Routine of kathmandu banda

Routine of kathmandu banda Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine of kathmandu banda, News & Media Website, Kathmandu.

24/10/2025

गायिका नितु पौडेलको मृत्यु प्रकरणमा गायक बाबुल गिरी पक्राउ

मुग्लिन–आँबुखैरनी सडकको साखरमा सडक भासिँदा आवागमन एकतर्फी, जाम बढ्दैसमाचार:चितवन, ७ कार्तिक — पृथ्वी राजमार्गअन्तर्गत मु...
24/10/2025

मुग्लिन–आँबुखैरनी सडकको साखरमा सडक भासिँदा आवागमन एकतर्फी, जाम बढ्दै

समाचार:
चितवन, ७ कार्तिक — पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–आँबुखैरनी सडक खण्डको साखर भन्ने स्थानमा सडक भाँसिएपछि आवागमन एकतर्फी गरिएको छ। सडक भासिँदा सवारीसाधनहरूको आवागमनमा कठिनाइ भएको छ भने त्यसको असर मुग्लिन–नारायणगढ सडक खण्डमा समेत परेको छ।

एकतर्फी आवागमनका कारण सडकमा सवारीसाधनको चाप अत्यधिक बढेको छ र लामो जामसमेत लागेको छ। संबंधित निकायले पहिरोको उच्च जोखिम भएका स्थानहरूमा र पुलमाथि सवारीसाधन रोक्न नहुने आग्रह गरेको छ।

प्रहरी र सडक डिभिजन कार्यालयले यात्रु र चालकलाई सावधानी अपनाउन तथा ट्राफिकको निर्देशन पालना गर्न आग्रह गरेका छन्।

स्टुडियोमा आत्मदाह प्रयास : गायिकाको मृत्यु ! शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी गायिका नितु पौडेलको आज बिहान उपचारका क्र...
24/10/2025

स्टुडियोमा आत्मदाह प्रयास : गायिकाको मृत्यु ! शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी गायिका नितु पौडेलको आज बिहान उपचारका क्रममा मृत्यु भएको हो ।

तारकेश्वरमा रातिको मोटरसाइकल दुर्घटना — १७ वर्षीय युवक गम्भीर घाइते 🚑काठमाडौँ, ६ कार्तिक — गए राति करिब ११:३५ बजे तारकेश...
24/10/2025

तारकेश्वरमा रातिको मोटरसाइकल दुर्घटना — १७ वर्षीय युवक गम्भीर घाइते 🚑

काठमाडौँ, ६ कार्तिक — गए राति करिब ११:३५ बजे तारकेश्वर नगरपालिका वडा नम्बर–६ धर्मस्थली पसल चोकस्थित सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा एक युवक गम्भीर घाइते भएका छन्।

तिनपिप्लेबाट सानो बाइपासतर्फ आउँदै गरेको बा.प्र.०२.०३७प ५१०६ नम्बरको R15 मोटरसाइकल अनियन्त्रित भई डिभाइडरमा ठोक्किएर सडक छेउमा रहेको बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको स्रोतले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक तारकेश्वर नगरपालिका–३ चिसापानी बस्ने १७ वर्षीय प्रजित घिमिरे गम्भीर घाइते भएका छन्। टाउको, छाती, हात र खुट्टामा चोट लागेका घिमिरेलाई प्रारम्भिक उपचारका लागि Teaching Hospital लगिएको थियो भने पछि थप उपचारका लागि टोखा स्थित ग्रान्डी अस्पतालमा सारिएको बालाजु प्रहरी वृत्तले जानकारी दिएको छ।

स्थानीयका अनुसार अहिले तारकेश्वर क्षेत्रमा दुर्घटनाको घटना बढ्दो क्रममा छ। नेपाल ट्राफिक प्रहरीले नियमित चेकिङ गर्दै आएको भए पनि, प्रहरीको अनुपस्थितिमा लापरबाहीपूर्वक सवारी चलाउने प्रवृत्तिका कारण दुर्घटनाको जोखिम अझै बढेको जनाइएको छ।

24/10/2025

धर्मस्थली–चिसापानी सडकमा राति पुनः मोटरसाइकल दुर्घटना

गए राति करिब ११ बजे तारकेश्वर नगरपालिका वडा नम्बर ६ धर्मस्थली–चिसापानी सडकखण्डमा पुनः एक मोटरसाइकल दुर्घटना भएको छ। दुर्घटनामा परेका चालकलाई तत्काल उद्धार गरी ग्रान्डी अस्पतालमा उपचारका लागि लगिएको स्रोतले जनाएको छ।
दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।

#तारकेश्वर #दुर्घटना

24/10/2025

विश्वका सबैभन्दा भ्रष्ट देशमध्ये नेपाल १०७औँ स्थानमा

ट्रान्सपेरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार धारणा सूचकांक (Corruption Perceptions Index)–2024 अनुसार नेपाल १८० देशमध्ये १०७औँ स्थानमा परेको छ। नेपालले ३४ अंक प्राप्त गरेको छ ।

