Rastriya Sanjal HD

Directions

Rastriya Sanjal HD Official Second Video Page of Rastriya Sanjal [email protected]
(6)

Help post...देख्नु हुने मानुभावहरुले सम्पर्क गरिदिनु होला।
11/07/2026

Help post...
देख्नु हुने मानुभावहरुले सम्पर्क गरिदिनु होला।

नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धताकाठमाडौं, असार २५/ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्...
09/07/2026

नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

काठमाडौं, असार २५/ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि नर्वेका राजदूत महामहिम ड्याग्नी म्योस (H.E. Ms. Dagny Mjøs) बीच बिहिबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।
भेटका क्रममा नेपाल–नर्वेबीचको द्विपक्षीय सम्बन्ध तथा स्वास्थ्य क्षेत्रमा भइरहेको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
छलफलमा नर्वे सरकारको सहयोगमा नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरण, स्वास्थ्य सूचना प्रणाली, मानसिक स्वास्थ्य, स्वास्थ्य शिक्षा, स्वास्थ्य अनुसन्धान, मातृ तथा बाल स्वास्थ्य, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रमलगायतका क्षेत्रमा भइरहेका कार्यक्रमबारे समीक्षा गरिएको थियो।
मन्त्री मेहताले नेपालको आवश्यकता र बढ्दो रोगको भारलाई दृष्टिगत गर्दै स्वास्थ्य पूर्वाधार विकास, स्वास्थ्य सेवाको डिजिटाइजेशन, जलवायु परिवर्तन र जनस्वास्थ्य, नसर्ने रोग तथा मानसिक स्वास्थ्य सेवा सुदृढीकरण, स्वास्थ्य पर्यटन र जडीबुटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको बताउँदै यी क्षेत्रमा नर्वेसँग थप सहकार्यको अपेक्षा रहेको उल्लेख गर्नुभएको छ।
राजदूत म्योसले नर्वे सरकारले नेपाल सरकारका विकास प्राथमिकताअनुसार स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले नेपालका लागि थप सहकार्यका कार्यक्रमहरू अघि बढाउने तयारी भइरहेको जानकारी पनि दिनुभएको छ।
नेपाल र नर्वेबीच स्वास्थ्य, शिक्षा तथा दिगो विकासका विभिन्न क्षेत्रमा लामो समयदेखि सहकार्य हुँदै आएको छ।

स्वास्थ्यमन्त्री मेहताको सक्रियता,कोशी अस्पतालको अतिक्रमित संरचना हटाउन गृहमन्त्रीसँग संयुक्त निरीक्षणविराटनगर, असार २१/...
06/07/2026

स्वास्थ्यमन्त्री मेहताको सक्रियता,कोशी अस्पतालको अतिक्रमित संरचना हटाउन गृहमन्त्रीसँग संयुक्त निरीक्षण

विराटनगर, असार २१/ स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले कोशी अस्पतालको सरकारी जग्गा अतिक्रमणमुक्त गराउने अभियानलाई तीव्रता दिन आइतबार साँझ गृहमन्त्री सुधन गुरुङसँग संयुक्त रूपमा अस्पतालको स्थलगत निरीक्षण गर्नुभएको छ।
शनिबार अस्पतालको नियमित अनुगमनका क्रममा मन्त्री मेहताले अस्पताल परिसरभित्र रहेका अतिक्रमित संरचना तत्काल हटाउन निर्देशन दिनुभएको थियो। त्यसको निरन्तरतास्वरूप आइतबार गृहमन्त्रीसहित पुनः अस्पताल पुगेर उहाँले अतिक्रमित संरचनाको अवस्थाबारे स्थलगत निरीक्षण गर्नुभएको हो।
निरीक्षणपछि आयोजित छलफलमा अस्पतालको सरकारी तथा सार्वजनिक जग्गामा बनेका अवैध संरचना तत्काल हटाउने निर्णय गरिएको छ। गृहमन्त्री गुरुङले सम्बन्धित निकायलाई कानुनअनुसार अतिक्रमित संरचना खाली गराउन निर्देशन दिँदै स्थानीय प्रशासन र सुरक्षा निकायलाई आवश्यक समन्वयका साथ परिचालन गरिने बताउनुभयो।
स्वास्थ्यमन्त्री मेहताले अस्पताल प्रशासनले गत असार ५ गते जारी गरेको १५ दिने सूचना सकिँदासमेत संरचना खाली नगरिनु दुःखद् भएको उल्लेख गर्दै अबको एक साताभित्र अस्पताल परिसर अतिक्रमणमुक्त गराइने बताउनुभयो।
उहाँले सरकारी अस्पतालको सम्पत्ति संरक्षण गर्नु स्वास्थ्य सेवा सुधारको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै अस्पतालको सम्पूर्ण पूर्वाधार बिरामीको सेवाका लागि उपयोग हुनुपर्नेमा जोड दिनुभयो।
कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गामा नेपाल रेडक्रस सोसाइटी,नेपाल क्षयरोग निवारण संस्था,गणेश मन्दिर समिति तथा देवकोटा पुस्तकालयले स्थायी संरचना निर्माण गरी केही भाग व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्दै आएको अस्पताल प्रशासनले जनाएको छ।

