Back Of India

Back Of India हाम्रो Back Of India पेजलाई फलो गर्नु होला

परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणका लागि उडेका छन् । भारतीय विदेशमन्त्री एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा हुन ल...
05/06/2026

परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणका लागि उडेका छन् । भारतीय विदेशमन्त्री एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको २ दिने भ्रमणका लागि खनाल भारत प्रस्थान गरेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री डा.जयशंकरसँग औपचारिक भेटवार्ता गर्नेछन् ।

सिरहामा एसईई परीक्षाका क्रममा जफत गरिएका १ करोड रुपैयाँभन्दा बढी मूल्यका मोबाइल फोनहरू प्रहरीले पानीमा डुबाएर नष्ट गरेको...
05/06/2026

सिरहामा एसईई परीक्षाका क्रममा जफत गरिएका १ करोड रुपैयाँभन्दा बढी मूल्यका मोबाइल फोनहरू प्रहरीले पानीमा डुबाएर नष्ट गरेको छ। 📱💧 यो निर्णय कस्तो लाग्यो?

बालिका हराएको सम्बन्धि सूचना !!आज मिति २०८३-०२-२१ गते दिउँसो ४ बजेको समयमा पनौतिबाट अनु भुजेल नाम गरेकी १० बर्षकि बालिका...
04/06/2026

बालिका हराएको सम्बन्धि सूचना !!
आज मिति २०८३-०२-२१ गते दिउँसो ४ बजेको समयमा पनौतिबाट अनु भुजेल नाम गरेकी १० बर्षकि बालिका हराइरहेकी हुदा उनिलाइ देख्नु वा भेट्नु हुनेले नजिकैको प्रहरी चौकी अथवा जिल्ला प्रहरी कार्यालय काभ्रेमा सम्पर्क गरिदिनुहोला।

04/06/2026

काठमाडाै‌ंकाे कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा बस्दै आएका

एक जनाकाे उपचारकाे क्रममा मृत्यु भएकाे छ ।

04/06/2026

भैरहवाको तापक्रम ४१ डिग्री पुग्यो, गर्मी अझै बढ्ने

La hai : तस्करी नियन्त्रण गर्न नेपाल–भारत सीमामा काँडे तार😮विराटनगर–जोगबनी नाकाको १ नम्बर गेट नजिक नेपालतर्फको पर्खालमा ...
03/06/2026

La hai : तस्करी नियन्त्रण गर्न नेपाल–भारत सीमामा काँडे तार😮

विराटनगर–जोगबनी नाकाको १ नम्बर गेट नजिक नेपालतर्फको पर्खालमा सशस्त्र प्रहरीले काँडे तार जडान गरेको छ। खुला सीमाको दुरुपयोग गर्दै हुने अवैध ओसारपसार र पर्खाल नाघ्ने गतिविधि बढेपछि सुरक्षा कडा बनाउन यो कदम चालिएको हो।

03/06/2026

तार्केश्वरका स्कुल पढ्ने एक ड्रेस अनेक 🇳🇵🇳🇵
School ड्रेस
Tekando ड्रेस
Dance ड्रेस
Green ड्रेस
Red ड्रेस
Blue ड्रेस
Krismas ड्रेस
Holi ड्रेस
येत्रो ड्रेस नहुदा स्कुलको पढाइ बिग्रनेनै हो त ....???

03/06/2026

केन्द्रीय कारागार सुन्धाराबाट फरार कैदी तारकेश्वर नगरपालिका–१० लोकतान्त्रिक चोकबाट पक्राउ

03/06/2026

ओलीले भने– सम्पत्ति विवरण भर्दिनँ, खरानी उठाएर लैजा सरकार !

बस चालकमाथि कुटपिट गर्ने युवक पक्राउभक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ जगाती चोक नजिक अरनिको राजमार्गमा सार्वजन...
03/06/2026

बस चालकमाथि कुटपिट गर्ने युवक पक्राउ

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ जगाती चोक नजिक अरनिको राजमार्गमा सार्वजनिक बस चालकलाई कुटपिट गरी फरार भएका एक युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार जेठ १८ गते रामेछापबाट काठमाडौंतर्फ जाँदै गरेको सार्वजनिक बसका चालक देवराज भण्डारीमाथि कुटपिट गरी घाइते बनाएका अनुप खत्रीलाई प्रहरीले पक्राउ गरेको हो।

घटनापछि फरार रहेका खत्रीलाई खोजतलासका क्रममा जेठ १९ गते भक्तपुरको नलिञ्चोक क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका खत्रीमाथि प्रहरी वृत्त जगातीबाट आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Back Of India posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share