Nepalayan Hub HD

Nepalayan Hub HD हाम्रो नजरमा नेपाल, तपाईंको स्क्रीनमा।
अनुभूति, अनुभव, र समाचार एउटै ठाउँमा।

11/03/2026

जेन्जी आन्दोलनपछि नेपाली राजनीति कुन दिशातिर ?
२०८२ को आन्दोलनले राजनीतिमा नयाँ अनुहार त ल्यायो, तर त्यसपछि देखिएको चुनावी परिणामले धेरै गम्भीर प्रश्न पनि उठाएको छ।
के साँच्चै यो परिवर्तनको लहर थियो ?
कि क्षणिक असन्तुष्टि र सामाजिक सञ्जालले निर्माण गरेको राजनीतिक वातावरण ?
पूरा विश्लेषण सुन्न भिडियो हेर्नुहोस्।

23/02/2026

अफगानिस्तानमा
पाकिस्तानको आक्रमण
20 जनाको मृत्यु
mexico मा आतंकवादी आक्रमण हमला पुरै ध्वस्त
नेपालमा त्रिशुली बस खसेर 18 जनाको मृत्यु
मलेसियामा M 7.1 शक्तिशाली भुकम्प 🥹

धादिङको बेनिघाटमा ठूलो दुर्घटना!पोखराबाट काठमाडौं आउदै गरेको ग २ ख १४२१ नम्बरको यात्रु बाहक बस  त्रिशुली नदि किनारमा खस्...
22/02/2026

धादिङको बेनिघाटमा ठूलो दुर्घटना!

पोखराबाट काठमाडौं आउदै गरेको ग २ ख १४२१ नम्बरको यात्रु बाहक बस त्रिशुली नदि किनारमा खस्यो।

दुर्घटना धादिङको बेनीघाट रोराङको चरौदिनजिक भएको हो ।
- अहिलेसम्म १७ शव निकालिएको छ।

कर्फ्यू आदेश जारी गरिए पनि रौतहटको गौर क्षेत्रमा आगजनीका घटना रोकिएका छैनन्। जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाएर नेप...
21/02/2026

कर्फ्यू आदेश जारी गरिए पनि रौतहटको गौर क्षेत्रमा आगजनीका घटना रोकिएका छैनन्। जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाएर नेपाली सेनासमेत परिचालन गरेपछि मुख्य सडक क्षेत्र शान्त देखिए पनि भित्री बस्तीहरूमा भने तनाव कायमै रहेको छ।

शनिबार दिउँसो गौर नगरपालिका–४ मचकुटिया टोलमा एउटा स्कुटरमा आगजनी गरिएको छ। यससँगै हालसम्म प्रदर्शनकारीहरूद्वारा ६ वटा मोटरसाइकल र २ वटा जिपमा आगजनी भएको पुष्टि भएको छ।

गौर नगरपालिका–६ स्थित सनगढा गाउँमा दुई समुदायबीच भएको झडप उग्र बन्दै गएपछि अवस्था तनावग्रस्त बनेको हो। मुस्लिम समुदाय मस्जिदमा प्रार्थनामा रहेको बेला हिन्दु समुदायले बाजा बजाएको विषयलाई लिएर विवाद सुरु भएको बताइएको छ। विवाद चर्किँदै जाँदा गौरका वडा नम्बर ४, ५ र ६ मा झडप भएको थियो।

स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुका साथै अश्रुग्यास प्रहार गरेको थियो। झडपका क्रममा केही सवारी साधनमा आगजनी हुनुका साथै घरमा तोडफोडसमेत भएको प्रहरीले जनाएको छ। घटनामा केही व्यक्ति सामान्य घाइते भएका छन्।

थप हिंसा फैलिन सक्ने आकलन गर्दै जिल्ला प्रशासन कार्यालयले शनिबार दिउँसो १ बजेदेखि कर्फ्यू आदेश जारी गरेको छ। प्रशासनको सूचनाअनुसार पूर्वतर्फ मुडबलवा गेट, पश्चिमतर्फ लालबकैया बाँध, उत्तरतर्फ बम नहर र दक्षिणतर्फ गौर भन्सार कार्यालयसम्म कर्फ्यू लागू गरिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालले जानकारी दिएका छन्।

सुरक्षाकर्मीहरूको उपस्थितिका बीच अवस्था नियन्त्रणमा ल्याउने प्रयास जारी रहेको प्रशासनले जनाएको छ।

20/02/2026

दाङबाट रबि लामिछानेको हुङ्कारपूर्ण सन्देश: जनताको ध्यान खिच्दै, राजनीतिक हलचल
゚viralfbreelsfypシ゚viral

८ फागुन, काठमाडौं । एक विस्थापन शिविरमा यसै हप्ताको सुरुमा भएको ड्रोन आक्रमणमा परी कम्तीमा १५ बालबालिकाको मृत्यु भएको सं...
20/02/2026

८ फागुन, काठमाडौं । एक विस्थापन शिविरमा यसै हप्ताको सुरुमा भएको ड्रोन आक्रमणमा परी कम्तीमा १५ बालबालिकाको मृत्यु भएको संयुक्त राष्ट्रसंघले बुधबार जानकारी दिएको छ ।

