Chithi Patra HD

Chithi Patra HD नमस्कार। Chithi Patra HD, Social Media मा यहाँहरुलाई स्वागत छ।

महामारी फैलन सक्ने जोखिम बढेपछि कास्की प्रशासनले पहिचान हुन नसकेका शवहरूको सुरक्षित व्यवस्थापन सुरु गरेको छ।
01/09/2026

महामारी फैलन सक्ने जोखिम बढेपछि कास्की प्रशासनले पहिचान हुन नसकेका शवहरूको सुरक्षित व्यवस्थापन सुरु गरेको छ।

सी जिनपिङ, पुटिन र मोदी एउटै मञ्चमा देखिँदै, आत्तिए ट्रम्प, तान्यो विश्वको ध्यान !अमेरिका र पश्चिमी प्रभावलाई चुनौती दिन...
31/08/2026

सी जिनपिङ, पुटिन र मोदी एउटै मञ्चमा देखिँदै, आत्तिए ट्रम्प, तान्यो विश्वको ध्यान !

अमेरिका र पश्चिमी प्रभावलाई चुनौती दिने महत्वपूर्ण क्षेत्रीय मञ्च मानिएको सांघाई सहयोग संगठन (SCO) को शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी जिनपिङ, रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी एउटै मञ्चमा देखिँदैछन्। तीन शक्तिशाली नेताको भेटलाई बदलिँदो विश्व शक्ति सन्तुलनका दृष्टिले चासोका साथ हेरिएको छ।

बाढीपीडितका लागि राहत बोकेर नेपाल आउँदै गरेको भारतीय संस्था सीमामै रोकियोभारतको सामाजिक तथा मानवीय संस्था Har Maidaan Fa...
31/08/2026

बाढीपीडितका लागि राहत बोकेर नेपाल आउँदै गरेको भारतीय संस्था सीमामै रोकियो
भारतको सामाजिक तथा मानवीय संस्था Har Maidaan Fateh Society ले नेपालका बाढीपीडितका लागि खाद्यान्न, लत्ताकपडा लगायत राहत सामग्री लिएर आउँदा सीमामै रोकिएको जनाएको छ। संस्थाका अनुसार सामग्री नेपाल प्रवेश गर्न नदिएपछि सबै सामान फिर्ता लैजानुपरेको छ।
सामग्री किन रोकियो भन्नेबारे सम्बन्धित निकायबाट आधिकारिक कारण भने सार्वजनिक भएको छैन। अनुमति, भन्सार प्रक्रिया वा अन्य नियामक व्यवस्थाका कारण रोकिएको हुनसक्ने अनुमान गरिएको छ।

त्रिशूली बाढीमा प्रधानाध्यापकको साहसिक निर्णय, १,६४३ विद्यार्थीको ज्यान जोगियोनुवाकोटको त्रिशूलीमा भीषण बाढी आउनुअघि प्र...
31/08/2026

त्रिशूली बाढीमा प्रधानाध्यापकको साहसिक निर्णय, १,६४३ विद्यार्थीको ज्यान जोगियो
नुवाकोटको त्रिशूलीमा भीषण बाढी आउनुअघि प्रधानाध्यापक राजेन्द्र दवाडीले समयमै जोखिम पहिचान गरी विद्यालय खाली गराएपछि १ हजार ६४३ विद्यार्थीको ज्यान जोगिएको छ।
बाढीको सूचना पाएलगत्तै घण्टी बजाएर विद्यार्थी र शिक्षकलाई सुरक्षित स्थानमा सारिएको थियो। विद्यालयतर्फ आउँदै गरेका बस र विद्यार्थीलाई समेत बाटोमै फर्काइएको थियो।
समयमै गरिएको निर्णयका कारण ठूलो मानवीय क्षति टरेपछि प्रधानाध्यापक दवाडीलाई ‘रियल हिरो’ भन्दै प्रशंसा गरिएको छ।

रसुवाको बाढीमा ११ हजार ३७९ जनाको उद्धार, ३,९२५ अझै सम्पर्कविहीनप्रधानमन्त्री बालेन्द्र शाहका अनुसार रसुवाको भोटेकोशीमा आ...
31/08/2026

रसुवाको बाढीमा ११ हजार ३७९ जनाको उद्धार, ३,९२५ अझै सम्पर्कविहीन

प्रधानमन्त्री बालेन्द्र शाहका अनुसार रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हालसम्म ११ हजार ३७९ जनाको उद्धार गरिएको छ भने ३ हजार ९२५ जना अझै सम्पर्कविहीन छन्। बाढीबाट ९३९ शव फेला परेको र घाइतेमध्ये १६८ जना उपचारपछि डिस्चार्ज भएको सरकारले जनाएको छ।

सरकारले रसुवा, नुवाकोट र धादिङमा उद्धार, राहत, सडक, विद्युत् तथा सञ्चार सेवा पुनःस्थापनालाई तीव्रता दिएको छ। राहत कोषमा ५ अर्ब ८७ करोड रुपैयाँभन्दा बढी जम्मा भएको बताइएको छ।

प्रधानमन्त्री शाहले अब उद्धारसँगै प्रभावित नागरिकको पुनःस्थापना सरकारको प्रमुख प्राथमिकता रहेको बताएका छन् ।

ट्रम्पको कडा दाबी : इरान आधिकारिक रूपमा असफल राष्ट्र हो। यो समाप्त भइसकेको छ!अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले Truth S...
31/08/2026

