National Media Network Nepal

National Media Network Nepal National Media Network is a media hub of newspaper, magazine, digital news, radio and television.

पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवाताल किनारमा बनेका अग्ला संरचनाका कारण छेकिदै गएको ताल । विगतमा लेकसाइडका होटलका झ्या...
03/08/2024

पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवाताल किनारमा बनेका अग्ला संरचनाका कारण छेकिदै गएको ताल । विगतमा लेकसाइडका होटलका झ्यालबाट तालको दृश्यावलोकन गर्न सकिने अवस्था थियो ।

आइतबार रातिदेखि इन्द्रावती नदीमा आएको बाढीले कटान गरिहेको जमिन र जोखिममा रहेको मेलम्चीको बस्ती । बाढीले इन्द्रावती तेस्र...
15/07/2024

आइतबार रातिदेखि इन्द्रावती नदीमा आएको बाढीले कटान गरिहेको जमिन र जोखिममा रहेको मेलम्चीको बस्ती । बाढीले इन्द्रावती तेस्रो जलविद्युत आयोजनाको पावर हाउस तथा सबस्टेसन, मेलम्ची-भोताङ सडकखण्डलगायतमा क्षति गरेको छ ।

दाङको घोराही बजारमा दही बिक्री गर्न आएका देउखुरी राजपुर गाउँपालिका–३ स्थित बेला गाउँका यादव समुदायका  किसान । गाउँमा दूध...
14/07/2024

दाङको घोराही बजारमा दही बिक्री गर्न आएका देउखुरी राजपुर गाउँपालिका–३ स्थित बेला गाउँका यादव समुदायका किसान । गाउँमा दूध खपत नहुने तथा सङ्कलन केन्द्र नभएकाले बेलाका किसान चालीस किलोमिटर टाढा घोराही बजार दैनिक आवतजावतको रु ४०० गाडीभाडा तिरेर आफूले जमाएको दही बिक्री गर्न आउने गर्छन ।

कञ्चनपुरको बेलौरी नगरपालिका–७ मैनाहास्थित सिमसार क्षेत्रमा आहारा खोज्दै गरेको लोभीपापी गरुड । रैथाने प्रजातीको गरुड चराक...
05/07/2024

कञ्चनपुरको बेलौरी नगरपालिका–७ मैनाहास्थित सिमसार क्षेत्रमा आहारा खोज्दै गरेको लोभीपापी गरुड । रैथाने प्रजातीको गरुड चराको अवैध रुपमा चोरी शिकार गरिने हुँदा असुरक्षित रहेको छ ।

रातारात सत्ता समीकरणःनेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बनाउने सहमति भएको छ।   एमालेले अर्थसहित ९ वटा मन्त्र...
02/07/2024

रातारात सत्ता समीकरणः
नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बनाउने सहमति भएको छ। एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने सहमति भएकाे पनि भएको छ ।

कांग्रेस-एमाले समझदारीको प्रारम्भिक मस्याैदा :
१.ओली दुई वर्ष प्रधानमन्त्री, शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने ।
२.प्रदेश सरकारहरुमा ३/३ वटा सरकार बाँड्ने । मधेस प्रदेशमा चाहिँ मधेसकेन्द्रित दलकै नेतृत्व दिने ।
३.संविधान संशोधन गर्दै समानुपातिक प्रतिनिधित्वका आधारमा चुनिएर आउने सांसदलाई राष्ट्रिय सभा लैजाने, उपराष्ट्रपतिलाई सभाको अध्यक्ष बनाउने समझदारी ।
४.प्रतिनिधिसभा र राष्ट्यि सभा दुवैको सिटसंख्याबारे पनि पुनर्विचार गर्ने ।
५.पालिकाको संख्या ७५३ बाट घटाएर वडाको संख्या वृद्धि गर्ने ।
६.संविधान पुनरावलोकन गर्न पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा समिति बनाउने ।
७.प्रदेश सभामा समानुपातिक तर्फको प्रावधान हटाएर प्रत्यक्ष निर्वाचितमात्रै राख्ने ।
संविधान संशोधनका क्रममा रहेकाले दुई तिहाइ पुर्‍याउन संसदका साना दलहरू लोसपा र राप्रपालाई पनि सरकारमा ल्याउने तयारी छ । दुई तिहाइ पुर्‍याउन आउने पार्टीलाई पनि मन्त्रालय दिने गरी अध्यक्ष ओली र सभापति देउवाबिच समझदारी भएको छ।

म्याग्दीको बेनी नगरपालिका–३ भुकभुकेका कृषकहरु आइतबार दिउँसो आलुु खन्दै । म्याग्दीका कृषकलाई आलुु भित्र्याउने चटारो छ । य...
30/06/2024

म्याग्दीको बेनी नगरपालिका–३ भुकभुकेका कृषकहरु आइतबार दिउँसो आलुु खन्दै । म्याग्दीका कृषकलाई आलुु भित्र्याउने चटारो छ । यस वर्ष क्षेत्रफल विस्तार भए पनि म्याग्दीको आलुको उत्पादकत्व घटेको छ ।

मुगुको छायाँनाथ रारा नगरपालिका-९ रहेको रारा तालको किनारको पाटनमा घोडाहरू चर्दै ।
24/06/2024

मुगुको छायाँनाथ रारा नगरपालिका-९ रहेको रारा तालको किनारको पाटनमा घोडाहरू चर्दै ।

नेपाल आइडल सिजन -५ का बिजेता करण परियारलाई हार्दिक बधाई !💐
22/06/2024

नेपाल आइडल सिजन -५ का बिजेता करण परियारलाई हार्दिक बधाई !💐

मध्यपहाडी लोकमार्ग खुर्कोट–घुर्मी सडकखण्ड बुधबार विहान अवरुद्ध भएपछि जेसिबीको सहयोगमा पहिरो हटाइँदै । सडक माथिबाट खसेको ...
19/06/2024

मध्यपहाडी लोकमार्ग खुर्कोट–घुर्मी सडकखण्ड बुधबार विहान अवरुद्ध भएपछि जेसिबीको सहयोगमा पहिरो हटाइँदै । सडक माथिबाट खसेको पहिरो र बगेर आएको लेदोले धेरै ठाउँमा सडक अवरुद्ध भएको छ। तस्बिर

गुल्मीको मदाने गाउँपालिका–०३ सिर्सेनीस्थित गोपाल खत्री क्षेत्री घाँस खेती गोडमेल गर्दै  । १३ वैदेशिक रोजगारीमा रहेर स्वद...
18/06/2024

गुल्मीको मदाने गाउँपालिका–०३ सिर्सेनीस्थित गोपाल खत्री क्षेत्री घाँस खेती गोडमेल गर्दै । १३ वैदेशिक रोजगारीमा रहेर स्वदेश फर्किएपछि पछिल्लो एक वर्षदेखि उहाँ व्यवसायिक रुपमा घाँस खेती गरिरहनुभएको छ ।

मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इदको अवसरमा सोमबार तनहुँको व्यास नगरपालिका–४ स्थित नुरी हन्फी जामे मस्जिदमा सामूहिक...
17/06/2024

मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इदको अवसरमा सोमबार तनहुँको व्यास नगरपालिका–४ स्थित नुरी हन्फी जामे मस्जिदमा सामूहिक नमाज पढ्दै मुस्लिम समुदाय ।

जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबजारबाट  डोल्पाको सदरमुकाम दुनै घोडामा सामान  लगिँदै ।
16/06/2024

जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबजारबाट डोल्पाको सदरमुकाम दुनै घोडामा सामान लगिँदै ।

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when National Media Network Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to National Media Network Nepal:

Share