Khel kheladi

Khel kheladi "कहिल्यै हार नमान्नुहोस्! असफलता र अस्वीकार सफलताको पहिलो पाइला मात्र हो।"

Britain Premier League SoccerFulham's Kenny Tete and Nottingham Forest's Callum Hudson-Odoi, right, battle for the ball ...
23/12/2025

Britain Premier League Soccer
Fulham's Kenny Tete and Nottingham Forest's Callum Hudson-Odoi, right, battle for the ball during the Premier League match, in London, Monday Dec. 22, 2025.

अस्ट्रेलिया इङ्गल्याण्ड क्रिकेटअस्ट्रेलियाका खेलाडीहरू डिसेम्बर २१, आइतबार, अस्ट्रेलियाको एडिलेडमा इङ्गल्याण्ड विरुद्धको...
21/12/2025

अस्ट्रेलिया इङ्गल्याण्ड क्रिकेट
अस्ट्रेलियाका खेलाडीहरू डिसेम्बर २१, आइतबार, अस्ट्रेलियाको एडिलेडमा इङ्गल्याण्ड विरुद्धको तेस्रो एशेज टेस्ट जितेपछि खुशी मनाउँदै।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि भिडन्त शनिबार हुँदैछ। ...
12/12/2025

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि भिडन्त शनिबार हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुनेछन्।

दिउँसो ३:३० बजे सुरु हुने यो ‘महाभिडन्त’ दुई राष्ट्रिय स्टार खेलाडीहरूको कप्तानीको परीक्षा समेत बन्नेछ। दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिम र राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्सबीचको खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

Fabio Silva (1st L) of Borussia Dortmund vies with Fredrik Sjovold (2nd L) of Bodo/Glimt during the UEFA Champions Leagu...
11/12/2025

Fabio Silva (1st L) of Borussia Dortmund vies with Fredrik Sjovold (2nd L) of Bodo/Glimt during the UEFA Champions League football match between Borussia Dortmund and Bodo/Glimt in Dortmund, Germany, Dec. 10, 2025.

Liverpool's Dominik Szoboszlai (1st L) scores penalty goal during the UEFA Champions League between Inter Milan and Live...
10/12/2025

Liverpool's Dominik Szoboszlai (1st L) scores penalty goal during the UEFA Champions League between Inter Milan and Liverpool in Milan, Italy, Dec. 9, 2025.

Spain Champions League SoccerBarcelona's Jules Kounde scores his side's second goal during the Champions League opening ...
10/12/2025

Spain Champions League Soccer
Barcelona's Jules Kounde scores his side's second goal during the Champions League opening phase soccer match between Barcelona and Eintracht Frankfurt in Barcelona, Spain, Tuesday, Dec. 9, 2025.

एनपिएल एलिमिनेटर: फाइनलको आशा जीवित राख्न आज काठमाडौँ र लुम्बिनीबीच ‘गर या मर’को भिडन्तनेपाल प्रिमियर लिग (एनपिएल) अन्तर...
10/12/2025

एनपिएल एलिमिनेटर: फाइनलको आशा जीवित राख्न आज काठमाडौँ र लुम्बिनीबीच ‘गर या मर’को भिडन्त

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज हुने महत्त्वपूर्ण ‘एलिमिनेटर’ खेलमा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स एक-अर्काविरुद्ध मैदान उत्रँदै छन्। कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज अपराह्न ४:०० बजे सुरु हुने यो खेल दुवै टोलीका लागि ‘गर या मर’को अवस्थामा रहेको छ।

लिग चरणको प्रदर्शनका आधारमा काठमाडौँ गोर्खाज अङ्क तालिकाको तेस्रो र लुम्बिनी लायन्स चौथो स्थानमा रहँदै प्लेअफमा प्रवेश गरेका हुन्। लिग चरणको भेटमा काठमाडौँले लुम्बिनीलाई २२ रनले पराजित गरेको इतिहास रहेकाले आजको खेलमा काठमाडौँ उच्च मनोबलका साथ मैदान प्रवेश गर्नेछ। यद्यपि, लुम्बिनी लायन्स पनि बदला लिँदै अर्को चरणमा पुग्न कडा चुनौती दिने तयारीमा छ।

