Khel kheladi

Khel kheladi "कहिल्यै हार नमान्नुहोस्! असफलता र अस्वीकार सफलताको पहिलो पाइला मात्र हो।"

Ecuador Brazil Soccer Copa SudamericanaGoalkeeper Guido Villar of Ecuador's Independiente del Valle, left, tries to stop...
22/10/2025

Ecuador Brazil Soccer Copa Sudamericana
Goalkeeper Guido Villar of Ecuador's Independiente del Valle, left, tries to stop the ball from Hulk of Brazil's Atletico Mineiro during a Copa Sudamericana semifinal first leg soccer match in Quito, Ecuador, Tuesday, Oct. 21, 2025.

Pakistan South Africa CricketSouth Africa's Tony de Zorzi takes the catch of Pakistan's Babar Azam during the first day ...
21/10/2025

Pakistan South Africa Cricket
South Africa's Tony de Zorzi takes the catch of Pakistan's Babar Azam during the first day of the second test cricket match between Pakistan and South Africa, at the Rawalpindi Cricket Stadium, in Rawalpindi, Pakistan, Monday, Oct. 20, 2025

नेपाल सम्बत् चेसमा निकेन कुसाथा विजयीनेपाल सम्वत ११४६ नयाँ वर्षको उपलक्ष्यमा भक्तपुर जिल्ला बुद्धिचाल संघले याक्छें टोलम...
21/10/2025

नेपाल सम्बत् चेसमा निकेन कुसाथा विजयी

नेपाल सम्वत ११४६ नयाँ वर्षको उपलक्ष्यमा भक्तपुर जिल्ला बुद्धिचाल संघले याक्छें टोलमा आयोजना गरेको जिल्लाव्यापी बुद्धिचाल प्रतियोगितामा दोस्रो वरीयता निकेन कुसाथा पहिलो भएका छन् ।
बुद्धिचाल खेलको ३ मिनेट २ सेकेन्ड इनक्रिजमेन्ट द्रुत गतिको खेलमा१९४६ रेटेड निकेनले सात चरणमा ६.५ अङ्क जोड्दै ५२ जना प्रतिस्पर्धीलाई पछि पारेका हुन् । १८८७ रेटेड विजय जतिले ६ अंक जोडेर प्रोग्रेसिभ ३०.५ प्वाइन्टका आधारमा द्वितीय स्थान प्राप्त गरेका छन्। १७९२ रेटेड जगन्नाथ ताम्राकार समान ६ अंक जोडेर पनि प्रोग्रेसिभ २६.५ पोइन्टका आधारमा तृतीय बन्न पुगे।
यसैगरी पहिलो बरियताका १९८८ रेटेड खेलाडी राजेश कक्षपतिले ५ अंक बनाएर चौथो स्थानमा रहँदै प्रतियोगिता को अन्त्य गरे ।
राजेश संगै समान ५ अंक तर प्रोग्रेसिभ प्वाइन्टका आधारमा पाँचौं देखि नवौं स्थानमा क्रमशः १८५१ रेटेड विकास कुलुजु, १९१६ रेटेड सुमन सुवाल, १७४२ रेटेड प्रेम खड्का, १८२२ रेटेड निर्मल सुवाल, १९१७ रेटेड राजाराम दुवाल र दशौं स्थानमा ४.५ अंक जोडेका १८७५ रेटेड गणेश अवाल रहे।
भक्तपुर जिल्ला बुद्धिचाल संघले वर्षेनी यसै दिन बुद्धिचाल प्रतियोगिताको आयोजना गर्दै आइरहेको संघका अध्यक्ष बद्री केदारले बताए । ।

भारत र इरानसँग खेल्ने नेपाली महिला फुटबल टिमको विदाइभारत र इरानसँग अन्तर्राष्ट्रिय मैत्री फुटबल खेल खेल्ने नेपाल महिला फ...
21/10/2025

