20/09/2025
बालकोटबाट राधिका शाक्यको पीडादायी शब्द
एमाले अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री केपी ओलीकी धर्मपत्नी राधिका शाक्य आफ्नो जलेर खण्डहर बनेको घर पुगेपछि रोक्न नसक्ने आँसुमा भक्कानिनुभयो। उहाँले भन्नुभयो,
“यो त केवल घर जलाएको मात्र होइन, इतिहासको धरोहर नै नष्ट गरिएको हो। हामीले राष्ट्रकै नाममा सुम्पेको सम्पत्ति जलाएर आखिर कसलाई के फाइदा भयो?”
घरभन्दा ठूलो धरोहर जलाइयो, तर त्यसले राष्ट्रलाई कुनै लाभ दिएन; उल्टै पीडाको ठूलो छाल मात्र छोड्यो।