03/07/2026
**हर्क साम्पाङ नेपाल–आयरल्यान्ड संसदीय मैत्री समूहको संयोजक नियुक्त**
काठमाडौं — श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई नेपाल–आयरल्यान्ड संसदीय मैत्री समूहको संयोजकमा नियुक्त गरिएको छ। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले उनलाई उक्त जिम्मेवारी प्रदान गरेका हुन्।
नेपाल–आयरल्यान्ड संसदीय मैत्री समूहले आयरल्यान्डको संसदसँग समन्वय गर्दै दुई देशबीच संसदीय संवाद, कूटनीतिक सम्बन्ध तथा विधायिकी अनुभवको आदान–प्रदानलाई सुदृढ बनाउने उद्देश्य राखेको छ।
यस समूहमार्फत नेपाल र आयरल्यान्डबीचको संसदीय सहकार्य, आपसी सम्बन्ध तथा लोकतान्त्रिक अभ्यासलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।