Phulbari News

Phulbari News सबै खबरहरु तपाईंको लागि।

सरकारले **मिटरब्याजलाई 'गम्भीर आर्थिक अपराध'**का रूपमा परिभाषित गर्ने तयारी गरेको छ। जनकपुरदेखि पैदल काठमाडौँ आउन लागेका...
17/07/2026

सरकारले **मिटरब्याजलाई 'गम्भीर आर्थिक अपराध'**का रूपमा परिभाषित गर्ने तयारी गरेको छ। जनकपुरदेखि पैदल काठमाडौँ आउन लागेका मिटरब्याज पीडितहरूसँग भएको वार्तामा पाँच बुँदे सहमतिको मस्यौदा तयार भएसँगै यस्तो तयारी अघि बढाइएको हो।

वार्तामा मिटरब्याज, जालसाजीपूर्वक गरिएको तमसुक, दृष्टिबन्धक, ऋण दिनुअघि बाध्यकारी रूपमा लिइएका चेक तथा जग्गा पास गरेर दिइएको ऋणलगायतका कारोबारलाई गम्भीर आर्थिक अपराधका रूपमा व्याख्या गर्ने विषय समेटिएको छ।

मिटरब्याज पीडितका तर्फबाट वार्ता टोलीकी सदस्य लक्ष्मी घिमिरेका अनुसार यी गतिविधिलाई नियमन गर्न तीन महिनाभित्र कानुन ल्याउने सहमति भएको छ।

उनले पहिलो चरणको वार्ता बिहीबार साँझ ७ बजेदेखि राति साढे ९ बजेसम्म चलेको जानकारी दिइन्।

घिमिरेका अनुसार पीडित पक्षले अघि सारेका ६ बुँदे मागलाई आधार बनाएर पाँच बुँदे सहमतिको मस्यौदा तयार पारिएको हो।

उनले आज बिहान साढे ९ बजेदेखि निर्णायक वार्ता हुने र आजै सहमति टुंगिने सम्भावना रहेको पनि बताइन्।

विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा छाड्ने आदेश दिए...
17/07/2026

विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा छाड्ने आदेश दिएको छ। उनीविरुद्ध करिब २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गरिएको भए पनि अदालतले थुनामा राख्न वा धरौटी माग्न आवश्यक आधार नदेखिएको निष्कर्ष निकालेको हो।

सम्पत्ति शुद्धीकरण विभागले व्यवसायी दीपक भट्टसहितको गैरकानुनी सम्पत्ति लुकाउन सहयोग गरेको आरोपमा पौडेलसहित ६ जना व्यक्ति र १० कम्पनीसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। पौडेलको हकमा २० करोड ९० लाख रुपैयाँ बिगो तथा ६ लाख ३४ हजार ५४५ रुपैयाँ बैंक मौज्दात जफतको माग गरिएको छ।

अदालतले साधारण तारेख दिनुका मुख्य पाँच आधार

१. तत्काल प्रमाणको अभाव
विशेष अदालतले थुनछेकका क्रममा उपलब्ध तत्कालीन प्रमाणका आधारमा निर्णय गर्दै विष्णु पौडेलको प्रत्यक्ष संलग्नता पुष्टि हुने पर्याप्त प्रमाण नदेखिएको उल्लेख गरेको छ। अदालतका अनुसार अभियोजन पक्षले प्रारम्भिक चरणमै बलियो र विश्वसनीय प्रमाण प्रस्तुत गर्न सकेन।

२. अवैध आर्थिक लाभ पुष्टि नभएको
सम्पत्ति शुद्धीकरण कसुरमा अभियुक्तले अवैध सम्पत्तिबाट लाभ लिएको देखिनु आवश्यक मानिन्छ। तर, मिसिलमा संलग्न प्रमाणअनुसार पौडेलको बैंक खातामा रहेको रकम ६ लाख ३४ हजार ५४५ रुपैयाँ मात्र रहेको र त्यो पनि रोक्का रहेको देखिएको छ। साथै, मुख्य प्रतिवादी दीपक भट्टको कारोबारबाट पौडेलले प्रत्यक्ष आर्थिक लाभ लिएको पुष्टि हुन सकेन।

