Routine Of Bagmati

Routine Of Bagmati हाम्रो Routine of Bagmati पेजलाई फलो गर्नु होला

सडक सञ्जालबाट टुटेको नुवाकोटको विदुरस्थित तादी खोलामा एक्रो ब्रिज जडान गर्दै  #नेपालीसेना ।
05/09/2026

सडक सञ्जालबाट टुटेको नुवाकोटको विदुरस्थित तादी खोलामा एक्रो ब्रिज जडान गर्दै #नेपालीसेना ।


05/09/2026

११ दिनपछि मृत्यु जितेर बेत्रावतीबाट जीवितै उद्धार भइन् चन्द्रिका श्रेष्ठ

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि ११ दिनदेखि सम्पर्कविहीन रहेकी चन्द्रिका श्रेष्ठलाई नुवाकोटको बेत्रावतीबाट जीवितै उद्धार गरिएको छ।

विदुर नगरपालिका–१० की श्रेष्ठलाई बेत्रावती बजारस्थित आनन्द श्रेष्ठको घरभित्रबाट सुरक्षा टोलीले जीवितै फेला पारेको हो। पहिरोले आधा पुरिएको घरभित्रबाट मानिसको आवाज आएपछि प्रहरीले खोजी तथा उत्खनन गर्दा उनलाई उद्धार गरेको जनाइएको छ।

उद्धारका क्रममा श्रेष्ठ अचेत अवस्थामा रहेकी थिइन्। उनको स्वास्थ्य अवस्था परीक्षणपछि थप जानकारी आउने बताइएको छ।

ॐ शं शनिश्र्चराय नम: आज शनिबार । शनिको दशा र बक्र दृष्टि कसैलाई नपरोस् । शनि देवको आशीर्वाद सबैलाई मिलोस् ।🙏
05/09/2026

ॐ शं शनिश्र्चराय नम: आज शनिबार । शनिको दशा र बक्र दृष्टि कसैलाई नपरोस् । शनि देवको आशीर्वाद सबैलाई मिलोस् ।🙏

रसुवामा बाढीमा ज्यान गुमाएकाप्रति तिनपिप्लेमा दीप प्रज्वलन, स्थानीयको बाक्लो उपस्थितितारकेश्वर नगरपालिका–३, तिनपिप्लेमा ...
04/09/2026

रसुवामा बाढीमा ज्यान गुमाएकाप्रति तिनपिप्लेमा दीप प्रज्वलन, स्थानीयको बाक्लो उपस्थिति

तारकेश्वर नगरपालिका–३, तिनपिप्लेमा राष्ट्रिय सिर्जनशील समाजले रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै आज दीप प्रज्वलन गरेको छ।

बाढीपहिरोका कारण रसुवामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक व्यक्त गर्न आयोजित दीप प्रज्वलन कार्यक्रममा स्थानीयवासीको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूले दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका थिए। विपद्को यस दुःखद् घडीमा पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै उनीहरूले मृतकहरूको सम्झनामा दीप प्रज्वलन गरेका हुन्।

🔴 बाढीपछि १० दिनमा रसुवा पुगे एमाले अध्यक्ष ओली, पीडितलाई राहत हस्तान्तरणरसुवाका बाढीपीडितको पीडामा मल्हम लगाउन १० दिनपछ...
04/09/2026

🔴 बाढीपछि १० दिनमा रसुवा पुगे एमाले अध्यक्ष ओली, पीडितलाई राहत हस्तान्तरण

रसुवाका बाढीपीडितको पीडामा मल्हम लगाउन १० दिनपछि पुगे केपी ओली, प्रभावितलाई राहत सामग्री हस्तान्तरण ।

दार्चुलामा ठूलाे पहिराेः अपिहिमाल गाउँपालिकास्थित भट्टाडमा दिउँसो २ः३५ बजे ठूलो पहिरो जाँदा चमेलिया नदी थुनिएको छ । जिल्...
04/09/2026

दार्चुलामा ठूलाे पहिराेः अपिहिमाल गाउँपालिकास्थित भट्टाडमा दिउँसो २ः३५ बजे ठूलो पहिरो जाँदा चमेलिया नदी थुनिएको छ । जिल्ला प्रशासन कार्यालयले नदी आसपासका नागरिकलाई सतर्क रहन आग्रह गरेको छ ।

04/09/2026

१० दिनपछि सुरुङबाट उद्धार गरिएका कविर महर्जनलाई उपचारको लागि हेलिकप्टरमा काठमाडौँ ल्याइएको छ।😍

04/09/2026

सुरुङबाट १० दिनपछि निकालिएका सञ्जय साह भन्छन् : अरुलाई बचाउँदा म भित्र अड्किए, भित्र महामन्त्र जप गर्दै बसे😮

04/09/2026

गृहमन्त्री सुधन गुरुङ उद्धार गरिएका व्यक्तिहरूलाई सहजीकरण गर्दै काठमाडौं पठाउँदै।

04/09/2026

Breaking : त्रिशूली ३ 'ए' को सुरुङबाट एक जनाको उद्धार

रास्वपा सांसद एवं इन्जिनियर श्रीराम न्यौपानले त्रिशूली ३ 'ए' बाट एक जनाको उद्धार गरिसकिएको जानकारी दिएका छन् । यसअघि उद्धार टोलीसँग भित्र रहेकाहरूको संवाद भएको उनले जानकारी दिएका थिए ।

भर्खरै एक जनाको उद्धार भएको जानकारी दिँदै न्यौपानले सामाजिक सञ्जालमा लेखेका छन्,'सुरुङभित्रबाट एक जना सञ्जय साहको जीवित उद्धार गरिएको छ । अरु पनि छन् भन्ने जानकारी प्राप्त भएको छ ।अन्यको खोज तथा उद्धार कार्य जारी रहेको छ ।'

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Bagmati posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share