Arthaupdate

अर्थ अपडेटले अर्थतन्त्र,सेयर बजार, वित्तीय नीति, र उद्यमशीलता सम्बन्धी विश्लेषणसहित भरपर्दो आर्थिक जानकारी प्रदान गर्ने प्रमुख स्रोत हो। अर्थ अपडेटसंग जोडी रहनुहोस् , महत्त्वपूर्ण घटनाक्रमहरू बुझ्नुहोस्, र सूचित निर्णयहरू गर्नुहोस्!

15/09/2026

पाल्पाको सिद्धबाबामा गुडिरहेको कारमा ढुंगा खसेर लागेपछि...

15/09/2026

तामाकोशी थुनिएको आशंका, नदी घटेपछि बढ्यो चिन्ता

एसियन गेम्सका लागि क्यानले मंगलबार दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा टोली घोषणा गरेको हो। नेपाल ओलम्पिक कमिटीले भने यसअघि नै...
15/09/2026

एसियन गेम्सका लागि क्यानले मंगलबार दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा टोली घोषणा गरेको हो। नेपाल ओलम्पिक कमिटीले भने यसअघि नै टोली सार्वजनिक गरिसकेको थियो। क्यानले घोष्णा गरेको टिमका कप्तानज ऐरीसँगै कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, आरिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, लोकेश बम, सन्दीप लामिछाने, गुल्शन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी र शेर मल्लले मौका पाएका छन्। एसियन गेम्समा नेपालले समूह चरणमा २५ र २६ सेप्टेम्बरमा खेल्ने तालिका छ।

यस्ताे छ आज भाद्र ३० गते  मङ्गलबारको राशिफलआजको राशिफल• मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिलासी वस्तुको प्रयोग मार्फत अरू...
15/09/2026

यस्ताे छ आज भाद्र ३० गते मङ्गलबारको राशिफल
आजको राशिफल

• मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिलासी वस्तुको प्रयोग मार्फत अरूको ध्यान आफूतिर केन्द्रित गर्न सकिनेछ । बौद्धिकता तथा विवेकको प्रयोग मार्फत काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेम प्रसङ्गमा खुलेर रमाउन सकिनेछ भने दाम्पत्य जीवन सुदृढ हुनेछ । शेयर बजार तथा साझेदारी व्यवसायबाट धन लाभ हुनेछ । पारिवारिक भेटघाटमा मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । विपरीत लिङ्ग प्रतिको आकर्षण बढेर जानेछ ।

• वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यवसायमा लगानी बढाएर रुपैयाँ पैसा कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाँठो अझ मजबुत भएर जानेछ । मावली पक्षबाट भनेजस्तो सहयोग प्राप्त हुनेछ । लामो दुरीको अफिसियल यात्राको अधिक सम्भावना रहेको छ भने यात्राबाट भनेजस्तो उपलब्धि हात पर्ने ग्रहयोग रहेको छ । वादविवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीहरूलाई हराउँदै जित निकाल्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरूभन्दा अग्र स्थानमा तपाईँको नाम रहनेछ ।

• मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) रमाइलो भेटघाट हुने तथा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । शुभचिन्तक तथा आफन्तको सल्लाह तथा सुझाइबलाई शिरोधार्य गर्दै अगाडी बढ्न सके गन्तव्य पहिल्याउन सहज हुनेछ । व्यापार तथा शेयर बजारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने नयाँ योजनाको रूप रेखा कोर्न सकिनेछ । प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न पाइने हुँदा पन प्रसन्न रहनेछ । उपहार तथा भौतिक सम्पत्ति प्राप्तिको योग रहेको छ ।

• कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा शैक्षिक क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आर्थिक रूपमा सम्पन्न हुन सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरी भनेजस्तो आम्दानी गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ भने जीवन साथीको सहयोग रहनेछ । यात्रा, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

• सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) राम्रा तथा परिणाममुखी काम गर्न सकिने हुनाले आफन्त तथा छिमेकीहरू प्रभावित हुनेछन् । पराक्रमी क्रियाकलापमा भाग लिई पुरुषार्थी काम गर्न सकिनेछ । लेख तथा रचनाको माध्यमबाट संस्कार परिवर्तन गर्न तपाईँको भूमिका महत्त्वपूर्ण रहनेछ । अध्ययनकै सवालमा यात्रा हुनेछ । भाग्यले साथ दिने हुनाले व्यापार फस्टाएर जानेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय शुभ रहेको छ भनेयात्रा गर्ने अवसर प्राप्त हुनेछ ।

• कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) धन स्थानमा गोचर गर्ने शुभ चन्द्रमाले बन्द व्यापारबाट भनेजस्तो आम्दानी हुनेछ । सर सापटी दिइएका रुपैयाँ पैसा उठ्ने तथा आफन्तको सहयोगले उपलब्धिमूलक काम गर्न सकिनेछ । बोलीकै भरमा राम्रा तथा प्रतिष्ठित काम गर्न सकिनेछ । परिवारका साथमा यात्रा गर्न सकिने तथा मिष्ठान्न भोजनको ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अभाव हट्ने तथा नाम दाम कमाउन सकिनेछ ।

• तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पढाइ लेखाइमा सुधार हुने हुनाले अरूभन्दा अगाडी बढ्न सकिनेछ । सानातिना समस्या देखिए पनि लगनशील भएर लाग्नाले सफलताको शिखर चुम्ने ग्रहयोग रहेको छ । दाजुभाइले तपाईँको काममा सहयोग गर्ने हुनाले ठुला तथा उपलब्धिमूलक काम गर्न सकिनेछ । मानव निर्मित तथा भौतिक साधनहरू प्राप्तिको योग रहेको छ । व्यापार व्यवसायमा लगानी गरी आम्दानीका स्रोतहरू फराकिला पार्न सकिनेछ । धार्मिक तथा मनोरञ्जनात्मक यात्राको तय हुनेछ ।

• वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) समय राम्रो रहेकोले विदेशी सामानको व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । विदेशी लगानीबाट सञ्चालित संस्थामा काम पाइने वा विदेश यात्राको प्रबल सम्भावना रहेको छ । गरगहना, औषधीजन्य तथा खाद्यान्नको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । शुभ कार्यमा खर्च बढ्ने तथा धार्मिक क्षेत्रको यात्रा गर्न सकिनेछ ।

• धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सवारी साधन तथा अन्य भौतिक सम्पत्ति लाभ हुनेछ । पढाइ लेखाइमा सुधार हुने हुनाले अरू भन्दा अगाडी बढ्न सकिनेछ । इच्छा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ । रोकिएका कामहरू बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ । सरकारी धन तथा पैतृक धन सम्पत्ति हात लागी हुने सम्भावना रहेको छ । व्यापार व्यवसायमा लगानी गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । दाजुभाइ तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ ।

• मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समाजसेवा तथा राजनीतिमा समय दिनेहरूले जनताको प्रत्यक्ष सहभागिता सहितको सहयोग पाउनेछन् । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आम्दानीका बाटाहरू फराकिला हुनेछन् । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ भने तपाईंको बौद्धिकताको सबैले सम्मान गर्नेछन् । गीत सङ्गीत तथा कला साहित्यमा समय दिनेहरूले मनग्गे लाभ लिन सक्नेछन् । प्रेमको डोरो कसिलो भएर जानेछ ।

• कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आजको समय राम्रो रहेकोले धार्मिक तथा आध्यात्मिक क्षेत्रमा विशेष चासो बढ्नेछ । पढाइ लेखाइ तथा खोजीमूलक क्षेत्रमा रुचि बढ्नेछ भने गुरु वर्ग तथा आफन्तको सहयोगले थप हौसला प्राप्त हुनेछ । बुवा वा बुवा सरहका मानिसबाट विशेष सामान तथा उपहार प्राप्त हुने योग रहेको छ । पढाइकै सिलसिलामा लामो दुरीको यात्रा हुने प्रशस्त सम्भावना रहेको छ । माया प्रेममा नजिक भई रमाउने समय रहेको छ ।

• मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आफन्त तथा अग्रजहरूको सहयोग पाइने हुनाले राम्रा काम गर्न सकिनेछ । व्यापार व्यवसायमा लगानी बढाई भनेजस्तो आम्दानी हुनेछ भने दैनिकी सहज रूपमा व्यातित हुनेछ । माया प्रेममा नजिक हुन सकिनेछ भने जीवनसाथीको सहयोगले अगाडी बढ्न हौसला मिल्नेछ । नसोचेको धन सम्पत्ति प्राप्त हुने योग रहेको छ । अध्ययन वा कामको सिलसिलामा लामो दुरीको यात्राको प्रशस्त सम्भावना रहेको छ ।
तपाईँको दिन शुभ रहोस् ।

14/09/2026

प्रधानमन्त्री बालेन शाहलाई गाली गरेपछि दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