३. घटनाको समय र पदको मेल नखानु
अभियोजन पक्षले पौडेल अर्थमन्त्री हुँदा नीतिगत प्रभाव प्रयोग गरी शेयर कारोबारमा सहयोग गरेको आरोप लगाएको थियो। तर अदालतले अध्ययन गर्दा सम्बन्धित शेयर हस्तान्तरण २०८० चैत १५ गते भएको र त्यसबेला पौडेल अर्थमन्त्री नरहेको देखिएको उल्लेख गरेको छ। त्यसैले पदको दुरुपयोग गरेको आरोप प्रारम्भिक रूपमा पुष्टि नभएको अदालतको निष्कर्ष छ।

४. सहप्रतिवादीहरूको बयानबाट संलग्नता नखुल्नु
अनुसन्धानका क्रममा मुख्य प्रतिवादी दीपक भट्ट तथा अन्य सञ्चालकहरूले दिएको बयानमा विष्णु पौडेलले शेयर खरिद–बिक्री वा वित्तीय कारोबारमा सहजीकरण गरेको भन्ने तथ्य नखुलेको अदालतले जनाएको छ। यसले अभियोजनको दाबीलाई कमजोर बनाएको ठहर गरिएको छ।

५. विशेष अदालत ऐनअनुसार कानुनी व्यवस्था
विशेष अदालत ऐन, २०५९ को दफा ७(ग) अनुसार प्रतिवादीलाई थुनामा राख्न वा धरौटी माग्न पर्याप्त आधार नदेखिएमा साधारण तारेखमा राख्न सकिने व्यवस्था छ। अदालतले यही कानुनी प्रावधान प्रयोग गर्दै पौडेललाई साधारण तारेखमा छाड्ने आदेश दिएको हो।

विशेष अदालतका सदस्य नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले दिएको यो आदेशले विष्णु पौडेललाई तत्काल राहत दिएको छ। यद्यपि, यो अन्तिम फैसला होइन। अदालतले मुद्दाको पूर्ण सुनुवाइका क्रममा थप प्रमाण र कानुनी बहसका आधारमा अन्तिम निर्णय हुने स्पष्ट गरेको छ।

सप्तरीको राजविराजस्थित कारागार सुरक्षा गार्डमा ड्युटीमा रहेका एक प्रहरी जवान सहकर्मीले बोकेको एसएलआर राइफलबाट अचानक गोली...
06/07/2026

सप्तरीको राजविराजस्थित कारागार सुरक्षा गार्डमा ड्युटीमा रहेका एक प्रहरी जवान सहकर्मीले बोकेको एसएलआर राइफलबाट अचानक गोली चल्दा गम्भीर घाइते भएका छन्। घटनापछि गोली चलेको हतियार बोकेका प्रहरी जवानलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

बुधबार राति करिब ११:२० बजे कारागार सुरक्षा गार्डको ‘ए’ ब्लकस्थित पोस्ट नम्बर–३ मा भएको घटनामा नेपाल प्रहरी विशेष सुरक्षा गण, ढल्केवर दरबन्दीका २२ वर्षीय प्रहरी जवान बिसोजित राय यादव घाइते भएका हुन्।

प्रारम्भिक जानकारीअनुसार शौचालयबाट आफ्नो पोस्टतर्फ फर्किरहेका बेला पोस्ट नम्बर–४ मा ड्युटीमा रहेका प्रहरी जवान अजय कुमार मेहताले बोकेको एसएलआर राइफलबाट एक्कासि गोली चलेको थियो। गोली यादवको कम्मरमाथिको ढाडमा लागेको प्रहरीले जनाएको छ।

घाइते यादवलाई तत्काल गजेन्द्र नारायण सिंह अस्पताल, राजविराजमा उपचारका लागि लगिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि धरानस्थित घोपा क्याम्पमा रेफर गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मेहराज घिमिरेका अनुसार प्रहरी जवानले आफैंले बोकेको एसएलआरबाट गोली पड्किँदा घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनापछि एसएलआर बोकेका प्रहरी जवान अजय कुमार मेहतालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ। घटनाको वास्तविक कारण खुलाउन प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

देशभर पेट्रोल संकट! मूल्य घट्ने हल्लापछि पम्पहरूले तेल नउठाउँदा 'पेट्रोल छैन' भन्दै धमाधम पम्प बन्द, बालेन शाहको ठाडो नि...
02/07/2026

