Our News Live

Our News Live We provides latest News,video news, Live News, entertainment gossips and interview with celebrities o

31/08/2026

राहतका सामग्री आवश्यक ठाउँमा पुर्‍याउन पनि कठिनाइ भएको छ। सडकमा हिलो जमेकाले सवारीसाधन चिप्लिने जोखिम बढेको छ। जसका कारण राहत सामग्री बोकेका गाडी दुर्घटनामा पर्ने सम्भावना समेत रहेको स्थानीयले बताएका छन्। जोखिमका बाबजुद आवश्यक सामग्री गन्तव्यसम्म पुर्‍याउन प्रयास भइरहेको छ। 🥹😲

चन्द्रागिरि नगरपालिकाबाट विगत एक वर्षदेखि सहायता स्वरूप उपलब्ध हुँदै आएको निःशुल्क इन्टरनेट सेवा अब आवश्यक नरहेको भन्दै ...
31/08/2026

चन्द्रागिरि नगरपालिकाबाट विगत एक वर्षदेखि सहायता स्वरूप उपलब्ध हुँदै आएको निःशुल्क इन्टरनेट सेवा अब आवश्यक नरहेको भन्दै गर्व मिडियाद्वारा सञ्चालित आवर न्यूज क्रिउले उक्त सेवा बन्द गरिदिन नगरपालिकासँग आग्रह गरेको छ। आवर न्यूज क्रिउले नगरपालिकालाई धन्यवाद दिँदै हालसम्म उपलब्ध गराइएको सहयोगप्रति आभार व्यक्त गरेको छ। साथै, नगरपालिकाको सिफारिसमा बलम्बुस्थित नेपाल टेलिकमबाट जडान गरिएको इन्टरनेट सेवा हाललाई विच्छेद गरिदिन अनुरोध गरेको हो। 🙏

31/08/2026

नेपाली कांग्रेसका सांसदहरूले बाढी–पहिरो प्रभावितका लागि आफ्नो आधा महिनाको पारिश्रमिक राहत कोषमा सहयोग गर्ने भएका छन्। कांग्रेस संसदीय दलको बैठकले यस्तो निर्णय गरेको प्रमुख सचेतक वासना थापाले जानकारी दिइन्। 😎🤣

31/08/2026

नेपाली कांग्रेसले बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत र उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। कांग्रेसले आफ्ना नेता–कार्यकर्ता तथा स्थानीय संगठनलाई पनि उद्धार, राहत र पुनर्स्थापनामा परिचालन गर्ने जनाएको छ। 😎

31/08/2026

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा र नुवाकोटका बाढीपीडितका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाउनुभएको छ। उहाँले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्ने धारणा राख्नुभएको छ। 😎🙏

31/08/2026

केही समयअघिसम्म “तुईन विस्थापित गर्नुपर्छ” भनेर वकालत गर्ने हामीलाई आज यही तुईन सबैभन्दा आवश्यक चिज बनिरहेको छ- र फेरि जडान गर्दैछौँ। विकासका कुरा गर्दै गर्दा भूगोल, प्रकृति र विपद्ले हामीलाई बारम्बार एउटा कठोर सत्य सम्झाइरहेको छ—वैकल्पिक र भरपर्दो पूर्वाधार नबनेसम्म आवश्यकता र बाध्यता उस्तै हुँदैनन्। 😲🙏😎

31/08/2026

अहिलेको ताजा विवरणअनुसार गोरखाको चुमनुव्री गाउँपालिका–७, छेकम्पारको चौरीखर्क पारी ठूलो पहिरो गएको पुष्टि भएको छ। तर बुढीगण्डकी नदी पूर्ण रूपमा थुनिएको भन्ने कुरा जिल्ला प्रशासन कार्यालय गोरखाले अस्वीकार गरेको छ। 😲

30/08/2026

चितवनमा बाढी तथा पहिरोमा परी मृत्यु भएकामध्ये पहिचान भइसकेका शव पनि आफन्तले तत्काल लैजान नपाउने भएका छन् । गाडिसकिएका शवको डिएनए परीक्षण गरी पहिचान पुष्टि भएपछि मात्रै आफन्तलाई बुझाइने भएको हो । पहिचान भएर पनि शव नपाएपछि एउटा परिवार भने धार्मिक परम्पराअनुसार अन्तिम संस्कारको प्रक्रिया पूरा गरेर फर्किएको छ । 😲🥹

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ पिपलबोटस्थित महेन्द्र राजमार्गमा EV र सुमो ठोक्किँदा ११ जना घाइते भएका छन्। काठमाडौ...
30/08/2026

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ पिपलबोटस्थित महेन्द्र राजमार्गमा EV र सुमो ठोक्किँदा ११ जना घाइते भएका छन्। काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको EV र विपरीत दिशाबाट आउँदै गरेको सुमो आज दिउँसो दुर्घटनामा परेका हुन्। घाइतेमध्ये सुमो चालकसहित ७ जना र EV चालकसहित ४ जना छन्। उनीहरूको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये एक जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। दुवै सवारीसाधनमा क्षति पुगेको छ। 😲

30/08/2026

The United Arab Emirates (UAE) has sent 83 tons of emergency relief supplies to flood and landslide victims in Nepal. The relief package includes food, temporary shelter materials, and other essential humanitarian supplies.
The assistance was sent under the direction of UAE President Sheikh Mohamed bin Zayed Al Nahyan. The UAE had earlier announced one million US dollars in aid for rescue, relief, and early recovery efforts in Nepal.
The UAE Embassy in Nepal and aid agencies will coordinate with local authorities to distribute the relief materials to affected communities. 🙏😲

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Our News Live posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share