरकारले बाढी प्रभावित क्षेत्रका लागि आजै १ अर्ब रुपैयाँ निकासा गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत वितरण हुने यो रकममध्ये आजै ३ जिल्लाका १५ स्थानीय तहका लागि ६ करोड ७५ लाख निकासा भइसकेको छ।

यसअघिको निकासा: बाढी आएलगत्तै रसुवा र नुवाकोटलाई १/१ करोड, धादिङलाई ५० लाख र प्रभावित स्थानीय तहलाई ६ करोड ७५ लाख पठाइसकिएको छ।

राहत कोषको अवस्था: प्रधानमन्त्री राहत कोषका ९ वाणिज्य बैंकमा आज मध्याह्नसम्म ६ अर्ब ३६ करोड ६५ लाख ५१ हजार २२७ रुपैयाँ जम्मा भएको थियो। १ अर्ब निकासापछि हाल कोषमा ५ अर्ब ३६ करोड ६५ लाख ५१ हजार २२७ रुपैयाँ मौज्दात छ।

यसैगरी हिमालयन र लक्ष्मी बैंकमा विदेशी मुद्रामा ६१ लाख ११ हजार १४८ अमेरिकी डलर जम्मा भएको छ।

३. यातायात पूर्वाधार: क्षति र पुनर्निर्माणको हतारो
बाढीले सडक र पुलमा गम्भीर क्षति पुर्‍याएको छ, जसको मर्मतका लागि ५० जना प्राविधिक कार्यरत छन् भने हेलिकप्टरमार्फत सर्वेक्षण भइरहेको छ। सडक बोर्डले आपतकालीन रूपमा ३ करोड २५ लाख विनियोजन गरेको छ।

क्षतिको विवरण: गल्छी–वेत्रावती–रसुवागढी सडकको ८२ किमी (विदुर–वेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी खण्डको ४० किमी पूर्ण र १६ किमी आंशिक) क्षति भएको छ। पृथ्वी राजमार्गको कृष्णभीर र परेवाभीरमा ठूलो क्षति पुगेको छ।

पुलमा क्षति: ४८ वटा झोलुङ्गे पुल (२० वटा मर्मत गर्न मिल्ने, २८ वटा नयाँ बनाउनुपर्ने) र ३१ वटा मोटरेबल पुल बगेका छन्। ३१ मध्ये ३ स्थानमा बेलिब्रिज राख्ने प्रक्रिया सुरु भएको छ भने २० ठाउँमा सम्भाव्यता अध्ययन जारी छ।

सुचारु सडक र बेलिब्रिज: पृथ्वी राजमार्गको गल्छी, बैरेनी, जरीखेत, पोखरे, मुङ्गे र गलौदी खण्डमा लेदो हटाएर यातायात सञ्चालन गरिएको छ। गल्छी–देविघाट खण्डमा लेदो हटाइँदैछ। तादी देविघाट र बेत्रावतीमा बेलिब्रिज राख्ने काम तीव्र पारिएको छ। मुग्लिन–नारायणगढको कृष्णभीर खण्ड भदौभित्रै सञ्चालनमा ल्याइनेछ।

४. सम्भावित महामारी नियन्त्रण र स्वास्थ्य सतर्कता
बाढीपछि फैलिन सक्ने संक्रामक रोग नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयको ‘स्वास्थ्य संकटकाल तथा विपद् व्यवस्थापन इकाइ’ र ‘स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र’ सक्रिय छन्।

जनशक्ति परिचालन: विपद्को दोस्रो दिनमै विशेष टोली खटाइएको थियो। हाल ‘फिल्ड इपिडेमोलोजी ट्रेनिङ प्रोग्राम’का २ टोली (२ जना जनशक्तिसहित) र डब्लुएचओ (WHO) को सहयोगमा थप मेडिकल निगरानी अधिकारी खटिएका छन्।

प्रणाली र सचेतना: ज्वरो र झाडापखाला रोक्न ‘सोरमास’ (SORMAS) प्रणाली लागू गरिएको छ। र्‍यापिड रेस्पोन्स कमिटीले निरन्तर अनुगमन गरिरहेको छ। एम्बुलेन्स र मानसिक स्वास्थ्य टोली परिचालन गरिएको छ।

नेपाली सेनाको भूमिका: सेनाले जिवाणु र प्रदूषण उन्मूलन अभियान चलाउनुका साथै स्वास्थ्य सतर्कताका लागि माइकिङ गरिरहेको छ। राष्ट्रिय स्वास्थ्य शिक्षा केन्द्रले जनचेतनामूलक सूचना प्रवाह गरिरहेको छ।

५. शव व्यवस्थापन र डिएनए (DNA) परीक्षण
बाढीमा ज्यान गुमाएका १,०५० जनाको शव फेला परेको छ। २०८३ को निर्देशिकाबमोजिम शव व्यवस्थापन भइरहेको छ।

