KTM 3rd EYE’S

KTM 3rd EYE’S Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from KTM 3rd EYE’S, Social Media Agency, kathmandu, Kathmandu.

काठमाडौं महानगरपालिका वडा नंंं. १७ को आयोजनामा धोबिचौरमा शनिबार भव्य रूपमा कुमारी पूजा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्...
27/06/2026

काठमाडौं महानगरपालिका वडा नंंं. १७ को आयोजनामा धोबिचौरमा शनिबार भव्य रूपमा कुमारी पूजा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा वडा क्षेत्रका १८८ जना बालबालिकाको सहभागिता रहेको थियो।

वडा नं.१७ अन्तर्गत रहेको के.के. महिला समूहको समन्वयमा आयोजित कार्यक्रममा बालबालिकालाई कुमार र कुमारीका रूपमा पूजन गरी उनीहरूको सम्मान गरिएको थियो। नेपाल तथा नेवार समुदायमा प्रचलित कुमारी पूजाले बालिकामा रहेको पवित्रता, शक्ति र देवीस्वरूपको सम्मान गर्ने धार्मिक तथा सांस्कृतिक विश्वासलाई संरक्षण गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ।

कार्यक्रममा वडा अध्यक्ष, जनप्रतिनिधि, स्थानीय समाजसेवी, अभिभावक तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागी बालबालिकालाई विधिपूर्वक पूजा, टीका, प्रसाद तथा सम्मान प्रदान गरिएको थियो।

आयोजकका अनुसार यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमले नयाँ पुस्तामा परम्परा, संस्कार र सांस्कृतिक सम्पदाप्रति सम्मान र जागरण पैदा गर्ने विश्वास लिइएको छ। साथै, सामुदायिक एकता, सामाजिक सद्भाव र स्थानीय संस्कृति संरक्षणमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

घ्योबिचौरमा सम्पन्न उक्त कार्यक्रममा सहभागी अभिभावकहरूले पनि यस्ता कार्यक्रमले बालबालिकालाई आफ्नै संस्कृति र परम्परासँग जोड्ने अवसर प्रदान गरेको भन्दै प्रशंसा गरेका थिए।

कार्यक्रम शान्त, व्यवस्थित र उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।

27/03/2026
फोटो पत्रकार केशवराज थोकरको क्यामेरामा गतलाङका महिलाको कथा
25/03/2026

फोटो पत्रकार केशवराज थोकरको क्यामेरामा गतलाङका महिलाको कथा

Address

Kathmandu
Kathmandu
44600

Telephone

+9779841335043

Website

Alerts

Be the first to know and let us send you an email when KTM 3rd EYE’S posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share