eSewanews

eSewanews News update in anytime

20/04/2025

This is beauty of nepal

प्रहरी महानिरीक्षकमा दिपक थापालाई नियुक्त गर्ने मन्त्रिपरिषद् बैठककाे निर्णय
17/03/2025

प्रहरी महानिरीक्षकमा दिपक थापालाई नियुक्त गर्ने मन्त्रिपरिषद् बैठककाे निर्णय

Merry Christmas 🎄🎄🎄🎄🎄
25/12/2024

Merry Christmas 🎄🎄🎄🎄🎄

सुदुर पश्चिम लाई ५बिकेट् ले पराजित गर्दै Npl 2024(2081) को पहिलो उपाधी आफ्नो नाम दर्ता गर्न सफल भएको मा janakpur boults ...
21/12/2024

सुदुर पश्चिम लाई ५बिकेट् ले पराजित गर्दै Npl 2024(2081) को पहिलो उपाधी आफ्नो नाम दर्ता गर्न सफल भएको मा janakpur boults लाई हार्दिक बधाई।

नेपाल प्रिमियर लिग (NPL) क्रिकेट प्रतियोगिताका बिजेताले पाउने पुरस्कार राशि निम्न रहेको छ 😲१. प्रथम पुरस्कार- १ करोड १० ...
17/12/2024

नेपाल प्रिमियर लिग (NPL) क्रिकेट प्रतियोगिताका बिजेताले पाउने पुरस्कार राशि निम्न रहेको छ 😲
१. प्रथम पुरस्कार- १ करोड १० लाख
२. द्वितिय पुरस्कार- ५१ लाख
३. तृतिय पुरस्कार- २५ लाख
४. चौथो पुरस्कार- १५ लाख
कस्ले जित्नी होला होला त प्रथम पुरस्कार ?

30/08/2024

📢जीवन बचाउने यो कार्यक्रममा हामीसँग सामेल हुनुहोस्!
ललितपुर महानगरपालिका वडा नं ६ कानिबहालमा
येही १५ भाद्र २०८१ शनिबार हुन गइरहेको विशेष रक्तदान तथा स्वास्थ्य शिविरमा सामेल हुनुहोस्।
आउनुहोस्, पाठेघर र स्तन क्यान्सर विरुद्ध सचेतना, प्रारम्भिक पहिचानका साथ लडौं,
र रक्तदान मार्फत जीवन उपहार दिऔं।

तपाईको उपस्थितिले जीवन बचाउन सक्छ।हामीसँग सामेल हुनुहोस्
र यो प्रभावकारी कारणको हिस्सा बन्नुहोस् !!

•रोटरी क्लव अफ यल
•ललितपुर महानगरपालिका वडा नं ६. कनिबहाल
•नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि.
•नेपाल अर्बुद रोग निवारण संस्था जिल्ला शाखा, ललितपुर
•उपचारको लागि सहयोगी हातहरू नेपाल क्यान्सर सपोर्ट ग्रुप
----------------------------------------------------------------------------------------------------------------

Join Us for a Life-Saving Event! 📢
This Saturday, 15 Bhadra 2081, at Kanibahal, Lalitpur Metropolitan City Ward No. 6, for a special Blood Donation and Health Camp.

Let’s come together to fight uterine and breast cancer with awareness, early detection, and the gift of life through blood donation.

In association with:
• Rotary Club of Yale
• Lalitpur Metropolitan City Ward No. 6, kanibahal
• Nepal Cancer Hospital and Research Center Pvt. Ltd.
• Nepal Cancer Prevention Society District Branch, Lalitpur
• Nepal Cancer Support Group

Your presence could mean the world to someone in need. Join us and be part of this powerful cause!

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा गत शुक्रबार भएको बस दुर्घटनामा बे...
28/08/2024

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा गत शुक्रबार भएको बस दुर्घटनामा बेपत्ता एकजना पाँच दिनसम्म फेला पर्न सकेका छैनन् ।

पोखराबाट काठमाडौँतर्फ गइरहेको भारतीय नम्बर प्लेट युपी५३एफटी ७६२३ नम्बरको बस मस्र्याङ्दीमा खस्दा बेपत्ता भएका २२ वर्षीय गोकर्णी सन्दीप सरोदे मङ्गलबारसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिनुभयो ।