यसअघि शनिबार मन्त्री मेहताले कोशी अस्पतालको विस्तृत अनुगमन गर्दै अस्पताल परिसरमै विशेषीकृत आँखा अस्पताल स्थापना गर्ने तयारीबारे प्रारम्भिक छलफल गर्नुभएको थियो। साथै आकस्मिक कक्ष,वार्ड,प्रयोगशाला,फार्मेसी तथा निर्माणाधीन संरचनाको निरीक्षण गरी सरसफाइ,पूर्वाधार व्यवस्थापन,निर्माण कार्य समयमै सम्पन्न गर्न तथा अतिक्रमित संरचना हटाउने प्रक्रिया प्रभावकारी रूपमा अघि बढाउन अस्पताल प्रशासनलाई निर्देशन दिनुभएको थियो।

05/07/2026

मन्त्री प्रतिभा रावलको १०० दिन....

कोशी अस्पतालमै आँखा अस्पताल बनाउने तयारी, मन्त्री मेहताद्वारा स्थलगत अनुगमनविराटनगर, असार २०/ स्वास्थ्य तथा खाद्य स्वच्छ...
05/07/2026

कोशी अस्पतालमै आँखा अस्पताल बनाउने तयारी, मन्त्री मेहताद्वारा स्थलगत अनुगमन

विराटनगर, असार २०/ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले शनिबार कोशी अस्पतालको अनुगमन गर्दै अस्पताल परिसरमै विशिष्टीकृत आँखा अस्पताल स्थापना गर्ने विषयमा प्रारम्भिक छलफल गर्नुभएको छ। हाल सञ्चालनमा रहेको आँखा उपचार सेवालाई विस्तार गरी छुट्टै आँखा अस्पतालका रूपमा विकास गर्ने तयारीबारे अस्पताल प्रशासनसँग छलफल भएको हो।
अनुगमनमा मोरङ क्षेत्र नम्बर ६ की प्रतिनिधिसभा सदस्य रुविना आचार्य पनि सहभागी हुनुहुन्थ्यो।
मन्त्री मेहताले आकस्मिक कक्ष, विभिन्न वार्ड, प्रयोगशाला, फार्मेसी तथा निर्माणाधीन संरचनाको निरीक्षण गर्दै सेवा प्रवाह, सरसफाइ र पूर्वाधार व्यवस्थापनको अवस्थाबारे जानकारी लिनुभएको थियो।
अनुगमनपछि उहाँले अस्पताल प्रशासनलाई अस्पताल परिसरको सरसफाइ थप प्रभावकारी बनाउन, निर्माण तथा मर्मतसम्भारका काम निर्धारित समयमै सम्पन्न गर्न, आवश्यक रङरोगन तथा पूर्वाधार व्यवस्थापनलाई व्यवस्थित गर्न तथा प्रत्येक विभागको नियमित अनुगमन गरी प्रगति विवरण पेश गर्न निर्देशन दिनुभएको छ।
त्यसैगरी, अस्पताल परिसरभित्र रहेका अनाधिकृत संरचना हटाउने विषयमा एक महिनाअघि मन्त्रालयबाट दिइएको निर्देशन तत्काल कार्यान्वयन गर्न उहाँले पुनः निर्देशन दिनुभएको छ।
मन्त्री मेहताले बिरामीले सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माण मन्त्रालयको प्राथमिकता रहेको उल्लेख गर्नुभएको छ।

