30/05/2026
मठ–मन्दिरमा आगो लगाउने चेतावनी दिएका जनक परियार पक्राउ, देशभर विद्रोह गर्ने चेतावनी दिएका थिए ।..
जिल्ला प्रहरी परिसर काठमाडौले खुल्ला रुपमै भासण गर्दै मठ, मन्दिरमा आगो लगाउने घोषणा गरेका जनक परियारलाई पक्राउ गरेको छ । रुकुम पश्चिमको आठबिसकोट घर भएका २७ वर्षीय परियारलाई काठमाडौंको टोखाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले बताएको छ ।