
06/07/2025
🎉 अनुसन्धान, सम्पादकीय प्रक्रिया तथा प्रकाशन तालिम कार्यक्रमको सफल समापन 🎉
नेपाली मेडिकल संघद्वारा आयोजित र जर्नल अफ एनएमएकाे तर्फबाट सञ्चालित तथा नेपाल एपीएफ अस्पतालको सहकार्यमा “Research, Editorial Process and Publication” तालिम कार्यक्रमको समापन समारोह सफलतापूर्वक सम्पन्न भएको छ।
समापन समारोह सभापतिमा डिआईजी डा. रुपक महर्जनज्यू, अतिथिको रूपमा प्रहरी महानिरीक्षक राजु अर्यालज्यू, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीज्यू तथा नेपाल मेडिकल एशोसिएसनका अध्यक्ष डा. अनिल विक्रम कार्कीज्यूको गरिमामय उपस्थिति रहन गएको थियो।
यस तालिम कार्यक्रमले अनुसन्धान, सम्पादकीय प्रक्रिया तथा प्रकाशन सम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्दै सम्बन्धित क्षेत्रका विज्ञ तथा स्वास्थ्यकर्मीहरूलाई थप सशक्त बनाउने विश्वास लिइएको छ।
यस कार्यक्रममा प्रत्यक्ष तथा परोक्ष रूपमा सहयोग पुर्याउनु हुने सम्पूर्ण सहभागी, अतिथि, प्रशिक्षक तथा सहकर्मीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी र गुणवत्तायुक्त कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं।