22/05/2025
राजसंस्था पुनःस्थापना आन्दोलनले राष्ट्रव्यापी आकार लिँदै गर्दा सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेसले राजसंस्थाप्रति आफ्नो असहिष्णु धारणामा लचकता देखाउन थालेको छ।
कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संवैधानिक राजसंस्थाबारे आफू नकारात्मक नरहेको तर हृदयेन्द्र वीरविक्रम शाह राजा बनेमा आफ्नो समर्थन रहने सन्देश राजसंस्था पुनःस्थापना आन्दोलनसमक्ष पठाएको बुझिएको छ।