शव व्यवस्थापन तथ्याङ्क: हालसम्म चितवनमा २९२, नवलपरासी पूर्वमा १७४, नवलपरासी पश्चिममा ६९, काठमाडौँमा ४७, गोरखामा ३९, धादिङमा २५, तनहुँमा १५ र रसुवामा ६ वटा शव व्यवस्थापन भइसकेको छ। पहिचान नखुलेका शवलाई डिएनए (DNA) सुरक्षित राखेर जमिनमुनि व्यवस्थापन गरिँदैछ।

DNA परीक्षण प्रक्रिया: बेपत्ताका आफन्त (बुबा, आमा, छोरा वा छोरीमध्ये १ जना) ले २ प्रति फोटोसहित नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, प्याथोलोजी ल्याब काठमाडौं वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्छन्। विदेशमा हुनेले उतै रगत परीक्षण गरी त्यसको सफ्ट कपी [email protected] मा पठाउन सक्नेछन्।

६. अन्तर्राष्ट्रिय सहयोगको ओइरो
मित्र राष्ट्र र दातृ निकायबाट सहयोग आउने क्रम तीव्र छ:

भारत: पहिलो दिनदेखि सहयोग जारी। हालसम्म ६८.५ टन सामग्री र ११ सदस्यीय उद्धार टोली नेपालमा छन्। २२ फिटको रेफ्रिजेरेटेड कन्टेनर ट्रक उपलब्ध गराउने तयारी छ।

चीन: प्रधानमन्त्री कोषमा ३० करोड रुपैयाँ र ५० टन सामग्री हस्तान्तरण। चिनियाँ उद्धार टोली फिल्डमै खटिएका छन्। नेपालले थप ३० वटा बेलिब्रिज माग गरेको छ।

अन्य राष्ट्र: पाकिस्तानबाट ८६ टन सामग्री आउँदैछ। युएईबाट ८३ टन सामग्री प्राप्त भएको छ र थप १० मिलियन डलरको प्रतिबद्धता छ। अष्ट्रेलियाबाट १ मिलियन डलर, अमेरिकाबाट ५ लाख डलर र श्रीलंकाबाट १० लाख डलर प्रतिबद्धता आएको छ। कतारले सामग्री पठाएको र बंगलादेशले पठाउने तयारी गरेको छ। स्विट्जरल्यान्डबाट १ मिलियन स्विस फ्र्याङ्क (राष्ट्र संघमार्फत खर्च हुने गरी) प्राप्त भएको छ।

संस्थागत सहयोग: विश्व बैंकबाट १६७ मिलियन डलर सहुलियतपूर्ण कर्जा, एडीबी (ADB) बाट ५ मिलियन डलर अनुदान र १.५ लाख डलर प्राविधिक सहायताको प्रतिबद्धता छ। युके, जापान, इयू (EU) र संयुक्त राष्ट्र संघका निकायबाट पनि सहयोग प्राप्त भइरहेको छ।

७. विपद्को मुख्य कारण: जलवायु परिवर्तन
हामीमाझ कसरी यो विपद् आइलाग्यो भन्ने जिज्ञाशा सबैतिर छ। हामीले विज्ञहरुसँग छलफल गर्दा रसुवाको भोटेकोशी नदीमा आएको बाढी हिमालय क्षेत्रमा हिउँ चट्टानको हिमपहिरोबाट सृजित यस क्षेत्रकै ठूलो विपत्ति भएको कुरा आएको छ। यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको गम्भीर संकेत गरेको छ। त्यसैले यो क्षेत्र सचेत त हुनैपर्छ, सँगसँगै हामीले जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्को विषयबारे अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत हुनुपर्ने समय आएको छ। हिउँ चट्टान किन खस्यो? यति धेरै पानी कसरी आयो? भन्ने प्रश्नको जवाफ मानव सभ्यतालाई जवाफ दिनैपर्छ। यो हिमनदीभित्र पग्लिएको पानीको कारणले गर्दा हिमनदीको पतनमा बरफ र पानी दुवै मिसिएको हुनसक्छ। विज्ञहरु भन्नुहुन्छ– भोटेकोशी नदीमा आएको बाढी, हिमनदीको एउटा सिंगै भाग ठूलो उचाइबाट खस्दा ठूलो ऊर्जासहित खसेको हुनसक्छ र खसेकै ठाउँमा पग्लिन सुरु गरी निरन्तर पग्लिँदै ठूलो बाढीको रुप लिएको हुनसक्छ। हिमालयको उचाइबाट नेपालतर्फको भूमि ओरालो लाग्दै गएकाले बाढीले थप गति लिँदै सो क्षेत्र क्षतविक्षत पारेको छ।

जलवायु परिवर्तनले हिमालय क्षेत्रको तापक्रम १.८ डिग्रीसम्म वृद्धि भइसकेको पुष्टि भएकाले सोही कारण यो विपत्ति आएकामा शंका छैन। जलवायु परिवर्तन विश्वव्यापी योगदान हो र विपद्प्रतिकार्य पनि विश्वव्यापी जिम्मेवारी रहन्छ।

