Hello Samaj

Hello Samaj सत्य, तथ्य, निष्पक्ष समाचारको लागि हेल्लो समाज ।

उज्यालो नेपाल पार्टीले गरेको घोषणासभामा पूर्वमन्त्री सुमना श्रेष्ठको सहभागिताले सामाजिक तथा राजनीतिक वृत्तमा व्यापक चर्च...
03/12/2025

उज्यालो नेपाल पार्टीले गरेको घोषणासभामा पूर्वमन्त्री सुमना श्रेष्ठको सहभागिताले सामाजिक तथा राजनीतिक वृत्तमा व्यापक चर्चा ल्याएको छ । जेनजी आन्दोलनपछि रास्वपा परित्याग गरेकी श्रेष्ठको उपस्थितिलाई धेरैले नयाँ राजनीतिक संकेतका रूपमा पनि हेरिरहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्यानका महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार पक्राउ गरेको छ । सो क्रममा आयोगले पूर्व ...
03/12/2025

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्यानका महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार पक्राउ गरेको छ । सो क्रममा आयोगले पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि समातेको छ ।

नलिन्चोक हेलिकप्टर घटनामा देखिएको भ्रष्टाचारसम्बन्धी अभियोगका आधारमा उनीहरूलाई नियन्त्रणमा लिई विशेष अदालतमा पेश गर्न लगिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विद्यालय व्यवस्थापन समिति गठन नगर्ने पालिकालाई अनुदान रोक्ने चेतावनी दि...
03/12/2025

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विद्यालय व्यवस्थापन समिति गठन नगर्ने पालिकालाई अनुदान रोक्ने चेतावनी दिएका छन् ।

उनका अनुसार नियमअनुसार समिति नबनाई मनपरी तरिकाले विद्यालय चलाउने केही पालिकालाई तुरुन्तै समिति गठन गर्न सूचना पठाइएको छ ।

समिति नबनाउने पालिकाको सूची संकलन भइरहेको उनले बताए ।

काठमाडौँका सडकलाई खाल्डाखुल्डी–रहित बनाउन सडक डिभिजन कार्यालयले विशेष अभियान शुरु गरेको छ । चक्रपथभित्रका सडक मर्मत सकिए...
02/12/2025

काठमाडौँका सडकलाई खाल्डाखुल्डी–रहित बनाउन सडक डिभिजन कार्यालयले विशेष अभियान शुरु गरेको छ । चक्रपथभित्रका सडक मर्मत सकिएपछि अहिले चक्रपथबाहिरको काम तीव्र गतिमा भइरहेको छ ।
यसै सन्दर्भमा ‘सडक पोटहोल मर्मत एम्बुलेन्स’ सेवा सुरु गरिएको छ, जसले आवश्यक स्थानहरूमा पुगेर भत्किएका सडक तुरुन्त मर्मत गर्नेछ । मंसिर ११ गते मन्त्री कुलमान घिसिङले एम्बुलेन्स र मोबाइल एप सार्वजनिक गरेका थिए ।
४७२ किलोमिटर सडक खाल्डामुक्त बनाउने लक्ष्य राखिएको छ । रातिको समयमा सवारी चाप कम हुने भएकाले मुख्य मर्मतकार्य त्यतिबेलै गरिनेछ ।
स्वचालित प्रणाली भएको एम्बुलेन्समा इमल्सन तताउने, स्प्रे गर्ने, खाल्डो सफा गर्ने जस्ता सबै सुविधा छन् । पहिलो चरणमा काठमाडौँमा लागू भएको यो अभियान सफल भए अन्य सहरमा पनि विस्तार हुनेछ ।

दश वर्षअघि दुर्घटनामा १८ हड्डी भाँचिएपछि लामो समय उपचारमा रहेका सुकदेव कार्की पुनः स्वास्थ्य लाभ पश्चात् जिम-अभ्यासमा सक...
02/12/2025

दश वर्षअघि दुर्घटनामा १८ हड्डी भाँचिएपछि लामो समय उपचारमा रहेका सुकदेव कार्की पुनः स्वास्थ्य लाभ पश्चात् जिम-अभ्यासमा सक्रिय भएका थिए । निरन्तर तयारीको परिणामस्वरूप उनी World Powerlifting Championships 2025 को ६९ किलो समूहका विजेता तथा best lifter बनेका छन् ।

मेयर बालेन शाहका बुबा रामनारायण शाहको सोमबार दिउँसो मृत्यु भएको छ । स्वास्थ्य अवस्था बिग्रिएपछि आइतबार सिभिल अस्पताल लगि...
01/12/2025