आजको खेलमा विजयी हुने टोलीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा विराटनगर किङ्सको सामना गर्नेछ। पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको विराटनगरले फाइनल पुग्ने अर्को अवसरका रूपमा दोस्रो क्वालिफायर खेल्न लागेको हो।

आठौँ तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिप चौथौं चरण सकिँदामहालक्ष्मी नगरपालिका, ललितपुर महानगरपालिका र ...
09/12/2025

आठौँ तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिप चौथौं चरण सकिँदामहालक्ष्मी नगरपालिका, ललितपुर महानगरपालिका र दोलखा बुद्धिचाल संघले उपाधि माथि दावी प्रस्तुत गरेका छन् ।

यी शीर्ष तिन टोलीले समान ३ जीत र एक बराबरी नतिजा निकाल्दै समान ७ अंकमा छन् । महालक्ष्मी नगरपालिकाले प्रतिस्पर्धाको तेस्रो चरणमा कुमारी पाटी चेस क्लबलाई ४–० ले पाखा लगाए । जसमा क्षितिज भण्डारीले भवानी लिम्बुलाई, सुरोज महर्जनले सोम आलेलाई, शैलेन्द्र न्यौपानेले रे राईलाई तथा अशोक मोहन श्रेष्ठले टिमोन राईलाई हराएका थिए।

यस्तै चौथो खेलमा ललितपुर महानगरपालिका टिमसँग २–२ स्कोरको बराबरी खेलेका छन्। जसमा सुरोज महर्जनले प्रकाशचन्द्र नेपाललाई तथा कमल श्रेष्ठले सिएमए सजिन महर्जनलाई पराजित गरेका छन् । टोलिमा क्षितिज भण्डारी पुरुषोत्तम सिलवालसँग, शैलेन्द्र न्यौपानेले मुहान नरसिंह श्रेष्ठसँग हार ब्यहोरेका छन्।

यसैगरी ललितपुर महानगरपालिका टिमले महालक्ष्मी नगरपालिकासँग बराबरी खेल्नु पूर्व थापाथली चेस पार्कलाई ३.५–०.५ स्कोरले पराजित गर्न सफल भएका थिए। जसमा पुरुषोत्तम सिलवालले सुश्रुत दाहाललाई, महानरसिंह श्रेष्ठले सबिनचन्द्र घिमिरेलाई तथा धिरेन राईले सुजन काफ्लेलाई पराजित गरे भने प्रकाश चन्द्र नेपाल र सुशील चौधरी बीचको खेल बराबरीमा टुंगिएको थियो।

अर्को शीर्ष टोलि दोलखा जिल्ला संघले तेस्रो चरणमा दोलखा चेस होम माथि २.५–१.५ को विजयी नतिजा निकाल्न सफल भएका छन्।
जसमा निकेन कुसाथाले ज्वाला इम्बुङ्गलाई, बद्रीलाल नेपालीले राजन सुबेदीलाई हराए। कृष्ण थापा र पुरुषोत्तम चौलागाईको खेल बराबरीमा टुङ्गिए भने रिसोन थापा चैं रुपेश जैसवालसँग हार्न पुगे।

यस्तै चौथो खेल थापाथली चेस पार्कसंग २–२ को बराबरी नतिजा निकालेका छन्। जसमा रिसोन थापाले सुश्रुत दाहाललाई, कृष्ण थापाले सुशील चौधरीलाई हराए भने निकेनले आशीष फूँयाल संग र बद्रीले सबिनचन्द्र घिमिरेसँग पराजित हुन पुगे।