02/09/2026

11th part bitak निजान्द सत्संग समिति सितापाईला, साहित्याचार्य श्री जनार्दन महाराजजी

02/09/2026

बुन्देला खण्ड छत्रसाल का स्मृतीमा याे पार्क

02/09/2026

110th part Bitak श्री बाईजीराजजी केन्दिय समिती ,श्रीकृष्ण प्रणामी निजानन्द अाश्राम पुलचाैक लालितपुर

02/09/2026

10th part bitak निजान्द सत्संग समिति सितापाईला, साहित्याचार्य श्री जनार्दन महाराजजी

01/09/2026

107th part Bitak श्री बाईजीराजजी केन्दिय समिती ,श्रीकृष्ण प्रणामी निजानन्द अाश्राम पुलचाैक लालितपुर

01/09/2026

9th part bitak निजान्द सत्संग समिति सितापाईला, साहित्याचार्य श्री जनार्दन महाराजजी

31/08/2026

107th part Bitak श्री बाईजीराजजी केन्दिय समिती ,श्रीकृष्ण प्रणामी निजानन्द अाश्राम पुलचाैक लालितपुर

31/08/2026

106th part Bitak श्री बाईजीराजजी केन्दिय समिती ,श्रीकृष्ण प्रणामी निजानन्द अाश्राम पुलचाैक लालितपुर

31/08/2026

म भन्न बिबस छु ।
बाध्यताले निम्त्याएका बिषय बस्तुहरू हुन ।
धर्म र शास्त्र अन्धाे कहिल्यई हुदैनन्।
जे छ ती सहि छन । गलत त त्याे हुन्छ ? जस्ले बुझेर पनि सम्झाउँने काेषिस गर्दैनन वा स्वयम् अाफु बुझ्ने खाेजी,गर्दैन ।
शास्त्र अनुसार कलियुग ५,००० हजार, वर्षपछि दिव्य गुण भएका पवित्र नदीहरू पृथ्वी छाडेर आफ्नो दिव्य स्वरूपसहित पृथ्वीबाट साे स्थान धाम फर्किने उल्लेख गरिएको छ। परम्परा अनुसार ५,००० हजार,वर्ष अवधि यतिबेला पार भएको छ। आज ५१२७औं वर्ष अघि बढी रहेको छ।ब्रह्मवैवर्त पुराणमा भनेको छ:
“कलेः पञ्चसहस्रे च गते वर्षे च मोक्षणम्।
युष्माकं सरितां भूयो मद्गृहे चागमिष्यथ॥”
अर्थात् कलियुग ५,०००हजार, वर्ष पश्चात् पृथ्वीमा रहेकोे नदीहरु यो स्वरूपबाट मुक्त भै पुनःपुरानो धाममै फर्किनुपर्ने उल्लेख छ। विभिन्न नदिहरु आफ्नो धाममा फर्किन लागेको कारण अब नदिमा देवीको बास छैन भन्ने बुझ्न् सकिन्छ। चाणक्य नीतिमा भनेको छ, ५००० हजार,वर्षमा गंगाले र १० हजार वर्षपछी हरिले पृथ्वी त्याग्दा,त्यो बेलामा पृथ्वीमा निक्कै भयावह अवस्था हुनेछ भनेर उल्लेख गरेको छ।
“कलौ दशसहस्राणि हरिस्त्यजति मेदिनीम्।
तदर्धं जाह्नवीतोयं तदर्धं ग्रामदेवताः॥”
अर्थात् कलियुगको ५००० हजार,वर्षपछि जाह्नवी अर्थात् गंगाको जलले पृथ्वी त्याग्नेछ भने १० हजार वर्षमा त हरिले नै पृथ्वी त्याग्नु हुनेछ। यो आधारमा धार्मिक मान्यता अनुसार धर्तीमा बगिरहेका नदी नालाहरू पहिले झैँ देवी स्वरूपमा हुनुहुन्न, उहाँको दिव्य स्वरूप धाममा फर्किसकेको छ। त्यसैले नदिले आफ्नो धर्म निभाउने छैनन र हामीले जस्तो व्यवहार गर्यौं, ठिक त्यही व्यवहार नदिबाट हामीमाथि फर्किने निश्चित छ।
त्यसैले अब नदिको प्रहार र वेगबाट जोगिनु नै पर्ने अवस्था आएको छ। अब नदिले माताको धर्म निभाउने हुने छैनन्। नदिबाट जोगिने हो भने नदिको सम्मान गर्न सक्नुपर्छ तर यो युगमा यि कुरा कसले मान्ने? अनि जति जति शास्त्र मान्दैनौ त्यति त्यति प्रकृतिबाट हामी प्रताडित हुँदै मानव अस्तित्व यसैगरी विलय हुनेछ भन्नेकुरा शास्त्रमा उल्लेख छ।

Address

Koteshwor
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Divya Darshan Television posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Divya Darshan Television:

Shortcuts

Share