Fair express news

Fair express news News for All

सभामुख डोलप्रसाद (डीपी) अर्यालको सभापतित्वमा प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न भएको छ।आज बसेको ...
11/09/2026

सभामुख डोलप्रसाद (डीपी) अर्यालको सभापतित्वमा प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न भएको छ।

आज बसेको समितिको बैठकमा प्रतिनिधि सभाको २०८३ असोज १५ गतेसम्मको सम्भावित कार्यतालिकाका विषयमा छलफल भएको छ। बैठकले प्रस्तावित कार्यतालिकामाथि आवश्यक परिमार्जनसहित स्वीकृत गर्ने सम्बन्धमा परामर्श दिएको हो।

भरतपुर महानगरपालिका–९ स्थित पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा चालकको मृत्यु भएको छ।राजमार्गमा गुडिरहे...
11/09/2026

भरतपुर महानगरपालिका–९ स्थित पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा चालकको मृत्यु भएको छ।

राजमार्गमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी भएको हो। आगलागीपछि कार पूर्ण रूपमा क्षतिग्रस्त भएको बताइएको छ।

घटनामा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। आगलागीको कारण र मृतकको पहिचानबारे थप विवरण आउन बाँकी छ।

तस्बिर : राजेन्द्र आचार्य/नेपाल फोटो लाइब्रेरी

प्रधानमन्त्री बालेन्द्र शाहले उद्योगी तथा व्यवसायीसँग मुलुकको आर्थिक अवस्थालगायत समसामयिक विषयमा छलफल गरिरहेका छन्।प्रधा...
11/09/2026

प्रधानमन्त्री बालेन्द्र शाहले उद्योगी तथा व्यवसायीसँग मुलुकको आर्थिक अवस्थालगायत समसामयिक विषयमा छलफल गरिरहेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भइरहेको छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाल सहभागी छन्।

छलफलमा मुलुकको वर्तमान आर्थिक अवस्था, उद्योग–व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपायबारे छलफल हुने बताइएको छ।

त्यस्तै, सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्ने तथा लगानी र व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्ने विषयमा पनि छलफल केन्द्रित रहने जनाइएको छ।

सरकार र निजी क्षेत्रबीच प्रत्यक्ष संवादमार्फत आर्थिक गतिविधि बढाउने तथा उद्योग–व्यवसायका समस्या समाधानका लागि आवश्यक नीतिगत पहल गर्ने विषयमा समेत छलफल हुने बताइएको छ।

भदौ १० गते आएको बाढीले बगाएको नुवाकोटको देवीघाट र धादिङ जोड्ने बेली ब्रिज पुनर्निर्माण गरी सञ्चालनमा ल्याइएको छ।बाढीका क...
11/09/2026

भदौ १० गते आएको बाढीले बगाएको नुवाकोटको देवीघाट र धादिङ जोड्ने बेली ब्रिज पुनर्निर्माण गरी सञ्चालनमा ल्याइएको छ।

बाढीका कारण पुल बगाएपछि नुवाकोटको देवीघाट र धादिङतर्फको आवागमन प्रभावित भएको थियो। नेपाली सेनाले नयाँ बेली ब्रिज निर्माण गरेपछि उक्त मार्गबाट यातायात सञ्चालनमा आएको हो।

बेली ब्रिज सञ्चालनमा आएसँगै नुवाकोट र धादिङबीचको आवागमन सहज हुने अपेक्षा गरिएको छ। बाढीका कारण क्षतिग्रस्त सडक तथा पुल पुनःनिर्माणको कामलाई तीव्रता दिइएको जनाइएको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

10/09/2026

आजको मन्त्रिपरिषद् बैठकले गर्‍यो यी महत्त्वपूर्ण निर्णय

10/09/2026

उद्योगमन्त्री यादवले प्रहरी पठाएको दिन नै राजीनामा दिनुपर्थ्यो : अमरेश सिंह

10/09/2026

विवादित अभिव्यक्तिप्रति राष्ट्रियसभामा कानुनमन्त्री गौतमले मागिन् माफी #

बजारमा भइरहेको खाना पकाउने ग्यासको अभावप्रति सरकारको ध्यानाकर्षण गराउँदै विद्यार्थीहरूले काठमाडौँको रत्नराज्यलक्ष्मी क्य...
10/09/2026

बजारमा भइरहेको खाना पकाउने ग्यासको अभावप्रति सरकारको ध्यानाकर्षण गराउँदै विद्यार्थीहरूले काठमाडौँको रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) गेटमा दाउरामा खाना पकाएर सांकेतिक विरोध गरेका छन्।

सरकारले बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै विद्यार्थीहरूले दाउरामा खाना पकाएर सरकारको विरोध गरेका हुन्। उनीहरूले ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न तथा सर्वसाधारणले भोगिरहेको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन्।

ग्यास अभावका कारण उपभोक्ताहरूले लामो समयदेखि समस्या भोग्दै आएका छन्। बजारमा सहज रूपमा ग्यास उपलब्ध नहुँदा खाना पकाउन वैकल्पिक इन्धन प्रयोग गर्नुपर्ने बाध्यता सिर्जना भएको भन्दै विद्यार्थीहरूले सरकारको आपूर्ति व्यवस्थापनप्रति असन्तुष्टि जनाएका छन्।

विद्यार्थीहरूले जनजीवनसँग प्रत्यक्ष जोडिएको अत्यावश्यक वस्तुको अभावप्रति सरकार गम्भीर बन्नुपर्ने र तत्काल प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन्।

भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहसहि...
10/09/2026

भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहसहितको टोलीले स्थलगत अनुगमन गरेको छ ।

टोलीले बाढीका कारण प्रभावित भएका बस्ती तथा परिवारको अवस्था, भएको भौतिक क्षति र राहत तथा पुनःस्थापनाको अवस्थाबारे जानकारी लिएको हो । अनुगमनका क्रममा टोलीले स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा सरोकारवालासँग भेट गरी बाढीपछि देखिएका समस्या र आवश्यकताबारे जानकारी लिएको जनाएको छ ।

बाढीका कारण नुवाकोटका विभिन्न क्षेत्रमा घर, सडक, विद्यालय, खानेपानीलगायतका संरचनामा क्षति पुगेको छ भने ठूलो संख्यामा स्थानीयवासी प्रभावित भएका छन् । प्रभावित परिवारलाई तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणमा राज्यले विशेष ध्यान दिनुपर्नेमा टोलीले जोड दिएको छ ।

टोलीले विपद्पछि प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन र पीडितको वास्तविक आवश्यकता पहिचान गरी सहयोग पुर्‍याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

09/09/2026

‘पीडितको घाउमा नुनचुक छर्किनेहरू रास्वपामा बस्न पाउँदैनन्: रवि लामिछाने

Address

Anamnagar, Kathmandu
Kathmandu
44600

Telephone

+97714419147

Website

Alerts

Be the first to know and let us send you an email when Fair express news posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Fair express news:

Shortcuts

Share