दुर्घटनामा २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । बेपत्ता भएको सरोदेको खोजी भइरहे पनि फेला पर्न नसकेको प्रहरीले जनाएको छ । सोमबार नदीमा खसेको बस निकाल्ने क्रममा बसले च्यापिएको अवस्थामा छ कि भन्ने आशङ्का रहे पनि उनी फेला नपरेको प्रहरीको भनाइ छ । बेपत्ता भएका सरोदेका बुबाआमाको सोही दुर्घटनामा परी मृत्यु भएको छ ।

हामी स्वस्थ रहन शरीरका सम्पूर्ण अङ्गहरू स्वस्थ रहन आवश्यक छ । अझ मुटु,मिर्गौला जस्ता अङ्गहरूले हाम्रो स्वास्थ्य अवस्था न...
28/08/2024

हामी स्वस्थ रहन शरीरका सम्पूर्ण अङ्गहरू स्वस्थ रहन आवश्यक छ । अझ मुटु,मिर्गौला जस्ता अङ्गहरूले हाम्रो स्वास्थ्य अवस्था निर्धारण गरिरहेको हुन्छ ।

यसकारण हामीले हाम्रो मुटु मिर्गौला स्वस्थ राख्नुपर्छ । यसका लागी हाम्रो खानपान निकै महत्त्वपूर्ण विषय हो । विशेष गरी मिर्गौलाको कार्य सुधार गर्नका लागि सही मात्रामा पानीको आवश्यकता हुन्छ ।

यसले मिर्गौलालाई डिहाइड्रेट हुनबाट बचाउन सक्छ र मिर्गौलाका धेरै रोगहरूको जोखिमलाई कम गर्न सक्छ । त्यसैले दिनभरि पर्याप्त मात्रामा पानी पिउनु आवश्यक छ ।

मिर्गौलालाई स्वस्थ राख्नका लागि एक दिनमा कति पानी पिउनुपर्छ ?

यदि शरीरमा पानीको कमी हुन थाल्यो भने डिहाइड्रेशनको स्थितिमा सबैभन्दा पहिले मिर्गौलामा नराम्रो असर पर्छ । यसले शरीरमा खराब विकार पदार्थहरू जम्मा हुन थाल्छन् जसले मिर्गौलालाई क्षति पुर्‍याउँछन् ।

कम पानी पिउनाले मिर्गौलाको पत्थरी हुने जोखिम बढ्छ । यसका साथै युरिनरी ट्र्‍याक्ट इन्फेक्सन र मिर्गौला फेलिएर पनि हुन सक्छ ।

स्वास्थ्य विशेषज्ञहरूका अनुसार एक स्वस्थ व्यक्तिले पूरै दिनमा ३–४ लिटर पानी पिउनुपर्छ । यद्यपि यो नियम तपाईँको लिङ्ग, काम, मौसम र शरीरमा पनि निर्भर गर्दछ । मिर्गौलालाई स्वस्थ राख्नका लागि दिनमा कम्तीमा ८–१० गिलास पानी पिउनु पर्छ ।

यसले मिर्गौलालाई युरिनलाई पातलो गरेर शरीरमा जम्मा विषाक्त पदार्थहरूलाई बाहिर निकाल्न मद्दत गर्छ । यदि तपाईँलाई मिर्गौलासँग सम्बन्धित कुनै समस्या छ भने आफ्नो पानीको मात्रा डाक्टरको सल्लाह अनुसार मात्र निर्धारण गर्नुहोस् ।

मिर्गौला फेल हुँदा वा जसलाई मिर्गौला डायलिसिसको आवश्यकता पर्छ उनीहरूले कम पानी पिउनु पर्छ । यस्तो अवस्थामा धेरै पानी पिउनाले मिर्गौलामा दबाब उत्पन्न हुन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हेर्ने कथा’मा प्रकाश तामाङको कथा हेरेपछि उहाँलाई तत्काल नागरिकता दिलाउन पहल गर्नुभएको छ ...
28/08/2024

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हेर्ने कथा’मा प्रकाश तामाङको कथा हेरेपछि उहाँलाई तत्काल नागरिकता दिलाउन पहल गर्नुभएको छ ।

प्रकाशलाई तत्काल नागरिकता आवश्यकतानै रहेको भन्नुहुँदै प्रधानमन्त्री ओलीले मङ्गलबार रातीनै गृह सचिव एकनारायण अर्याललाई बोलाएर नागरिकताको व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री ओलीका अनुसार गृह सचिव अर्यालले दुई–चार दिन भित्रमै नागरिक दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनुभएको छ । यसबारे तामाङलाई पनि जानकारी दिइसकेको छ । प्रधानमन्त्री ओलीले नागरिकता प्राप्त गरेपछि तामाङलाई आवश्यक सहयोग गर्ने विषयमा थप छलफल भएको जानकारी दिनुभयो ।

