Nepal Raftar HD

Directions Website

Nepal Raftar HD Namaskar🙏, Welcome Everyone To NEPAL RAFTAR MEDIA NETWORK .
तपाईसगैँ ‘जहाँ पनि जहिले पनि खबरै खबर’ का साथ नेपाल रफ्तार !
खबरको नयाँ रफ्तार, नेपाल रफ्तार

टुँडिखेलमा भव्य समारोहसहित देशभर मनाइयो संविधान दिवस तथा राष्ट्रिय दिवस !!
19/09/2026

टुँडिखेलमा भव्य समारोहसहित देशभर मनाइयो संविधान दिवस तथा राष्ट्रिय दिवस !!

संविधान दिवसको अवसरमा भरतपुरको चौबिसकोठीमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा भव्य झण्डोत्तोलन गरिएको छ।
19/09/2026

संविधान दिवसको अवसरमा भरतपुरको चौबिसकोठीमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा भव्य झण्डोत्तोलन गरिएको छ।

नुवाकोटमा राहत सामग्री बोकेको एम्बुलेन्स दुर्घटनामानुवाकोट : नुवाकोटको शिवपुरी गाउँपालिका–८, काफलडाँडास्थित बोहोरे खोलाम...
19/09/2026

नुवाकोटमा राहत सामग्री बोकेको एम्बुलेन्स दुर्घटनामा
नुवाकोट : नुवाकोटको शिवपुरी गाउँपालिका–८, काफलडाँडास्थित बोहोरे खोलामा राहत सामग्री तथा औषधि बोकेको एम्बुलेन्स दुर्घटनामा परेको छ।

बा १५ च ३९६ नम्बरको एम्बुलेन्स आज बिहान दुर्घटनामा परेको हो। उक्त एम्बुलेन्स राहत सामग्री तथा औषधि लिएर पिपलटार होल्डिङ स्टेसनतर्फ जाँदै गरेको बताइएको छ।

स्थानीयका अनुसार एम्बुलेन्सको ब्रेक फेल भएपछि दुर्घटना भएको हुन सक्ने प्रारम्भिक जानकारी प्राप्त भएको छ। दुर्घटनामा मानवीय क्षति भए/नभएको तथा घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको छ।

चितवन राष्ट्रिय निकुञ्जको सौराहा–खोरसोर क्षेत्रका चर्चित जंगली भाले हात्ती ‘रोनाल्डो’ विषहजारी पोस्ट नजिकै मृत भेटिएका छ...
19/09/2026

चितवन राष्ट्रिय निकुञ्जको सौराहा–खोरसोर क्षेत्रका चर्चित जंगली भाले हात्ती ‘रोनाल्डो’ विषहजारी पोस्ट नजिकै मृत भेटिएका छन् भने मृत्युको कारणबारे निकुञ्जले अनुसन्धान गरिरहेको छ। ( विस्तृत कमेन्टमा )

19/09/2026

चितवन निकुञ्जको चर्चित ‘सेलिब्रेटी’ रोनाल्डो हात्ती मृत भेटिए
चितवन : चितवन राष्ट्रिय निकुञ्जको चर्चित जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत अवस्थामा भेटिएको छ। रोनाल्डो विषहजारी पोस्ट नजिकै मृत भेटिएको निकुञ्जका संरक्षण अधिकृत तथा सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए । । २०८३ असारसम्म केन्द्रमा जन्मिएका ६९ छावामध्ये ३८ वटा रोनाल्डोकै सन्तान रहेको विवरण छ। घटना बारेमा थप अनुसन्धान भईरहेको छ

नारायणी नमुना माविमा Science Task-Based Competition तथा विज्ञान प्रदर्शनी सम्पन्नभरतपुर । राष्ट्रिय विज्ञान दिवसको अवसरम...
19/09/2026

नारायणी नमुना माविमा Science Task-Based Competition तथा विज्ञान प्रदर्शनी सम्पन्न

भरतपुर । राष्ट्रिय विज्ञान दिवसको अवसरमा नारायणी नमुना माध्यमिक विद्यालय, भरतपुर–१०, चितवनमा तेस्रो Science Task-Based Competition–२०८३ तथा विज्ञान प्रदर्शनी–२०८३ सम्पन्न भएको छ।

