LightNepal

LightNepal Light Nepal is the online media that focus on delivering trust worthy news to the global society. ❤️🙏 Media/News Company

11/12/2025

ओली कुटि बनाउने ठाउँ मा महेश बस्नेतका कार्यकर्ताहरु मैदानमै पुगे 😊

11/12/2025

सुन्तला खादै, गुन्डुको निरिक्षण गर्दै महेश बस्नेत 😊🙏

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भने, “हिजो नेपाल सरकार र जेनजीका प्रतिनिधिहरूबीच भएको सम्झौता कलाविहीन नाटक मात्र हो...
11/12/2025

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भने, “हिजो नेपाल सरकार र जेनजीका प्रतिनिधिहरूबीच भएको सम्झौता कलाविहीन नाटक मात्र हो। जनताले मलाई माया गर्छन्। म त हावा भरिएको भकुण्डोजस्तो हुँ- जति पछार्छन्, त्यति माथि जान्छु।”

थुनामा रहेका रास्वपाका सभापति रवि लामिछानेको मुद्दामा आज उच्च अदालत बुटवलमा पेसी तोकिएको छ । यसअघि दुई पटक रवि पक्षका का...
11/12/2025

थुनामा रहेका रास्वपाका सभापति रवि लामिछानेको मुद्दामा आज उच्च अदालत बुटवलमा पेसी तोकिएको छ । यसअघि दुई पटक रवि पक्षका कानुनी व्यवसायीहरूले निवेदन दिएपछि बहस रोकिएको थियो ।

भदौ २३ र २४ गते जेनजी आन्दोलनमा भएका घटना जाँचबुझ आयोगले आज पूर्व प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र पूर्वगृहसचिव गो...
11/12/2025

भदौ २३ र २४ गते जेनजी आन्दोलनमा भएका घटना जाँचबुझ आयोगले आज पूर्व प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र पूर्वगृहसचिव गोकर्णमणी दुवाडीसँग बयान लिने भएको छ। खापुङ जेनजी आन्दोलनकाने समयमा नेपाल प्रहरीको महानिरीक्षक थिए। आन्दोलनमा २३ गते प्रहरीले अ'त्याधिक ब'ल प्रयोग गरेको भन्दै आ'लोचना भइरहेको छ। जेनजी आन्दोलनको समयमा गृहसचिव रहेका दुवाडीलाई जेनजी आन्दोलनमा द'मन गर्न दुवाडीको पनि भूमिका रहेको भन्दै उनलाई पनि आयोगले सुरुमै कडाइ गरेको छ । दुवाडीलाई पनि जाँचबुझ आयोगले विदेश जान प्रतिबन्ध लगाएको छ। काठमाडौँबाहिर जान पनि प्रतिबन्ध लगाएको थियो।

हिजो सरकार र जेनजी बीचको सम्झौतापत्र च्यात्ने युवा "अजय सोडारी " GenZ आन्दो'लनको बेला नेपाल मै नरहेको र १ महिना पछि दक्ष...
11/12/2025

हिजो सरकार र जेनजी बीचको सम्झौतापत्र च्यात्ने युवा "अजय सोडारी " GenZ आन्दो'लनको बेला नेपाल मै नरहेको र १ महिना पछि दक्षिण कोरिया बाट आएको साथै त्यहाँको NRNA मा रहेको भनेर धेरैले गुनासो गरेका छन्।

“क्रिकेटको फ्यान भएर सपोर्ट गर्नुपर्दा आज  बिराटनगर र लुम्बिनी मध्य कसलाई रोज्नु हुन्छ ?”Photo : NPL
11/12/2025

“क्रिकेटको फ्यान भएर सपोर्ट गर्नुपर्दा आज बिराटनगर र लुम्बिनी मध्य कसलाई रोज्नु हुन्छ ?”

Photo : NPL

यस्तो छ जेनजी आन्दोलनका प्रतिनिधि र सरकारबीच भएको १० बुँदे सम्झौता१) भदौ २३–२४ को आन्दोलनमा ज्या'न गु'माएकालाई शहीद घोषण...
11/12/2025

यस्तो छ जेनजी आन्दोलनका प्रतिनिधि र सरकारबीच भएको १० बुँदे सम्झौता

१) भदौ २३–२४ को आन्दोलनमा ज्या'न गु'माएकालाई शहीद घोषणा गरिने छ। शहीद परिवार र घाइतेहरूलाई राहत, क्षतिपूर्ति, उपचार, शिक्षा, रोजगारी र सामाजिक सुरक्षा सुनिश्चित गरिने छ। सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि स्थायी आयोग गठन हुनेछ।

