03/10/2024
बसन्तपुर बाट कालिमाटी लाग्दै गर्दा परोपकार स्कुलको अर्को पट्टी अवस्थित एउटा सामुदायिक भन्छा घर छ, बिगत ५ बर्ष देखी निरन्तर निम्न मध्यम बर्ग, भारी बोक्दै आएका, परिवार बाट अल्लागिएका दिन दुखी लाई सहुलियत दरमा खाना खुवाउदै आएको समाजिक सस्था को सामुदायिक भान्छा हो "खाना सबैलाई" ।
कोरोना कालमा बिचल्ली परेका, रोजगार गुमाएर बिहान बेलुकाको छाक टार्न धौ धौ परेका, आफ्नो गाउ घर जान नपाएर अलपत्र परका सँगै भोको पेट लिएर हिड्न र बस्न बाध्य भएका कोरोना पिडितहरुलाई निशुल्क खाना खुवाएर शुरु भएको यो अभियानले नेपाल को राजधानी काठमाण्डुको कालीमाटीको बिष्णुमती पुल सँगै रहेको परोपकार स्कुलको ठिक अगाडी एउटा संरचना नै तयार पारी सहुलियत दर मा खाना खुवाउदै आएको छ ।जहाँ गोजीमा पैशा कम छ,तर पनि पेटभरी खान पाइन्छ, त्यो पनि स्वच्छ, सफा सादा खाना मात्र ५० रुपैयामा । खाना, निम्न आए भएका दैनिक ज्याला मजदुरी गरिखाने सडक ब्यवसायी, रिक्सा चालक ,राजधानी बाहिरबाट अध्ययनका लागि आएका निम्न वर्गका बिधार्थी देखी लिएर अपांग, आय स्रोत नभएका आम मानिसहरुलाई कम पैशामा पेटभरी खाना खुवाउदै आएको छ, यो मंहगी माहामारी अनि बेरोजगारीले पिल्सिएको यस्तो जटिल घडीमा पनि त्यो भोको पेटको राप र मलिन अनुहारको पिडालाई कम गर्ने उद्देष्य ले ५० रुपैया मै खाना खुवाउदै आउनु भएका खाना सबैलाईका सञ्चालक नवराज मोक्तान भन्नु हुन्छ ।
साथै यस खाना सबैकोमा निम्न बर्गका मात्र नभएर आम मानिस हरु पनि खाना खान जाने गर्दछन तर वहाँ हरुले यस ठाउँमा खाना खादा भने रु १३० तिर्नु पर्ने हुन्छ, हामिले खाइदिएको खाना बाट भएको आम्दानिले निम्न बर्गको खाना खानेहरुलाई सहयोग पुग्ने र थप ब्यक्ती हरुलाई सहुलियत दरमा खाना खुवाउन सकिने बताउछन ।
हाल २०० जाना भन्दा बढिलाई सहुलियत दर मा खाना खुवाइरहेको यस सामुदायिक भान्छा दैनिक ५१० जना निम्न आय भएका ब्यक्तिहरु जोडिना आउछन तर सस्था ले थप ब्यक्ती लाई खाना खुवाउन आर्थिक श्रोतहरु कम रहेको ले असमर्थ रहेको जानकारी दिनुभयो । यहाँ हरुले पनि उक्त सस्था मा आबद्ध भई सहयोग गर्न चाहानुहुन्छ भनें बिभिन्न सोसिअल मिडिया वा सिधै सस्थामा सम्पर्क राख्न सक्नुहुनेछ ।
हेर्नुहोस भिडियो>>
Khana Sabailai | Because Everyone Need Food | Social Project | Documentary | Nepal ::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::: ...