देशभर पेट्रोल संकट! मूल्य घट्ने हल्लापछि पम्पहरूले तेल नउठाउँदा 'पेट्रोल छैन' भन्दै धमाधम पम्प बन्द, बालेन शाहको ठाडो निर्देशन पछी अनुगमन टोली परिचालन ,अनुचित रूपमा पम्प बन्द गरेको, इन्धन वितरण नगरेको वा पुरानै मुल्यमा बेचेको पाइए तत्काल सिल गर्ने स्पष्ट निर्देशन।

कालो सिसाको प्रयोग गरेर अपराध हुन सक्ने भन्दै गृहमन्त्री सुधन गुरुङ तथा गृहसचिव राजकुमार श्रेष्ठले प्रयोग गर्दै आएको गाड...
29/06/2026

कालो सिसाको प्रयोग गरेर अपराध हुन सक्ने भन्दै गृहमन्त्री सुधन गुरुङ तथा गृहसचिव राजकुमार श्रेष्ठले प्रयोग गर्दै आएको गाडीको कालो सिसा आफैले हटाउन सुरु गरेका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहले आज बस्ने प्रतिनिधिसभा बैठकमा आफ्नो तर्फबाट प्रतिवेदन तथा विधेयक पेस गर्ने जिम्मेवारी विज्ञ...
29/06/2026

प्रधानमन्त्री बालेन्द्र शाहले आज बस्ने प्रतिनिधिसभा बैठकमा आफ्नो तर्फबाट प्रतिवेदन तथा विधेयक पेस गर्ने जिम्मेवारी विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई दिएका छन्।

आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको तर्फबाट मन्त्री पुनले महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन २०८३ सदनमा पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

त्यसैगरी सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पनि मन्त्री पुनले नै राख्नेछन्। अनुमति प्राप्त भएपछि उनले उक्त विधेयक सदनमा प्रस्तुत गर्नेछन्।

आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपति कार्यालयबाट प्राप्त वैकल्पिक वित्त परिचालन विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची पनि छ।

यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक प्रस्तुत गर्नेछन् भने भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) विधेयक सदनमा दर्ता गर्ने कार्यसूची छ। स्वास्थ्यमन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक प्रस्तुत गर्ने कार्यक्रम पनि तय गरिएको छ।

यसपछि आर्थिक विधेयक, २०८३ माथि संशोधनसहित छलफल र निर्णय हुनेछ। त्यसपछि राष्ट्र ऋण उठाउने विधेयकमाथि दफावार छलफल र पारित गर्ने प्रक्रिया अघि बढाइनेछ। यी विधेयक पारित भएपछि आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रतिनिधिसभाबाट पारित भई राष्ट्रिय सभामा जानेछ।

गृहमन्त्री सुदन गुरुङले बारा र पर्साका विभिन्न सीमा नाकाहरूमा सुरक्षा निकायलाई कुनै पूर्वजानकारी नदिई छड्के अनुगमन गरेका...
28/06/2026

गृहमन्त्री सुदन गुरुङले बारा र पर्साका विभिन्न सीमा नाकाहरूमा सुरक्षा निकायलाई कुनै पूर्वजानकारी नदिई छड्के अनुगमन गरेका छन्।

शनिबार दिनभर गरिएको उक्त अनुगमनको भिडियो सार्वजनिक भएको हो। सामान्य पोसाक, मास्क, चस्मा र हाफ टिसर्ट लगाएर सीमा क्षेत्रमा पुगेका गृहमन्त्रीले स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गर्दै सीमापार तस्करीबारे जानकारी लिएका थिए।

सार्वजनिक भिडियोमा स्थानीय बासिन्दाले सशस्त्र प्रहरीका एक डीएसपीकै मिलेमतोमा तस्करी भइरहेको आरोप लगाएका छन्। उनीहरूले नाकामा जडान गरिएको सीसी क्यामराको पोल देखाउँदै त्यसकै आडमा अवैध गतिविधि हुने गरेको गुनासो पनि गरेका छन्।

स्थानीयको भनाइ सुनेपछि गृहमन्त्री गुरुङले, ‘सीसी क्यामराको निगरानी कहाँबाट हुन्छ?’ भनेर प्रश्न गरेका थिए। जवाफमा स्थानीयले जिल्ला प्रशासन कार्यालयबाट यसको निगरानी हुने बताएका छन्।

