Sajha Khabar

Sajha Khabar First Community Online of Nepal. www.sajhakhabar.com Sajha Khabar Online
(2)

30/08/2026

How did a mudslide hit Gyirong Port on the China-Nepal border in southwest China's Xizang Autonomous Region? (Source : Xinhua News Agency)

29/08/2026

रसुवाको बाढीले सबैथोक बगाएपछि आफ्नी श्रीमतीको मृगौला उपचारका लागि जम्मा गरेको करिब १५ लाख रुपैयाँ र सुनचाँदी पनि गुमाउन पुगेका एक पीडित व्यक्तिको मर्माहत हुने भावुक कथा। विपद्ले बासमात्र खोसेन, जीवन बचाउने आस पनि बगाएर लग्यो। 💔

नेपालस्थित चिनियाँ दूतावासले नेपाल–चीन सिमानामा हिमपहिरोपछि सिर्जित जोखिम कायमै रहेको बताएको छ । काठमाडौंस्थित चिनियाँ द...
28/08/2026

नेपालस्थित चिनियाँ दूतावासले नेपाल–चीन सिमानामा हिमपहिरोपछि सिर्जित जोखिम कायमै रहेको बताएको छ । काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ताले शुक्रबार एक विज्ञप्ति जारी गर्दै दुई देशका अधिकारीहरू जोखिमको निरन्तर निगरानीमा रहेको बताएका छन् ।

'हालैका दिनमा चीन–नेपाल सीमा नदीको माथिल्लो क्षेत्रमा नेपालको भूभागतर्फको एक सहायक नदीमा हिम–चट्टानको पहिरो गएको छ । पहिरोले नदी थुनेर सीमा नदीसँगै पहिरोले बनाएको ताल निर्माण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘उक्त तालमा अहिले पानीको सतह उच्च रहेको र पानी ओभरफ्लो हुन थालेकाले थप क्षति हुने जोखिम बढेको छ ।’

Home Minister Sudan Gurung says, "हामीलाई थप मिनी एक्सकाभेटरहरूको आवश्यकता परेपछि यहाँहरू सबैले दिनुभएको सूचना, तत्परता ...
28/08/2026

Home Minister Sudan Gurung says, "हामीलाई थप मिनी एक्सकाभेटरहरूको आवश्यकता परेपछि यहाँहरू सबैले दिनुभएको सूचना, तत्परता र सहयोग अमूल्य रह्यो। यहाँहरूकै सहयोगले गर्दा हामीले आवश्यक एक्सकाभेटरहरू भेट्टाइसकेका छौँ। राज्यका हरेक नागरिक यसरी नै एक भएर लाग्ने हो भने जुनसुकै चुनौतीको सामना गर्न सकिन्छ।"

27/08/2026

चितवनमा बाढीले बगाएर ल्याएको शवबाट सुनका गहना चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको शवबाट कानको मुन्द्रा निकाल्दै गरेका उनीहरूको भिडियो भाइरल भएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको छ। 🚨

27/08/2026

आमाको खोजीमा बिलौना गरिरहेको यो बालक र सुरक्षाकर्मीहरूको यो भावनात्मक दृश्यले जो सुकैको पनि मन रुझाउँछ। बाढी तथा विपद्का कारण परिवारबाट छुटेका वा बेपत्ता भएका व्यक्तिको खोजी कार्यमा सम्बन्धित निकायलाई सहयोग गरौँ र सम्भव भएजति सूचना फैलाएर यस बालकलाई परिवारसँग पुनर्मिलन गराउन हातेलो गरौँ। 🙏💔

27/08/2026

रसुवाको मैलुङमा गएको अचानकको विनाशकारी बाढी (Flash Flood) को समयमा ज्यान बचाउन भाग्दै गरेका श्रमिकहरूको भयानक दृश्य।
Video Credit: Vivek Shrestha

27/08/2026

बाढीको उच्च जोखिमका बीच नदी किनारमा भीडभाड गर्ने र सुरक्षा निर्देशन अवज्ञा गर्नेहरूप्रति आजित बनेका नेपाल प्रहरीको यो जिम्मेवार आग्रह। पटक-पटकको अनुरोधलाई बेवास्ता गरी जोखिम मोलेर तमासा नहेर्नुहोस्, आफ्नो सुरक्षा आफैं गर्नुहोस्।

27/08/2026

उद्धार तथा राहतका लागि बाढी प्रभावित क्षेत्रमा खटिएका जनशक्ति तथा स्रोतसाधनहरू:

Nepal Army: 2,000+
APF Nepal: 1,500+
Nepal Police: 3,000+
Helicopters in Field: 12
Standby Helicopters: 20
Medical Team: 100+

Many locals, doctors and volunteers are also involved in the rescue operation.

27/08/2026

प्रधानाध्यापकको चतुराइले जोगियो १६ सय विद्यार्थीको ज्यान! 🏫🙏

नुवाकोटको त्रिशुलीस्थित त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र दबाडी र शिक्षकहरूको समयमै अपनाइएको सतर्कताले १६ सयभन्दा बढी विद्यार्थीको अमूल्य जीवन सुरक्षित भएको छ। बाढी विद्यालय परिसरमा पस्नु अगावै १५ मिनेटको छोटो समयभित्र सबै विद्यार्थीहरूलाई सुरक्षित स्थानमा पुर्‍याउन शिक्षकहरू सफल भएका थिए। भौतिक संरचनामा ठूलो क्षति पुगे पनि ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ।

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Sajha Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sajha Khabar:

Shortcuts

Share