ट्रम्पको कडा दाबी :
इरान आधिकारिक रूपमा असफल राष्ट्र हो। यो समाप्त भइसकेको छ!
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले Truth Social मा लेखेका छन्।
ट्रम्पका अनुसार इरानसँग अब नौसेना छैन, वायुसेना छैन र मुद्रा पनि छैन। उनले इरानले आफ्ना सैनिक तथा प्रहरीलाई समेत तलब दिन नसकेको र मुद्रास्फीति ३०० प्रतिशत पुगेको दाबी गरेका छन्।
उनले इरानको नेतृत्व पूर्ण रूपमा अस्तव्यस्त र देशलाई उचित रूपमा प्रतिनिधित्व गर्न असक्षम रहेको आरोप लगाएका छन्।
ट्रम्पले इरानसँग अमेरिकाबाट आएको “फेक न्युज”, प्रदर्शनकारीहरूलाई मार्ने इच्छा र “बकवास” बाहेक केही नरहेको समेत दाबी गरेका छन्।
उनले इरानमा भएको प्रदर्शनमा १ लाखभन्दा बढी मानिस मारिएको दाबी गर्दै, इरानी नेतृत्वलाई मानवताविरुद्धको युद्ध अपराधका लागि मुद्दा चलाइनुपर्ने बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनामाथि राति भएको हमलाको कडा जवाफ दिने चेतावनी दिएका छन्। ट्रम्पले फक्स न्य...
31/08/2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनामाथि राति भएको हमलाको कडा जवाफ दिने चेतावनी दिएका छन्। ट्रम्पले फक्स न्युजसँग कुरा गर्दै अमेरिकाले उक्त हमलाको प्रतिकार गर्ने बताएका हुन्।
ट्रम्पले “We’re going to hit them hard” अर्थात् “हामी उनीहरूलाई कडा प्रहार गर्नेछौँ” भन्दै अमेरिकाले जवाफी कारबाही गर्ने स्पष्ट संकेत दिएका छन्।
फक्स न्युजका अनुसार, अमेरिकी सेनामाथि भएको हमलापछि अमेरिकाको आगामी प्रतिक्रिया कडा हुने ट्रम्पको भनाइ छ। उनको यो अभिव्यक्तिले सम्बन्धित पक्षबीच थप सैन्य तनाव बढ्न सक्ने संकेत देखिएको छ।
यद्यपि, ट्रम्पले कुन स्थानमा, कसले र कस्तो प्रकारको हमला गरेको हो तथा अमेरिकाले कहिले र कहाँ जवाफी कारबाही गर्नेछ भन्ने विस्तृत विवरण उक्त पोस्टमा खुलाइएको छैन।
अमेरिकी राष्ट्रपतिको यस्तो कडा चेतावनीपछि अब अमेरिकाको सम्भावित सैन्य कदम, मध्यपूर्वको सुरक्षा अवस्था र अन्तर्राष्ट्रिय बजारमा यसको प्रभाव प्रति समेत चासो बढेको छ।

साउदी अरबले कम्तीमा ८ अर्ब डलर नयाँ ऋण उठाउने तयारीइरानसँगको युद्धका कारण अर्थतन्त्र र सरकारी वित्तमा दबाब बढेपछि साउदी ...
31/08/2026

साउदी अरबले कम्तीमा ८ अर्ब डलर नयाँ ऋण उठाउने तयारी
इरानसँगको युद्धका कारण अर्थतन्त्र र सरकारी वित्तमा दबाब बढेपछि साउदी अरबले कम्तीमा ८ अर्ब अमेरिकी डलर बराबरको नयाँ ऋण लिने विषयमा प्रारम्भिक छलफल अघि बढाएको छ। यसले साउदीको वित्तीय अवस्था र तेल बजारमा थप दबाब पर्न सक्ने संकेत गरेको छ।

31/08/2026

ताजा अपडेट | रसुवागढी सुरुङभित्रको अवस्था

थर्मल ड्रोनबाट गरिएको खोजीमा रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र ड्रोन र नेपाली सेना पुगेको क्षेत्रसम्म सतह लेभलमा कुनै पनि व्यक्ति फेला परेका छैनन्।
उद्धार टोलीले सुरुङको भित्री भागसम्म पुगेर खोजी गरेको हो।

Video: Manish Maharjan (Drone Pilot)

#भोटेकोशी #रसुवा #ताजा_खबर

31/08/2026

ताजा खबर | रसुवा
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मानिस भेटिएनन्, सेना फर्कियो
भोटेकोशी नदीमा बाढी आएपछि रसुवागढी जलविद्युत् आयोजना (RHPL) को सुरुङभित्र फसेका मानिसको खोजी गर्न पुगेको नेपाली सेनाको उद्धार टोलीले सुरुङको अन्तिम बिन्दुसम्म पुगेर खोजी गरेको छ।
इन्जिनियर र ड्रोन टोलीसहित गरिएको खोजीमा सुरुङभित्र कुनै पनि मानिस फेला परेनन्। मानवीय उपस्थिति नरहेको पुष्टि भएपछि खोजी कार्य सम्पन्न गरी नेपाली सेनाको टोली रसुवाको धुन्चे फर्किएको छ।
#ताजा_खबर #रसुवा #भोटेकोशी #रसुवागढी #जलविद्युत् #नेपाली_सेना #उद्धार

Address

Baneshwor
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Chithi Patra HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Chithi Patra HD:

Shortcuts

Share