विद्यार्थीलाई विज्ञान विषयलाई किताबमा मात्र सीमित नराखी सोच्ने, खोज्ने, सिर्जना गर्ने र प्रयोगमार्फत सिक्ने अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। तीन चरणमा सञ्चालन गरिएको प्रतियोगितामा सहभागी विद्यार्थीले कार्यक्रमस्थलमै विभिन्न वैज्ञानिक मोडेल निर्माण गरी प्रतिस्पर्धा गरेका थिए।

कार्यक्रम संयोजक निरोज बास्तोलाका अनुसार प्रयोगमार्फत गरिने यस्तो प्रतियोगिता चितवनमै पहिलोपटक आयोजना गरिएको हो। प्रतियोगिताले विद्यार्थीको प्रयोगात्मक ज्ञान, सिर्जनशीलता तथा समस्या समाधान गर्ने क्षमताको मूल्यांकनमा सहयोग पुग्ने उहाँले बताउनुभयो।

प्रतियोगितामा चितवनका सामुदायिक तथा संस्थागत गरी २७ विद्यालय सहभागी भएका थिए। प्रतियोगितामा नारायणी पब्लिक माध्यमिक विद्यालय प्रथम, कालिका माध्यमिक विद्यालय खैरहनी द्वितीय, भीमनगर माध्यमिक विद्यालय तृतीय तथा ग्लोसाइन एकेडेमीले सान्त्वना स्थान हासिल गरेका छन्।

यसै अवसरमा विद्यालयका विद्यार्थीले तयार पारेका करिब १०० वटा विभिन्न वैज्ञानिक मोडेल प्रदर्शनीमा राखिएका थिए। प्रदर्शनीमा विद्यार्थीका सिर्जनात्मक तथा प्रयोगात्मक सामग्रीले विज्ञानप्रतिको रुचि र व्यवहारिक सिकाइलाई प्रस्तुत गरेको थियो।

भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख सुभाष आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर थापाले गर्नुभएको थियो।

विमला पोखरेलको नेतृत्वमा फेरिँदै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडा, सेवाग्राहीमैत्री कार्यसम्पादनमा जोडहे...
19/09/2026

विमला पोखरेलको नेतृत्वमा फेरिँदै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडा, सेवाग्राहीमैत्री कार्यसम्पादनमा जोड

हेटौंडा । कुनै समय उद्योगी, व्यवसायी तथा सेवाग्राहीबाट सेवा प्रवाहमा ढिलासुस्ती, झन्झट र तनाव हुने गरेको गुनासो सुनिने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौंडा पछिल्लो समय आफ्नो कार्यशैली सुधार गर्दै सेवाग्राहीमैत्री बन्न थालेको छ।
कार्यालय प्रमुख विमला पोखरेलको नेतृत्वमा रहेको टोलीले कार्यसम्पादन, पारदर्शिता र प्रविधिमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै कार्यालयको सेवा प्रणालीमा सुधार ल्याएको जनाएको छ।
कार्यालयका अनुसार लक्ष्यअनुसार उत्कृष्ट कार्यसम्पादन हासिल गरिएको छ भने सेवा प्रवाहमा शून्य भ्रष्टाचारको नीति अवलम्बन गर्दै उद्योगी, व्यवसायी तथा सेवाग्राहीलाई सहजीकरण गर्ने अभ्यासलाई प्राथमिकता दिइएको छ।
यससँगै NeFFILS मार्फत अनलाइन डाटा तथा सेवा प्रणाली विस्तार गरिएपछि विभिन्न प्रक्रियालाई प्रविधिमैत्री बनाउँदै सेवाग्राहीले व्यहोर्नुपर्ने अनावश्यक झन्झट र समय घटाउने प्रयास गरिएको कार्यालयले जनाएको छ।
कार्यालयको परिवर्तनमा प्रमुख पोखरेल मात्र नभई सम्पूर्ण कर्मचारी टोलीको सामूहिक प्रयास रहेको बताइएको छ। खाद्य उद्योग सञ्चालन, नियमन तथा गुणस्तर नियन्त्रणसँग सम्बन्धित प्रक्रियामा उद्योगी–व्यवसायीलाई कानुनी प्रक्रिया बुझाउनेदेखि आवश्यक सहजीकरणसम्ममा कर्मचारीले सहयोगी भूमिका निर्वाह गरिरहेको सेवाग्राहीहरूको अनुभव छ।
कार्यालयले आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमासिक तथा वार्षिक समीक्षा गोष्ठी समेत सम्पन्न गरेको छ। समीक्षा तथा कार्यसम्पादनको मूल्यांकनसँगै आगामी दिनमा खाद्य स्वच्छता र गुणस्तर नियन्त्रणलाई थप प्रभावकारी बनाउँदै सेवा प्रवाहलाई छिटो, पारदर्शी र सहज बनाउनेतर्फ कार्यालयको ध्यान केन्द्रित रहेको छ।
कुनै समय ‘सास्ती दिने कार्यालय’ भन्ने गुनासो खेपेको सरकारी निकायलाई सेवाग्राहीमैत्री कार्यालयमा रूपान्तरण गर्ने प्रयासले निरन्तरता पाए, सरकारी सेवा सुधार नेतृत्व, प्रविधि र कर्मचारीको सामूहिक इच्छाशक्तिबाट सम्भव छ भन्ने सकारात्मक उदाहरण बन्न सक्ने देखिन्छ।

