Bishwopati

Bishwopati Your source for Nepali news, culture, and community stories, delivering timely, trusted updates from Nepal and around the world. www.bishwopati.com

Stay connected and share your news, articles, and photos-we’ll make sure your voice reaches far and wide. Bishwopati Media and Events Pty Ltd.

हार्दिक बधाई !!!राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे वरिष्ठ नेतामा वालेन्द्र (बालेन) शाह मनोनीत भएका छन्।
29/07/2026

हार्दिक बधाई !!!
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे वरिष्ठ नेतामा वालेन्द्र (बालेन) शाह मनोनीत भएका छन्।

29/07/2026

सुनसरी जहाँ द्वन्द भएको स्थानको वास्तविकता, अन्तिम सम्म हेर्नूहोला र शेयर गरेर सामाजिक सद्भाव क़ायम गरौ ।

आज दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।
29/07/2026

आज दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।

रास्वपाका सभापति रवि लामिछाने कांग्रेस कार्यालय पुगेर पूर्व-उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई श्रद्धाञ्जली अर्पण गरेका...
29/07/2026

रास्वपाका सभापति रवि लामिछाने कांग्रेस कार्यालय पुगेर पूर्व-उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई श्रद्धाञ्जली अर्पण गरेका छन् ।

आज बसेको सर्वदलीय बैठकको संयुक्त वक्तव्य तथा अपिल l मिति: २०८३ श्रावण १३ गतेराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभाप...
29/07/2026

आज बसेको सर्वदलीय बैठकको संयुक्त वक्तव्य तथा अपिल l
मिति: २०८३ श्रावण १३ गते

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति माननीय रवि लामिछानेज्यूको आह्वानमा आज मिति २०८३ श्रावण १३ गते सम्पन्न सर्वदलीय बैठकले सुनसरीलगायत विभिन्न जिल्लाहरूमा हालै विकसित अत्यन्तै संवेदनशील, दुःखद घटनाक्रम र त्यसले उत्पन्न गरेको असहज परिस्थितिको गम्भीर समीक्षा गर्दै निम्न बमोजिमको संयुक्त वक्तव्य तथा अपिल जारी गरेको छ:
१. समवेदना तथा सहानुभूति:
पछिल्ला घटनाक्रमहरूमा परी ज्यान गुमाउने मृतकप्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं र शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं। साथै, घटनामा परी घाइते हुनुभएका सम्पूर्ण नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।
२. सामाजिक सद्भाव र शान्तिको अपिल:
नेपालको पहिचान नै विविधताबीचको एकता, सहिष्णुता र सहअस्तित्व हो। सदियौंदेखि हाम्रो समाजमा कायम रहेको पारस्पारिक भाइचारा र सामाजिक सद्भावलाई खल्बल्याउने कुनै पनि प्रकारका अवाञ्छित गतिविधि र उत्तेजनामा नआउन हामी सम्पूर्ण देशवासी आम नागरिकहरूमा हार्दिक अपिल गर्दछौं। आवेग र मुठभेडले समस्याको समाधान नभई थप जटिलता मात्र निम्त्याउने यथार्थप्रति हामी सबै सचेत हुनु जरुरी छ।
३. शान्तिपूर्ण संवाद र सहमतिको आह्वान:
लोकतन्त्रमा जस्तोसुकै जटिल असन्तुष्टि र समस्याहरूको समाधान पनि शान्तिपूर्ण संवाद र सहमतिका माध्यमबाट मात्र सम्भव छ। आफ्ना माग र असन्तुष्टिहरू शान्तिपूर्ण रूपमा राख्न सम्बन्धित सबै पक्षलाई हामी आह्वान गर्दछौं।
४. तल्लो तहमा सर्वदलीय संयन्त्र र बैठकको आह्वान :
समाजमा शान्ति र सद्भाव कायम राख्न केन्द्रको मात्र प्रयास पर्याप्त हुँदैन। तसर्थ, प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठकहरू आयोजना गर्न, संवादलाई तल्लो तहसम्म पुर्‍याउन र नागरिकस्तरमा विश्वासको वातावरण निर्माण गर्न हामी आ-आफ्ना पार्टीका विभिन्न तहका समितिहरूलाई निर्देशित गर्दछौं। स्थानीय स्तरमा धार्मिक अगुवा, नागरिक समाज र स्थानीय प्रशासनलाई जोडेर शान्ति कायम राख्न सक्रिय हुनु आजको आवश्यकता हो।
५. केन्द्रीय तहबाट समन्वय र नेतृत्वदायी भूमिका :
यस्ता प्रकृतिका दुःखद र संवेदनशील घटनाहरू भविष्यमा देशका कुनै पनि भू-भागमा दोहोरिन नदिन हामी, राजनीतिक दलको केन्द्रीय तह, अत्यन्तै गम्भीर छौं। यसका लागि आवश्यक पहलकदमी , निरन्तर समन्वय र अनुगमन गर्दै नेतृत्वदायी भूमिका निर्वाह गर्न हामी प्रतिबद्ध छौं।
६. अफवाह नियन्त्रण र सामाजिक सञ्जालको जिम्मेवार प्रयोग :
यस्तो संवेदनशील समयमा सामाजिक सञ्जाल लगायतका माध्यमबाट फैलाइन सक्ने भ्रामक समाचार, घृणास्पद अभिव्यक्ति र अफवाहहरूले स्थितिलाई थप भयावह बनाउन सक्छन्। तसर्थ, सामाजिक सञ्जालको अत्यन्त जिम्मेवार प्रयोग गर्न आम नागरिकलाई अनुरोध गर्दै, सञ्चारमाध्यमहरूलाई समेत संयमित र तथ्यपरक सूचना मात्र सम्प्रेषण गरिदिन आग्रह गर्दछौं।
७. नेपाल सरकारको ध्यानाकर्षण:
नागरिकको जिउधनको रक्षा गर्नु राज्यको प्राथमिक दायित्व हो। अधिकतम संयमता अपनाउँदै परिस्थितिलाई सामान्यीकरण गर्न, घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीउपर कानुन बमोजिम कारबाही गर्न र पीडित पक्षलाई उचित क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन हामी नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँछौं।