भारत र इरानसँग खेल्ने नेपाली महिला फुटबल टिमको विदाइ

भारत र इरानसँग अन्तर्राष्ट्रिय मैत्री फुटबल खेल खेल्ने नेपाल महिला फुटबल टिमको मङगलबार विदाइ गरिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकज नेम्वाङलगायतले विदाइ कार्यक्रममा नेपाली टिमको सफलताको शुभकामना दिए ।
फिफा विन्डोजअन्तर्गत नेपालले कात्तिक ७ गते इरान र कात्तिक १० गते भारतसँग खेल्नेछ । त्यसपछि नेपाल कात्तिक १३ गते भारतसँग अर्को अनअफिसियल खेलमा सहभाग हुने । यी तीनै खेल भारतको सिलोङमा हुनेछ । फिफा वरियतामा भारत ६३औं, इरान ७०औं तथा नेपाल ८९औं स्थानमा छन् ।
पूर्णिमा राई र मिना देउवा पहिलो पटक राष्ट्रिय टिममा छन् ।हराकुमारी भुजेल, दिपा शाही र सजनी थोकरले भने राष्ट्रिय टिममा पुनरागमन गरेका छन् ।
प्रशिक्षकमा नवीन न्यौपाने रहेका छन् । सावित्री भण्डारी साम्बाको नेतृत्वमा नेपालले खेल्नेछ । अन्य खेलाडीमा अनिता बस्नेत, अन्जना राना मगर, एन्जिला तुम्बापो सुब्बा, बिमला बिक, मनमाया दमाई,र निशा थोकर। प्रीति राई, प्रतिक्षा चौधरी, पूजा राना, रश्मी कुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटे, सबिता राना मगर, समीक्षा घिमिरे, सरस्वती हमाल, सरु लिम्बु र उषा नाथ छन् ।
नेपाली टोली बुधबार भारत प्रस्थान गर्नेछ ।

एथलेटिक्स टोली भारत जानेदक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन २६ खेलाडीसहित ३० सदस्यीय नेपाली टोली ...
21/10/2025

एथलेटिक्स टोली भारत जाने

दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन २६ खेलाडीसहित ३० सदस्यीय नेपाली टोली बुधबार भारतको राँची प्रस्थान गर्ने भएको छ ।
अक्टोबर २४ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा मुकेश पाल, राजन रोकाया, सोम कुमाल, सलिन देवान, सन्तोषी श्रेष्ठ, पूर्णलक्ष्मी न्यौपाने, सुशील केसी, शिवराज पार्की, अरुण महतो, रामचन्द्र थारु, तिलक विक, युवराज विक, गणेशसिंह रावत, नागेश्वर ऐर, चन्द्रदेव जोशी, प्रवीण राना, बसन्ती चौधरी, सिमाकुमारी थारु, जयरानी थारु, सिता शाही, सर्मिलाकुमारी थारु, सरस्वती चौधरी, रन्जिता अधिकारी, डिना गोपाली र नारायणी भण्डारीले प्रतिस्पर्धा गर्ने छन् ।
प्रशिक्षकमा राकेश वज्राचार्य र धनीराम चौधरी, व्यवस्थापकमा दिपेन्द्रकुमार गोइत र अफिसियलमा अनिरुद्र चौधरी रहेका छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।

अष्ट्रेलियाली ग्रान्डमास्टरलाई मंकाः खलःको चेस उपाधिनेपाल सम्बत् ११४६ को अवसर पारेर न्हूदँ मूल समारोह समितिको आयोजनामा स...
21/10/2025