आजको राशिफल : कुन राशिका लागि आज विशेष दिन ?    मेषआजको दिन उत्साह र आत्मविश्वासका साथ अघि बढ्नेछ। रोकिएका कामले गति लिन...
18/09/2026

आजको राशिफल : कुन राशिका लागि आज विशेष दिन ?

मेष

आजको दिन उत्साह र आत्मविश्वासका साथ अघि बढ्नेछ। रोकिएका कामले गति लिनेछन्। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। आर्थिक पक्षमा सामान्य सुधार देखिन्छ। परिवारका सदस्यसँगको सम्बन्ध सुमधुर रहनेछ। प्रेम सम्बन्धमा सकारात्मक संवादले नजिकपन बढाउनेछ।

वृष

आज मेहनतअनुसार उपलब्धि प्राप्त गर्ने अवसर छ। व्यापार–व्यवसायमा नयाँ सम्भावना देखिन सक्छ। आर्थिक कारोबार गर्दा हतारमा निर्णय नगर्नु राम्रो हुनेछ। साथीभाइबाट आवश्यक सहयोग मिल्नेछ। पारिवारिक विषयमा आफ्नो कुरा राख्दा अरूको भावनालाई पनि ध्यान दिनुहोस्।

मिथुन

नयाँ योजना बनाउन र महत्वपूर्ण काम अघि बढाउन दिन अनुकूल छ। कार्यक्षेत्रमा तपाईंको क्षमता र मेहनतको प्रशंसा हुन सक्छ। आम्दानीका नयाँ स्रोतबारे सोच्न सकिनेछ। अध्ययनमा रुचि बढ्नेछ। लामो समयदेखि सम्पर्क नभएका व्यक्तिसँग पुनः भेटघाट वा कुराकानी हुन सक्छ।

कर्कट

आज परिवार र व्यक्तिगत सम्बन्धले प्राथमिकता पाउनेछन्। घरपरिवारमा महत्वपूर्ण विषयमा छलफल हुन सक्छ। काममा केही दबाब भए पनि धैर्यपूर्वक अघि बढ्दा सफलता मिल्नेछ। आर्थिक रूपमा अनावश्यक खर्चबाट जोगिनु राम्रो हुनेछ। प्रेम सम्बन्धमा पुराना असमझदारी हटाउने अवसर मिल्न सक्छ।

सिंह

आज आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्राप्त हुनेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी आउन सक्छ, जसले भविष्यका लागि राम्रो आधार बनाउन सहयोग गर्नेछ। व्यापारमा सामान्य लाभ मिल्नेछ। सामाजिक क्षेत्रमा तपाईंको सक्रियताको चर्चा हुन सक्छ। बोलीमा संयम राख्दा अनावश्यक विवादबाट बच्न सकिनेछ।

