CoverKarnali

CoverKarnali Anti-Corruption,
समाचार र बिज्ञापनका लागि हामिलाई सम्पर्क गर्नुहोला ।
सत्य तथ्य र ताजा समाचारका लागि तपाईंहरु संगै रहनेछौँ ।

दसैँ नजिकिँदै गर्दा नरहरिनाथमा फुटबल प्रतियोगिताको लागि युवाहरुको माग ।दसैँ नजिकिँदै गर्दा कालिकोट जिल्लाका विभिन्न स्था...
07/09/2026

दसैँ नजिकिँदै गर्दा नरहरिनाथमा फुटबल प्रतियोगिताको लागि युवाहरुको माग ।

दसैँ नजिकिँदै गर्दा कालिकोट जिल्लाका विभिन्न स्थानीय तहमा खेलकुद प्रतियोगिताको तयारी भइरहेका बेला नरहरिनाथ गाउँपालिकामा भने यस वर्ष फुटबल प्रतियोगिता आयोजना हुने वा नहुने विषयमा युवाहरूले चासो व्यक्त गरेका छन्।

गत वर्ष पचालझरना गाँउपालिकाले आयोजना गरेको फुटबलतर्फ नरहरिनाथ गाउँपालिकाले दोस्रो स्थान हासिल गरेको स्मरण गर्दै स्थानीय युवाहरूले त्यसबेला पालिका अध्यक्षज्यूबाट प्राप्त हौसला र प्रतिबद्धता कार्यान्वयनको अपेक्षा राखेका छन्।

दसैँजस्तो चाडपर्वको समयमा फुटबल प्रतियोगिता आयोजना गर्दा स्थानीय खेलाडीहरूले प्रतिभा प्रदर्शन गर्ने अवसर पाउने, युवाहरूबीच आपसी सद्भाव बढ्ने तथा नयाँ पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्न सहयोग पुग्ने उनीहरूको भनाइ छ।

“अरू पालिकामा फुटबलको माहोल बनिसक्यो, हाम्रो पालिकामा पनि प्रतियोगिता आयोजना होस् भन्ने अपेक्षा छ,” युवाहरूको भनाइ छ।

उनीहरूले पालिकासँग दसैँअघि फुटबल प्रतियोगिता आयोजना गर्ने विषयमा आवश्यक पहल गर्न आग्रह गरेका छन्। साथै, प्रतियोगिता आयोजना गर्न कठिनाइ भए त्यसको कारण र सम्भावित योजनाबारे स्पष्ट जानकारी गराउनसमेत माग गरेका छन्।

युवाहरूले खेलकुदमा लगानी, स्थानीय खेलाडीलाई अवसर र प्रतिभाको सम्मानलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

दसैँअघि फुटबल प्रतियोगिता आयोजना हुन्छ कि हुँदैन भन्ने विषयमा अब पालिकाको निर्णय र आधिकारिक धारणा सार्वजनिक हुन बाँकी छ।
स्रोत: कमल बिष्ट

02/09/2026

बालेनले अनुहार नहेरेको प्रचण्डको गुनासो !

प्रधानमन्त्री राहत कोशमा नेपाली ३ लाख ५४ हजार २ सय ४९ रुपैया 🤗कुवेतमा रहेका नेपाली महिला दिदीबहिनीहरूको उदाहरणीय योगदान!...
31/08/2026

प्रधानमन्त्री राहत कोशमा नेपाली ३ लाख ५४ हजार २ सय ४९ रुपैया 🤗
कुवेतमा रहेका नेपाली महिला दिदीबहिनीहरूको उदाहरणीय योगदान!
देशमा परेको विपत्तिको यस कठिन घडीमा कुवेतमा घरेलु कामदारका रूपमा कार्यरत नेपाली महिला दिदीबहिनीहरूले देखाउनुभएको सहयोग र देशप्रतिको माया साँच्चिकै प्रशंसनीय छ। 🙏

आफ्नै बैंक खाता नभएको, पैसा पठाउन समयको अभाव भएको अवस्थामा पनि उहाँहरूले सारा दिदी, दारी बा, प्रतीक चौलागाईं, राम भट्टराई र कृष्ण खड्काको समन्वयमा एकजुट भएर ७१७ केडी, अर्थात् आजको नेपाली विनिमय दरअनुसार रु. ३,५४,२४९ राहतस्वरूप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न सफल हुनुभएको छ।
यस विशेष योगदानका लागि सम्पूर्ण नेपाली महिला दिदीबहिनीहरूलाई हृदयदेखि नै विशेष धन्यवाद तथा सम्मान व्यक्त गर्दछौँ।