अष्ट्रेलियाली ग्रान्डमास्टरलाई मंकाः खलःको चेस उपाधि

नेपाल सम्बत् ११४६ को अवसर पारेर न्हूदँ मूल समारोह समितिको आयोजनामा सञ्चालन भएको नेपालभाषा मंकाः खलः फिडे रापिड प्रतियोगिताको बुद्धिचाल उपाधि २५४१ रेटेड ग्रान्डमास्टर (जिएम) स्मेरडोनले जितेका छन् । नौ चरणको र्यापिड प्रतिस्पर्धामा सात जित र दुई खेलमा बराबरी नतिजा निकाल्दै आठ अंक जोडेर जिएम स्मेरडोनले उपाधि हात पारेका हुन् ।
प्रतियोगितामा तीन खेलाडीले समान ७ अंक जोडे पनि २१९८ रेटेड क्याण्डिडेट मास्टर पुरुषोत्तम सिलवाल टाइब्रेकको आधारमा उपविजेता बने । यस प्रतियोगितामा स्मेरडेनलाई बराबरीमा रोक्ने १९९१ रेटेड निकेन कुसाथा तेस्रो र ललितपुरका राजु ताम्राकारलाई अन्तिम चरणमा कठिन जित निकाल्दै दोलखाका सुमन चौथो स्थानमा उभिन सफल हुनुभयो ।
यसैगरी पाँचौं देखि आठौं स्थानसम्म २०२८ रेटेड सुरोज महर्जन, १७४५ रेटेड प्रेम खड्का, १८७६ रेटेड पूर्व नेपाल च्याम्पियन नवीन तण्डुकार, १७१८ रेटेड रचित राज लम्साल र १९०४ रेटेड अभिषेक श्रेष्ठ रहे ।
यस्तै ६ अंक प्रोग्रेसिभ प्वाइन्टका आधारमा १९०४ रेटेड शुभनदीप थापा उत्कृष्ट दशौं बनेका छन्।
महिला प्रतिस्पर्धामा ग्लोसि श्रेष्ठ प्रथम भइन् । रिया श्रेष्ठ द्वितीय र भारतीय खेलाडी गीताञ्जली कुमारी तृतीय बने । ललितपुरका स्थानीय अशोक मोहन श्रेष्ठ प्रथम र राजु ताम्राकार द्वितीय स्थानमा रहने ।
नेपालभाषा मंकाः खलः यल र ललितपुर स्पोट्र्स क्लबको संयोजनमा सम्पन्न समापन तथा पुरस्कार वितरण कार्यक्रममा ललितपुर महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष राजु महर्जनले विजेता खेलाडीहरूलाई पुरस्कार वितरण गरे ।
नेपाल, भारत र अष्ट्रेलियाका गरी कूल ७८ जना खेलाडीहरु सहभागि भएको प्रतियोगिताको समापन समारोहमा लुम्बिनी विश्वविद्यालयका डिन माणिक रत्न शाक्यले लुम्बिनीमा बुद्धिचाल प्रतियोगिता आयोजना गर्ने जानकारी गराए ।

निकेनको ग्रान्डमास्टरसँग बराबरीनेपाल सम्बत् ११४६ अवसर पारेर न्हूदँ मूल समारोह समितिको आयोजना तथा नेपालभाषा मंकाः खलः यल ...
19/10/2025

निकेनको ग्रान्डमास्टरसँग बराबरी

नेपाल सम्बत् ११४६ अवसर पारेर न्हूदँ मूल समारोह समितिको आयोजना तथा नेपालभाषा मंकाः खलः यल र ललितपुर स्पोट्र्स क्लबको संयोजनमा चौंथो फिडे खुल्ला रापिड रेटिङ बुद्धिचाल प्रतियोगिता पहिलो दिन छ चरण सम्पन्न भएको छ ।
नेपाल, भारत र अष्ट्रेलियलियाका गरि ७८ जना खेलाडीहरु सहभागि भएको प्रतियोगितामा अस्ट्रेलियाका २५४१ रेटेड ग्रान्ड मास्टर स्मेरडोन डेभिड सीले एकल ५।५ अङ्क जोडेर पहिलो स्थानमा रहन सफल भएका छन् ।
काजकिस्तानको अन्तर्राष्ट्रिय चेस प्रतियोगितामा सहभागी भएर फर्केका युवा पुरुषोत्तम सिलवालसहित निकेन कुसथा, अशोक मोहन श्रेष्ठ, सुमन मोक्तान र प्रेम खड्का समान पाँच अङकसहित संयुक्तरुपमा दोस्रो स्थानमा छन् । निकेनले पाँचोँ चरणमा जिएम डेभिडलाई बराबरीमा रोकेका थिए ।
प्रतिस्पर्धामा भक्तपुरका सुभनदीप थापा, मध्यपुर ठिमीका श्यामसुन्दर श्रेष्ठ र ललितपुरका सुरज महर्जन समान ४ अङ्क जोडेर संयुक्त तेस्रो स्थानमा रहन सफल भएका छन्।
यसैगरी ललितपुरका राजु ताम्राकार, पूर्व नेपाल च्याम्पियन सिएम नवीन तण्डुकार, एसियम क्रिजन महर्जन लगायत १४ जना खेलाडीहरूले संयुक्त चौथो स्थानमा पहिलो दिन अन्त्य गरेका छन्।

