Sherpakhabar

Sherpakhabar शेर्पा खबर डटकम
www.sherpakhabar.com
Email:[email protected]
Goka Operated By sherpakhabar Media Pvt.Ltd
"www.Sherpakhabar.com"
शेर्पाखबरडटकम

ओखलढुंगाबाट दैनिक रुपमा २६ बढी बालबालिका सुनकोशी पार गर्दै सिन्धुली फिक्कलमा पढ्न आउने गरेका छन् । रबरबोटमा राखेर विद्या...
07/12/2025

ओखलढुंगाबाट दैनिक रुपमा २६ बढी बालबालिका सुनकोशी पार गर्दै सिन्धुली फिक्कलमा पढ्न आउने गरेका छन् । रबरबोटमा राखेर विद्यार्थी तार्दै आएको फिक्कल गाउँपालिकाले जनाएको छ ।

डम्फु सेलोमा `शेर्पा´**** चर्चित कार्यक्रम डम्फु सेलोमा शेर्पा भाषा, संस्कृतिलाई उजागर गर्ने हेतुले शेर्पा समुदायसँग सम्...
06/12/2025

डम्फु सेलोमा `शेर्पा´
****
चर्चित कार्यक्रम डम्फु सेलोमा शेर्पा भाषा, संस्कृतिलाई उजागर गर्ने हेतुले शेर्पा समुदायसँग सम्बन्धित बिषयमा छायांकन भएको छ । नेपाल शेर्पा संघका उपाध्यक्ष तथा र शिक्षा, स्वास्थ, भाषा लगायत विभागका प्रमुख दावा शेर्पाको अगुवाइमा आबद्ध संस्था, किदुग लगायत शेर्पा संघका पदाधिकारी, सदस्यहरु कार्यक्रममा सहभागीतामा छायांकन सम्पन्न भएको हो । उक्त सामाग्री केही समयपछि युटुवमा कार्यक्रम हेर्न सकिने विभागीय सचिव पशी शेर्पाले जानकारी दिनुभयो ।
@तस्वीर-सामाजिक सञ्जाल It Follows Pratima Sherpa Palmu Sherpa Ggsc Ggsc Jangmu Enn Sherpa Miss Mongol Scholarship Fund Sherpa Association Of Nepal दावा जी शेर्पा Dawa Sherpa

प्रथम शेर्पा लेखिका लाक्पा फ्टी शेर्पा उज्यालो नेपाली पार्टीको घोषणसभामा दर्जनाै‌ शेर्पासहित सहभागि हुनुभएको छ । शेर्पा ...
04/12/2025

प्रथम शेर्पा लेखिका लाक्पा फ्टी शेर्पा उज्यालो नेपाली पार्टीको घोषणसभामा दर्जनाै‌ शेर्पासहित सहभागि हुनुभएको छ । शेर्पा उक्त पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ ।

सोवर्स एक्सन नेपाल, काठमाडाै‌‌ले भोजपुर जिल्लाका दुई विद्यालयका करिब सात सय विधार्थीहरुलाई न्यानाे कपडा ज्याकेट वितरण गर...
04/12/2025

सोवर्स एक्सन नेपाल, काठमाडाै‌‌ले भोजपुर जिल्लाका दुई विद्यालयका करिब सात सय विधार्थीहरुलाई न्यानाे कपडा ज्याकेट वितरण गरेको छ । यहाँको रामप्रसादराई गापा वडा नं-५ मानेभञ्याङमा रहेको बेहेरेश्वर माध्यमिक विद्यालय र वडा नं-६ वैकुण्ठेमा रहेको साबित्रा माध्यमिक विद्यालयका विधार्थीहरुको लागि न्यानाे कपडा ज्याकेट वितरण गरेकाे हो ।

गायक लाक्पा एन शेर्पा र चर्चित गायिका सुमिना ल्होको आवाजमा तेङबुचे दर्शन
04/12/2025

गायक लाक्पा एन शेर्पा र चर्चित गायिका सुमिना ल्होको आवाजमा तेङबुचे दर्शन

Audio Credits----------------------------------------------------SongTengbuche DarshanVocalLakpa N Sherpa Sumina LoLyrics, MusicBairagi chyangba, Lakpa N She...