मेयर बालेन शाहका बुबा रामनारायण शाहको सोमबार दिउँसो मृत्यु भएको छ । स्वास्थ्य अवस्था बिग्रिएपछि आइतबार सिभिल अस्पताल लगिएको र भेन्टिलेटरमा उपचार भइरहेकै अवस्थामा उनको निधन भएको हो ।

***n

"यो सरकार न पार्टीले पठाएको हो, न चुनाव जितेर आएको हो । बरु यो सरकार जेनजी र नेपाली जनताको बलमा टिकेको हो । मुख्य लौरो ह...
01/12/2025

"यो सरकार न पार्टीले पठाएको हो, न चुनाव जितेर आएको हो । बरु यो सरकार जेनजी र नेपाली जनताको बलमा टिकेको हो । मुख्य लौरो हामी जेनजी नै हौँ । तर, उहाँहरूले त्यो लौरो नै भाँचिरहनु भएको छ । उहाँहरूले अहिले ‘सत्तामा आइसक्यौँ’ अब कसैको मतलब छैन भन्ने सोच्दै हुनुहुन्छ भने यो गलत हुनजान्छ ।"- सुदन गुरुङ

आज सोमबार, महादेवको दर्शन गरेर दिनको सुरुवात गरौँ 🙏❤️
01/12/2025

आज सोमबार, महादेवको दर्शन गरेर दिनको सुरुवात गरौँ 🙏❤️

उर्जा मन्त्री कुलमान घिसिङले काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहसँगको तस्वीर सामाजिक सञ्जालमा सेयर गर्दै देश बनाउने अ...
30/11/2025

उर्जा मन्त्री कुलमान घिसिङले काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहसँगको तस्वीर सामाजिक सञ्जालमा सेयर गर्दै देश बनाउने अभियानमा आफूहरू सँगै रहेको बताएका छन् । उज्यालो नेपाल नामक दल दर्ता गराइसकेका घिसिङले फेसबुकमा लेखेका छन्, “देश बनाउने अभियानमा हामी सँगै छौं ।”

कुलमान र बालेन्द्रबीच सहकार्यको चर्चा भइरहेका बेला यस्तो तस्वीर सार्वजनिक भएपछि आगामी राजनीतिक सहकार्यमा ध्यान केन्द्रित भएको छ । अझै थप विवरण र आधिकारिक घोषणा आउन बाँकी रहेको बताइएको छ ।

यो कदमले आगामी समयमा नयाँ राजनीतिक गठबन्धन र साझा अभियानको संकेत गरेको अनुमान लगाइएको छ ।
***n

प्रभु बैंकका तीन उच्चपदस्थ अधिकारीलाई बैंकिङ कसुरको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।सीआईबी टोलीले बैंकको केन्द्रीय कार्य...
30/11/2025

प्रभु बैंकका तीन उच्चपदस्थ अधिकारीलाई बैंकिङ कसुरको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

सीआईबी टोलीले बैंकको केन्द्रीय कार्यालय बिजुलीबजारबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, डेपुटी प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

स्व. पत्रकार दीपेन्द्र खनियाको सम्झनामा उनका दाइ भुपेन्द्र निरञ्जन खनियाले लेखे भावुक स्मृति लेख-"प्रिय स्व. कान्छु, तिम...
30/11/2025

स्व. पत्रकार दीपेन्द्र खनियाको सम्झनामा उनका दाइ भुपेन्द्र निरञ्जन खनियाले लेखे भावुक स्मृति लेख-