कन्या

अधुरा काम पूरा गर्न आजको दिन उपयोगी रहनेछ। कार्यालय वा व्यवसायमा महत्वपूर्ण निर्णय लिनुपर्ने अवस्था आउन सक्छ। आर्थिक लाभको सम्भावना भए पनि खर्च व्यवस्थापनमा ध्यान दिनुहोस्। अध्ययन तथा करियरका विषयमा सकारात्मक सोच बन्नेछ। परिवारको साथले आत्मविश्वास बढाउनेछ।

तुला

आज नयाँ अवसरतर्फ अघि बढ्ने समय छ। काममा सिर्जनात्मक सोचको प्रशंसा हुनेछ। व्यापार–व्यवसायमा नयाँ सम्पर्क उपयोगी बन्न सक्छ। आर्थिक क्षेत्रमा सामान्य सुधार देखिन्छ। प्रेम तथा दाम्पत्य सम्बन्धमा मिठास बढ्नेछ। साथीभाइसँगको भेटघाटले मन प्रसन्न बनाउनेछ।

वृश्चिक

मेहनत र लगनशीलताले आज राम्रो परिणाम दिलाउन सक्छ। कार्यक्षेत्रमा जिम्मेवारी बढे पनि त्यसलाई अवसरका रूपमा लिनुहोस्। रोकिएको आर्थिक काम अघि बढ्ने सम्भावना छ। परिवारका सदस्यबाट महत्वपूर्ण सहयोग प्राप्त हुनेछ। स्वास्थ्यका लागि आराम र नियमित खानपानमा ध्यान दिनु राम्रो हुनेछ।

धनु

आज यात्रा, नयाँ भेटघाट वा नयाँ योजनाको सम्भावना छ। रोजगारी तथा व्यवसायमा अवसर खोज्नेहरूका लागि दिन सकारात्मक रहन सक्छ। आर्थिक कारोबारमा सावधानी अपनाउनुहोस्। पुराना साथी वा सहकर्मीबाट उपयोगी सूचना प्राप्त हुन सक्छ। परिवारसँगको समयले मानसिक सन्तुष्टि दिनेछ।

मकर

आज चुनौतीपूर्ण कामलाई व्यवस्थित रूपमा अघि बढाउनुपर्नेछ। तपाईंको मेहनतले विस्तारै परिणाम दिनेछ। आर्थिक पक्षमा सुधारका संकेत देखिन्छन्। नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। सामाजिक तथा पारिवारिक क्षेत्रमा तपाईंको निर्णयलाई महत्व दिइनेछ। धैर्यले काम गर्दा लाभ हुनेछ।

कुम्भ

नयाँ काम सुरु गर्ने उत्साह बढ्नेछ। कार्यक्षेत्रमा सहकर्मीको सहयोग प्राप्त हुनेछ। व्यापारमा नयाँ सम्भावना खोज्ने समय छ। आर्थिक लाभको अवसर आए पनि जोखिमपूर्ण लगानीमा हतार नगर्नुहोस्। प्रेम सम्बन्धमा खुला कुराकानीले आपसी विश्वास अझ बलियो बनाउनेछ।

मीन

आज मनमा रहेका केही योजना व्यवहारमा उतार्ने अवसर मिल्नेछ। रोकिएका कामले गति लिनेछन्। आर्थिक रूपमा सामान्य लाभ प्राप्त हुन सक्छ। परिवारमा खुसीको वातावरण बन्नेछ। सामाजिक भेटघाट बढ्नेछ। आफ्नो निर्णयप्रति आत्मविश्वास राख्दै अघि बढ्दा दिन उत्साहजनक बन्नेछ।

आज शनिबार !! काल भैरव भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏
18/09/2026

आज शनिबार !! काल भैरव भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏

आज शनिबार । शनिदेवको पूजा गर्ने दिन हो। शनिदेव सूर्यका पुत्र, यमराजका भाई र यमुना उनकी बहिनी हुन्। उनी हाम्रो कर्मको फल ...
18/09/2026

आज शनिबार । शनिदेवको पूजा गर्ने दिन हो। शनिदेव सूर्यका पुत्र, यमराजका भाई र यमुना उनकी बहिनी हुन्। उनी हाम्रो कर्मको फल दिन्छन्। 🙏🙏

Address

Bagbazar Road, Katmandu, Népal
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nepal Raftar HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share