मनभिसो नेपाल फाउन्डेसनका अध्यक्ष छोङ्वा लामा शेर्पाद्धारा गणेश माध्यमिक  विद्यालयमा ८ कोठे भवन निर्माण सम्पन्न गरेको छ ।...
03/12/2025

मनभिसो नेपाल फाउन्डेसनका अध्यक्ष छोङ्वा लामा शेर्पाद्धारा गणेश माध्यमिक विद्यालयमा ८ कोठे भवन निर्माण सम्पन्न गरेको छ । सोलुखुम्बु जिल्ला नेचासल्यान-५, गैरीको यश विद्यालय भवन निर्माण सम्बन्धमा समाजकल्याण परिषदका इन्जिनियर भिष्म भट्ट र कर्मचारी केशव चालिसे लगायतले अनुगमन गर्नुभयो ।

जेन्जी आन्दोलनका क्रममा ध्वस्त बौद्धको प्रहरी चौकी पुन निर्माण गर्न नेपाल शेर्पा संघबाट आर्थिक सहयोग भएको छ । सामाजिक से...
03/12/2025

जेन्जी आन्दोलनका क्रममा ध्वस्त बौद्धको प्रहरी चौकी पुन निर्माण गर्न नेपाल शेर्पा संघबाट आर्थिक सहयोग भएको छ । सामाजिक सेवा विभागबाट आर्थिक सहयोग संकलन गरी संघका अध्यक्ष लाक्पा ठिन्ले शेर्पा मार्फत हस्तान्तरण गर्नु भएको विभागीय प्रमुख संजय शेर्पाले जानकारी दिनुभयो ।

उज्यालो नेपाली पार्टीको घोषणासभामा संरक्षक उर्जामन्त्री कुलमान घिसिङ ।
03/12/2025

उज्यालो नेपाली पार्टीको घोषणासभामा संरक्षक उर्जामन्त्री कुलमान घिसिङ ।

03/12/2025

रामेछाप,उमाकुण्डा २ बाम्ती भण्डारका गेल्जी शेर्पाले पाए ७५ वर्षमा नागरिकता । @वाङदी शेर्पा

युनाइटेड शेर्पा एसोसिएशन (यू.एस.ए.) इन्क. / शेर्पा किदुग अमेरिका – न्यूयोर्कमिति: शुक्रबार, नोभेम्बर २८, २०२५  शेर्पा एस...
01/12/2025

युनाइटेड शेर्पा एसोसिएशन (यू.एस.ए.) इन्क. / शेर्पा किदुग अमेरिका – न्यूयोर्क
मिति: शुक्रबार, नोभेम्बर २८, २०२५
शेर्पा एसोसिएशन (यू.एस.ए.) इन्क./शेर्पा किदुग अमेरिका – न्यूयोर्कले मिति नोभेम्बर ८, २०२५ मा सम्पन्न कार्यसमिति बैठक तथा मिति नोभेम्बर १५, २०२५ मा बसेको बोर्ड अफ ट्रस्टी र कार्यसमितिको संयुक्त बैठकका निर्णयहरूअनुसार, दुई महत्वपूर्ण परियोजना—
तेन्जिङ नोर्के शेर्पा वे मा अवस्थित गुम्बा तथा सामुदायिक केन्द्र भवन विस्तार परियोजना, तथा
वालकिल, न्यूयोर्कस्थित करिब ५०० रोपनी “शेर्पा ल्हाप्सो ल्यान्ड विकास परियोजना” अन्तर्गत कम्युनिटी हाउस निर्माण योजना
लाई सफलतापूर्वक अघि बढाउन गठन गरिएको स्थायी मूल समितिको पहिलो बैठक, समितिको औपचारिक घोषणा, तथा पदाधिकारीहरूको पदभार हस्तान्तरण कार्यक्रम ऐतिहासिकरूपमा सम्पन्न भयो। समारोहका झलकहरूले संस्थाको दीर्घकालीन विकास, सामुदायिक पूर्वाधार सुदृढीकरण, सांस्कृतिक पहिचान संरक्षण, तथा भावी पुस्ताका लागि स्थायी आधार निर्माण गर्ने सामूहिक संकल्पलाई स्पष्ट रूपमा अभिव्यक्त गरेको छ।
यस ऐतिहासिक दिनले—भवन विस्तार योजनालाई औपचारिक रूपमा सुरूवात गर्‍यो,Sherpa hapso Land को दीर्घकालीन पूर्वाधार निर्माणलाई संस्थागत मार्गदर्शन प्रदान गर्‍यो,र मूल समितिको अधिकृत नेतृत्वसहित कार्यान्वयन चरणको शुभारम्भ गर्‍यो।
सम्पूर्ण समुदायलाई जानकारी गराइन्छ कि यी परियोजनाहरू सफलतापूर्वक सम्पन्न गर्न संस्थाले सर्वस्तरीय सहकार्य, पारदर्शिता, र समुदायको एकताको भावना सहित अगाडि बढ्नेछ।

