Shikhar Khabar

Shikhar Khabar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shikhar Khabar, Kathmandu.

हामी तपाईंको लागि हरेक क्षेत्रका समाचार र अपडेटलाई सरल, छिटो, र विश्वसनीय तरिकाले प्रस्तुत गर्न प्रतिबद्ध छौँ।
चाहे त्यो राजनीतिक होस्, खेलकुद, मनोरञ्जन, प्रविधि, आर्थिक, वा स्थानीय, तपाईंले हाम्रो प्लेटफर्ममा हरेक जानकारी सजिलैसँग पाउन सक्नुहुनेछ।

नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले पदभार ग्रहण गरेका छन् । सोमबार बसेको मन्त्र...
25/03/2025

नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले पदभार ग्रहण गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कुलमान घिसिङलाई हटाएर शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

उहाँ  हुनुहुन्छ नितिज राई देशकै कान्छा न्यायाधिस , जसले हिजो रबि लामिछानेको फैसला गर्नु भएको थियो । उहाँलाइ तपाईं के भन्...
10/01/2025

उहाँ हुनुहुन्छ नितिज राई देशकै कान्छा न्यायाधिस , जसले हिजो रबि लामिछानेको फैसला गर्नु भएको थियो ।
उहाँलाइ तपाईं के भन्न चाहानुहुन्छ??

अभियन्ता गिभिना मगरको आमा ५५ बर्षिया धन कुमारी बुढा र २६ बर्षिय भाई राम कुमार बुढाको अन्त्येस्टि गरिएको छ। मृ*त आत्माको ...
01/12/2024

अभियन्ता गिभिना मगरको आमा ५५ बर्षिया धन कुमारी बुढा र २६ बर्षिय भाई राम कुमार बुढाको अन्त्येस्टि गरिएको छ। मृ*त आत्माको चीर शान्तिको कामना, परिवारमा धैर्यधारणा गर्ने शक्ति मिलोस। 🕉️🕉️


Pic:- Junu Thapa Magar

भारतीय चर्चित कमेडियन सुनिल ग्रोभर नेपाल आएका छन्भारतीय चर्चित कमेडियन सुनिल ग्रोभर आफ्नो प्रस्तुति दिन नेपाल आएका छन्। ...
28/11/2024

भारतीय चर्चित कमेडियन सुनिल ग्रोभर नेपाल आएका छन्

भारतीय चर्चित कमेडियन सुनिल ग्रोभर आफ्नो प्रस्तुति दिन नेपाल आएका छन्। शुक्रबार आयोजना हुने "सुनिल ग्रोभर लाइभ इन नेपाल" कार्यक्रममा प्रस्तुति दिन उनी बिहीबार दिउँसो काठमाडौं आइपुगेका हुन्।

कार्यक्रममा ग्रोभरले आफ्नो हास्यव्यंग्य प्रस्तुति मार्फत नेपाली दर्शकलाई मनोरञ्जन दिनेछन्। सुनिल ग्रोभर भारतका लोकप्रिय हास्य कलाकार हुन्, जो "गुत्थी" र "डॉक्टर मशहूर गुलाटी" जस्ता भूमिकाबाट चर्चित छन्। नेपाली दर्शकले उनको प्रस्तुति प्रतिक्षा गरिरहेका छन्।

सत्तारूढ नेकपा एमालले नै दरवार मार्गमा प्रदर्शनको तयारी गरेसंगै काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ। दरवारम...
22/11/2024

सत्तारूढ नेकपा एमालले नै दरवार मार्गमा प्रदर्शनको तयारी गरेसंगै काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ। दरवारमार्गमा स्टेज बनाएर भद्रकालीबाट र्याली निकाल्ने घोषणा गरेको सत्तारूढ पार्टीले प्रदर्शनको तयारी गरेसँगै काठमाडौंको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेको हो। अहिले काठमाडौंका मुख्य स्थानहरूः दरबारमार्ग, न्यूरोड, शहिदगेट, सुन्धारा, जमल, भृकुटीमण्डप, भद्रकाली, त्रिपुरेश्वर, सिंहदरवार क्षेत्रमा अत्यधिक जाम छ।

Mahanayak Rajesh Hamal with Karishma Manandhar 😍
22/11/2024

Mahanayak Rajesh Hamal with Karishma Manandhar 😍

21/11/2024

आफ्नो पैसा फिर्ता मागिरहेका सहकारी पि डितलाई कस्ले र किन दियो ज्यान मार्ने धम्की ??