कोशी प्रदेश बुद्धिचाल संघ र दोलखा चेस होम्स् समान ६ अंक जोडेर चौथो तथा पाँचौं स्थानमा उभिएका छन्। यस्तै थापाथली चेस पार्क र सुदुरपश्चिम चेस संघ समान ५ अंक बनाएर पछ्याइरहेका छन्।

प्रतियोगिताका विजयी टिमहरुले नगद ५ लाख १० हजार पुरस्कार बाँडेर लिने छन् ।यो प्रतिस्पर्धा २५ गते सम्म चल्नेछ भने ७ चरणको लिग खेल पश्चात विजयी टोली घोषित हुनेछ।

Aryna Sabalenka returns a shot while playing with Tommy Paul of the United States in action against Naomi Osaka of Japan...
09/12/2025

Aryna Sabalenka returns a shot while playing with Tommy Paul of the United States in action against Naomi Osaka of Japan and Nick Kyrgios of Australia in a mixed doubles match during the Garden Cup at Madison Square Garden on December 08, 2025 in New York City.

जनप्रेमीको खेलकुद सप्ताह सुरु, दुई खेलाडी सम्मानितभक्तपुरको जनप्रेमी वर्ल्ड स्कुलले आयोजना गरेको खेलकुद सप्ताह आजदेखि सु...
09/12/2025

जनप्रेमीको खेलकुद सप्ताह सुरु, दुई खेलाडी सम्मानित

भक्तपुरको जनप्रेमी वर्ल्ड स्कुलले आयोजना गरेको खेलकुद सप्ताह आजदेखि सुरु भएको छ । मध्यपुर युथ एसोसिएसनको मैदानमा नगर प्रमुख सुरेन्द्र श्रेष्ठले उद्घाटन गरेको यस सप्ताहमा विभिन्न २० खेलमा १,८०० विद्यार्थीले प्रतिस्पर्धा गर्दैछन् ।

उद्घाटन समारोहमा विद्यालयले हालै इजिप्टमा सम्पन्न विश्व कराते च्याम्पियनसिपमा सहभागी खेलाडीद्वय एरिका गुरुङ र सानुमाया थिङलाई जनही ५ हजार नगद र सम्मानपत्रसहित सम्मान गरेको छ । साथै, विद्यालयले उनीहरूले आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेमा ५० हजार पुरस्कार दिने घोषणासमेत गरेको छ ।

सुदूरपश्चिम रोयल्स एनपिएलको फाइनलमानेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको पहिलो क्वालिफायर खेलमा विराटनगर किङ्ग्सल...
09/12/2025

सुदूरपश्चिम रोयल्स एनपिएलको फाइनलमा

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको पहिलो क्वालिफायर खेलमा विराटनगर किङ्ग्सलाई ७७ रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा सुदूरपश्चिमले दिएको १ सय ५६ रनको लक्ष्य पछ्याएको विराटनगर १४.१ ओभरमा ७८ रनमै समेटियो । सुदूरपश्चिमको जितमा विनोद भण्डारीले ६३ रनको योगदान दिए भने बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । पराजित भए पनि विराटनगरले फाइनल प्रवेशका लागि ‘दोस्रो क्वालिफायर’ खेल्ने मौका पाउनेछ ।

राष्ट्रपति रनिङ शिल्डमा तेक्बान्दो देखाउदैबागलुङ नगरपालिकाको आयोजनामा आज मङ्गलबारदेखि बागलुङ नगरपालिका–१ रामरेखास्थित बा...
09/12/2025

राष्ट्रपति रनिङ शिल्डमा तेक्बान्दो देखाउदै

बागलुङ नगरपालिकाको आयोजनामा आज मङ्गलबारदेखि बागलुङ नगरपालिका–१ रामरेखास्थित बाङ्गेचौर खेल मैदानमा आयोजित आठौँैं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तेक्बान्दो देखाउँदै विद्यार्थी खेलाडी ।

Address

Kathmandu
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Khel kheladi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khel kheladi:

Share