13/09/2026

‘मिस नेपाल–२०२६’ दीपमाला ढकाल चिलिमेमा

13/09/2026

मन्त्रीकै सहयोगीले रास्वपा नेता–कार्यकर्तालाई अपमान गरेपछि बिथोलियो कार्यक्रम, बीचमै हिँडे सस्मित पोखरेल

यस्ताे छ आज भाद्र २८ गते  आइतबारको राशिफलमेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) प्रियजन भेट हुनुको साथै आतिथ्यपूर्ण सम्मान पाइने...
13/09/2026

यस्ताे छ आज भाद्र २८ गते आइतबारको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) प्रियजन भेट हुनुको साथै आतिथ्यपूर्ण सम्मान पाइनेछ । पढ्ने लेख्ने काममा सफलता हात पार्न सकिनेछ भने अध्ययनकै लागी यात्राको तय गर्न सकिनेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्न सकिनेछ । औषधीजन्य सामान तथा खाद्यान्नको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । पारिवारिक माहौलमा रमाइलो गर्दै मिष्टान्न भोजन ग्रहण गर्न सकिनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समय राम्रो रहेकोले सानो प्रयत्नले उपलब्धिमूलक काम गर्न सकिनेछ । व्यापार तथा उद्योगमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । पारिवारिक माहौलमा मिष्टान्न भोजन ग्रहण गर्दै समय व्यातित गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागि समय उत्तम रहेको छ । मावली पक्षको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ । नोकरी वा अध्ययनमा हुने प्रतिस्पर्धामा तपाईँको नाम उच्च स्थानमा आउनेछ । धर्मप्रति आस्था बढ्ने समय रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) समय राम्रो रहेकोले कृषि तथा पशुपालन व्यवसायलाई परिमार्जन गरी आम्दानी बढाउन सकिनेछ । घर जग्गाको कारोबारमा सुधार भई आम्दानीमा वृद्धि हुनेछ । आमा तथा अग्रजहरूको साथ सहयोगले राम्रा तथा उत्पादनमूलक कामहरू गर्न सकिनेछ । छोटो दुरीको धार्मिक यात्राको प्रशस्त सम्भावना रहेको छ । काम वा अध्ययनबाट विश्राम लिँदै यात्रा तथा मनोरञ्जनमा समय व्यातित गर्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) उद्योग तथा व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । दाजुभाई तथा छिमेकीको साथ पाइनेछ । लेखन तथा साहित्यमा रुचि बढ्नेछ । सामाजिक सञ्जालको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । धर्म कर्ममा मन जाने तथा धार्मिक यात्रा गर्न सकिनेछ । पारिवारिक माहौलमा मिष्टान्न भोजन ग्रहण गर्दै समय व्यातित हुनेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) परिवार तथा नजिकका मानिसबाट तपाईँको काममा सहयोग प्राप्त हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। काम देखाएर लाभ उठाउने समय छ। श्रमको उचित मूल्याङ्कन हुनेछ। पढाइमा प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पढ्ने लेख्नेकाममा मन जाने हुनाले सफलता हात लाग्नेछ । धर्म, संस्कार तथा ससकृतको फलो गर्दै अगाडी बढ्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापार व्यवसाय फस्टाएर जानेछ भने आर्थिक अवस्था निकै राम्रो हुनेछ । मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग रहेको छ । प्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडी बढ्नेछ । साथीभाइ तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । धर्म तथा संस्कृतिको पालना गर्दै यात्रा गर्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) धार्मिक तथा सामाजिक काममा सक्रिय रहँदा रहँदै दिन बित्नेछ । आर्थिक अवस्था सुदृढ बनाउन गरिएका पेसा व्यवसाय स्वतः स्फूर्त रूपमा सञ्चालन हुने हुँदा दैनिक खर्च सजिलै धान्न सकिनेछ भने केहि रकम बचत गर्न सकिनेछ । पढाइ लेखाइमा अलि बढी समय खर्चिने हो भने नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा एक अर्कालाई बुझ्न समय लागेपनि सम्बन्ध प्रगाढ हुनेछ । विदेश यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहरुका लागी दिन प्रभावकारी रहनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) पैत्रिक धन तथा सञ्चित धन सम्पत्तिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग तथा परिचालन मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । इच्छा तथा चाहना बुझ्न सकिने हुनाले प्रेममा उमङ्ग छाउनेछ । आफन्त तथा दाजुभाइको सहयोगले सवारी साधनको खरिद गर्न सकिनेछ । यात्रा, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफूलाई मन पर्ने वा रुचिको विषय अध्ययन गरी बौद्धिकताको स्तर फराकिलो बनाउन सकिनेछ । राजनीतिज्ञ तथा विशिष्ट व्याक्तित्वहरुको संगतले राम्रा काम गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पुरुषार्धि काम गरी लक्ष्य पहिल्याउन सकिनेछ । खानपान, यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) लामो समयदेखि रोकिएका कामहरू बन्नुको साथै गरिरहेको कामबाट मनग्गे आम्दानी हुनेछ । आफन्त तथा जीवन साथीको साथ पाइने हुनाले मन प्रसन्न हुनेछ । समाजमा तारिफयोग्य काम गरी नाम कमाउन सकिनेछ भने सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु पर्नेछ । उच्च शिक्षाको लागी लामो दुरीको यात्रा हुनेछ । घरायसी सुख सुविधा भरपुर मात्रामा प्रयोग गर्न पाइनेछ । खानपान, यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) नसोचेको धन तथा सम्पत्ति हात लागी हुनेछ भने चिट्ठा प्राप्तिको गतिलो योग रहेको छ । आफन्त तथा दिदी बहिनीबाट सहयोग तथा समर्थन पाइनेछ । शुभचिन्तकको सुझावलाई शिरोधार्य गर्दै अगाडी बढ्न सके फाइदा हुनेछ । माया प्रेममा नजिक भई आफ्ना कुराहरू राख्न सकिनेछ । प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुनेछ । धर्म कर्ममा मन जाने तथा धार्मिक यात्राको योग रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने व्यापारकै सिलसिलामा लामो दुरीको यात्रा गर्न सकिनेछ । लगनशीलता तथा ईमान्दारिताले दैनिकी परिवर्तन गर्न सकिनेछ । पढाइ लेखाइमा सफलता प्राप्त गर्न सकिनेछ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गरी आम्दानी बढाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढाउन सकिनेछ । धर्म कर्ममा समय व्यातित हुनेछ ।
तपाईँको दिन शुभ रहोस🙏

यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप च्याम्पियनकाठमाडौं । एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधि नेपालले जितेको छ...
12/09/2026

यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप च्याम्पियन

काठमाडौं । एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधि नेपालले जितेको छ ।

शनिबार सम्पन्न फाइनल खेलमा युएईलाई ४४ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो ।

नेपालको यो दोस्रो उपाधि हो । यसअघि नेपालले सन् २०२३ मा भएको पहिलो संस्करणमा युएईलाई नै सात विकेटले हराउँदै उपाधि जितेको थियो ।

युएईले भने सन् २०२४ मा आयोजक ओमानलाई पराजित गर्दै उपाधि जितेको थियो ।

नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको युएईले ४९.२ ओभरमा २६८ रनमात्रै बनायो । राहुल चोपडाले शतकीय पारी खेलेपनि टोलीको हार टार्न सकेनन् । उनी १०० रनमा नटआउट रहे ।

यस्तै, शोहैब खानले ५२ तनिश सुरीले ४२, हरप्रीत सिंहले ३३ रन जोडे ।

बलिङतर्फ नेपालका करण केसीले तीन तथा ललित राजवंशीले दुई विकेट लिँदा सन्दीप लामिछाने, रोहित पौडेल, गुलशन झा, दीपेन्द्र सिंह ऐरी र बसिर अहमदले एक–एक सफलता हात पारे ।

त्यसअघि मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा टस जितेर ब्याटिङ थालेको नेपालले ५० ओभरमा ९ विकेटको क्षतिमा ३१३ रन जोड्यो ।

ओपनर आसिफ शेखले शतकीय इनिङ्स खेले । १०६ बल खेलेका उनले ८ चौका र ४ छक्का प्रहार गर्दै १०२ रन जोडे ।

यस्तै, गुलशन झाले ५२ रनको अर्धशतकीय पारी खेले । अर्जुन कुमालले ४३, रोहित पौडेलले ४०, दीपेन्द्र सिंह ऐरीले १८ रन जोडे । बसिर अहमद १५ रनमा अविजित रहे ।

बलिङतर्फ युएईका इबरार अहमदले चार विकेट लिए । यस्तै, खुजैमा तनवीरले दुई तथा हैदर अली र अदीव उस्मानीले एक–एक विकेट लिए ।

जितसँगै नेपालले २०२७ मा बंगलादेशमा हुने एसिया कपमा स्थान समेत बनाएको छ ।

12/09/2026

चिलिमे टनेलमा फसेकाहरुको उद्धार गर्न धमाधम लेदो हटाइँदै

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Arthaupdate posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Arthaupdate:

Shortcuts

Share