A&A Multinational Pvt Ltd

  • Home
  • A&A Multinational Pvt Ltd

A&A Multinational Pvt Ltd Computer Training, Photocopy Center, Stationary Items ETC

23/08/2024

बेदनाका छालहरु कसरी पो पोख्नु यहाँ
सुनिदिने होलान धेरै बुझिदिने छैनन जहाँ

कति बस्नु दुख सहि कति पीडा सही
बाहिर हास्नु पर्ने रैछ मरेतुल्य लाश भइ

कति खोटो कर्म रैछ मनमा सधै जलन मात्र
कर्म लेख्ने भावीले छनौट गर्‍यो यहि पात्र

सबै देख्छन बाहिरी स्वरुप भित्र कसले देख्या छ र
पिडा बोध नभई किन पोख्न पर्‍या छ र ।

संसारको रीत रैछ बल्या मात्रै आगो ताप्ने
पाईलै पिच्छे देखिरहेछु यो ज्यानलाई पासो थाप्ने

भन्नलाई त सबै भन्छन म छु हेर तिम्रो लागि
पर्‍या बेला हुन्नन साथमा हिड्छन सबै भागी-भागी

यस कम्पनीका सिईओ श्री शंकर शर्मा बजगाई Shankar Sharma Bajgain ज्यूको आज पर्न गएको जन्मदिनको पावन अवसरमा हार्दिक मंगलमय श...
21/07/2024

यस कम्पनीका सिईओ श्री शंकर शर्मा बजगाई Shankar Sharma Bajgain ज्यूको आज पर्न गएको जन्मदिनको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना सहित छोटो समयमा प्राप्त गर्नु भएको सफलताको छलाङ्गलाई निरन्तरताको कामना सहित उज्जवल भविष्यको कामना गर्दछौँ ।

27/06/2024

" अब सार्वजनिक सेवा लिन राष्ट्रिय परिचय पत्र अनिवार्य चाहिने "

अब सार्वजनिक सेवा लिन राष्ट्रिय परिचय पत्र अनिवार्य चाहिने भएको छ । सरकारले माघ महिनादेखि घर जग्गाकाे काराेबार, सामाजिक सुरक्षा कोष, बैकिङ तथा वित्तीय कारोबार, टेलिफोन, सिमकार्ड लगायतका सेवा लिन अनिवार्य रूपमा परिचय पत्र चाहिने निर्णय गरेकाे हाे ।

अर्काेतर्फबाट आगामी महिना अथवा साउनबाट नै राजश्व सम्बन्धी व्यक्तिगत आयकर दर्ता, सवारी चालक अनुमतिपत्र, कम्पनी दर्ता तथा नवीकरण सेवामा राष्ट्रिय परिचय पत्र अनिवार्य गरिने भएकाे छ।

परिचय पत्र तथा पञ्जिकरण विभागले केहि समय अघिमात्रै सामाजिक सुरक्षा, स्वास्थ्य बीमा र निवृत्तिभरणमा राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने निर्णय गरेको थियो । विभागका अनुसार सेवामा एकरुपता ल्याउन अब विस्तारै अन्य सेवाहरुमा समेत परिचय पत्र अनिवार्य गर्न लागिएकाे हाे ।

हाल हरेक जिल्ला प्रशासन कार्यालयहरुमा परिचय पत्र लिने सेवाग्राहीको घुइंचाे लागेकाे छ ।खासगरी, सरकारले सामाजिक सुरक्षा भत्ता लिन २८ जिल्लामा राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि प्रशासन कार्यालयहरुमा जेष्ठ नागरिकको भिड बढेको हो ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जिरकण विभागका अनुसार अहिले काठमाडौंका ५८ वटा स्थानमा राष्ट्रिय परिचय पत्र बनाउन ३२१ जना कर्मचारी खटाइएको छ । हालसम्म १ करोड ५० लाखभन्दा बढीले राष्ट्रिय परिचय पत्रका लागि विवरण दर्ता गराइसकेका छन् जसमा ४० लाख छपिएकाे छ ।

SEE  को नतिजा सम्बन्धी राष्ट्रिय परीक्षा बोर्डले प्रकशन गरेको सूचना
24/06/2024

SEE को नतिजा सम्बन्धी राष्ट्रिय परीक्षा बोर्डले प्रकशन गरेको सूचना

Address

Kageshwori Manohara Municipality-9

00977

Alerts

Be the first to know and let us send you an email when A&A Multinational Pvt Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share