ख्यातिप्राप्त गलफर Pratima Sherpa लाई जन्मोत्सवको शुभकामना ।
01/12/2025

ख्यातिप्राप्त गलफर Pratima Sherpa लाई जन्मोत्सवको शुभकामना ।

अपांगता व्यक्तिका लागि सीपमुलक तालिम सम्पन्नओखलढुंगा । जिल्लाको चिसंखुगढी गाउँपालिका ४ रातमाटेमा सीपमुलक तालिम सम्पन्न भ...
28/11/2025

अपांगता व्यक्तिका लागि सीपमुलक तालिम सम्पन्न
ओखलढुंगा । जिल्लाको चिसंखुगढी गाउँपालिका ४ रातमाटेमा सीपमुलक तालिम सम्पन्न भएको छ । ओखलढुंगा सामुदायिक अस्पताल अन्तर्गत समुदायमा आधारित समावेशी विकास (सिविआइडी) को आयोजना र चिसंखुगढी गाउँपालिकाको समन्वयमा अपांगता भएका व्यक्ति परिवारका सदस्यको जिविकोपार्जनमा सहयोग गर्ने हेतुले तालिम आयोजना गरिएको छ ।
सीपमुलक कार्यक्रम अन्तर्गत बाँस तथा चोयाबाट विभिन्न सामाग्री बनाउने तालिम मसिंर ६ देखि ११ गतेसम्म आयोजना गरिएको सिविआइडी चिसंखुगढीका टोली संयोजक प्रेमबहादुर जिसिले जानकारी दिनुभयो ।
तालिम अन्तर्गत बाँसबाट र्याक, दराज, मुढा बनाउने सीप सिकेको र यसबाट अपांगता भएका परिवारलाई आत्मनिर्भर, स्वरोजगार बनाई जीविकोपार्जनमा सहयोग पुग्ने विश्वास लिइएको टोली प्रमुख जिसिको भनाइ छ ।
तालिममा एक जना महिला र बाँकी पुरुष गरी १० जना सहभागि थिए । सहभागि मध्ये ९ जना अपांगता भएका व्यक्तिहरु रहेका थिए । अपांगता भएको व्यक्तिहरुको आर्थिक अवस्थालाई सुधार गर्दै सामाजिकीकरणमा टेवा पुर्याउन तालिम आयोजना गरिएको जनाइएको छ । छोटो अवधीमा सीपमुलक विषयहरु सिक्न पाउँदा अपांगता भएका व्यक्तिहरु आत्मबल समेत बृद्धि भएको पाइएको वडा अध्यक्ष हिमाल राईको भनाइ छ । तालिम समापन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोतिहाङ लिम्बुले अपांगता भएका व्यक्तिहरुको सीप सिक्दा परिवारलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
तालिमको सहजिकरण रामेछापका हिरामाया शिवभक्तिले गर्नुभएको थियो । परियोजना अन्तर्गत सीपमुलक, पशुपालन, खोर सुधार, मौसमी वेमौसमी तरकारी खेती, उद्यमशिलता विकास र जिविकोपार्जन र उत्पादनसँग जोडिएका तालिमहरु सञ्चालन गर्दै आएको थियो ।
सिविआइडी यसअघि सिविआर नामबाट खिजीदेम्बा र मोलुङ गाउँपालिकामा अपांगताको क्षेत्रमा कार्यक्रम सञ्चालन गरेका थिए । हालः सिद्धिचरण नगरपालिका र चिसंखुगढीमा परियोजना प्रभावकारी रुपमा सञ्चालन भरहेको छ ।

Address

Kathmandu
4009

Alerts

Be the first to know and let us send you an email when Sherpakhabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sherpakhabar:

Share

Our Story

Operated By Pikey Media Pvt.Ltd "www.Sherpakhabar.com" शेर्पा खबर डटकम Balaju-16,KTM Nepal