त्रिलोकीले एसियाली कुस्ती खेल्नेकुस्ती खेलाडी त्रिलोकीप्रसाद यादवले कजाक कुरेसी एसियाली कुस्ती च्याम्पियनसिप खेल्ने भएका...
19/10/2025

त्रिलोकीले एसियाली कुस्ती खेल्ने

कुस्ती खेलाडी त्रिलोकीप्रसाद यादवले कजाक कुरेसी एसियाली कुस्ती च्याम्पियनसिप खेल्ने भएका छन् । काजाकिस्तानका तुर्केस्तानमा अक्टोबर २६ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा त्रिलोकीले पुरुष १०० केजी तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् ।
प्रशिक्षकमा सञ्जयकुमार यादव रहेका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल कुस्ती संघका अध्यक्ष समेत रहेका राखेपका सदस्य प्रकाशकुमार कुसारी र महासचिव खगेन्द्र बस्नेतले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे । टोली अक्टोबर २६ तारिख जाने कार्यक्रम रहेको छ ।

सदभाव र राहुलले एसिया–प्यासिफिक एमेच्योर खेल्नेनेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य र राहुल विश्वकर्माले एसिया–प्य...
19/10/2025

सदभाव र राहुलले एसिया–प्यासिफिक एमेच्योर खेल्ने

नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य र राहुल विश्वकर्माले एसिया–प्यासिफिक एमेच्योर च्याम्पियनसिप खेल्ने भएका छन् ।
दुबईस्थित इमिरेट्स गल्फ क्लबमा अक्टोबर २३ देखि २६ तारिखसम्म हुने च्याम्पियनसिपमा भाग लिन सोमबार दुबई प्रस्थान गर्ने राहुललाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे । अमेरिकामा उच्च अध्ययनसँगै एनसीएए डिभिजन वान खेलिरहेका सदभाव त्यत्तैबाट दुबई जाने छन् ।
सदभाव र राहुल दुवैले प्रतियोगिताअघि दुई अभ्यास राउन्ड खेल्ने छन् । उक्त च्याम्पियनसिपमा एसिया–प्यासिफिक क्षेत्रका उत्कृष्ट एमेच्योर खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् ।

एसियाली युथ गेम्समा ५ खेलमा ७ खेलाडीले प्रतिस्पर्धा गर्नेबहराइनमा हुने तेश्रो एसियाली युथ गेम्समा नेपालबाट ५ खेलमा ७ खेल...
19/10/2025

एसियाली युथ गेम्समा ५ खेलमा ७ खेलाडीले प्रतिस्पर्धा गर्ने

बहराइनमा हुने तेश्रो एसियाली युथ गेम्समा नेपालबाट ५ खेलमा ७ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगिता कात्तिक ५ देखि १४ गतेसम्म हुनेछ ।
ब्याडमिन्टनमा सविना श्रेष्ठ, गल्फमा रुवेन थापा, जुडोमा समिता नेपाली, मुवाँथाईमा पलेस्था कक्षपति र गेन्जी राई तथा पौडीमा अथर्व सिंह र आर्या महर्जनले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । अफिसियलमा तिलक पाण्डे (ब्याडमिन्टन), ध्रुवबाबु थापा (गल्फ), देवकीमाया श्रेष्ठ (जुडो), भूपेश शाक्य (मुवाँथाई) र नयना शाक्य (पौडी) रहेका छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सह–सचिव एवं राखेपका सदस्य रामचरित्र मेहता, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टलगायतले एक कार्यक्रमबीच बिदाइ गरे । पहिलो टोलीका रुपमा मुवाँथाई टोली मंगलबार बहराइन जाने छ । गल्फका रुवेन विदेशमा रहेकाले त्यत्तैबाट बहराइन जाने छन् ।