२) द'मन, अ'त्यधिक ब'ल प्रयोग र गैरन्यायिक ह'त्या सम्बन्धी घटनाको निष्पक्ष छानबिन हुने छ। आन्दोलनमा सहभागी मात्र भएकामाथि मुद्दा लगाइने छैन। १५ दिनभित्र स्क्रिनिङ गरेर निर्दोषलाई थुनामुक्त गरी मुद्दा फिर्ता गरिने छ। सुरक्षा निकाय सुधारका लागि आवश्यक संरचनागत प्रस्ताव राखिने छ।

३) उच्चस्तरीय आयोगले राजनीतिक, नीतिगत र संस्थागत भ्रष्टाचारको गहिरो छानबिन गर्ने छ। सार्वजनिक पदधारीहरूको आय–सम्पत्ति जाँच गरिने छ र दोषीलाई कारबाही गरिने छ। दलीय भागबण्डाका आधारमा हुने नियुक्ति बन्द गरिने छ। दल वा नेताहरूको नाममा बनाइएका कोष, ट्रस्ट, प्रतिष्ठानहरूको छानबिन गरी अवैध भए राष्ट्रियकरण गरिने छ।

४) निर्वाचन स्वतन्त्र, शान्तिपूर्ण र भयरहित बनाइने छ। प्रवासी नेपालीलाई मताधिकार सुनिश्चिततर्फ कदम चालिने छ। उम्मेदवारले सम्पत्ति विवरण अनिवार्य बुझाउनुपर्ने छ। दल वा उम्मेदवारको स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गरिने छ। NOTA, अनिवार्य प्राइमरी, गोला प्रणाली, दल अध्यक्षको दुई कार्यकाल सीमा, अस्वस्थ गठबन्धन रोक्ने प्रणाली जस्ता सुधार अघि बढाइने छन्।

५) संविधान सुधारका लागि उच्चस्तरीय आयोग गठन गरिने छ जसले सुशासन, समावेशिता र बदलिँदो आवश्यकताअनुसार संशोधन सुझाव तयार गर्ने छ। तीनै तहमा बहस–संवाद गरेर प्रतिवेदन तयार गरिने छ। राज्यका प्रमुखहरूको कार्यकाल १० वर्ष/२ कार्यकाल, जनप्रतिनिधिको उमेर २१ वर्ष, न्यायपालिका निष्पक्षता, समावेशी प्रतिनिधित्वलगायत विषयमा सुझाव तयार हुनेछ।

६) महिला, दलित, जनजाति, मधेसी, मुस्लिम, थारू, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक अल्पसंख्यक, किसान–श्रमिक, विपन्न खसआर्यसहित सबै समूहको अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गरिने छ। जेनजी परिषद्ले यसमा सल्लाहकारको भूमिका खेल्ने छ।

७) सरकारका निर्णय, खर्च र सम्पूर्ण कार्यप्रक्रिया पारदर्शी बनाइने छ। विगतका मानवअधिकार उल्लङ्घन र भ्रष्टाचारसम्बन्धी छानबिन प्रतिवेदनहरू सार्वजनिक गरिने छन्। सबै सार्वजनिक नियुक्ति प्रतिस्पर्धात्मक र खुला प्रक्रियाबाट हुने छन्।

८) इन्टरनेट र डिजिटल माध्यममा सेन्सरसिप नहुने सुनिश्चित गरिने छ। नागरिकको डिजिटल डेटा सुरक्षित राखिने छ र यसको दुरुपयोग रोक्ने व्यवस्था गरिने छ।

९) शासन सुधार, सुशासन, विकास र नीति निर्माणमा सरकारलाई सहयोग गर्ने गरी जेनजी परिषद् गठन गरिने छ, जसले निरन्तर संवाद र सहकार्यमा काम गर्ने छ।

१०) सम्झौता हस्ताक्षर भएको मितिदेखि तत्काल लागू हुनेछ। कार्यान्वयन सरकार र जेनजी प्रतिनिधिको संयुक्त सहमतिमा अघि बढाइने छ, र आवश्यकता अनुसार थप सम्झौता गर्न दुवै पक्ष खुला रहने छन्।

DSP मधु नेपाललाई बहुविवाह आरोपमा रुपन्देही प्रहरीले पक्राउ गरेको छ। नवलपरासी पूर्वमा कार्यरत नेपाल श्रीमतीको उजुरीपछि पक...
10/12/2025

DSP मधु नेपाललाई बहुविवाह आरोपमा रुपन्देही प्रहरीले पक्राउ गरेको छ। नवलपरासी पूर्वमा कार्यरत नेपाल श्रीमतीको उजुरीपछि पक्राउ परेका हुन्।

Photo Source : Online Khabar

१३ वर्षीया नाबालिकालाई दुई दिनसम्म होटलमा ब'न्धक बनाएर ब'ला'त्कार गरेको आरोपमा जनकपुरका एमाले नेता शिवशंकर साह (हिरा) पक...
10/12/2025