05/07/2026

नेपालगञ्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पश्चिम नेपालको प्रमुख व्यावसायिक केन्द्र नेपालगञ्जमा देखिएको विद्युत् आपूर्ति समस्याको स्थायी समाधानका लागि आवश्यक बजेट, स्पष्ट कार्ययोजना तथा पूर्वाधार सुदृढीकरणका कार्यक्रम तत्काल अघि बढाइने बताउनुभएको छ। शनिबार नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश तथा बाँके जिल्लाका वितरण शाखाका प्रमुख, जनप्रतिनिधि, स्थानीयवासी, उद्योग व्यवसायी र राजनीतिक दलका प्रतिनिधिसँग गरिएको छलफल तथा नेपालगञ्ज वितरण केन्द्रको निरीक्षणपछि मन्त्रीले विद्युत् आपूर्तिलाई दिगो, भरपर्दो र सुरक्षित बनाउने उद्देश्यका साथ मन्त्रालयले आवश्यक समन्वय र पहललाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
निरीक्षणका क्रममा वितरण प्रणालीको वर्तमान अवस्था, प्राविधिक चुनौती तथा तीव्र गतिमा बढिरहेको विद्युत् मागबारे विस्तृत जानकारी लिइएको थियो। नेपालगञ्ज वितरण केन्द्र अन्तर्गतको सञ्जालमा लामो समयदेखि पर्याप्त स्तरोन्नति हुन नसक्दा संरचनागत समस्या बढ्दै गएको र पुरानो पूर्वाधारले बढ्दो विद्युत् भार धान्न कठिनाइ भइरहेको छ।
मन्त्रालयका अनुसार सातौँ विद्युतीकरण आयोजना सम्पन्न भएयता वितरण प्रणालीमा अपेक्षित स्तरको सुधार हुन नसकेको, विद्युत् माग वार्षिक करिब १५ प्रतिशतका दरले बढिरहेको तथा कोहलपुर राष्ट्रिय प्रसारण लाइन र टनकपुर आपूर्तिको अन्तिम बिन्दुमा रहेको वितरण प्रणालीका कारण विद्युत् आपूर्तिमा थप चुनौती सिर्जना भएको छ। नजिकै पर्याप्त उत्पादन केन्द्रको अभाव, न्यून भोल्टेज, फिडर ओभरलोड, पटक–पटक हुने ट्रिपिङ तथा निर्माणाधीन न्यू नेपालगञ्ज सबस्टेशन सञ्चालनमा ढिलाइ हुँदा सेवा गुणस्तर प्रभावित भएको पाइएको छ।
ऊर्जा मन्त्री श्रेष्ठले अत्यधिक गर्मी हुने नेपालगञ्ज क्षेत्रमा गुणस्तरीय र निरन्तर विद्युत् सेवा सुनिश्चित गर्नु सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै चालु आर्थिक वर्षदेखि वितरण प्रणालीको स्तरोन्नतिका लागि आवश्यक बजेट विनियोजन गरिने जानकारी दिनुभयो।
उहाँका अनुसार छिटै निर्माणाधीन न्यू नेपालगञ्ज सबस्टेशन सञ्चालनमा ल्याउन आवश्यक समन्वय गरिनेछ। साथै, आवश्यक क्षमताका थप ट्रान्सफर्मर जडान, वितरण सञ्जालको क्षमता विस्तार, पुराना लाइन तथा कन्डक्टरको स्तरोन्नति, आवश्यक स्थानमा नयाँ फिडर निर्माण तथा प्रभावकारी लोड व्यवस्थापनका कार्यक्रमलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गरिनेछ।
फिडर ओभरलोड, ट्रिपिङ, न्यून भोल्टेजलगायतका प्राविधिक समस्याको विस्तृत अध्ययन गरी तत्काल समाधानका लागि आवश्यक निर्णय र कार्यान्वयन प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ।
उहाँले नेपालगञ्जका नागरिक, उद्योग–व्यवसाय तथा अन्य उपभोक्ताले भरपर्दो, सुरक्षित र गुणस्तरीय विद्युत् सेवा प्राप्त गर्ने वातावरण निर्माण गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरण समन्वित रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।

04/07/2026

प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्' भन्ने प्रस्ताव माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुदैँ मन्त्री प्रतिभा रावल

नेपाल बाल संगठनमा मन्त्री सिता बादीको छड्के अनुगमन, सुशासन र बाल संरक्षण प्रभावकारी बनाउन निर्देशन, केही दिनमै ठोस निर्ण...
03/07/2026

नेपाल बाल संगठनमा मन्त्री सिता बादीको छड्के अनुगमन, सुशासन र बाल संरक्षण प्रभावकारी बनाउन निर्देशन, केही दिनमै ठोस निर्णय लिइने

काठमाडौँ, नक्साल। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले शुक्रबार मन्त्रालयको टोलीसहित नक्सालस्थित नेपाल बाल संगठनमा छड्के अनुगमन गर्नुभएको छ।

अनुगमनका क्रममा मन्त्री बादीले संगठनको प्रशासनिक, वित्तीय तथा बाल संरक्षणसम्बन्धी गतिविधि, सेवा प्रवाह तथा समग्र सञ्चालन अवस्थाको अनुगमन गर्नुभएको थियो। उहाँले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आवश्यक सुधारात्मक कदम तत्काल अघि बढाउन सम्बन्धित पदाधिकारीलाई निर्देशन दिनुभएको छ।

मन्त्री बादीले नेपाल बाल संगठनमा सुशासन, पारदर्शिता र जवाफदेहितालाई संस्थागत गर्दै बाल संरक्षण प्रणालीलाई थप प्रभावकारी बनाउन तथा बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखेर कार्य गर्न विशेष जोड दिनुभएको छ।

साथै, मन्त्री बादीले नेपाल बाल संगठनको देशभर रहेका जिल्ला संरचना तथा संगठनको स्वामित्वमा रहेका सम्पत्तिको अवस्था, संरक्षण, उपयोग र व्यवस्थापनका विषयमा समेत विशेष चासो व्यक्त गर्नुभएको छ।

यसैबीच, अनुगमनबाट प्राप्त तथ्य, सुझाव तथा संस्थाको समग्र अवस्थाका आधारमा नेपाल बाल संगठनका विषयमा केही दिनभित्रै ठोस निर्णय गरिने मन्त्री बादीले बताउनुभएको छ।

02/07/2026

सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफलमा उठेका प्रश्नहरुको जवाफ दिनुहुँदै मन्त्री प्रतिभा रावल

02/07/2026

सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ माथि छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुँदै मन्त्री प्रतिभा रावल

Address

Kathmandu
WC1

Website

Alerts

Be the first to know and let us send you an email when Rastriya Sanjal HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share