आफू जहाँ भए पनि, देशलाई दुःख पर्दा आफ्नो क्षमता र अवस्थाअनुसार सहयोग गर्नु हामी सबैको कर्तव्य हो। आगामी दिनमा पनि देश र देशवासीप्रतिको आफ्नो दायित्व पूरा गर्न सबै नेपालीमा हार्दिक अनुरोध गर्दछौँ।
श्रोत ; कृष्ण खड्का

रसुवास्थित Upper Hydropower Project, Dam Site मा कार्यरत कालीकोटका  धिरेन्द बिष्ट आजको बाढीपछि हालसम्म परिवारसँग सम्पर्क...
26/08/2026

रसुवास्थित Upper Hydropower Project, Dam Site मा कार्यरत कालीकोटका धिरेन्द बिष्ट आजको बाढीपछि हालसम्म परिवारसँग सम्पर्कविहीन हुनुहुन्छ।

मोबाइल फोन पनि बन्द रहेको जनाइएको छ। उहाँहरूको अवस्थाबारे कुनै जानकारी पाउनुहुने महानुभावहरूले कृपया तलको नम्बरमा सम्पर्क गरिदिनुहोला।

📞 सम्पर्क: 9868905326

Help Post (Boost)!- रसुवास्थित Upper Hydropower Project, Dam Site मा Doosan Enerbility का Engineering का रूपमा कार्यरत A...
26/08/2026

Help Post (Boost)!
- रसुवास्थित Upper Hydropower Project, Dam Site मा Doosan Enerbility का Engineering का रूपमा कार्यरत Anipal Bist From Kalikot ( 9869994309 )आजको बाढीपछि हालसम्म परिवारसँग सम्पर्कविहीन हुनुहुन्छ। मोबाइल पनि बन्द छ।
उहाँको अवस्थाबारे कुनै जानकारी पाउनुहुने महानुभावहरूले कृपया तलको नम्बरमा सम्पर्क गरिदिनुहोला। 🙏
📞 सम्पर्क: ‪‬ ‪ 9745538967
कृपया यो सूचना Share गरिदिनुहोला। 🙏

क्रीन्चे खोला सफाई: स्थानीयसँग सचेतना अभियानशेर ब. बिश्वकर्मा/सुन्दरबजार, लमजुङ — जिल्लाको सुन्दरबजार नगरपालिका–सत्रसयस्...
22/08/2026

क्रीन्चे खोला सफाई: स्थानीयसँग सचेतना अभियान

शेर ब. बिश्वकर्मा/
सुन्दरबजार, लमजुङ — जिल्लाको सुन्दरबजार नगरपालिका–सत्रसयस्थित क्रीन्चे खोलामा Nepal Change Makers (NCM) को आयोजनामा सरसफाइ तथा वातावरणीय सचेतना अभियान सम्पन्न भएको छ।

हरेक सनिवार हप्ताको दुई घण्टा राष्ट्रका लागि सदुपयोग गर्दै आएका NCM टिमले खोला तथा खोलाको किनारमा जथाभावी फालिएका फोहोर संकलन गरी सफाइ गर्नुका साथै स्थानीयवासीमा वातावरण संरक्षण र फोहोर व्यवस्थापनसम्बन्धी सचेतना फैलाउने उद्देश्यले अभियान सञ्चालन गरिएको सोहि संस्थाका अध्यक्ष आयुश ओलियाले जानकारी दिनु भएको हो।

उक्त अभियानअघि वडा अध्यक्षको नेतृत्वमा स्थानीयवासी तथा अभियानमा सहभागीहरूबीच खोला संरक्षण, फोहोर व्यवस्थापन र स्वच्छ वातावरण निर्माणका विषयमा आवश्यक छलफल तथा सचेतनामूलक कार्यक्रम गरिएको थियो। त्यसपछि NCM का सदस्य तथा स्वयंसेवकहरूको टोलीले क्रीन्चे खोलाको किनारमा पुगेर प्रत्यक्ष रूपमा सरसफाइ गरेका थिए।

खोला प्राकृतिक सम्पदाको महत्वपूर्ण हिस्सा भएकाले यसको संरक्षण गर्नु सबैको साझा जिम्मेवारी रहेको र विशेषगरी खोलामा प्लास्टिक तथा अन्य फोहोर फाल्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै स्थानीयस्तरमै स्वच्छता र वातावरण संरक्षणको संस्कार विकास गर्न अभियानले सकारात्मक सन्देश दिएको NCM का संस्थापक सदस्य शेर ब बिश्वकर्मा ले जिकिर गर्नु भएको हो।

‘फोहोर फाल्ने होइन, सफा राख्ने संस्कार बसालौँ’ भन्ने सन्देशसहित सञ्चालन गरिएको अभियानले स्थानीय समुदायलाई आफ्नो वरपरको वातावरणप्रति थप जिम्मेवार बन्न प्रेरित गरेको समेत बताउनु भएको छ।