चितवन । भारतमा पहिरोमा परी मृत्यु भएका चितवन माडीका तीनजनाको परिवारलाई माडी नगरपालिकाले आर्थिक सहयोग गर्ने भएको छ । गत ब...
28/08/2024

चितवन । भारतमा पहिरोमा परी मृत्यु भएका चितवन माडीका तीनजनाको परिवारलाई माडी नगरपालिकाले आर्थिक सहयोग गर्ने भएको छ । गत बिहीबार भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लामा गएको पहिरोमा परेर मृत्यु भएकाका परिवारलाई किरिया खर्च र अन्य आवश्यक सहयोग गर्ने भएको हो ।

म्याग्दी—  धवलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट मङ्गलबार साँझ खसेको हिमपहिरोले पूर्ण रूपमा थुनिएको मुस्ताङको थासाङ गा...
28/08/2024

म्याग्दी— धवलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट मङ्गलबार साँझ खसेको हिमपहिरोले पूर्ण रूपमा थुनिएको मुस्ताङको थासाङ गाउँपालिकामा रहेको बोक्सीखोला बग्न थालेको छ।

मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मुलखर्कबाट बोक्सीखोला क्षेत्रमा हिउँपहिरोले थुनिएको खोला करिब १३ घण्टापछि बुधबार बिहानदेखि बग्न थालेको हो। थासाङ–२ का वडाध्यक्षसमेत रहेका गाउँ कार्यपालिकाका प्रवक्ता गौतम शेरचनले मंगलबार बिहानदेखि थुनिएको ठाउँबाट खोला बग्न थालेको बताए।

‘मंगलबार साँझ ५:४५ बजेतिर खसेको हिउँपहिरो थुप्रिएर बोक्सी खोला पूरै सुकेको थियो,’ उनले भने, ‘सामान्य अवस्थाको तुलनामा आधा जति बगेको खोलामा विस्तारै पानीको मात्रा बढ्दै गएकाले तटीय क्षेत्रमा सतर्कता अपनाएका छौँ।’

खोँचमा थुप्रिएको हिउँलाई खोलाको पानीले पगालेर विस्तारै बग्न थालेको शेरचनले बताए। तटीय क्षेत्रका नौवटा घरलाई राति सुरक्षित ठाउँमा सारिएको थियो। पाखो र खोला किनारमा थुप्रिएको हिउँ पहिरोले मानवीय र भौतिक क्षति नगरेको थासाङ गाउँपालिका–२ का वडा सदस्य भीमप्रसाद थकालीले बताए।

बोक्सीखोलाको मूलखर्कदेखि तल करिब एक किलोमिटरसम्म हिउँपहिरो थुप्रिएको छ। सो ठाउँमा यही भदौ ७ गते दिउँसो पनि हिउँ पहिरो खसेको थियो। हिउँ पहिरोले थुनिएको बोक्सीखोला तीन घण्टापछि बग्न थालेको थियो। यसअघिकै हिउँको थुप्रो पग्लिएर नसकिँदै पुनः पहिरो आएर हिउँ थपिएको हो।

बोक्सीखोला कालीगण्डकीको सहायक खोला हो। तीनवटा ठाडो खोला मिसिएर बोक्सीखोला बग्ने गर्छ। आसपासमा बस्ती नभए पनि बेनी–जोमसोम सडक बोक्सीखोलामा पर्दछ।

थासाङ गाउँपालिका अध्यक्ष प्रदीप गौचन, वडाध्यक्ष शेरचनसहित सुरक्षाकर्मीको टोलीले हिउँपहिरो थुप्रिएको ठाउँको निरीक्षण गरेका थिए। हिउँ पहिरो थुप्रिएको ठाउँमा तलाउ छैन। हिउँ विस्तारै पग्लने भएकाले जोखिम कम हुने अनुमान गरिए पनि पूरै नपग्लिँदासम्म तटीय क्षेत्रमा सतर्कता अपनाउनुपर्ने प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए।

यसअघि २०७८ कात्तिक २८ र फागुन २१ गते थासाङ गाउँपालिका–२ कोवाङमा टुकुचे हिमालबाट आएको हिमपहिरोले एक सय ५० भन्दा बढी चौँरीगाई मरेका थिए। पछिल्लो हिउँपहिरोबाट मानवीय र पशुधनको क्षति भने नभएको जिल्ला प्रशासनले जनाएको छ।

Address

New Baneshwor
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when eSewanews posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to eSewanews:

Share