20/05/2026
बागबजारको एउटा सपना
बागबजार…
जहाँ हरेक बिहान पुस्तक पसल, कलेजका विद्यार्थी र ट्राफिकको आवाजसँगै सपना दौडिन्छ।
त्यही भीडको बीचमा, एउटा सानो बोर्ड टाँगिएको थियो !
“Future Abroad Consultancy (Opening Soon)”
यो बोर्डको पछाडि थियो अर्जुनको सपना।
अर्जुन कुनै धनी घरको छोरा थिएन।
बुबाको सानो पसल थियो र आमा घरमै सिलाइ गरेर घर चलाउनुहुन्थ्यो।
विदेश पढ्ने सपना उसले आफैंले पूरा गर्न सकेन…
तर उसले सोचेको थियो .
“अरूलाई सपनामा पुग्न सहयोग गर्ने consultancy खोल्छु।”
उसले बचत गरेको पैसा, साथीबाट लिएको उधारो, अनि बुबाको पसल धितो राखेर लिएको loan…
सबै जोड्दा करिब २५ लाख रुपैयाँ भएछ।
तर त्यो २५ लाख कहाँ गयो?
• Office setup (advance + renovation): ३-५ लाख
• Furniture (table, chair, cabin, branding): २ लाख
• Computers, printers, CCTV: २ लाख
• Signboard & marketing: १ लाख
• IELTS/PTE/Japanese teacher hiring (advance salary): १.५ लाख
• Counselor salary (2-3 महिना advance): २ लाख
• T**I process + training cost: १ लाख+
• University agreements process (travel, documentation, deposit): ३-५ लाख
• Office rent advance (3-6 months): २-३ लाख
• Monthly running cost (license आउन्जेल): ५-७ लाख
सबै जोड्दा…
सपना सुरु गर्नुको मूल्य मात्रै होइन,
बाँच्नका लागि खर्च पनि गरेर करिब २५ लाख रुपैयाँ सकिएको थियो।
Setup भयो… तर काम सुरु भएन
दिन बित्दै गयो…
तर एउटा कुरा आएन ,
License।
T**I को पालो, सपना रोकिने ठाउँ
अर्जुनले counsellor का लागि T**I मा process सुरु गरिसकेको थियो।
उहाँलाई भनियो
“छ महिना लाग्छ।”
छ महिना…?
त्यतिञ्जेल उसले के गर्ने?
Office बन्द राख्ने?
Staff निकाल्ने?
Loan को ब्याज रोक्न मिल्छ?
प्रत्येक दिन बिहान office खोल्थ्यो…
तर ग्राहकलाई clear रूपमा भन्न सक्दैनथ्यो
“हामी काम सुरु गर्न पाएका छैनौँ।”
बागबजारको चिया पसल
हरेक साँझ अर्जुन नजिकैको चिया पसलमा बस्थ्यो।
त्यहाँ अरू consultancy owner हरू पनि हुन्थे।
कसैले भने: “हामीले त सुरुमा सबै नियम पूरा गर्न सकेनौँ… काम गर्दै गयौं।”
कसैले भने:
“Connection बिना यहाँ केही हुँदैन।”
अर्जुन चुपचाप सुन्थ्यो…
उसलाई एउटै डर थियो
“म illegal काम गर्न चाहन्न।”
तर मन भित्र अर्को आवाज पनि आउँथ्यो
“नगरेर कसरी बाँच्ने?”
घरको दबाब
एकदिन बुबाले सोध्नुभयो:
“बाबु, कति समय लाग्छ अझै?”
अर्जुनसँग उत्तर थिएन।
आमाले softly भन्नुभयो:
“लोनको किस्ता आउँदैछ है…”
त्यो रात अर्जुन सुत्न सकेन।
Computer खोलेर license status check गर्यो
“Pending।”
सपना कि ठगी?
एकदिन दुई जना student office आए।
Australia को inquiry लिएर।
अर्जुनले deep breath लियो…
ऊसँग knowledge थियो, process थाहा थियो…
तर उसले भने:
“हामी अहिले पूर्ण रूपमा license भएका छैनौँ… तपाईं अन्य consultancy पनि हेर्नुहोस्।”
Students गयो।
अर्जुन कुर्सीमा बसिरह्यो…
आँखा भरिएको थियो।
“मैले गलत गरेँ?
ईमान्दार भएर बस्नु नै गल्ती हो?”
अन्त्य होइन, यथार्थ
६ महिना बित्यो…
license आयो कि आएन त्यो अझै unclear छ।
तर बागबजारको त्यो बोर्ड
“Opening Soon”
आज पनि त्यही छ।
अर्जुन अझै हरेक बिहान office खोल्छ…
आशा छ
कुनै दिन system ले पनि साथ दिनेछ।.............................................
सन्देश
यो अर्जुन एक व्यक्ति मात्र होइन।
बागबजार, पुतलीसडक, …
नेपालका सयौं युवाको कथा हो।
समस्या सपना देख्नेको होइन
सिस्टमले सपना पूरा गर्न दिने कि नदिने हो।
**I