१३ वर्षीया नाबालिकालाई दुई दिनसम्म होटलमा ब'न्धक बनाएर ब'ला'त्कार गरेको आरोपमा जनकपुरका एमाले नेता शिवशंकर साह (हिरा) पक्राउ परेका छन्। २०७९ को स्थानीय निर्वाचनमा जनकपुरमा मेयरको उम्मेदवार बनेर पराजित साह एमालेको ११ औं महाधिवेशनको प्रतिनिधि समेत हुन्।

गायिका रचना रिमाल लेख्छिन्, "विदेशी भएर पनि नेपाललाई आफ्नै देशजस्तो माया दिनुभयो, कस्तो माया पो दिनुभयो नि है नेपाललाई। ...
10/12/2025

गायिका रचना रिमाल लेख्छिन्, "विदेशी भएर पनि नेपाललाई आफ्नै देशजस्तो माया दिनुभयो, कस्तो माया पो दिनुभयो नि है नेपाललाई। अहिले हामी नेपाली क्रिकेट एकदमै महत्त्वपूर्ण समयमा छौँ, लाग्छ सिङ्गो विश्व क्रिकेटले हामिलाई नियाली रहेको छ।

यस्तो विशेष परिस्थितिबाट अगाडि बढ्दै गर्दा हामीले एउटा बलियो प्रशंसक, एक कुशल कमेन्टेटर र नेपाली क्रिकेटको बुलन्द आवाज ‘Andrew Leonard’ पाएका छौँ। नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला मजबुत बनाइरहेको यो यात्रामा उहाँले कहिल्यै थाक्न नजान्ने गरी नेपाललाई उजागर गर्न गर्नुभएको भूमिका अविस्मरणीय छ। उहाँका शब्दहरूले नेपाली क्रिकेटको आत्मा बोल्छन्, उहाँको प्रशंसाले विश्वभरि नेपाली क्रिकेटप्रति आकर्षण बढाउँछ, र उहाँको ऊर्जाले खेलाडी, समर्थक र आमजनमानसमा नयाँ उत्साह जगाउँछ।

मुख्यतः उहाँले नेपाललाई आफ्नै देशजस्तै माया गर्नुहुन्छ, जुन हामी सबैका लागि गर्वको कुरा हो। उहाँलाई प्रत्यक्ष भेटेर धन्यवाद व्यक्त गर्न पाउनु मेरो जीवनकै एउटा महत्वपूर्ण क्षण रह्यो। नेपालले आज पाएको सम्मान, पहिचान र समर्थनमा उहाँको योगदान अतुलनीय छ। नेपाली क्रिकेटलाई यति हृदयदेखि समर्थन गरिदिनुभएकोमा धेरै धन्यवाद।

हामी नेपालीहरू सदैव उहाँप्रति ऋणी रहनेछौँ। क्रिकेटप्रतिको उहाँको प्रेम, ऊर्जा र सकारात्मकताले हामीलाई अझ ठूलो सपना देख्न प्रेरित गरिरहेको छ।"

कुलमान घिसिङ्ग मन्त्रि भएपछि हटाएपछि सर्वोच्चको परमादेशपछि आज पदभार ग्रहण गर्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर...
10/12/2025

कुलमान घिसिङ्ग मन्त्रि भएपछि हटाएपछि सर्वोच्चको परमादेशपछि आज पदभार ग्रहण गर्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भने, 'तीन दशक लामो समय निःश्वार्थ सेवा गरेँ। अब पनि प्राधिकरण र देशको सेवामा लागिरहनेछु। सरकारको नीति निर्देशन अनुसार काम गर्छु । गुणस्तरिय भरपर्दो र निरन्तर विद्युत आपूर्तिका लागि प्राधिकरणको प्रणाली सुधारमा अधिकतम ध्यान दिएर काम अगाडि बढाउँछु। प्राधिकरणकै एमडी भएकाले मेरो घर ज'ल्यो। म पि'डामा परेँ। तर त्यो पिडा सम्झिएर बस्दिनँ। अब म काममा अगाडि बढें।'

Address

Kathmandu
00977

Alerts

Be the first to know and let us send you an email when LightNepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Nipol News

Nipol News is the online media that focuses on delivering trust worthy , authentic news to the global society. It always highlights informing the multicultural communities about their social,cultural issues, the business of governance, educating and mobilizing the public. It plays as the instrument for promoting grassroots democracy by highlighting the local issues, providing an alternative source of information to official channels, and reflecting ethnic and linguistic diversity.

This media also helps build peace and social consensus, without which democracy is threatened.It encourages groups mechanisms for mediation, representation and voice so they can settle their differences peacefully.