अन्तमा, राष्ट्रिय एकता र सामाजिक सद्भावको रक्षाका लागि हामी उपस्थित सम्पूर्ण राजनीतिक दलहरू एकताबद्ध रहेको सन्देश प्रवाह गर्दै, उत्पन्न समस्याको दिगो, प्रभावकारी एवं शान्तिपूर्ण समाधानका लागि सरकार र समाजलाई हरसम्भव सहयोग गर्न हामी दृढ संकल्पित छौं।

रास्वपा सभापति रबि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेल संग भेटघाट गरेका छन ।
29/07/2026

रास्वपा सभापति रबि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेल संग भेटघाट गरेका छन ।

गगन थापाको प्रश्न- राज्यमा द्वन्द, हिंसा हुदा, मानिसले ज्यान गुमाएको यस्तो कठिन बेलामा पनि प्रधानमन्त्री भाऊ खाएर-ठालू ब...
29/07/2026

गगन थापाको प्रश्न- राज्यमा द्वन्द, हिंसा हुदा, मानिसले ज्यान गुमाएको यस्तो कठिन बेलामा पनि प्रधानमन्त्री भाऊ खाएर-ठालू बनेर बस्ने हो ?

Happy International Tiger Day to everyone! May we always honor and protect these extraordinary symbols of strength, powe...
29/07/2026

Happy International Tiger Day to everyone! May we always honor and protect these extraordinary symbols of strength, power, and regal majesty. 🐯❤️

देशको राष्ट्रिय एकता, सुरक्षा र सार्वभौमिकताप्रति गम्भीर प्रश्न उठिरहेका छन्। गोली किन चल्यो? कसको आदेशमा चल्यो? निर्णय ...
29/07/2026

देशको राष्ट्रिय एकता, सुरक्षा र सार्वभौमिकताप्रति गम्भीर प्रश्न उठिरहेका छन्। गोली किन चल्यो? कसको आदेशमा चल्यो? निर्णय कसले गर्‍यो? नियोजित घटना हो राज्य लाचार भयो: दुर्गा प्रसाई

रास्वपाले बोलाएको सर्वदलीय बैठकमा सहभागी हुन बिभिन्न दलका प्रमुख र प्रतिनिधि नेताहरु सिंहदरबारमा ।
29/07/2026

रास्वपाले बोलाएको सर्वदलीय बैठकमा सहभागी हुन बिभिन्न दलका प्रमुख र प्रतिनिधि नेताहरु सिंहदरबारमा ।

Address

Baneshwor
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Bishwopati posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bishwopati:

Share