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी) का प्रवक्ता होबिन्द्र बोगटीले दुर्गा प्रसाईँले प्रधानमन्त्री केपी शर्म...
21/11/2024

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी) का प्रवक्ता होबिन्द्र बोगटीले दुर्गा प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओलीको विरद्धमा बनाएको भिडिओ प्रथम दृष्टिमै फेक देखिएको बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस्तो बताएका हुन् । प्रवक्ता बोगटीले अहिले प्रसाईँबाट नियन्त्रणमा लिइएको डिजिटल डिभाइस ल्पाप्टप, मोबाइलहरु परीक्षणका लागि विधिविज्ञान प्रयोगशालामा पठाउने काम भइरहेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको बेइजिङ भ्रमणका क्रममा चिनियाँ अवधारणा 'बेल्ट एन्ड रोड इनिशटिभ' (बीआरआई) कार्यान्वयनसम्बन्...
21/11/2024

प्रधानमन्त्री केपी शर्मा ओलीको बेइजिङ भ्रमणका क्रममा चिनियाँ अवधारणा 'बेल्ट एन्ड रोड इनिशटिभ' (बीआरआई) कार्यान्वयनसम्बन्धी सम्झौता गर्ने विषयमा सत्तारूढ दुई दलबीच "मत मिल्न नसकेको" विवरणहरू आएका छन्। सरकारका प्रवक्ताले "अलिअलि कुरा नमिलेको" जनाउँदै नेपाली कांग्रेस र नेकपा एमाललेले उक्त विषयमा "साझा धारणा बनाउन छलफल जारी राखेको" बताए। नेपाली कांग्रेसका नेताहरूले बीआरआईका विषयमा हालसम्म "पार्टीको पुरानै धारणा कायम रहेको" बताएका छन्।

बालिकाहरू कलिलै उमेरमा महिनावारी हुन हुनुको पिडा : नयाँ अनुसन्धानले संयुक्त राज्य अमेरिकामा किशोरीहरूमा कम उमेरमै महिनाव...
21/11/2024

बालिकाहरू कलिलै उमेरमा महिनावारी हुन हुनुको पिडा : नयाँ अनुसन्धानले संयुक्त राज्य अमेरिकामा किशोरीहरूमा कम उमेरमै महिनावारी सुरु हुन थालेको देखाएको छ। दूषित वायुलाई त्यसका लागि जिम्मेवार ठानिएको छ। कैयौँ दशकदेखि वैज्ञानिकहरू अघिल्लो पुस्ताभन्दा कम उमेरमा बालिकाहरू किशोरी बनेको भन्दै चिन्तित हुँदै आएका छन्। पहिलो पटक 'रजोदर्शन' भएपछि बालिकाहरूको स्तनको विकास हुने अनि किशोरावस्थामा देखिने परिवर्तन चाँडोचाँडो देखा पर्ने उनीहरू बताउँछन्। एक शताब्दीअघिका अमेरिकी किशोरीसँग तुलना गर्दा अहिलेका किशोरीमा झन्डै चार वर्ष चाँडै महिनावारी सुरु हुने आकलन गरिएको छ।

एलन मस्कले २०२४ को अन्तमा टेस्ला-पी मोबाइल फोनहरू लन्च गर्दैछ, यो मोबाइल फोनमा दुईवटा सुविधाहरू छन् जुन कुनै पनि मोबाइल ...
21/11/2024

एलन मस्कले २०२४ को अन्तमा टेस्ला-पी मोबाइल फोनहरू लन्च गर्दैछ, यो मोबाइल फोनमा दुईवटा सुविधाहरू छन् जुन कुनै पनि मोबाइल कम्पनीसँग छैन।

१. यो मोबाइल चार्ज गर्न आवश्यक छैन, यो सूर्यको किरणले स्वचालित रूपमा चार्ज हुन्छ, यो तपाईको खल्तीमा भए पनि, यो अझै चार्ज भइरहेको छ

२.यस टेस्ला मोबाइललाई इन्टरनेट जडानको आवश्यकता पर्दैन, यसले टेस्लाको इन्टरनेट स्टारलिंक स्याटेलाइटसँग काम गर्दछ, त्यसैले तपाईं जहाँ भए पनि वा चन्द्रमामा यो मोबाइल इन्टरनेटले काम गरिरहनेछ।

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले मंसिर ७ गते गर्ने जागरण सभाको स्थान परिवर्तन भएको छ । यसअघि भृकुटीमण्डपमा गर्ने भनि...
20/11/2024

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले मंसिर ७ गते गर्ने जागरण सभाको स्थान परिवर्तन भएको छ । यसअघि भृकुटीमण्डपमा गर्ने भनिएको उक्त सभा अब दरबारमार्गमा आयोजना हुनेछ । सो सभाअघि र्‍याली हुने छ । भद्रकालीबाट सुरु हुने र्‍याली सुन्धारा, वीर अस्पताल, रत्नपार्क, घण्टाघर हुँदै दरबारमार्गमा पुगेर सभामा परिणत हुने छ । सभालाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुले सम्बोधन गर्ने छन् । यो सभालाई एमालेको शक्ति प्रदर्शनको रुपमा हेरिएको छ । मंगलबार बसेको एमालेको बैठकले सभालाई ऐतिहासिक रुपमा सफल बनाउने निर्णय गरेको थियो ।

Address

Kathmandu
00977

Alerts

Be the first to know and let us send you an email when Shikhar Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shikhar Khabar:

Share