NCM ले अभियानमा प्रत्यक्ष रूपमा सहभागी भई समय, श्रम र साथ प्रदान गर्ने सम्पूर्ण सदस्य तथा स्थानीयवासीप्रति आभार व्यक्त गरेको छ। संस्थाले आगामी दिनमा पनि वातावरण संरक्षण, सरसफाइ तथा सामाजिक सचेतनाका यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ।

क्रीन्चे खोला बचाऔँ, प्राकृतिक स्रोत जोगाऔँ—आजको सानो प्रयासले भोलिको स्वच्छ भविष्य निर्माण गरौँ।

चितवन देखि बुटवल अब २ घण्टामै पुगिने,यस्ताे बन्याे नयाँ  नारायणागढ बुटवल सडक महेन्द्र राजमार्ग -फोटो फिचर !स्रोत र तस्बि...
21/08/2026

चितवन देखि बुटवल अब २ घण्टामै पुगिने,
यस्ताे बन्याे नयाँ नारायणागढ बुटवल सडक महेन्द्र राजमार्ग
-फोटो फिचर !
स्रोत र तस्बिर : BK1

19/08/2026

मृत्यु हँदा पनि एम्बुलेन्स पुगेन,
नरहरिनाथ गाउँपालिकाको लापरवाही र गैरजिम्मेवारी !
भिडियो स्रोतः प्रकाश भण्डारी

NCM र leo club of Lamjung द्वारा सरसफाइ कार्यक्रम सम्पन्न।शेर ब. बिश्वकर्म/लमजुङ, वैशाख ३० — लमजुङको बेंसीसहरमा वातावरणी...
15/08/2026

NCM र leo club of Lamjung द्वारा सरसफाइ कार्यक्रम सम्पन्न।

शेर ब. बिश्वकर्म/
लमजुङ, वैशाख ३० — लमजुङको बेंसीसहरमा वातावरणीय स्वच्छता तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सरसफाइ तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। नेपाल चेन्जमेकर (NCM) र लियो क्लब अफ लमजुङको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा करिब ७० जनाभन्दा बढीको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ), लियो क्लब अफ लमजुङ तथा स्थानीय बासिन्दाहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले बेंसीसहर क्षेत्रका सडक, सार्वजनिक स्थान तथा आसपासका क्षेत्रमा सरसफाइ गर्दै फोहोरमैला व्यवस्थापन र स्वच्छ वातावरण निर्माणको सन्देश दिएका छन।

सरसफाइका क्रममा सडक तथा सार्वजनिक क्षेत्रमा जथाभावी फालिएका फोहोर संकलन गर्नुका साथै स्थानीय समुदायलाई आफ्नो वरपरको वातावरण स्वच्छ राख्न प्रेरित गरिएको थियो। कार्यक्रममा सहभागी विभिन्न संघसंस्था, सुरक्षा निकाय र स्थानीय नागरिकबीचको सहकार्यले सामाजिक उत्तरदायित्व तथा सामुदायिक एकताको सकारात्मक उदाहरण प्रस्तुत गरेको आयोजक संस्थाका अध्यक्ष आयुश ओलियाले जानकारी दिएका हुन।

उनका अनुसार सरसफाइ केवल एकदिने अभियान नभई दैनिक जीवनशैलीको हिस्सा बन्नुपर्ने आवश्यकता रहेको र सार्वजनिक स्थानमा फोहोर नफाल्ने, फोहोरलाई उचित स्थानमा व्यवस्थापन गर्ने तथा वातावरण संरक्षणमा सबै नागरिकले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा स्थानीय जनतालाई जोड समेत गरेका थिए।

युवाको नेतृत्वमा आयोजित उक्त कार्यक्रमले स्थानीय समुदायमा सरसफाइप्रतिको चेतना अभिवृद्धि गर्नुका साथै सामाजिक सेवामा युवाहरूको सक्रिय सहभागितालाई समेत प्रोत्साहन गरेको छ। नेपाल चेन्जमेकर र लियो क्लब अफ लमजुङले आगामी दिनमा पनि समुदाय र सरोकारवाला निकायसँगको सहकार्यमा सामाजिक तथा वातावरणीय अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

बेंसीसहरमा सम्पन्न उक्त सरसफाइ कार्यक्रमले स्वच्छ, सुन्दकर र स्वस्थ समुदाय निर्माणका लागि सामूहिक प्रयास आवश्यक रहेको सन्देश दिएको छ।

13/08/2026

शेरबहादुर देउवाको स्वदेश फिर्ती !

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when CoverKarnali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to CoverKarnali:

Shortcuts

Share