अघिल्लो वर्ष नेपाल १०८औँ स्थानमा थियो। सूचकांकमा उच्च अंक हुने देशहरू कम भ्रष्ट मानिन्छन् भने न्यून अंक हुने देशहरू बढी भ्रष्टको श्रेणीमा पर्छन्।

शुभ दिन
24/10/2025

शुभ दिन

📢 नेपालटार ट्राफिक प्रहरीको लापसे–मापसे चेकिङ अभियान तीव्र 🚔तिहार नजिकिँदै जाँदा सवारीसाधनको चाप बढ्दै गइरहेको र रमाइलोक...
23/10/2025

📢 नेपालटार ट्राफिक प्रहरीको लापसे–मापसे चेकिङ अभियान तीव्र 🚔

तिहार नजिकिँदै जाँदा सवारीसाधनको चाप बढ्दै गइरहेको र रमाइलोका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने घटनाहरू बढ्न सक्ने सम्भावना देखिएकाले नेपालटार ट्राफिक प्रहरीले तारकेश्वर क्षेत्रमा लापसे–मापसे चेकिङ अभियानलाई तीव्र पारेको छ।

आज दिउँसो तारकेश्वर नगरपालिका वडा नं. ६ धर्मस्थलीमा दिउँसो ३ बजेदेखि बेलुकी ५ बजेसम्म नेपालटार ट्राफिक प्रहरी र बालाजु प्रहरीको संयुक्त समन्वयमा चेकिङ अभियान सञ्चालन गरिएको थियो।

चेकिङका क्रममा ४ पाङ्ग्रे सवारीसाधन १७ र २ पाङ्ग्रे सवारीसाधन ६७ गरी कुल ८४ सवारीसाधनहरूको जाँच गरिएको थियो। सो क्रममा ९ जना चालकलाई विभिन्न कारणले कारबाही गरिएको र एक जना चालक मापसे (मदिरा सेवन गरी सवारी चलाएको) अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।

नेपाल प्रहरीले जनतालाई “मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउन” र “सडक सुरक्षा नियमको पूर्ण पालना गर्न” आग्रह गरेको छ। प्रहरीका अनुसार तिहारको समयमा हुने सवारी दुर्घटना रोकथाम र जनचेतना अभिवृद्धिका लागि यो अभियान निरन्तर रूपमा सञ्चालन गरिनेछ।

👉 एक क्षणको असावधानीले जीवनभरको पछुतो ल्याउन सक्छ, सचेत रहौँ, सुरक्षित यात्रा गरौँ 🚦

23/10/2025
“एकाइसौँ शताब्दीमा पनि परम्परागत ढङ्गबाट सवारी व्यवस्थापन गरिरहेका छौँ : एआईजी दान कार्कीकाठमाडौँ उपत्यका प्रहरी प्रमुख ...
22/10/2025

“एकाइसौँ शताब्दीमा पनि परम्परागत ढङ्गबाट सवारी व्यवस्थापन गरिरहेका छौँ : एआईजी दान कार्की

काठमाडौँ उपत्यका प्रहरी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले उक्त ट्राफिक लाइटको उद्घाटन गरे । उनले अहिलेको समयमा पनि ट्राफिक प्रहरीले सडकमा हात हल्लाएर सवारी व्यवस्थापन गर्नु परिरहेको उल्लेख गर्दै नयाँ प्रविधिको प्रयोगले ट्राफिक व्यवस्थापन सहज र प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

उनले भने, “एकाइसौँ शताब्दीमा हामी अझै पनि परम्परागत ढङ्गबाट सवारी व्यवस्थापन गरिरहेका छौँ । ट्राफिक लाइटको प्रयोगले व्यवस्थापनमा गुणात्मक सुधार ल्याउनेछ । सवारी दुर्घटना घटाउन, सहरी ट्राफिकलाई वैज्ञानिक ढङ्गले व्यवस्थापन गर्न यस्ता प्रविधि अपरिहार्य छन् ।”

एआईजी कार्कीले समाजमा शान्तिसुरक्षामा खलल पुर्‍याउने, अपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई कुनै पनि हालतमा नछाडिने स्पष्ट पारे । उनले पछिल्लो समय ‘जेनजी’ प्रदर्शनका क्रममा प्रहरी संरचनामा भएको क्षति तथा प्रहरीको हतियार लुटिएको विषय गम्भीर अपराध भएको बताउँदै दोषीलाई कानूनी दायरामा ल्याउने प्रक्रिया तीव्र रूपमा अघि बढिरहेको जानकारी दिए ।

“हामी अनुरोध गर्छौँ, लुटिएका हतियार प्रहरीलाई फिर्ता गर्नुहोस् । सुध्रिन मौका छ, तर अपराधमा संलग्न जोसुकै होस्, कानूनी कारबाहीबाट उन्मुक्ति हुँदैन”, प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले भने ।

22/10/2025

नेपाल संवत् ११४६ शुभारम्भ — म्हः पूजा विशेष कार्यक्रममा “न्हुँ दँ या भिनु ना” को गुञ्जन �

#नेपालसंवत११४६ #म्हःपूजा

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Routine of kathmandu banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share