"प्रिय स्व. कान्छु,
तिम्रो वैकुण्ठबास होस् । फेरी जन्मन नपर्ने गरी मुक्ति मिलोस्, मेरो भाइ ।
-
तिमीलाई मायाले गर्ने सम्बोधन र आशीर्वादका शब्द फेर्नु पर्दा साह्रै मुर्छित बनाउने रहेछ । ८२ वर्षका पिताले ब्रह्मनालमा लम्पसार तिम्रो पार्थिव शरीरमा जल अर्पण गर्दै ‘हिँजोसम्म पुत्र थियौ, आजदेखि पितृ भयौ’ भनेर बररर आँसु बगाएको श्रव्य र दृष्यले अव कहिलेसम्म पिरोली रहन्छ, अनुमान छैन कान्छा ।
-
तिम्रो शरीर चितामाथि जलिरहँदा तिम्रा सामु साक्षी सयौँ थिए ।तिमीलाई बनाएका, तिमीले बनाएका र तिम्रो आफ्नो पहिचान र उद्यमका सहयात्री थिए । घर परिवारका सदस्य थिए, आफन्त थिए, नातेदार थिए। साथी थिए, छिमेकी थिए । तिमीसँग सिकेर हुर्केका सयौँ युवा अनुहार थिए, तिम्रा स्रोता थिए । अनुमति नलिएका क्यामेरा थिए, अरु धेरै थिए ।
-
तर तिमी एक्लै थियौ । र, नियालिरहेका थियौ- यो दुनियाँ कति नौटङ्की छ !
-
०६३ सालतिर रू २५ हजार सापटी मागेर ५० वाटको रेडियो दर्ता गरेर सन्चार मन्त्रालयबाट बाहिर निस्कँदै गर्दा कम क्षमताको रेडियो दर्ता गर्यो भनेर कति जनालाई सुनाउने हो भन्दै आफ्नै साथीले व्यङ्ग गर्यो तर एक दिन म सपनाको संसार स्थापित गर्छु सान्दाइ भनेर रेडियो दर्ताको गरेको साँझ भाउजूले उमालेको चिया पिउँदै भनेको हिजो जस्तो लाग्छ । रेडियो ५० बाट १००, १०० बाट ५००, र ५०० बाट १००० वाटको बन्यो । जीवनमा रेडियो बाहेक अरु केही सोचेनौ। तिम्रो सिर्जनाको उपज एउटा अभियान बन्यो । जीवनको अन्तिम दिन पनि टेलिभिजनको नयाँ प्रोगामका लागि सिर्जनात्मक कार्य सम्पादन गरिरहेकै थियौ ।
-
प्रकृतिले हरेक मान्छेमा प्रचुर सामर्थ्य र कमजोरी दुवै दिन्छ । केही वर्ष अघिको तिम्रै एउटा वाक्य संझन्छु - ‘म धपक्क बलेको बेला छ र दुनियाँ मसँग छन् सान्दाइ । म असफल भए भने मलाई कसैले चिन्दैनन् ।यो दुनियाँ सफल रहँदा हिम्मतवाला भन्छ र कमजोर बन्दा महत्वकाङ्क्षी’ हो रहेछ । शून्यबाट शुरु गरेर अग्लो शिखर चुम्यौ। तर सायद तिम्रो प्रारब्ध बेग्लै थियो । पुरुषार्थ हुँदाहुँदै र सुकर्म गर्दागर्दै पनि समयले तिमीलाई कमजोर बनायो ।
-
मेडियामा जे जस्तो समाचार आए, त्यसमा मेरो कुनै टिप्पणी छैन ।गलत सूचनाको प्रबाहबाट द्वापर युगका द्रोणाचार्य ऋषि त पिडित हुन पुगे भने यो त वैश्ययुग हो । जे खपत हुन्छ डिजिटल संसारले त्यही बेच्छ । प्रश्नको यकिन जबाफ नभएपछि दुनियाँ अनुमानको पछि लाग्छ । अनुमानले निर्दोषलाई बदनाम गराउँछ । मलाई कसैसँग कुनै रिस राग छैन ।भाइ नै रहेन त बाँकी के रह्यो र । प्रतिशोध भन्ने मेरो शव्दकोशमै छैन । सहन र माफी दिनमै रमाउन सक्छु। यति हुँदाहुँदै पनि हिसाब-किताब चित्रगुप्तले गर्लान्, न्याय यमराजले देलान तर यो घटनाको बहिखाता खोजरै म पल्टाउँछु । एक दिन । छिट्टै !
-
बिर्सन मन छैन, संझिँदा पिडा हुन्छ ! केही अनुत्तरित प्रश्नहरुले घेरे पनि तिमीप्रति कुनै गुनासो छैन । म बाँचुञ्जेल गर्व गरिरहनेछु- म दीपेन्द्र खनियाको माहिलो दाइ हुँ । पितृ बन्यौ । तिम्रो मुक्तिका लागि हर प्रयाश गर्ने छु । अलबिदा, कान्छु ।"

पोखरामा नेकपाको एकता सन्देश कार्यक्रमका कारण व्यवसाय प्रभावित भएको भन्दै स्थानीय व्यवसायीले ‘गरिखान देउ’ भन्दै प्रदर्शन ...
30/11/2025

पोखरामा नेकपाको एकता सन्देश कार्यक्रमका कारण व्यवसाय प्रभावित भएको भन्दै स्थानीय व्यवसायीले ‘गरिखान देउ’ भन्दै प्रदर्शन गरेका छन् ।

चिप्लेढुंगामा आयोजना भएको कार्यक्रमले व्यापार बन्दजस्तै माहोल बनेको उनीहरूको गुनासो छ । कार्यक्रममा प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल सहभागी छन् ।

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Hello Samaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hello Samaj:

Share

Hello Samaj

Its an online media dedicated to promote Entrepreneurship in Nepal.