
12/09/2025
२७ भाद्र २०८२
नेपाल प्रहरिले यहि भदौ २३ र २४ गते काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानहरूमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका विभिन्न अप्रिय घटना, आगजनी, लुटपाट, आम सर्वसाधारणमा त्रास श्रृजना हुने किसिमका अन्य विविध घटनाहरूसँग सम्बन्धित तस्विर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका साथै तपाईसंग भएका लिङ्कहरू दिन आग्रह गरेको छ ।
प्रहरी संगठनले आफ्नो वेबसाईट [email protected] मा फोटो तथा भिडियो पठाई सहयोग गर्न सबैलाई अनुरोध गरेको हो ।
उल्लेख गरिए अनुसार प्रामाणका भियो तथा फोटोहरु पठाउनेको बिवरण गोपनियता कायम राख्ने जानकारी दिएको छ ।