Melody Nepal Tv

Melody Nepal Tv Media/News Company · TV Channel

काठमाडौं विमानस्थल खुल्योहिजो मंगलबारदेखि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज बुधबार दिउँसो साढे तीन बजेदेख...
10/09/2025

काठमाडौं विमानस्थल खुल्यो

हिजो मंगलबारदेखि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज बुधबार दिउँसो साढे तीन बजेदेखि सञ्चालनमा आएको छ।

विमानस्थल शुरक्षा समितिको बैठकले बन्द गरिएको विमानस्थल पुनः सुचारु गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।

विमानस्थल सञ्चालनमा आएपछि काठमाडौं विमानस्थल प्रशासनले यात्रुहरुलाई आफ्ना टिकट किनेका एजेन्सी वा सम्बन्धित वायुसेवासँग सम्पर्क गरेर मात्रै विमानस्थलमा आउन आग्रह गरेको छ।

सिंहदरबार क्षेत्रमा सुरक्षा व्यवस्था क डा, सेना तैनाथ
10/09/2025

सिंहदरबार क्षेत्रमा सुरक्षा व्यवस्था क डा, सेना तैनाथ

सिंहदरबारमा आगजनीपछि सरकारी डाटा सुरक्षित जेनजी प्रदर्शनकारीले मंगलबार सिंहदरबारमा आगजनी गरेपछि भौतिक संरचनामा ठूलो क्षत...
10/09/2025

सिंहदरबारमा आगजनीपछि सरकारी डाटा सुरक्षित

जेनजी प्रदर्शनकारीले मंगलबार सिंहदरबारमा आगजनी गरेपछि भौतिक संरचनामा ठूलो क्षति पुगेको छ। तर सरकारी निकायसँग सम्बन्धित अधिकांश डिजिटल तथ्यांक भने सुरक्षित रहेको एकीकृत डाटा व्यवस्थापन केन्द्र ९आईडीएमसी० का प्रमुख मनिष भट्टराईले स्पष्ट पारेका छन्।

आन्तरिक तथा बाह्य दुवै उडान साँझ ६ बजेसम्म बन्द काठमाडौं  ।  त्रिभुवन विमानस्थल बुधबार साँझ ६ बजेसम्मका लागि  बन्द भएको ...
10/09/2025

आन्तरिक तथा बाह्य दुवै उडान साँझ ६ बजेसम्म बन्द

काठमाडौं । त्रिभुवन विमानस्थल बुधबार साँझ ६ बजेसम्मका लागि बन्द भएको छ । आन्तरिक तथा बाह्य दुबै उडान ६ बजेसम्मका लागि स्थगित गरिएको विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिनुभएको छ ।
‘ आजका लागि साँझ ६ बजेसम्मका लागि सबै उडान सेवा बन्द गरेका छौं, भोलि के हुन्छ भन्ने बारेमा अहिलेसम्म एकिन छैन, बेलुकाको अवस्था हेरेर मात्रै भन्न सकिनेछ, ’ शेर्पाले भन्नुभयो ।

संसद् भवन र बानेश्वर चोकको अवस्था ।
10/09/2025

संसद् भवन र बानेश्वर चोकको अवस्था ।

डिल्लीबजार कारागारका कैदी भाग्न खोजेपछि अर्को जेलमा सार्न थालिएको छ । रवि लामिछानेको नाम लिँदै उनीहरुले आफूहरु पनि बाहिर...
10/09/2025

डिल्लीबजार कारागारका कैदी भाग्न खोजेपछि अर्को जेलमा सार्न थालिएको छ । रवि लामिछानेको नाम लिँदै उनीहरुले आफूहरु पनि बाहिर निस्किन पाउनुपर्ने माग गरेका थिए । कैदी निस्किन लागेपछि सेनाले एक्सन लिएको थिय।

पर्साको वीरगन्ज का रागारमा मंगलबार रातिदेखि कै दीहरूले सामूहिक रूपमा भाग्ने प्रयास गरेपछि अवस्था त ना वग्रस्त बनेको छ ।
10/09/2025

पर्साको वीरगन्ज का रागारमा मंगलबार रातिदेखि कै दीहरूले सामूहिक रूपमा भाग्ने प्रयास गरेपछि अवस्था त ना वग्रस्त बनेको छ ।

सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको ललितपुरस्थित खुमलटार निवास आगजनीबाट ध्वस्त अवस्थामा ।
10/09/2025

सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको ललितपुरस्थित खुमलटार निवास आगजनीबाट ध्वस्त अवस्थामा ।

Address

Kathamndu
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Melody Nepal Tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Melody Nepal Tv:

Share