गृहमन्त्रीले संवाद गरेको भिडियो कुन सीमा नाकाको हो भन्ने विषय भने खुलाइएको छैन। रास्वपाको महाधिवेशन सकेर शनिबार बिहान वीरगञ्ज पुगेका गृहमन्त्री गुरुङ कुन समयमा सीमा निरीक्षणमा निस्किए भन्नेबारे बारा र पर्साका सुरक्षा अधिकारीहरूलाई समेत जानकारी नभएको बताइएको छ।

गृहमन्त्रीको यो आकस्मिक अनुगमनपछि सीमा क्षेत्रमा हुने तस्करी र त्यसमा सुरक्षा निकायको सम्भावित संलग्नताबारे थप छानबिन हुने अपेक्षा गरिएको छ।

भोलीको खेलमा बेन्चमा नबसी सिदै फिल्डमा आएर फेरी Hat-Trick हान्दिनु भयो भनि त MESSI दाजुले संसार पागल हुन्छ
27/06/2026

भोलीको खेलमा बेन्चमा नबसी सिदै फिल्डमा आएर फेरी Hat-Trick हान्दिनु भयो भनि त MESSI दाजुले संसार पागल हुन्छ

प्र्याङ्क भिडियो बनाउने नाममा साम्प्रदायिक घृणा फैलाउने गतिविधिमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरिएको नेपाल प्र...
26/06/2026

प्र्याङ्क भिडियो बनाउने नाममा साम्प्रदायिक घृणा फैलाउने गतिविधिमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ।

नेपाल प्रहरीले शुक्रबार सामाजिक सञ्जालमार्फत जानकारी सार्वजनिक गर्दै रुकुम पश्चिममा प्र्याङ्क भिडियोको बहानामा व्यक्तिलाई दुःख दिने तथा साम्प्रदायिक घृणा फैलाउने सामग्री निर्माण र प्रसारणमा संलग्न तीन जनालाई पक्राउ गरिएको जनाएको हो।

प्रहरीका अनुसार सामाजिक सद्भाव र सार्वजनिक शान्तिमा असर पुग्ने उद्देश्यका सामग्री उत्पादन तथा प्रसारण गर्ने कार्य कानुनविपरीत हुने भएकाले सम्बन्धित व्यक्तिहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। पक्राउ परेकाहरूविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पछिल्लो समय सामाजिक सञ्जालमा धेरै दर्शक र प्रतिक्रिया बटुल्ने उद्देश्यले बनाइने तथाकथित प्र्याङ्क भिडियोका कारण विवाद बढ्दै गएको छ। नेपाल प्रहरीले यस्ता सामग्रीले व्यक्ति, समुदाय वा धार्मिक तथा साम्प्रदायिक सद्भावमा नकारात्मक असर पार्न सक्ने भन्दै जिम्मेवार ढंगले सामग्री निर्माण गर्न सबैलाई आग्रह गरेको छ।

कैलालीस्थित नेपाली सेनाको तालिम शिक्षालयमा अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा एक सैनिकको मृत्यु भएको छ भने अर्का एक ज...
25/06/2026

कैलालीस्थित नेपाली सेनाको तालिम शिक्षालयमा अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा एक सैनिकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार लम्कीचुहा नगरपालिका–३ स्थित नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालय, गोरङ्गे ब्यारेकमा बिहीबार बिहान अभ्यासका क्रममा ग्रिनेड विस्फोट भएको हो।

विस्फोटमा गम्भीर घाइते भएका हुद्दा हिमालविक्रम बिष्ट को उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनको दाहिने हातको हत्केला उड्नुका साथै शरीरका विभिन्न भागमा छर्रा लागेर गम्भीर घाइते भएका थिए।

घटनामा सहसेनानी हिमराज जोशी पनि घाइते भएका छन्। उनको शरीरका विभिन्न भागमा छर्रा लागेको छ। प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ। उनको अवस्था खतरामुक्त रहेको जनाइएको छ।

दुवै घाइतेलाई बिहान करिब साढे १० बजे लम्कीस्थित लालरत्न अस्पताल पुर्‍याइएको थियो। उपचारकै क्रममा मध्यान्ह करिब १२ बजे बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे नेपाली सेनाले बिहान पौने १० बजे इलाका प्रहरी कार्यालय चिसापानीलाई जानकारी गराएको थियो। ग्रिनेड विस्फोट हुनुको कारणबारे नेपाली सेना र प्रहरीले थप अनुसन्धान गरिरहेका छन्।

Address

Pulchowk
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Phulbari News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share