हङकङ सिक्सेसका लागि भेषवाकरको कप्तानीमा नेपाल टिम चयनहङकङमा आयोजना हुने हङकङ क्रिकेट सिक्सेस २०२५ का लागि आइतबार नेपाली ...
19/10/2025

हङकङ सिक्सेसका लागि भेषवाकरको कप्तानीमा नेपाल टिम चयन

हङकङमा आयोजना हुने हङकङ क्रिकेट सिक्सेस २०२५ का लागि आइतबार नेपाली टोली घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले हङकङ क्रिकेट संघको आयोजनामा आगामी नोभेम्बर ७ देखि ९ सम्म हुने प्रतियोगिताका लागि सात सदस्यीय टिम चयन गरेको हो । टिमको कप्तानमा शरद भेषवाकर रहेका छन् । अन्य खेलाडीमा सन्दीप जोरा, लोकेश बम, मोहम्मद आदिल आलम, बसिर अहमद, रुपेश सिंह र राशिद खान छन् । पछिल्लो संस्करणमा जोराले टिमको नेतृत्व गरेका थिए ।
हङकङ क्रिकेट सिक्सेसमा नेपाल पोल ‘ए’मा छ । सो समूहमा दक्षिण अफ्रिका र अफगानिस्तान पनि छन् । सहभागि १२ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘बी’मा अस्ट्रेलिया, इङ्ग्ल्यान्ड र यूएई, मसूह ‘सी’मा भारत, पाकिस्तान र कुवेत तथा समूह ‘डी’मा श्रीलंका, बंगलादेश र हङकङ सामेल छन् ।
यस प्रतियोगिताको हरेक खेल ६–६ ओभरको हुनेछ भने एक टिममा ६ खेलाडी खेल्न पाउनेछन् ।

नेपाल च्याम्पियन सुपर सिक्सको अन्तिम खेमला सामोआलाई १२४ रनले हराएपछि नेपाल आइसीसी टी–२० विश्वकपको एसिया र इस्ट एसिया–प्य...
17/10/2025

नेपाल च्याम्पियन

सुपर सिक्सको अन्तिम खेमला सामोआलाई १२४ रनले हराएपछि नेपाल आइसीसी टी–२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनोटको च्याम्पियन भएको छ ।
ओमानमा शुक्रबार भएको प्रतियोगतामा नेपालले अपराजित रहँदै उपाधि जितेको हो । नेपालले सुपर सिक्सको दुई खेलअघि नै आगामी टि२० विश्वकपमा पनि स्थान सुरक्षित गरेको थियो । नेपालले तेस्रो पटक टी–२० विश्वकपमा पुगेको हो । यद्यपिले नेपालले विश्वकप छनोट प्रतियोगिता नै जितेको यो पहिलो पटक हो । यस छनोटबाट तीन टिम विश्वकपमा चयन हुने प्रावधानअनुरुप उपविजेता ओमान र तेस्रो हुने संयुक्त अरब इमिरेट्सले पनि अगामी टि२० विश्वकप खेल्नेछ ।
नेपालले समग्रमा तेस्रो र लगातार दोस्रो पटक विश्वकप खेल्दै छ। यसअघि नेपालले सन् २०१४ र २०२४ को विश्वकप खेलेको थियो ।
सुपर सिक्सको शीर्षस्थानमा रहेको नेपाले १० अङ्क बनायो । दोस्रो स्थानमा रहेको ओमानले आठ तथा तेस्रो स्थानको संयुक्त अरव इमिरेट्स (युएई) ले ६ अङ्क जोड्यो । सुपर सिक्समा चार अङ्क बनाएको कतार चौथो, दुई अङ्क बनाएको जापान पाँचौँ र अङ्कबिहीन सामोआ अन्तिममा रह्यो । छनोट खेलमा कूल नौ टोलीले भाग लिएका थिए ।

Address

Kathmandu
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Khel kheladi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khel kheladi:

Share