संयुक्त राष्ट्रसंघको बालबालिका मामिला निकाय (युनिसेफ)ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “फेब्रुअरी १६ मा पश्चिम कोर्दोफानको अल सुनुतमा रहेको विस्थापन शिविरमा ड्रोन आक्रमणमा परी कम्तीमा १५ बालबालिकाको मृत्यु भएको र १० जना घाइते भएका छन् ।”

मध्य नाइजेरियाको पठार राज्यमा बुधबार भएको ग्यास विस्फोटमा परी ३८ जना खानी मजदुरको मृत्यु भएको छ । पठार राज्यको बसार जिल्...
18/02/2026

मध्य नाइजेरियाको पठार राज्यमा बुधबार भएको ग्यास विस्फोटमा परी ३८ जना खानी मजदुरको मृत्यु भएको छ । पठार राज्यको बसार जिल्लास्थित कम्पानिन जुराक खानी क्षेत्रमा भएको विस्फोटमा अन्य २७ जना घाइते भएका छन् ।

स्थानीय समुदायका एक नेता अल्हाजी अलियु अदामु इद्रिसले भने, ‘खानिमा विस्फोट भएको सत्य हो । विस्फोटमा परी अहिलेसम्म ३८ जनाको मृत्यु भएको पुष्टि भएको छ र अन्य २७ जनालाई अस्पताल लगिएको छ ।’

स्थानीय समयअनुसार बिहान ७ः३० देखि ८ः०० को बीचमा विस्फोट भएको नजिकैको खानी मजदुर इब्राहिम दत्तिजो सानीको भनाइ उद्दृत गर्दै समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ ।

सानीले टेलिफोनमा एएफपीसँग भने, ‘हामी घटनास्थल नजिकै बस्छौँ । मानिसहरू खानिको खाल्डोमा थिए र अचानक ग्यास विस्फोट भयो ।’ पश्चिम अफ्रिकी देशले विगतमा पनि यस्तै घातक खानी दुर्घटना देखेको छ।गत सेप्टेम्बरमा भारी वर्षाका कारण अवैध खानिमा ढुङ्गा खस्दा कम्तीमा १८ जनाको मृत्यु भएको थियो ।

दंगिशरणमा एमालेको आक्रामक चुनावी कूच, घरदैलो अभियानमा जनसहभागिता उच्च
18/02/2026

दंगिशरणमा एमालेको आक्रामक चुनावी कूच, घरदैलो अभियानमा जनसहभागिता उच्च

दंगिशरण । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै दाङ निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत दंगि...

भोजपुर : यहाँको भोजपुर नगरपालिका–३ स्थित सेतीबगर नजिकै निर्वाचनमा खटिएको सेना लिएर जाँदै गरेको ना ४ ख ७३१७ नम्बरको बस दु...
18/02/2026

भोजपुर : यहाँको भोजपुर नगरपालिका–३ स्थित सेतीबगर नजिकै निर्वाचनमा खटिएको सेना लिएर जाँदै गरेको ना ४ ख ७३१७ नम्बरको बस दुर्घटनामा परेको छ। जिल्लाबाट २४ जना सेना र चालकसहित २६ जना सवार बस दुर्घटनामा परेको हो।

दुर्घटनामा परी २४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए। उनका अनुसार बस सडक नजिकैको घुम्तीबाट तल खसेको छ।

दुर्घटनामा परी गम्भीर घाइते ८ जनालाई सेनाको दुईवटा हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौँ पठाइएको नेपाली सेनाले जनाएको छ। जिल्लाको पश्चिम टेम्केमैयुङ गाउँपालिकामा निर्वाचन सुरक्षा तयारीका लागि नेपाली सेनाको नयाँ श्रीनाथ गण भोजपुरबाट गएको सेनाको बस दुर्घटनामा परेको हो।

दुर्घटनामा परी घाइते भएका अन्यको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ।

18/02/2026

प्रस्तुत छ आजका टप १० हेडलाईन
゚viralfbreelsfypシ゚viral

17/02/2026
तुलसीपुरमा अज्ञात समुहद्वारा सिलिन्डर बम बिस्फोटदाङ, ५ फागुन । तुलसीपुरमा आज बिहान अज्ञात समुहले सिलिन्डर बम बिष्फोट गरा...
17/02/2026

तुलसीपुरमा अज्ञात समुहद्वारा सिलिन्डर बम बिस्फोट
दाङ, ५ फागुन । तुलसीपुरमा आज बिहान अज्ञात समुहले सिलिन्डर बम बिष्फोट गराएको छ । तुलसीपुर–६ अटोभिलेजदेखि तलतिर गाइपालन फर्मदेखि पश्चिमतर्फ पातुखोलामा अज्ञात समुहले सिलिन्डर बम विष्फोट गराएको हो ।

मंगलबार बिहान साढे ७ बजेतिर बम विष्फोट गराएको आवाज आएको हो । घटनास्थलमा सिलिन्डरका टुक्राहरु फेला परेका छन् ।
निर्वाचनको मिति नजिकिदै गर्दा चुनावलाई लक्षित गरेर त्रसित गराउन अज्ञात समुहले विष्फोट गराएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घटनामा अरु कुनै क्षति भने भएको छैन् ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी रेशम बोहराले प्रहरी घटनास्थलमा पुगेको बताउनुभयो । बिहान साढे ७ बजेतिर आवाज आएपछि प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेको उहाँले बताउनुभयो ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nepalayan Hub HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share