
12/06/2025
मेरा आदरणीय भगवान रुपि दर्शक, शुभेच्छुक साथै सम्पूर्ण मिडियाकर्मी साथीहरू मा म पल शाहको तर्फबाट नमस्कार 🙏
मिति २०८१ कार्तिक १४ गते (सन् २०२४, अक्टोबर ३०) मा म पल शाह तथा छत्रेश्वरी म्यानेजमेन्ट बिच भएको सम्भौता भएको चलचित्र “महाराजधिराज” निर्माणका लागि भएको सम्झौता हामी दुवै पक्षको आपसी सहमतिमा आजका मिति देखि औपचारिक रूपमा अन्त्य गरेका छौ ।
मेरा भगवान रुपि दर्शक तथा शुभेच्छुकको बिश्वास र आशा दुबैलाई मैले अन्तस्करणबाट महसुस गरेको छु। यही आउँदो असारको पहिलो हप्ता देखि ६० देखी ७० दिनको सुटिङ सेड्युल बनाएर छायांकनमा जान लागेको चलचित्र “महराजधिराज” र श्राबणको पहिलो साताबाट कथा, भुगोल,मौसमका कारण छायाँकनमा जानै पर्ने बाध्यतामा रहेको मेरो आफ्नो निर्माण कम्पनि पल शाह फिल्मस् ले निर्माण गर्ने चलचित्र “यानीमाया” मा म जिम्मेवार निर्माता र कलाकारको रुपमा भुमिका निभाउनु पर्ने अवस्था भएकाले दुबै चलचित्रको सुटिङ एउटै समयमा जाने भएकाले एउटा फिल्म छोड्नुपर्ने अवस्था आएको छ। अब मेरो पहिलो प्रथामिकता “यानीमाया” हुने छ। यानीमायालाई उत्कृष्ठ चलचित्र र तपाईको शिर उच्च बनाउने गरि काम गर्ने प्रतिज्ञा गर्दछु। चलचित्र “महराजधिराज” मा सहकार्यको इच्छा हुदा हुदै पनि समय अभावका कारण यो पटक हामी बिचको सहकार्य हुन सकेन फेरी सहकार्य पक्का हुने छ।
अन्तमा छत्रेश्वरी म्यानेजमेन्टका निर्माता विराज बिष्ट जी, निर्देशक परिच्छेद सेन जी तथा चलचित्र महाराजधिराजको सम्पुर्ण टिमलाई छायांकनको लागी हार्दिक शुभकामना व्यक्त गर्दछु।